शिक्षक भन्छन्ः

by • • संवादComments (0)339

‘तालिममा जस्तो सिक्यौं, कक्षामा त्यस्तै ग¥यौं !’

गर्नेलाई प्रोत्साहन भएन
नागेन्द्र यादव, प्रअ, वाग्मती मावि, राईगाउँ
राम्रो गर्न खोज्ने शिक्षकहरू पनि निरुत्साहित हुने गरेका छन् । तालिममा सिकेका कुरा कक्षामा पुग्न नसक्नुको मुख्य कारण नै शिक्षकमा उत्साहको अभाव हो । सेवामुखी र जागीरमुखी भावना भएका शिक्षकबीचको खाडलले स्कूलमा समस्या उत्पन्न हुने गरेको छ । उमेर बढ्दै गएपछि लोभ घट्दै जान्छ, शायद जागीरमुखी शिक्षकमा लोभ घट्यो भने देशमा र शिक्षामा पनि राम्रो होला । मैले प्रअ भएर पनि मेरा शिक्षक साथीले कक्षामा तालिममा सिकेका कुरा लागू नगरेकोमा केही भन्न सकेको छैन । मेरो स्कूलमा राम्रो परिवर्तन ल्याउन पनि सकेको छुइनँ । अरू केही महीनामा पनि स्कूलमा परिवर्तन गर्न सकिनँ भने पद नै त्याग्ने सोचाइमा पुगेको छु ।

तालिमको गुणस्तर भएन
वीरबहादुर राई, शिक्षक, सूर्य मावि, राईगाउँ
मैले २०४६ सालमा १५० घण्टे शिक्षक तालिम लिएँ । तालिममा सिकेका कुरा कक्षामा प्रयोग पनि गरें । त्यसपछि शिक्षकका लागि प्याकेज तालिमको प्रणाली आयो । तर ती तालिम प्रभावकारी छैनन्, सैद्धान्तिक बढी, व्यवहारिक कम । २५ वर्षे शिक्षण जीवनमा मेरो कक्षा हेर्न अहिलेसम्म कोही आएको छैन ।
शिक्षक तालिम कक्षामा पुग्दै पुगेन भन्ने होइन, गर्नेहरू पनि छन् र नगर्नेहरू पनि छन् । नेतागिरी गर्ने शिक्षकहरूले तालिममा सिकेका कुरा कक्षामा लागू गर्दैनन्, तर शिक्षालाई नै आफ्नो उद्देश्य बनाउने शिक्षकले तालिम लागू गरेका छन् । मैले तालिममा सिकेका कुरा कक्षामा लागू गरेको छु ।

समुदाय सक्रिय हुनुपर्छ
देवेन्द्रप्रसाद चौधरी, शिक्षक, ज्ञानमन्दिर निमावि, राईगाउँ
सामुदायिक स्कूल तीन थरिका छन्– विद्यालय र समुदाय अलग–थलग भएको, समुदाय र विद्यालयबीच आपसी सम्बन्ध गाढा भएको र समुदायभित्र विद्यालय रहेको । कुनै स्कूल समुदायभित्र छ भने त्यहाँका शिक्षकले तालिम कक्षामा पु¥याएका छन् । समुदायले निगरानी गरेका वा बेवास्ता गरेका स्कूलमा तालिम लागू भएको छैन, जहाँ तालिम लागू भएको छैन, त्यहाँको सिकाइ उपलब्धि पनि गतिलो छैन ।

पुराना र अल्छी शिक्षक बाधक
शान्ति राई, शिक्षक, वाग्मती मावि, राईगाउँ
शिक्षक भएपछि हरेकका आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । त्यो जिम्मेवारीभित्र तालिम कक्षामा लागू गर्नु पनि पर्छ । शिक्षकले चाहने हो भने तालिममा सिकेका कुरा कक्षामा पुग्न कुनै समस्या छैन । अल्छी र स्वार्थी शिक्षकले तालिम लागू गरेका छैनन् भने सेवामुखी शिक्षकले तालिममा सिकेकै आधारमा स्कूलमा पढाएका छन् । स्कूलमा अरू शिक्षकले सिकेका कुरा लागू गरे आफूलाई पनि जाँगर चल्दो रहेछ । अल्छी शिक्षकले गर्दा आफ्नो पनि जाँगर मर्दो रहेछ । कक्षामा तालिम नपुग्नुमा पुराना र अल्छी शिक्षक बाधक भएका छन् । पुराना र अल्छीहरू नगर्ने अनि कसरी नयाँ शिक्षकले गर्छन् ?

चुनौती शिक्षकको प्रवृत्ति
पुनितलाल महतो, शिक्षक, विष्णु निमावि, मकवानपुर
शिक्षक तालिम सबै लागू नभएको होइन, पूर्ण रूपमा कार्यान्वयन नभएको मात्र हो । पछिल्लो समयमा केही परिवर्तन भएको छ । टीपीडीले परिवर्तन भएको अनुभव गर्नेहरू पनि छन् । तालिम दिएपछि त्यसको अनुगमन नगर्ने प्रवृत्ति मुख्य समस्याका रूपमा रहेको छ । शैक्षिक सामग्री उपयोग नगर्ने र पेशाप्रति जिम्मेवार नहुने शिक्षकको प्रवृत्ति सुधार नभएसम्म शिक्षक तालिम कक्षामा पुग्न कठिन छ ।

खाँचो कक्षा अवलोकनको
हर्कबहादुर राई, सहायक प्रअ, वाग्मती मावि, राईगाउँ
शिक्षक, अभिभावक र विद्यार्थीको कमजोरीले गर्दा तालिममा सिकेका कुरा कक्षामा लागू हुनसकेका छैनन् । व्यवस्थापन कमजोर भएर तालिम निरर्थक भएको हो । नियमित रूपमा स्कूल निरीक्षण हुने र शिक्षकले पढाएको अनुगमन गर्ने हो भने शिक्षकले आफूले तालिममा सिकेको सीपका आधारमा कक्षामा सिकाउन थाल्छन् ।

अभिभावक शिक्षा भए हुन्थ्यो कि !
दीपबहादुर पाख्रिन, शिक्षक, फूलमन्दिर प्रावि, राईगाउँ
शिक्षक तालिम कक्षामा पुग्न नसक्नुको मुख्य कारण हो तालिम दिनेले दियो, तालिम कक्षामा पुग्यो पुगेन भनेर कसैले निरीक्षण गरेन । स्थानीय बासिन्दालाई शिक्षण विधिबारे थाहा दिनुप¥यो । अनि अभिभावकले स्कूलमा आएर हेर्न सक्छन् । अभिभावकलाई शिक्षा दिनुपर्छ, अनि उनीहरू जागरुक हुन्छन् । शिक्षकले शिक्षण पेशामा भन्दा अन्यत्र समय खर्चिने गरेकोले पठनपाठन डामाडोल भएको छ ।

म लागू गर्छु
गंगाकुमारी दुलाल, प्रअ, जनज्योति प्रावि, राईगाउँ
हामीले तालिम अवधिमा सिक्नुपर्ने जति सिकिएकै हुँदैन । मैले टीपीडी पूरा सिक्न सकिनँ, अनि कसरी कक्षामा लागू गर्नु ? तालिममा आफैंले राम्ररी सिक्न÷बुझन नसकेकोले त्यसलाई कक्षामा लागू गर्न नसक्दा म असफल शिक्षक भएँ । बरु सरकारी तालिम भन्दा शिक्षा नीति अभ्यास केन्द्रले दिएको तालिम मैले धेरै बुझ्ें र कक्षामा २५ प्रतिशत जति लागू पनि गर्न सकेकी छु । मैले पुरानो शैलीमा सुधार गरेर पढाउन थालेपछि स्कूलमा सुधार देखिएको छ । अब २५ प्रतिशतलाई १०० पु¥याउने लक्ष्य लिएकी छु ।

दण्ड र पुरस्कार
विजयकुमार गोले, प्रअ, बुद्धिसिद्धि प्रावि, राईगाउँ
शिक्षक थरिथरिका छन् । तिनले तालिम पनि थरिथरिका पाएका छन् । कतिपय शिक्षकले त तालिम नै पाएका छैनन् । तालिममा स्थायी शिक्षकलाई मात्र प्राथमिकता दिइएको छु, सबैलाई तालिमको अवसर छैन । सबैलाई तालिम नदिई शिक्षामा सुधार सम्भव छैन । शिक्षकको पेशागत सुरक्षाको ग्यारेन्टी अर्को महŒवपूर्ण कुरा हो । राम्रो काम गर्नेलाई पुरस्कार र नगर्नेलाई कारबाहीको व्यवस्था नगरी सुधार गर्न सकिंदैन ।

जस्तो सिकियो त्यस्तै गरियो
बटुमाया भोलन, शिक्षक, ज्ञानमन्दिर निमावि, राईगाउँ
शिक्षक तालिम कक्षामा पुगेको छैन । मैले पनि १०महिने तालिम लिएकी हुँ । ‘तिमी हामफाल म हेर्छु’ भने जस्तो छ अहिलेको तालिम । तालिममा जे सिकियो, कक्षामा त्यही गरियो, अर्थात् तालिममा सिक्दै सिकिएन, कक्षामा गर्दै गरिएन । शिक्षक तालिम शिक्षा नीति अभ्यास केन्द्रको जस्तो हुनुपर्छ । त्यो साँच्चै प्रभावकारी भएको छ । सरकारी तालिम बेकार भयो ।

सुधार शुरू भयो
मीना न्यौपाने, शिक्षक, सूर्य मावि, राईगाउँ
नीति अभ्यास केन्द्रको पाँचदिने तालिमले हाम्रो कक्षामा कायापलट भएको छ । ग्रेड टिचिङ्ग गर्दा दुई घण्टी कसरी बिताउने चिन्ता हुन्थ्यो, अहिले दिन बितेको थाहा हुँदैन । सरकारी तालिमले विगतमा बसाइ व्यवस्था सुधार गर्न समेत सिकाएन । अहिलेको तालिमले कक्षा व्यवस्थापनमा पनि सुधार ल्याएको छ । विद्यार्थीको उपस्थिति दर पनि बढेको छ । साना नानीहरूले राम्रो गर्न सक्ने रहेछन् । नयाँ तरीकाले सिकाउन थालेपछि कक्षा १ का विद्यार्थीले धेरै राम्रो गरेका छन् । टीपीडीमा लापरबाही बढी भयो । जे पायो त्यही गरिएको छ । त्यहाँ सहभागी र प्रशिक्षक उस्तै देखिए । त्यसैले हामीलाई स्तरीय तालिमको खाँचो छ ।

आफूलाई नढाँटौं
मगरसिंह पाख्रिन, प्रअ, ज्ञानमन्दिर निमावि, राईगाउँ
सबै शिक्षकले तालिम पाइसकेका छन्; तर धेरैले लागू गरेका छैनन् । हामीले तालिम लिएका छांै तर लागू नगरेर हामीले आफूलाई ढाँटेका छौं । शिक्षकले आफ्नो कर्तव्य पूरा गरे व्यवस्थापन समिति, प्रअ वा अरू कसैलाई दोष दिइरहनुपर्दैन । जोश र जाँगर अनि पेशाप्रति निष्ठा हुने हो भने स्थानीयस्तरमा भएका शैक्षिक सामग्री प्रयोग गरेर कक्षामा प्रभावकारी तरीकाले पढाउन सकिन्छ ।

दायित्व बुझ्े पुग्छ
सञ्जयकुमार झ, प्रअ, प्रावि शाखाटार
शिक्षकले आफ्नो दायित्व नबुझ्ेकोले समस्या भएको छ । शिक्षकले आफ्ना छोराछोरी निजी स्कूलमा पढाएर बिग्रेको छ । विद्यार्थीको अनुपातमा दरबन्दी व्यवस्था नभएकोले पनि शिक्षक तालिम कक्षामा लागू गर्न समस्या उत्पन्न भएको हो ।

बाधक भाषिक समस्या
प्रमिला राई, शिक्षक, फूलमन्दिर प्रावि, राईगाउँ
मैले काम गर्न थालेको डेढ वर्ष भयो । भाषागत समस्याले मैले शुरूमा राम्रो गर्न सकिनँ । पछि नीति अभ्यास केन्द्रको पाँचदिने तालिम मेरो लागि फलदायी भयो र अहिले कक्षामा लागू गरेकी छु । मेरो अनुभवमा तालिम नै गतिलो चाहिने रहेछ । तालिम कक्षामा पु¥याउन नसक्नुमा भाषाको पनि समस्या हुँदोरहेछ । अरू शिक्षकले पनि यस्तो केसमा सहयोग गर्नुपर्छ ।

अभिभावकले पनि हेर्नुपर्छ
बाबुराम पाख्रिन, प्रअ, जनप्रभात प्रावि, राईगाउँ
शिक्षक तालिम प्रभावकारी नहुनुमा सरकारको दोष छैन । शिक्षकको कमजोरी मुख्य समस्या बनेको छ । शिक्षकले उत्तरदायिŒव वहन नगरेकोले तालिम कक्षामा नपुगेको हो । मैले धेरै वटा तालिम लिएको छु । मैले तालिम लागू गर्न खोज्दा समुदायबाट यथेष्ट सहयोग मिलेन । समुदायले शिक्षा र शिक्षकको महŒव बुझ्ेन र बुझउन सकिएन । तर सबै शिक्षकले तालिम खेर फालेका छैनन् । केहीले २५, केहीले २० प्रतिशत लागू गरेका छन् । पेशाप्रति जिम्मेवार नहुने शिक्षकले अबदेखि तन, मन र वचनले पेशाप्रति निष्ठावान हुन्छु भनेर बाचा गर्नुप¥यो । तब मात्र तालिम कक्षामा पुग्छ ।
साथै; समुदायले विद्यार्थीलाई नियमित स्कूल पठाउनु प¥यो । स्कूलको समस्यामा अभिभावकको चासो, योगदान जरूरी छ । विद्यार्थी शिक्षकको मूल्याङ्कन गर्ने काममा अभिभावक सक्रिय हुनुपर्छ । विद्यार्थी स्कूल नपठाउनु साझ समस्या हो । छोराछोरी स्कूल आए पनि टिफिनमा घर लैजाने समस्या झ्न् ठूलो छ । छोराछोरी स्कूल नपठाउने अनि फेल भएपछि गुनासो गर्न आउने चलन छ ।

तालिम धेरै भएर अलमल भयो
ज्ञानप्रसाद राई, प्रअ, टंकेश्वर प्रावि
म २०४० सालमा शिक्षक भएको हुँ । यस अवधिमा दूर शिक्षा, १० महिने, टीपीडी आदि लिएँ । नीति अभ्यास केन्द्रको तालिम पनि थपियो । धेरै वटा तालिममा धेरै सिक्दा झ्न् अन्योल पैदा भएको छ । तालिमले अलमल पारेको छ । तालिम लिने अनि त्यसलाई कक्षा बाहिर छाडेर पढाउन जाने गरेका छौं । अब पछिल्लो पटक लिएको तालिम चाहिं कक्षामा लागू गर्छु ।

लागू पनि भएको छ
लक्ष्मीकुमार राई, अध्यक्ष, विव्यस सूर्य मावि, राईगाउँ
शिक्षक तालिम कक्षामा नपुगेकै त होइन, शिक्षकले सिकेका कुरा विद्यार्थीलाई धेरथोर सिकाउनुभएकै छ । तर जिम्मेवारी वहन गर्दा कमजोरी भएको चाहिं हो । कतिपय स्कूलमा शिक्षकबीचको कलह अनि व्यवस्थापन समितिले भौतिक पूर्वाधार जुटाइदिन कञ्जुस्याईं गरेको अनि अति–राजनीतिले गर्दा समस्या भएको छ । तालिममै पनि समस्या छ । तालिमले शिक्षकलाई जागृत गर्न सकेको छैन । धेरै तालिम तालिममै सीमित छन् विषयवस्तुका हिसाबले । तालिम प्रभावकारी भए गर्न सकिन्छ भन्ने कुरा शिक्षा नीति तथा अभ्यास केन्द्रको तालिमले देखाएको छ । यो तालिम अरू शिक्षकलाई पनि जरूरी छ ।

तालिम लागू गर्न सकिन्छ
रवीन्द्रप्रसाद चौधरी,
स्रोतव्यक्ति, राईगाउँ स्रोतकेन्द्र, मकवानपुर
म गणित–विज्ञान शिक्षक हुँ । २६ वर्ष शिक्षण गरें । स्रोतव्यक्ति भएको एक वर्ष भयो । शिक्षक तालिम पूर्ण रूपमा कक्षामा नपुगेकै हो । हाम्रा शिक्षक पेशाप्रति इमानदार भए तालिम कक्षा पुग्न गाह्रो छैन । मैले गणित–विज्ञान शिक्षण गर्दा भोलिदेखि कक्षा बाहिर निस्किन मिल्दैन भन्ने नियम लागू गरें । बानी बिग्रेका विद्यार्थीलाई सुधार्न कक्षामा ढिलो आउन नमिल्ने नियम लागू गरें । पहिलो दिन ८÷१० जना कक्षा बाहिर परे । केही दिनमा सुधार भयो । गणित र विज्ञानको कक्षामा पूरै विद्यार्थी बस्न थाले । त्यसपछि शून्य नतीजा भएको स्कूलको नतीजा पनि उकालो लाग्यो । यसले के देखायो भने शिक्षकले चाहे सुधार हुँदोरहेछ ।

तालिम पनि शिक्षकले चाहे कक्षामा जान्छ । शिक्षकले राम्रो गरे विद्यार्थीले पछिसम्म सम्झ्रिहन्छन् । मुख्य कुरा विद्यार्थीमा कस्तो छाप छोड्ने भन्ने हो । शिक्षकको सरुवा प्रणालीले हालका समस्या केही कम गर्न सक्छ । तर, सरुवालाई दण्ड र पुरस्कारका रूपमा लागू गरिनुपर्छ । स्थानीय शैक्षिक सामग्रीको प्रयोग गर्ने बानी बसाल्नु पनि उत्तिकै जरूरी छ ।

सपना भए गरिन्छ
पञ्चलाल भोलन, अध्यक्ष, विव्यस विष्णु मावि, सल्यानी
शिक्षक तालिम किन कक्षामा पुगेन भन्ने जिज्ञासाको कुनै एउटा समाधान छैन । स्कूल सुधारका लागि निकै हदसम्म हामी लागिपरेका छौं । विद्यार्थीलाई पढाउँदा शिक्षकले विषय र पाठ अनुसार आफूले प्रयोग गर्नुपर्ने शिक्षण सीप अभ्यास गर्नुपर्छ । सिकेका कुरा लागू नगरी आफैं कुनै चमत्कार भइहाल्दैन । लक्ष्य अनुसार वा सपना अनुसार कर्म गर्न नसक्दा स्तरीय शिक्षा सुनिश्चित गर्न सकिएको छैन । भाषिक समस्या र कमजोर समुदाय आदिले पनि स्कूल सुधार गर्न सकिएको छैन । समुदायको स्तर पनि शिक्षक प्रअले जे भन्छन् त्यही मान्ने अवस्था छ । प्रअ शिक्षकलाई प्रश्न गर्ने हैसियत समुदायको छैन । अनि के गर्नु ? समुदायले बालबालिका स्कूल नियमित रूपमा नपठाएको सत्य हो । स्कूल भनेकै शिक्षक हो भन्ने मानिएको छ । शिक्षकलाई विदा अलि बढी भएको छ । एक÷दुई दिनको विदामा सात दिन हराउने प्रवृत्ति छ । अनि आफ्नो कारण नभएको पढाइ एकै दिन दौडाएर दुई विषयको जाँच गर्ने चलन पनि छ । यो प्रवृत्ति हटाउनुपर्छ ।

शिक्षक गुपचुप नबनौं
रमेश स्याङ्तान, अध्यक्ष, विव्यस टंकेश्वर प्रावि, राईगाउँ
अहिलेसम्म तालिम कक्षामा पु¥याउने बारे छलफल नै गरिएको छैन । विव्यस अभिभावकसँग छलफल गरे तालिम कक्षामा लैजान सजिलो हुन्छ । आफ्ना छोराछोरीले राम्रो शिक्षा पाउन् भन्ने सबैको चाहना हुन्छ । तर तालिम लिएका शिक्षकहरूले गुपचुप हुनुभएन, सिकेको कुरा लागू गर्नुपर्छ ।

राम्रो हुन थाल्यो
भवानी परियार, शिक्षक, टंकेश्वर प्रावि, राईगाउँ
शिक्षा नीति तथा अभ्यास केन्द्रको तालिम लागू गरिएकोले मेरो स्कूलमा सुधार भएको छ । मेरो स्कूलको कक्षा व्यवस्थापन तथा पढाइ राम्रो भएको छ ।

कर्तव्य पूरा गर्न केहीले रोक्दैन
सरिताकुमारी पाख्रिन, प्रअ, फूलमन्दिर प्रावि, राईगाउँ
तालिम लिएका शिक्षकले तालिम लागू गर्न चाहेर पनि लागू गर्न सकेको हुँदैन । भौतिक–शैक्षिक पूर्वाधार नभएकोले तालिम लागू गर्न नसकिएको गुनासो सुनिन्छ । तर त्यो मात्र सत्य होइन, तपसिलका कमजोरी देखाएर आफ्नो जिम्मेवारी पूरा नगर्नु राम्रो होइन ।

समस्या जागीरे शिक्षक
तयबहादुर गोले, शिक्षक, प्रावि शाखाटार
विद्यार्थीको चाप अनुसार दरबन्दी नहुनु, आर्थिक कमजोरी र भौतिक पूर्वाधार नहुनु आदि कारणले शिक्षण सीप कक्षामा पुगेको छैन । शिक्षकहरू पनि बढी जागीरे भए । तोकिएको जिम्मेवारी पूरा नगरेर शिक्षकबाट पनि भ्रष्टाचार भएको छ । शिक्षा नदिनु, राम्ररी नसिकाउनु शैक्षिक भ्रष्टाचार हो । स्कूल बिग्रिरहने अनि शिक्षकले जागीर खाइरहने प्रवृत्ति हट्नै पर्छ । बालबालिकाको भविष्य बर्बाद गर्ने शिक्षकलाई शिक्षण सेवाबाट हटाउनुपर्छ ।

बहानाबाजी बाधक छ
जनार्दन नेपाल, उपनिर्देशक, शिक्षा विभाग
शिक्षक आफूले राम्रो गरे निरीक्षण, अनुगमन चाहिंदैन । पुरस्कार र दण्ड पनि भएन भनेर हुँदैन । आफूले पढाएको विद्यार्थीले कसरी मूल्याङ्कन गर्छ भन्ने मुख्य कुरा हो । तालिम धेरै भएर अन्योल र अलमल भएको होइन । अब शिक्षकको कार्य सम्पादनका आधारमा मूूल्याङ्कन गर्ने परिपाटी शुरू गर्न खोजिएको छ । त्यसका लागि सरकारले प्रअसँग करार सम्झैता गर्ने तयारी गरेको छ । स्रोतव्यक्तिको कार्य विवरण तयार गरिएको छ ।
स्रोतव्यक्तिले अब महीनामा १० वटा विद्यालय अनुगमन गरेको हुनुपर्छ । शिक्षकले कक्षामा विद्यार्थी कम भएर तालिम लागू गर्न सकिएन भन्नु पनि बेकार छ । पेशागत सुरक्षा नभएकोले गर्न सकिएन भन्नु पनि सही होइन । एउटा अनुसन्धानले के देखायो भने स्नातकोत्तर गरेका स्थायी शिक्षक भएका स्कूलमा एसएलसी नतीजा ३० प्रतिशत अनि अस्थायी र कम योग्यता भएका स्कूलको नतीजा ७० प्रतिशत । यो किन भयो ? त्यसकारण पेशागत सुरक्षाले राम्रो भएन भन्ने होइन ।

क्रियाकलापमुखी सिकाइ चाहियो
युवराज लौडारी, प्रशिक्षक, समुन्नत नेपाल
शिक्षक तालिम लागू गर्न कक्षाकोठा बालमैत्री हुनुपर्छ, यसर्थ कक्षाकोठा सुधार गर्नेतिर ध्यान दिन जरूरी छ । बालकेन्द्रित–सिकाइले सिकाइ उपलब्धि स्वतः बढाउँछ । विद्यालयमा न्यूनतम शैक्षिक सामग्रीको व्यवस्थापन गर्नुपर्छ । किनभने सिकाइ सामग्री विना क्रियाकलापमुखी सिकाइ सम्भव छैन । स्कूलमा अभिभावकको संलग्नता प्रत्यक्ष चाहिन्छ, तालिम कक्षामा पु¥याउन कक्षाकोठामा अभिभावक आउनु प¥यो । कसरी पढाएको छ शिक्षकले भनेर अभिभावकले हेर्नुपर्छ । शिक्षकलाई कक्षामा पढाउँदा सहयोग गर्ने शिक्षण सहयोग तथा मेन्टरिङ्ग पनि चाहिएको छ । तालिम पनि व्यवहारिक हुनुप¥यो, सैद्धान्तिक कुराले मात्र पुग्दैन । 

प्रस्तुतिः बाबुराम विश्वकर्मा

Related Posts

/*sign up form*/