जीवनको सिकाइ

by • • HighlightComments (0)138

Print Friendly, PDF & Email

घर, छिमेक, समाज, देश-दुनियाँ, प्रकृति, विद्यालय, विश्वविद्यालय आदि सबै सिक्ने ठाउँहरू हुन् । विद्यालय-विश्वविद्यालयमा के सिकाइन्छ र कति सिकिन्छ भन्ने आकलन गर्न सबैभन्दा सजिलो हुन्छ; किनभने त्यहाँ पाठ्यक्रम र पाठ्यपुस्तक समेत तोकिएका हुन्छन् । अझ् जाँचको लब्धाङ्क पत्र पल्टाएर हेरियो भने त त्यहाँ कति सिकियो भन्ने कुरा अंकमै पनि देख्न पाइन्छ ।

मानिसले सबैभन्दा लामो समयसम्म सिकिरहने र धेरै कुरा सिक्ने स्कूल भनेको चाहिं उसको आफ्नै जीवन हो । अर्थात् एउटा मानिसले आफ्नो जीवनरूपी स्कूल-विश्वविद्यालयमा जति कुरा सिक्छ, अन्यत्र त्यति सिक्न सक्दैन, पाउँदैन । भौतिक स्कूल-विश्वविद्यालयको सिकाइका क्रममा बेलाबेलामा जाँच पनि दिनुपर्ने भएकोले त्यहाँ सिकेका कुरा मानिसले हेक्कामा राख्छन् । तर हत्तपत्त कसैले नसोध्ने, आफैंले नभनेसम्म चाल पनि नपाउने र जाँच पनि दिनु नपर्ने भएर हुनसक्छ; जीवनरूपी स्कूलमा सिकेका कुरा भने प्रायः मानिसको अन्तस्करणमा अव्यक्त-अमूर्त रूपमै रहने गर्छन् ।

यसपटक हामीले आधा दर्जन जति महानुभावहरूसामु प्रश्न राख्यौं, “तपाईंले स्कूल-कलेजमा के विषय कति पढ्नुभयो भन्ने त तपाईंको काम र ‘करिअर’ बाट पनि अनुमान गर्न सकिन्छ; तर, तपाईंले आफ्नो सिङ्गो जीवन-जिन्दगीरूपी स्कूलमा चाहिं के पढ्नुभयो, कति सिक्नुभयो ? यो समाजलाई काम लाग्ने तपाईंको जीवनको सिकाइ-निष्कर्ष के हो ?”

हाम्रो प्रश्नमा धेरैले घोरिने-सोच्ने वचन दिनुभएको छ । ‘जीवनको सिकाइ’ सम्बन्धमा यस अंकमा चाहिं हामीले प्रसिद्ध संस्कृतिविद् सत्यमोहन जोशी र उहाँका विचार पस्किएका छौं ।
राजेन्द्र दाहाल
– सम्पादक
शिक्षक  मासिक, २०६९ कात्तिक अंकमा प्रकाशित ।

तस्वीरहरुः डम्बरकृष्ण श्रेष्ठ

पत्नी राधादेवीका साथ जोशी

 

Related Posts

/*sign up form*/