जताततै ‘स्कूलिङ’ – लक्ष्मी लोचना वैद्य

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)772

Print Friendly, PDF & Email
शैक्षिक क्षेत्रमा ‘स्कूलिङ’ र ‘एजुकेसन’ शब्दको निकै महŒव रहन्छ । यस सन्दर्भमा म डा. अवस्थीसित सहमत छु । यी दुई अवधारणाले शैक्षिक क्षेत्रको वातावरणलाई परिभाषित गर्छन् । कतिपय शिक्षकले यी शब्दलाई एउटै मान्ने गरेको पनि पाइन्छ । डा. अवस्थीले भने जस्तै वास्तवमा नै ‘अरूको सोच, चिन्तनलाई ठाउँ दिएर जानेलाई एजुकेसन भनिन्छ भने मेटाएर जानेलाई स्कूलिङ ।’

एजुकेसन नेपाली ‘शिक्षा’ शब्दको अङ्ग्रेजी रूपान्तरण हो । शाब्दिक रूपमा भन्दा पनि अर्थका दृष्टिले यो शब्दको महŒव देखिन्छ । मेरो विचारमा बालबालिकामा ज्ञान वृद्धि गराउनुका साथै उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्नमा सहयोग गर्नु तथा प्रेरणा दिएर भविष्यको योग्य नागरिक तयार गर्नु एजुकेसन हो भने ठीक भए पनि या नभए पनि परम्परागत मत अनुसरण गराउनु स्कूलिङ हो । अर्को शब्दमा भन्नुपर्दा विद्यार्थीमा जबर्जस्ती लाद्ने शिक्षाको नाम स्कूलिङ हो ।

डा. अवस्थीको यो लेख पढ्नुभन्दा अघिसम्म मैले यी दुई शब्दका बारेमा खासै सोचेकी थिइनँ । उहाँको लेख पढिसकेपछि मलाई पनि आफू स्कूलमा विद्यार्थी हुँदा र शिक्षक हुँदाको समयका क्रियाकलापहरू याद आए । साँच्चिकै अहिलेको विद्यालय शिक्षामा पहिलेभन्दा निकै परिवर्तन आएको देखिन्छ । यसबीचमा एजुकेसनभन्दा पनि स्कूलिङले बढी ठाउँ लिन थालेको पाइयो । हुन त स्कूलमा विद्यार्थी छँदा मैले पनि एजुकेसनको अनुभव गर्न पाइनँ । मैले स्कूल पढ्दा सिकाएको अथवा लेखाएको बुझ्एिन भने घोक्ने बानी गरेकी थिएँ । त्यो वेला आफूले नबुझ्ेको कुरा सोध्दा सजाय पाइन्छ कि भन्ने डर हुन्थ्यो । विद्यालयको वातावरण नै त्यस्तै थियो । प्रायजसो विद्यालयहरूमा नबुझ्ेको सोध्दा शिक्षकको जवाफभन्दा पनि गाली खानुपर्ने हुन्थ्यो । जो शिक्षकसँग विद्यार्थी बढी डराउँछन् उसैलाई राम्रो शिक्षकको रूपमा गनिन्थ्यो । यस्तो किन त भन्ने प्रश्नको जवाफ खोज्दै जाँदा धेरै वर्षपछि यसको उत्तर भेटाएँ । अधिकांश शिक्षकहरू विना योग्यता सोर्सफोर्सको भरमा जागीर खान आएको र जागीरकै लागि आफ्नो ज्ञानभन्दा ठीक विपरीतको विषय पढाउन बाध्य भएको भेटियो । यस्ता शिक्षक विद्यार्थीलाई सिकाउनेभन्दा पनि घोकाउनेमा बढी लाग्न थाले ।

चार वर्षअघि एउटा निजी विद्यालयको निमावि तहमा नेपाली विषय पढाउँदा मैले त्यहाँ एजुकेसनभन्दा पनि ‘स्कूलिङ’ को राम्रो नमूना देखें । स्कूल भवनका भित्ताहरूमा ‘इङ्गलिश जोन’ लेख्ने गरेको र सबैले अङ्ग्रेजीमै कुरा गर्नुपर्ने नियम राखिएको थियो । तर यी नियम सर्वस्वीकार्य नभएकाले पूर्ण कार्यान्वयन भने भएको थिएन । त्यस्तै अधिकांश शिक्षकहरू ज्ञान बाँड्नेभन्दा पनि शुरूमै जाँचमा आउने प्रश्नपत्रको नमूना अनुसार पाठ पढाउने र त्यसै अनुसार उत्तरहरू घोकाउने कार्यमा व्यस्त पाइन्थे । अनुभव र तालीम विना नै म त्यहाँ शिक्षक बन्न गएकी थिएँ । म आफ्नै हिसाबले पढाउँदै गएँ तर परीक्षाफल प्रकाशित हुँदा मैले पढाएको विषयमा अधिकांश विद्यार्थी फेल भए । यद्यपि यसभन्दा अघि तिनै विद्यार्थीको नम्बर निकै राम्रो आउने गरेको रहेछ । यसको कारण खोज्दै जाँदा उनीहरूलाई जाँचलाई लक्षित गरी घोकाउने कार्य मबाट नहुनु भेटियो । यस अनुसार विद्यार्थीले घोकेको प्रश्नलाई नै अर्को तरीकाले सोध्दा जवाफ दिन नसक्ने र दिए पनि उत्तरमा कुनै मौलिकता नहुने गरेको पाएँ । यसपछि मैले आफ्नै विधि अपनाउँदै सिर्जनात्मक तरीकाले विद्यार्थीलाई नै सहभागी गराएर पढाउँदै गएँ । हरेक अभ्यासमा रहेका प्रश्नको मौलिक उत्तर लेख्न विद्यार्थीलाई प्रोत्साहन दिन्थें । यसबाट विद्यार्थीमा स्पष्ट रूपमा पढ्ने, लेख्ने, प्रश्न–प्रतिप्रश्न गर्ने, बुझने, सुन्ने, सहयोग गर्ने तथा आफ्नै हिसाबले सोच्ने क्षमताको विकास भयो । यो पद्धति अपनाएको करीब ७÷८ महीनापछि मात्र मैले यसको प्रतिफल पाएँ । कक्षाकै अत्यन्त कमजोर विद्यार्थी बाहेक अधिकांश विद्यार्थीले प्रश्नहरूको मौलिक र सही जवाफ लेख्न थाले ।

वास्तवमा शिक्षा विषयको पाठ्यक्रममा यस्ता उत्प्रेरक तथा उत्कृष्ट विधि हुँदाहुँदै पनि नेपाली शिक्षामा अझ्ै पनि स्कूलिङकै धारणा बढी पाइन्छ । यसको लागि शिक्षकहरूले आफूले पढेको ज्ञानलाई व्यवहारमा नउतार्ने प्रवृत्तिले गर्दा पनि होला अधिकांश स्कूलहरूमा मैले एजुकेसनभन्दा पनि स्कूलिङको वातावरण बढी देखेकी छु । प्रायः स्कूलहरूमा विद्यार्थीलाई गाली गर्ने, होमवर्क नगरेको खण्डमा प्रेरणा दिनुको सट्टा बढी सजाय दिने गर्नाले विद्यार्थीहरू स्कूलको नाम लिनेबित्तिकै तर्सिन्छन् । साथै जान्नेबुझ्ने विद्यार्थीमा पनि ‘मै जान्ने, मै बुझने, अरूलाई सिकाए मेरो ज्ञानमा कमी आउँछ’ भन्ने भावना रहेको देखिन्छ ।

हरेक कुराका राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् । यही परिधिभित्र एजुकेसन र स्कूलिङ पनि पर्छन् । यी दुईमध्ये कुनै एक धारणालाई मात्र अवलम्बन गरेर पनि नेपालको शिक्षामा सुधार आउने देखिंदैन । हालको परिस्थिति अनुसार नेपालमा यी दुवै अवधारणालाई आवश्यकता अनुसार अवलम्बन गरेर अगाडि बढे मात्र नेपालको शिक्षाले पनि योग्य जनशक्ति तयार गर्न सक्छ । व्यक्तिको प्रतिभा प्रस्फुटन गरी समाजमा घुलमिल हुनसक्ने तथा समाजको योग्य नागरिक बन्नमा एजुकेसनले मद्दत गर्छ भने बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नमा स्कूलिङले मद्दत गर्छ । डा. अवस्थीका अनुसार भन्ने हो भने ‘एजुकेसनले मानिसलाई मानिस अर्थात् सामाजिक प्राणी बनाउँछ भने स्कूलिङले बजारले माग गरेको खास खालको ज्ञान समझ्दारी–सीपयुक्त मानिस उत्पादन गर्छ ।’

एजुकेसन र स्कूलिङको सवाल विद्यालय शिक्षाका निम्ति आवश्यक सवाल हो तर यसलाई नै निर्णायक सवालको रूपमा लिनु उचित हुँदैन; किनभने विद्यालय शिक्षा सुधारको लागि यसबाहेक पनि नीतिनिर्माण, आचारव्यवहार, शिक्षक–विद्यार्थी, शिक्षक–प्रशासनिक निकायबीचको समन्वय, उचित विद्यालय व्यवस्थापन जस्ता आदि कुराहरू पनि आवश्यक देखिन्छन् । 

भक्तपुर, नेपाल

Related Posts

/*sign up form*/