प्रश्न गर्न सिकून, बाँकी आफैं सिक्छन्

by • • Highlight, UncategorizedComments (0)523

Print Friendly, PDF & Email

शुरूमा त ‘प्रश्न सोध्न पनि सिकाउनुपर्ने !’ भनेर मलाई झर्को लाग्थ्यो। विद्यार्थीले उत्तार लेख्न नसके पनि कमसे कम प्रश्न सोध्न त जान्नुपर्ने हो भन्ने लाग्थ्यो। तर पढाउँदै जाँदा प्रश्न सोध्ने अवधारणा बुझन केटाकेटीलाई सजिलो छैन भन्ने महसूस गर्न थालें ।

जोन स्पेन्सर
विद्यार्थीका जिज्ञासालाई केन्द्रविन्दुमा राखेर पढाइने विधिलाई ‘सोधखोजमा आधारित सिकाइ’ अथवा ‘इन्क्वाइरी बेस्ड अप्रोच’ (Inquiry Based Aproach) भनिन्छ । यो विधिमा विद्यार्थीलाई प्रश्न गर्न र जवाफ खोज्न एकापसमा सहकार्य गर्न लगाइन्छ ।
पहिले पहिले, शिक्षकले ‘दिएको’ ज्ञान विद्यार्थीले लिनु वा सूचना थाहा पाउनु र त्यसलाई दोहो¥याएर भन्न सक्नुलाई नै ‘जान्नु’ या ‘उत्तीर्ण हुनु’ मानिन्थ्यो । तर सोध–खोजमा आधारित सिकाइमा विद्यार्थी आफैंले सूचना खोज्न र जानेको कुरा प्रयोग पनि गर्न सक्नुपर्छ । अबका विद्यार्थी प्रश्नका उत्तर दिन मात्र होइन; प्रश्न गर्न पनि त्यत्तिकै सक्षम हुनुपर्छ । तर, के यस्तो पद्धतिलाई व्यवहारमा उतार्न सम्भव छ ?

जिज्ञासा पछ्याउँदै
म हरेक विद्यार्थीले आफ्ना जिज्ञासालाई पछ्याउँदै तिनको उत्तर खोजी गरून् भन्ने चाहन्छु । विद्यार्थीले अप्ठ्यारा प्रश्न हल गरेको देख्दा मेरो मन हर्षित हुन्छ । प्रश्नका उत्तर खोज्दै विद्यार्थी जब निर्माता या इन्जिनियर या लेखक या वैज्ञानिक या इतिहासकार बन्छन्— तब त म गद्गद् नै हुन्छु । सधैंभरि; कक्षाकोठा सृजनात्मक तरिकाबाट आश्चर्यजनक कुराहरू सिक्ने ठाउँ बनून् भन्ने मेरो चाहना हुन्छ ।

आत्मीय शिक्षक तथा लाइब्रेरियन ग्लेन वारेनसँग केही समय अघि सूचना–साक्षरताका बारेमा मेरो निकै लामो कुराकानी भएको थियो । त्यस क्रममा उनले विद्यार्थीसँग ‘डिजाइन थिङ्किङ’ का बारेमा प्रश्न गर्दाको अनुभव सुनाए । उनका अनुसार पूर्व–प्राथमिक तहका विद्यार्थीले यति धेरै प्रश्न सोध्ने रहेछन् कि उनीहरूका सबै जिज्ञासा टिप्नै पनि मुश्किल पर्ने । तर चौथो कक्षासम्म पुग्दा उनीहरू जम्माजम्मी तीन–चार वटा प्रश्नमा सीमित हुँदा रहेछन् । माध्यमिक तहसम्म पुगेका विद्यार्थीलाई आफूले सोध्न चाहेको प्रश्न सही थियो कि थिएन भनेर जान्ने मात्रै जिज्ञासा हुँदोरहेछ । उमेर बढ्दै जाँदा उनीहरू जिज्ञासा भन्दा पनि आज्ञा पालनमा नै केन्द्रित हुने रहेछन् । बालबालिकाहरू यस्तो अवस्थामा पुग्नु निकै दुःखद कुरा हो ।

हाम्रो सिकाइ पद्धति विद्यार्थी अनुकूल छैन भन्ने कुरा हामीले स्वीकार्नै पर्छ । यो सन्दर्भमा मलाई मेरा मित्र जर्ज कौरोसको यो भनाइ पनि झ्ल्झ्ली याद आउँछ “यदि विद्यालयमा भर्ना हुँदाभन्दा विद्यालयबाट विदा हुँदा विद्यार्थी कम जिज्ञासु भए भने; अर्थात् विद्यार्थीमा जिज्ञासा थप्न सकिएन भने हामीले बुझनुपर्छ उनीहरूलाई हामीले असफलताको बाटोमा धकेल्यौं । तर यसमा सुधार गर्न कुनै राष्ट्रियस्तरको कार्यक्रम वा नीति खाँचो पर्ने पनि होइन । चाहेमा; शिक्षकहरूले आफैं नै यो अवस्थालाई उल्ट्याउन सक्छन् ।”

कसरी गराउन सकिन्छ त प्रश्न सोध्ने क्षमताको विकास ?
उत्तर मात्र दिन हैन, प्रश्न गर्न जान्ने भए भने मात्रै बालबालिका सृजनशील र विचारक भएर हुर्कन सक्छन् । त्यसैले ‘इन्क्वाइरी बेस्ड फ्रेमवर्क’ ले विद्यार्थीको प्रश्न गर्ने क्षमता बढाउनमा जोड दिन्छ । तर हाम्रा कक्षाकोठामा विद्यार्थीले धेरैभन्दा धेरै प्रश्न सोध्न सक्ने वातावरण छ त ? यो प्रश्नको उत्तर, प्रश्न सोध्ने-प्रश्न गर्न सक्ने संस्कारमा निहित हुन्छ । शिक्षक देख्दा नडराउने विद्यार्थी, शिक्षकप्रतिको विश्वास, शिक्षकले निर्माण गर्ने कार्ययोजना र शिक्षकका रणनीतिहरूबाट कक्षाकोठामा यस्तो संस्कारको विकास गराउन सम्भव हुन्छ । त्यसनिम्ति निम्न उपायहरू पनि अपनाउन सकिन्छः

हरसम्भव प्रश्न गर अर्थात् ‘प्रश्न गर्न सकिने सबै ठाउँमा प्रश्न गर’ । प्रश्न शिष्ट रहेसम्म विद्यार्थीलाई संसारका हर सूचना या ज्ञानका बारेमा प्रश्न गर्न दिऊँ । गणितका सूत्रहरूबाट आउने नतिजा, हाम्रै समाजका विभिन्न समस्या, कुनै वाक्य वा शब्दको गुह्य अर्थ पत्ता लगाउन वा विश्व प्रकृतिका विविध प्रभाव र कारण आदि जुनसुकै विषय, प्रसंग वा सन्दर्भमा पनि प्रश्न गर्न सकिन्छ । कक्षामा विद्यार्थीले शिक्षकलाई अथवा एकापसमा, साथीहरूबीच प्रश्न गर्ने र कहिलेकाहीं आफैंलाई प्रश्न सोध्ने अवसर पनि दिन सकिन्छ । विद्यालयको कक्षाकोठा र परिधिभन्दा बाहिर निस्केर विद्यार्थीलाई विश्वव्यापी चासोका विषयमा सामाजिक सञ्जालका माध्यमबाट या कुनै खास विषयका विज्ञहरूसँग अन्तर्वार्तामार्फत पनि प्रश्न गराउन सकिन्छ ।

२ जिज्ञासा र जवाफ दिवस यस्ता विशेष दिवस या अवसरहरू सिर्जना गरेर पनि प्रश्न गर्ने संस्कृतिलाई बढाउन सकिन्छ । हरेक वर्ष कुनै उपयुक्त समयमा कम्तीमा एक दिनदेखि तीन वा पाँच दिनसम्म यस्तो दिवस वा सप्ताह मनाउने कुरा विद्यालयको शैक्षिक पात्रोमा नै समावेश गर्न सकिन्छ । यस्तो काममा स्थानीय सरकार या संघसंस्थाहरूसँग समेत सहकार्य गर्न सकिन्छ । ‘जिज्ञासा र जवाफ दिवस’ मा विद्यार्थीले आफ्ना मनमा आएका जिज्ञासामध्ये केहीका बारे अनुसन्धान गरेर आफैं उत्तर खोजी गर्न र कार्यक्रमको अन्त्यमा आफ्ना सिकाइहरूलाई आकर्षक तरिकाले प्रस्तुत गर्न सक्छन् । यसो गर्दा विद्यार्थीले आफ्नो सोधखोजबाट प्राप्त नतिजाको स्वामित्व आफैंले लिने अवसर समेत पाउँछन् । यस्तो कार्यक्रमको मर्म भनेको विद्यार्थीले चाहेको जुनसुकै प्रश्नको उत्तर खोज्ने र विशिष्ट श्रोतामाझ् प्रस्तुत गर्ने अवसर पाउनु नै हो । केही पटकको अभ्यास पछि विद्यार्थीहरू यस्तो कार्यक्रमको मूल लक्ष्य र उपलब्धिमा अभ्यस्त हुन्छन् र नतिजा पनि वास्तवमै अविस्मरणीय निस्कन सक्छ ।

३ प्रतिक्रिया पनि प्रश्नमै सही प्रश्नले सही उत्तरको खोजी गर्न मद्दत गर्छ । त्यसैले विद्यार्थीलाई एकअर्काले सोधेका प्रश्नमाथि लिखित या मौखिक रूपमा वैकल्पिक प्रश्नको सुझाव सहित प्रतिक्रिया दिन लगाऊँ । झट्ट सुन्दा ‘प्रश्नमा नै प्रतिक्रिया दिनुस्’ भनेको अलि कठोर लाग्छ । तर हरेक प्रश्नको विश्लेषण गर्दै वैकल्पिक सुझवसहित प्रतिक्रिया दिन सिक्ने क्रममा विद्यार्थीले आलोचनात्मक प्रतिक्रियाको महत्व र फाइदा बुझन सक्छन् ।

प्रश्नमा दिइने प्रतिक्रियाको एउटा उदाहरण हेरौं । मानौं कसैले प्रश्न ग‍¥यो; “पानीबाट बिजुली कसरी निस्किन्छ ?” यो प्रश्नको जवाफ छोटोमा, “बिजुली सीधै पानीबाट निकालिने होइन; पानीको प्रवाहको शक्तिबाट ठूल्ठूला डाइनामोहरू घुमाएर बिजुली निकालिन्छ” भनेर पनि दिन सकिन्छ । तर यही उत्तरलाई अलि लामो र धेरै कुरा बुझने गरी पनि जवाफ दिन वा जवाफ तयार गर्न पनि सकिन्छ । यहाँ “तिम्रो प्रश्न गहन छ, तर यसरी सोध्दा छोटो र सटिक उत्तर आयो भने कुरै टुङ्गिन्छ । यो प्रश्नलाई लामो उत्तर आउने वा लेख्न मिल्ने गरी सोध्न मिल्छ ?” भनेर प्रतिक्रिया दिइयो भने प्रश्नलाई नै अलि लामो उत्तर आउने गरी तयार गर्न सकिन्छ ।

४ राम्रो प्रश्नले मात्र राम्रो जवाफ निकाल्न सक्छ यो कुरा बुझउन गाह्रो छैन । पहिले आफैंले नै एउटा ‘नराम्रो प्रश्न’ अगाडि रोखर विद्यार्थीलाई “यो प्रश्न किन नराम्रो छ ?” भनेर सोध्न सकिन्छ । अथवा विद्यार्थीले गज्जब प्रश्न सोधे भने “यो प्रश्नको जवाफ दिन किन गाह्रो छ ?” वा “हामीलाई यो प्रश्नले किन घोत्लिन बाध्य पा¥यो ?” भनेर सोध्न पनि सकिन्छ । यहाँ हाम्रो लक्ष्य भनेको विद्यार्थीलाई हरेक कुरा सचेततापूर्वक गर्न प्रेरित गर्ने हो ।

५ सकेसम्म धेरै अभ्यास नियमित रूपमा नमूना अन्तर्वार्ता, देखावटी पत्रकार सम्मेलन, बहस आदि आयोजना गर्दा विद्यार्थीले निकै रमाइलो मान्छन् । यस्ता कार्यक्रममा प्रश्न सोध्ने तरिका सिक्न र अभ्यास गर्न पाउँदा उनीहरू खुशी हुन्छन् । अन्ततः कक्षामा ‘प्रश्न सोध्ने’ प्रचलन बस्छ । गणित विषयमा नतिजा र हिसाब हल गर्ने विधिका बारेमा सोध्न सकिन्छ । हिसाबको फल गलत निस्केमा कहाँनेर गल्ती भयो भनेर गल्ती भएको ठाउँ पत्ता लगाउन पनि प्रश्न गर्न सकिन्छ । उनीहरूले प्रश्न सोधेर सामाजिक शिक्षाको कक्षामा वैचारिक या सैद्धान्तिक उत्तर अथवा विविध विचार तथा सिद्धान्त निकाल्न सक्छन् ।

६ खेल्न दिऊँ फेरि पनि खेल्न दिऊँ विद्यालयमा साना केटाकेटीले जति खेल्ने समय पाउँछन् कक्षा चढ्दै गएपछि तिनले खेल्ने मौका नै पाउँदैनन् । साना केटाकेटीहरू त्यति धेरै प्रश्न किन गर्छन् तपाईंलाई थाहा छ ? किनभने उनीहरूले पर्याप्त खेल्ने समय पाउँछन् । खेलका क्रममा उनीहरू एकैपटक खेल, सोधखोज र अन्वेषण गर्न सक्षम भइरहेका हुन्छन् । अहिले त म विश्वविद्यालयमा पढाउँछु तर पहिलेको कुरा सम्झ्ँदा मलाई नमज्जा लाग्छ । म खेल्ने क्रममा जिज्ञासु हुँदै गरेका केटाकेटीलाई पाठ्यपुस्तकतिर फर्काउन खोज्थें । पठनपाठनमा भन्दा धेरै खेल्नमा ध्यान दिएको भन्दै केटाकेटीलाई गाली पनि गर्थे । तर एकछिन पछि के दिमागमा आउँथ्यो कुन्नि उनीहरूसँग माफी माग्थें । मेरो मूड ठीक भएका दिनमा चैं मेरो कक्षाको ‘खेल्दै सिक्ने’ संस्कारले सबैलाई सोधखोज गर्न, जिज्ञासु बन्न प्रेरित गथ्र्यो । यस्तो सिकाइले कक्षामा विद्यार्थीले गहन तरिकाले सोच्न र गुणस्तरीय नतिजा ल्याउन सक्थे ।

७ सहयोग गरौं सबै केटाकेटी एक या दुईवटा प्रयासमै प्रश्न गर्ने रणनीति बुझन सक्षम हुँदैनन् । त्यस्तालाई प्रश्नका केही मूलशब्द सुझएर प्रश्नको शुरूआत गराउन सकिन्छ । शुरूमा त ‘प्रश्न सोध्न पनि सिकाउनुपर्ने !’ भनेर मलाई झ्र्को लाग्थ्यो । यो त कृत्रिम सिकाइ भयो जस्तो लाग्थ्यो । विद्यार्थीले उत्तर लेख्न नसके पनि कमसे कम प्रश्न सोध्न त जान्नुपर्ने हो भन्ने लाग्थ्यो । पढाउँदै जाँदा प्रश्न सोध्ने अवधारणा बुझन केटाकेटीलाई सजिलो छैन भन्ने महसूस गर्न थालें । उनीहरू भाषाका कारण पनि अड्किन सक्ने रहेछन् । कुनै कुनै विषयमा आफ्नै विचार पनि बनाउन सक्दैनन् । जन्मजात प्रश्न सोध्ने कला सबैले कहाँबाट लिएर आउँछन् र ? त्यसैले कमजोर विद्यार्थीलाई उदाहरणका साथ मद्दत गरेर पनि उनीहरूको सोधखोज गर्ने क्षमतामा मद्दत पु¥याउन सकिन्छ ।

८ उदाहरणसहित प्रश्नको व्याख्या गरिदिऊँ यसो गर्नुको उद्देश्य भनेको विद्यार्थीलाई प्रश्न गर्दा स्पष्टीकरण दिन, विचार मन्थन गर्न र निष्कर्ष निकाल्न मद्दत गर्नु हो । यी तीनवटै प्रक्रिया एकदम गज्याङ्गमज्याङ्ग हुन्छन् र परस्पर मिसिएर आउँछन् । तर यो अवधारणाको व्याख्या गरिदिंदा विद्यार्थीलाई प्रश्न गर्ने सामान्य खाका तयार गर्न सजिलो हुन्छ । फलतः उनीहरू “के कुरा प्रष्ट्याउनु पर्ला ?” अथवा “यो विचार, त्यो अवधारणासँग कसरी मेल खान्छ ?” वा “मैले यसमा के देख्दिनँ जुन यहाँ हुनुपथ्र्याे ?” जस्ता प्रश्न सोध्न सक्ने हुन्छन् । यसमा नमूना प्रश्न बनाएर देखाउनु अत्यन्त महत्वपूर्ण हुन्छ ।

९ विद्यार्थीका रोजाइलाई आत्मसात् गरौं मलाई मोबाइल फोनका बारेमा खासै थाहा छैन र त्यति मतलब पनि राख्दिनँ । त्यसैले तपाईंले मलाई मोबाइल फोनका बारेमा १० वटा प्रश्न बनाउन लगाउनुभयो भने म सक्दिनँ । कसैले मलाई विभिन्न थरीका मोबाइल फोनहरू बीच फरक छुट्याउन भन्यो भने मैले तिनमा नामका हिज्जेबाहेक केही फरक देख्दिनँ । तर मोबाइल फोनका पारखीले हरेक मोबाइल फोनलाई कलाको अनुपम नमूना मान्न सक्छन् । मोबाइल फोनका बारेमा गहिरो रुचि राख्ने विद्यार्थीले तपाईंलाई दर्जनौं प्रश्न बनाएर दिनसक्छ । त्यसैले म विद्यार्थीलाई उनीहरूको रुचिको विषयमा सोधखोज गर्न लगाउँछु । यसो गर्दा हामीले के कुरा ख्याल गर्नुपर्छ भने कुनै विषयमा जति धेरै विषयगत ज्ञान हुन्छ त्यति नै विद्यार्थीले प्रश्न निर्माण गर्न सक्छन् । ज्ञानले झ्नै उत्सुक बनाउँछ । कुनै वैज्ञानिकले कहिल्यै पनि “विज्ञानका बारेमा मेरा सबै प्रश्न सकिए” भन्दैन ।

१० समूहगत सिकाइको अवधारणा प्रयोग गरौं विद्यार्थीलाई शिक्षकसँग, उनका साथीसँग, उनको समूहका सदस्य, र आफैंलाई प्रश्न सोध्न लगाऊँ । यसो गर्दा विद्यार्थीले प्रश्न सोच्न, विधि बनाउन र अन्त्यमा राम्रा प्रश्न गर्ने मौका पाउँछन् । विद्यार्थीले पहिले कुनै लेखको सारांश पढ्छन्, पहिला व्यक्तिगत रूपमा प्रश्न तयार गर्छन्, त्यसपछि समूहगत छलफल गर्छन् र अन्त्यमा कक्षा कार्यशालामा बहस गर्छन् । निरन्तरको बहु–समूहगत सिकाइलाई कक्षामा मिलाएर लैजाँदा कक्षामा विद्यार्थीले नहिच्किचाई प्रश्न सोध्न सक्ने अवस्था बन्छ ।
११ जिज्ञासाको गोलचक्कर म शिक्षण पेशाको प्रशिक्षार्थी छँदा मेरा गुरु ब्राडले “आफ्नो मनमा जिज्ञासाको जोश चलेकै बेलामा कदम चाल्यौं भने मात्रै बुद्धिमत्ताका साथ ज्ञान आर्जन गर्न सकिन्छ”; भनेको भन्यै गर्नुहुन्थ्यो । गुरुको मुखबाट सुन्दा सुन्दा मलाई पनि यो वाक्य कण्ठ भयो । त्यसलाई मैले पनि आफ्नो शिक्षण जीवनमा अंगीकार गरें र आफ्नो पेशाको मूल मन्त्र बनाएँ । यो भनाइको आशय तपाईंको मनमा जब जिज्ञाशाको झ्ल्किो बल्छ, त्यति बेला नै त्यो जिज्ञासा वा प्रश्नलाई पछ्याइयो भने उत्तर पाइन्छ भन्ने हो । नत्र त प्रश्नहरू जसरी आउँछन् त्यसरी नै वाफ बनेर हराउँछन् । प्रश्न उठेकै पलमा आफ्नो जिज्ञासालाई पछ्याइयो भने अझ् गतिला प्रश्न सोध्न सकिन्छ । ‘पछि खोजौंला’ भनेर टारियो भने दिमागी प्रक्रियाबाट त्यत्तिकै हराएर जान्छ ।

१२ आफ्ना जिज्ञासा विद्यार्थीलाई पनि सुनाऊँ आफ्ना मनमा उठ्ने जिज्ञासा शिक्षकले कहिलेकाहीं विद्यार्थीलाई पनि सुनाउनु राम्रो हुन्छ । शिक्षकका मनमा उठ्ने जिज्ञासा सहजरूपमा सुनाउँदा विद्यार्थीमाझ् सकारात्मक प्रभाव पार्दछ । म विद्यार्थी हुँदा मेरा शिक्षकबाट “मैले यो विषयमा खोजी गर्ने प्रयास गरिरहेको छु ।” या “म यस्तो विषयमा खोजी गर्दैछु ।” भनेको सुन्दा म पनि दंग पर्थे । उनीहरूका जिज्ञासा सुन्दा मलाई पनि जिज्ञासु हुनु, प्रश्न सोध्नु ठीकै रहेछ भन्ने लाग्थ्यो । तपाईंले पनि आफ्ना विद्यार्थीलाई यही उपहार दिन सक्नुहुन्छः अनौठो र नौलो संसारमा डुब्ने अनुमति । जब तपाईंले आफ्ना उत्सुकता र मनमा उठ्ने प्रश्नहरू विद्यार्थीलाई सुनाउनुहुन्छ, तब नै तपाईंले सोधखोज संस्कृतिसहितको कक्षा संस्कृति निर्माण गर्न सक्नुहुनेछ ।

१३ भय हटाऊँ जब विद्यार्थीले “के प्रश्न सोध्ने मलाई थाहा छैन”, भन्छन्, खासमा त्यो बेला उनीहरूले “प्रश्न सोध्दा म मूर्ख सुनिन्छु कि भन्ने डर लाग्छ”, भन्न खोजेको हो । शिक्षकले कक्षामा हरेक विद्यार्थीलाई उनीहरूका प्रश्न सुनाउन भन्छन् त्यतिबेला “के प्रश्न सोध्ने होला, मेरो प्रश्न सही होला कि नहोला” भनेर सोचमै समय बिताउने विद्यार्थीको चैं सातो जाने गर्छ । यस्तो अवस्थालाई निरुत्साहित गर्न धेरै कुरा शिक्षकलाई पनि थाहा नहुन सक्छ भन्ने अवगत गराउनु जरूरी हुन्छ । “मलाई पनि सबै प्रश्नको उत्तर थाहा छैन” भन्ने शिक्षकको स्वीकारोक्तिले कहिले कहिले विद्यार्थीलाई हौसला दिन्छ । “यसको जवाफ मलाई पनि थाहा छैन, हामीसँगै मिलेर पत्ता लगाउँ न” भन्ने कथन कमजोर विद्यार्थीका लागि ठूलो तागत बन्छ । यसले विद्यार्थीलाई पनि प्रश्न सोध्न प्रेरित गर्छ र सबै प्रश्नका उत्तर थाहा नहुन पनि सक्छ भन्ने महसूस गराउन मद्दत गर्छ ।

कक्षा कोठालाई मनका जिज्ञासा पछ्याउन पाउने वातावरण बनाउन यो सूची मात्रै पर्याप्त छैन । उनीहरूले प्राकृतिक रूपमा नै लिएर आउने जिज्ञासु स्वभावलाई मद्दत गर्न यी भन्दा अन्य सयौं उपाय हुन सक्छन् । कहिलेकाहीं केटाकेटीलाई प्रकृतिमा नै लिएर जानुपर्ने हुन्छ । कहिलेकाहीं कक्षाकोठामा आफ्नो रुचिको विषयमा अन्वेषण गर्ने ‘जिनियस आवर’ पनि पर्याप्त हुन सक्छ । तर समग्रमा शिक्षकले नै विद्यार्थीमाझ् जिज्ञासु वातावरण निर्माण गर्ने हो । यस्तो वातावरणमा मात्रै विद्यार्थीले खेल्दै, रमाउँदै प्रश्न सोध्न र ती प्रश्नका उत्तर आफैं खोज्न सिक्ने छन् ।

प्रा. स्पेन्सर विद्यालयलाई सृजनाको केन्द्र बनाउन लागि परेका व्यक्ति हुन् । यसअघि उनी माध्यमिक विद्यालयमा पढाउँथे । उनका खोज www.spencerauthor.com मा प्रकाशित हुने गरेका छन् । यो उनको Helping Students Ask Better Questions by Creating a Culture of Inquary शीर्षक लेखको स्वतन्त्र अनुवाद हो ।

भावानुवादः मधु आचार्य

शिक्षक, २०७५ माघ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/