मुख्य कुरा शिक्षक जिम्मेवार हुनुप¥यो – सिद्धराज लेखक

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)611

Print Friendly, PDF & Email
लिङ’ र ‘एजुकेसन’ बीच बहस गर्दा म आफूलाई ‘एजुकेसन’ कै पक्षमा उभ्याउन मनासिव ठान्दछु । किनभने यो आजको प्रतिस्पर्धात्मक स्थिति, दु्रतगतिमा परिवर्तन भइरहेको विश्व र विश्व नै एक गाउँ भइरहेको सन्दर्भमा सो अनुरुप व्यक्तिलाई समायोजन हुन ‘एजुकेसन’ को अवधारणा अनुरूप गरिएका क्रियाकलाप जति सहायकसिद्ध हुन सक्दछन् त्यति ‘स्कूलिङ’ बाट उपलब्ध हुन सक्दैनन् । आफ्नो सोचाइको पुष्ट्याइँका लागि तलको तुलनात्मक तालिका प्रस्तुत गरेको छुः

माथि उल्लेख भए झ्ैं ‘एजुकेसन’ को अर्थ व्यापक छ । व्यक्तिको जीवन नै शिक्षा हो, शिक्षा नै जीवन हो, समाज, प्रकृति वातावरणको हरेक इकाइ शिक्षाको एक पाठ हुन सक्छ । आरम्भमा बालबालिकाका लागि घर, परिवार, समाज नै सिकाइका स्रोत हुन्छन् । बालकले बोल्न, उठ–बस गर्न, खेल्न, खाना खान, सामाजिक व्यवहार प्रदर्शन गर्न, माया, ममता, आदर, सद्भाव, सहयोग आदि संस्कार ती स्रोतहरूबाट नै आर्जन गर्दछ । यसरी घरपरिवारबाटै ‘एजुकेसन’ आरम्भ भइसकेको हुन्छ ।

विद्यमान स्थिति
नेपालको राष्ट्रिय शिक्षा पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यहरू केलाउँदा ‘स्कूलिङ’ भन्दा ‘एजुकेसन’ को अवधारणाबाट बढी ओतप्रोत छन् । तर व्यवहारमा हामीले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेका छौं त ? शिक्षकहरूले पाठ्यक्रम, निर्देशिकाको गहन अध्ययन नगर्दा, कक्षामा शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित रूपमा कार्यान्वयन नगर्दा, अध्यापन कार्यमा चक र डस्टर बाहेक अन्य शैक्षिक सामग्रीको प्रयोग नगर्दा, बालबालिकाको रूचि, आवश्यकता अनुसार विषयवस्तु सञ्चार गर्न नसक्दा आदि कारणले सिद्धान्तमा ‘एजुकेसन’ तर व्यवहारमा ‘स्कूलिङ’ को अवधारणालाई नै हामीले अनुसरण गरिरहेको स्थितिमा अपेक्षित शैक्षिक उपलब्धि प्राप्त हुन नसकिएकोे स्थितिलाई विडम्बना मान्नुपर्दछ । अर्कोतर्फ बृहत् दृष्टिकोणबाट हेर्दा आज हाम्रो शिक्षा नीति आयातीत छ । यसले स्थानीय परिवेश, आवश्यकता भन्दा पनि अरूको इच्छा परिपूर्तिका लागि ‘स्कूलिङ’ गरिरहेको छ । ‘स्कूलिङ’ ले देशका भविष्यका नीतिनिर्माता भनी लक्षित बालबालिकाहरूको जीवन चरित्र निर्माणमा कसरी अवरोध सिर्जना भइरहेको छ भन्ने कुरा बालबालिकाको ‘ड्रप आउट’ दर, तहगत क्षति, बेरोजगारी दर, राम्रा विद्यालय वा महाविद्यालयमा पढ्ने अवसरबाट बञ्चित जस्ता शैक्षिक क्षतिको अवस्थाले स्पष्ट पारेको छ ।

‘एजुकेसन’ र गुणस्तरीयता

शैक्षिक गुणस्तर मापनको सर्वमान्य आधार ‘एजुकेशन’ हुन सक्दछ ‘स्कूलिङ’ हैन । आज शैक्षिक गुणस्तरको कुरा पनि चर्को रूपमा उठिरहेको छ । वास्तवमा गुणस्तर मापनको आधार के हो ? कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने ? कस्तो शिक्षालयलाई स्तरीय शिक्षालय भन्ने ? के एसएलसीमा शतप्रतिशत वा उच्चप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदैमा ती विद्यालयलाई गुणस्तरीय विद्यालय भन्न सकिन्छ ? शहर र गाउँका विद्यार्थी वा विद्यालयहरूको गुणस्तरीयताको मापन एसएलसीको परीक्षाफलका आधारमा मात्र गर्दा के विद्यार्थीको जीवनप्रति खेलबाड भएको हुँदैन ? स्मरणीय कुरा के छ भने गुणस्तरीयताको पहिचान तब मात्र हुन सक्छ जब ती विद्यार्थीकोे भविष्य निर्माणको मार्ग सुनिश्चित हुन्छ, उनीहरूले सिकेको ज्ञान, सीप, क्षमतालाई व्यवहारमा लागू गर्न सक्दछन्, आर्जित शिक्षाले उच्च शैक्षिक अध्ययनको ढोका खोल्दछ, जटिल तहका चिन्तनमा केन्द्रित रही समयसापेक्ष आफूलाई समायोजन हुन सक्षम हुन्छन् । यो नै ‘एजुकेसन’ को तात्पर्य हो ।

शिक्षकको जिम्मेवारी
‘स्कूलिङ’ को घेरा भन्दा बाहिर विषयवस्तुलाई बढी व्यावहारिक बनाउने र ‘एजुकेसन’ को अवधारणा अनुरूप लैजाने उद्देश्यले विद्यालय शिक्षाका विभिन्न विषयहरूमा प्रयोगात्मक कार्य थप्ने प्रयत्न भइरहेको देखिन्छ । यसको  साथै स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रमको अंश स्थानीय तहले निर्माण गर्ने व्यवस्था समेत पाठ्यक्रमले गरेकोे छ । विद्यालयमा लागू भइरहेको निरन्तर मूल्यांकन पद्धतिलाई ‘एजुकेसन’ को उपयुक्त मार्ग मान्न सकिन्छ । यी यावत व्यवस्था हुँदाहुँदै पनि कर्तव्यबोध तथा जवाफदेहिताबाट विचलित हाम्रा शिक्षकहरू ‘चक एण्ड टक’ र ‘पेपर पेन्सिल टेस्ट’लाई मूल आधार बनाएर आयातीत शिक्षाको रटान गरी ‘स्कूलिङ’ मै अल्मलिएको अवस्था छ । चाहे भाषा विषय होस् वा गणित, अंगे्रजी होस् वा विज्ञान बालबालिकाको परिवेशसँग तुलना गरेर उनीहरूको इच्छा, आवश्यकता, अवस्था अनुसार बालकेन्द्रित क्रियाकलाप अगाडि बढाउनु पर्दछ । लट्ठीको भरमा सुगारटाइको कुनै उपादेयता छैन । बालबालिकाको व्यक्तिगत दैनिक प्रगति समीक्षा, दैनिक पाठयोजना अनुसारको प्रगतिको लेखाजोखा गरी सो अनुसार पृष्ठपोषण दिने र लिने कार्यको निरन्तरता नै ‘एजुकेसन’ को ध्येय हुनुपर्दछ । प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनार्थ केवल पाठ्यपुस्तक र शिक्षक निर्देशिका मात्र पर्याप्त विषयवस्तु होइनन् भन्ने कुरा शिक्षकले बुझनु आवश्यक छ । विद्यार्थी, विद्यार्थीको स्थानीय परिवेश, वातावरण, रहनसहन, अनुभव, सामाजिक मूल्य, मान्यता, संस्कृति आदि अन्तरनिहित सम्पूर्ण पक्षलाई विषय अनुसार पाठ्यवस्तुसँग तालमेल गरेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउनुु आदि शिक्षककै जिम्मेवारीभित्र पर्दछन् । यसले विद्यार्थीहरूलाई अन्तरमुखी बनाउन, प्रत्यक्षीकरणद्वारा सिकेको ज्ञान, सीप, धारणालाई व्यवहारमा उतार्न सक्षम बनाउँछ । विना दबाब, हस्तक्षेप स्वतन्त्र रूपमा उसले आफ्नो धारणा निर्माण गर्न सक्दछ, अन्तरक्रिया गर्न सक्दछ र चित्त नबुझ्ुन्जेल शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय भइरहन्छ । ‘स्कूलिङ’ को संकीर्ण अवधारणाले समेट्न नसकेका यावत् उपलब्धिहरू ‘एजुकेसन’ को व्यापकतामा अटाउँछन् । त्यसकारण पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य अनुरूप सिकाइ उपलब्धि हासिल गर्न शिक्षकले पेशागत तालीम, बालमनोविज्ञान, विषयगत शिक्षण तालीम आदि प्रवीणताका आधारमा बालबालिकालाई सही ‘एजुकेसन’ दिन सक्नुपर्दछ ।

शिक्षकहरूको विषयगत शैक्षिक उपलब्धि अनुसार पुरस्कार, दण्डको व्यवस्था गर्न र उत्कृष्ट शिक्षकहरूलाई नमूनाको रूपमा स्थापित गर्न सरकारले अघि सारेको नौलो अभ्यासले भविष्यमा शिक्षकहरूलाई आफ्नो पेशाप्रति बढी जवाफदेही बनाउने छ भन्ने आशा गर्न सकिन्छ । आज हाम्रा बालबालिकाका लागि ‘स्कूलिङ’ भन्दा ‘एजुकेसन’ को बढी खाँचो छ त्यसकारण आमनागरिकदेखि उच्चतहका नीतिनिर्मातासम्म सबैले यस मौलिक मुद्दालाई हृदयङ्गम गर्नु नितान्त आवश्यक छ । 

निवृत्त प्रअ, वीरेन्द्रनगर–३, चितवन

Related Posts

/*sign up form*/