‘स्कूलिङ’ होइन, परिभाषा बदलौं !- सुमित्रा श्रेष्ठ

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)483

एकपटक एउटा मान्छे घुम्दै–घुम्दै नयाँ ठाउँमा बास बस्न पुग्छ । साँझ्को खाना खाएर सुत्ने तर्खर गर्दै गर्दा अचानक एउटा आवाज सुन्छ, “मुक्ति देऊ ! मुक्ति देऊ ।” बाहिर गएर हेर्छ, एउटा सुगा पिंजडाभित्रबाट कराउँदै रहेछ । त्यो मानिसले पिंजडा खोलेर सुगा उडाइदिन्छ । एउटा जीवलाई मुक्ति दिलाउन पाएकोमा खुशी भएर सन्तोषको लामो सास फेर्दै आनन्दले निदाउँछ ।

भोलिपल्ट नयाँ ठाउँ घुमफिर गरी सुगा सोही ठाउँमा बास बस्न फर्कन्छ । फेरि त्यही आवाज सुनिन्छ “मुक्ति देऊ ! मुक्ति देऊ ।” मानिस बाहिर गएर हेर्छ त त्यही सुगा त्यही पिंजडाभित्र, पिंजडाको डन्डी समाएर कराउँदै छ । तर पिंजडाको ढोका भने खुल्लै छ ।

त्यो सुगा त्यसरी किन कराउँथ्यो– मुक्ति शब्दको अर्थ बुझ्ेर र मुक्ति चाहेर, वा मुक्ति शब्द रटेर वा मुक्ति भन्ने बानी परेर वा अन्य कुनै कारणले ? अनि सुगा पिंजडामा नै फेरि किन फर्कियो होला ? बाहिर आफूले सोचे जस्तो ठाउँ नपाएर वा उड्न नसकेर वा बाहिरको जीवन पिंजडाको भन्दा अप्ठेरो भएर वा अन्य कुनै कारणले ?

त्यस्तै शिक्षासँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने हामी सबैबीच ‘शिक्षा’ लाई लिएर विभिन्न छलफल, तर्क–वितर्क भई नै रहन्छ । शिक्षा लिने–दिने विषयमा विभिन्न तालीम, गोष्ठी चली नै रहन्छन् । हामीहरूमा यसलाई बुझ्े जस्तो, बुझए जस्तो, बुझन खोजे जस्तो भई नै रहन्छ, किनकि शिक्षा यस्तो प्रक्रिया हो जुन कहाँ, कसरी, किन, कति, कहिले चल्छ यकिनसाथ शायदै भन्न सकिएला । यो व्यक्ति, परिवेश, समयपिच्छे फरक हुने कुरा हो । भनिन्छ, शिक्षा नजिकबाट शुरू हुँदै, छिमेक, गाउँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय बन्दै जान्छ ।
यति संवेदनशील प्रक्रियामा कसले, कसलाई, कति, कहिले, किन, कसरी, कुन शिक्षा दिने प्रश्न उठ्नु स्वाभाविक हो र यो उठी नै रहन्छ ।

अब आयो स्कूलिङको कुरा । स्कूलको अवधारणा के कति कारणले कुन रूपमा शुरू भयो र के कस्ता परिवर्तनहरू पार गर्दै आजको रूपमा आइपुग्यो होला ? एकपटक सोचौं त मानिसको विकासको क्रममा गहुँ पिसेर रोटी खाने उपाय निकाल्नेले कुनै समयमा यो रोटीको रूप पिज्जा, पाउरोटी, नान, पराठा, केक आदिमा विकसित एवं परिवर्तित हुनेछ भन्ने सोचेका थिए होलान् त ? मानिसले स्वादिलो र आकर्षक बनाउनका लागि पीठोको ठाउँमा मैदा प्रयोग गर्न र खाद्य–अखाद्य रंग आदि मिसाउन थाले । आज आएर यी खाना कति स्वस्थकर छन्, खान हुन्छ कि हुन्न, के के खाने, के के नखाने भन्ने विषयमा अनुसन्धान भएका छन् र भई नै रहन्छन् । अस्वस्थकर छन् भन्ने अथवा मैदा भन्दा पीठो, बिस्कुट, चाउचाउ भन्दा गहुँ, चामल, मकै, फापर तथा कोदाको रोटी धेरै स्वस्थकर हुन् भन्ने बुझन बुझउन थालिएको छ । तैपनि हामीले यसलाई पूर्ण रूपमा त्याग्न सकिरहेका छैनौं जसका धेरै कारणहरू छन् । त्यसैले स्कूल र स्कूलिङ नै खराब हुन् वा होइनन् भन्नु भन्दा पनि यसलाई कसरी प्रभावकारी बनाउने भन्नेतिर लाग्ने हो कि ?

आजको समयमा घर नभए डेरा वा अन्य धेरै विकल्प छन् तर स्कूलको विकल्प के हो त ? यदि स्कूल र स्कूलिङ नै हाम्रो विकल्प हो भने यसको शाब्दिक अर्थतिर नलागौं, बरु यसको अर्थ नै बदलांै । स्कूलसँग आबद्ध सबै मिलेर यसभित्र हुने सबै शैक्षणिक गतिविधिमा गुणस्तर कायम गर्ने उपायहरू निकालौं । शिक्षा दिने नाममा पठनपाठन गर्ने गराउने वहानामा के कस्ता अपाच्य मिश्रणहरू भइरहेका छन् भन्ने सोचौं, छलफल गरौं र यस्तो किन हुँदैछ, यसका राम्रा–नराम्रा पक्षहरू के के छन्, यसका वैकल्पिक बाटाहरू छन् कि छैनन् पत्ता लगाऔं । जस्तैः एउटा हानिकारक शिक्षा हो ‘प्रतिस्पर्धा’ । विभिन्न सीप विकास गर्ने होडमा हामी विद्यार्थीलाई मिहिनेती भन्दा बढी प्रतिस्पर्धी बनाउँछौं । हामी यो कसरी बिर्सन सक्छौं कि एक जना प्रथम हुँदा धेरै जना हतोत्साही हुन्छन् । अर्कोतिर जित्ने व्यक्तिमा जित्नु नै अन्तिम लक्ष्य हो, यहाँ जितेपछि सबै ठाउँमा जित्नुपर्छ वा जितिन्छ भन्ने मानसिकताको विकास हुन सक्छ र जीवनका अन्य मोडमा कहीं कतै पछाडि परियो भने विचलित हुन पुग्दछन् । हुनत हरेक कुराका उज्याला र अँध्यारा पक्षहरू हुन्छन् तर प्रतिस्पर्धात्मक शिक्षाले राम्रा भन्दा नराम्रा पक्षकै बढी विकास गराउँछ । चाहे त्यो जित्नेमा होस् वा हार्नेमा । यस्तै अरू धेरै कुराहरू छन्, जुन शिक्षा दिने प्रक्रियामा स्कूल तथा अभिभावक मार्फत प्रयोग गरिन्छन्, जसले सकारात्मकभन्दा बढी नकारात्मक गुणहरूका विकास गर्ने सम्भावना बढी हुन्छ ।

अब एकछिन पाठ्यपुस्तकतर्फ जाऔं । पाठ्यपुस्तक हाम्रा लागि हाम्रा विद्यार्थीका लागि कसले, कहिले र किन बनाए ? यो प्रश्नभन्दा महŒवपूर्ण प्रश्न यी पाठ्यपुस्तकलाई हाम्रो आफ्नो परिवेशमा आजको समय सान्दर्भिक बनाएर हाम्रा विद्यार्थीहरूको आवश्यकता, जिज्ञासा र स्तरमा रहेर कसरी बढीभन्दा बढी प्रभावकारी ढंगबाट सदुपयोग गर्न सकिन्छ भन्ने हुनुपर्छ । पाठ्यपुस्तकको उद्देश्य पक्का पनि कण्ठ गराउनु मात्र होइन । कस्ता विद्यार्थीले कति उमेरका विद्यार्थीले के कति कण्ठ गर्न सक्छन् र के यो कण्ठ गर्न जरूरी छ ? यति कुराको हेक्का हामीले राख्नुपर्छ । घोक्नु अथवा कण्ठ गर्नु भनेको मानिसको सर्वाङ्गीण विकासभित्रको एउटा सानो पाटो मात्र हो । यो कसैले बढी गर्न सक्छन् कसैले कम, यो व्यक्तिपिच्छे फरक हुन्छ तर हामी परीक्षाको भूत देखाएर पाठ्यपुस्तक घोकाउँछौं । कण्ठ गर्ने पनि विभिन्न सरलीकृत उपाय छन् कि ? के कस्ता क्रियाकलापको माध्यमबाट कण्ठ गर्ने क्षमता बढाउन सकिन्छ ? कम पानी पिउने, बढी टीभी हेर्ने, मस्तिष्क विकासमा कमी ल्याउने खाना खाने, एकाग्र भएर बस्न नसक्ने आदि कारणले कण्ठ गर्ने क्षमतामा कमी ल्याउँछ कि भन्ने आदि विषयमा सोच्न बिर्सन्छौं वा सोच्न चाहन्नौं । यस्तै विद्यार्थीका अन्य विकासका पक्षहरूको पढाइमा कस्तो भूमिका रहन्छ र त्यसको विकासमा कसरी ध्यान दिन सकिन्छ भन्ने कुराको विषयमा सबै मिलेर सोचौं । घोक्नु, घोकाउनु र पाठ्यपुस्तक सकाउनु मात्र शिक्षकको काम होइन । विद्यार्थीले जान्न बुझन चाहेको ज्ञान दिनुपर्छ । मानौं हामी पढाउँदैछौं एउटा निबन्ध ‘सगरमाथा’ । सगरमाथाको उचाइ ८८४८ मि. छ भन्दा विद्यार्थीको मनमा प्रश्न उठ्न सक्छ “ओहो यति अग्लो हिमाल कसरी नापे होलान् ?” यस्तै अन्य जिज्ञासा उठ्दै जान्छन् । यदि हामीले त्यसको जवाफ कहाँ कसरी पाउन सकिन्छ भनिदिएनौं भने हामी पाना पल्टाउँदै निबन्ध पढाइसक्छौं ऊ त्यही प्रश्नमा रुमल्लिएर बसिरहन्छ ।

पाठ्यपुस्तकसँग जोडिएर आउँछ पाठ्यसामग्री । पाठ्यपुस्तकलाई जीवन्त बनाउनका लागि पाठ्यसामग्री अत्यावश्यक हुन्छन् । पाठ्यसामग्री भन्नेबित्तिकै कुरा उठ्छ विद्यालयका भौतिक सुविधा अर्थात् शहरका विद्यालय–गाउँका विद्यालय, भौतिक सुविधासम्पन्न विद्यालय– भौतिक सुविधाविहीन विद्यालय । तर म त भन्छु यो “नजिकका देउता हेला र टाढाका देउता मेला” भन्ने मानसिकता मात्र हो । पक्का पनि बढी सुविधासम्पन्न भएकोमा अलि बढी र सजिलै पठनपाठन गर्न सकिन्छ तर गाउँका विद्यार्थीले सोच्दै नसोची भन्दै नभनी जान्दै नजानी ग्रहण गरिरहेका ज्ञान र सीप सिकाउन शहरका विद्यालयले अतिरिक्त पैसा, समय र शक्ति खर्चिनुपर्छ । समय समयमा फिल्ड ट्रिप र स्कूलभित्रै विभिन्न प्रयोगशालाको व्यवस्था गरिनुपर्छ । तसर्थ विद्यालय विद्यालयबीच भौतिक सुविधाको तुलना नगरौं, सकेसम्म सबै पक्षबाट बढीभन्दा बढी सुविधासम्पन्न बनाउने कोशिश गरौं र भएका सुविधाबाट विद्यार्थीलाई अधिकतम लाभ दिन नचुकौं । होइन भने गाउँका विद्यालयले शहरका विद्यालय हेर्छन्, शहरका विद्यालयले आफूभन्दा सुविधासम्पन्न विद्यालय हेरेर आफूले दिनसक्ने शिक्षा पनि दिन बिर्सन्छौं । पाठ्यपुस्तक पठनपाठनका लागि राम्रो पाठ्यसामग्री भनेको स्थानीय सामग्री नै हुन्, जुन सान्दर्भिक र सुलभ हुन्छन् ।
पाठ्यपुस्तक सकाउनु, घोक्नु, घोकाउनु र त्यसैको आधारमा परीक्षामा अंक दिएर विद्यार्थीको प्रगति विवरण दिनु भन्दा विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिएर काम गर्नुमा विभिन्न कठिनाइहरू छन् । तैपनि स्कूल र शिक्षकले यसमा आँखा चिम्लनुहुँदैन ।

एउटा ड्राइभिङ इन्ष्टिच्युटमा ड्राइभिङ सिक्न आएकाभध्ये पाँच जनाले साह्रै राम्रोसँग सिके । यदि सो इन्ष्टिच्युटले पाँचै जनालाई उत्तम ड्राइभर ९द्यभकत म्चष्खभच० को उपाधि र प्रमाणपत्र दियो । तीमध्येका एक जना ड्राइभर लिएर एउटा परिवार शहरको भीडभाडभन्दा टाढा घुम्न निस्के । पहाडको बाटो छिचोल्दै उचाइमा पुग्दा सो ड्राइभरलाई कहाली लागेछ । अर्को ड्राइभरलाई लिएर एउटा परिवारले बिहान चारै बजे उठेर नगरकोटबाट सूर्याेदय हेर्ने योजना बनाएको थियो । तर ‘उत्तम ड्राइभर’ को उपाधि पाएको खुशियालीमा ऊ आफैंले आयोजना गरेको बेलुकीको भोजमा भुलेर बिहान ६ बजेसम्म निदाएछ । तेस्रो ड्राइभरसँग एउटा समूहले लामै ‘कन्ट्याक्ट’ गर्न चाहेको थियो । तर आफू उत्तम ड्राइभर भएको भन्दै उसले दोब्बर तलब माग्यो । चौथो ड्राइभर लिएर एउटा समूह गएको बाटोमा के कति कारणले जाम भयो उसले कुर्न पनि सकेन; वैकल्पिक बाटोबारे उसलाई जानकारी पनि थिएन । परिणामतः गन्तव्य नपुग्दै फर्कनुप¥यो । पाँचौं ड्राइभर बल्लबल्ल उत्तम ड्राइभर बनेको । जसरी हुन्छ एउटा घडेरी जोड्ने धुनमा खाई नखाई सकी नसकी दौडेको दौड्यै गर्न थाल्यो । अन्ततः घडेरी जोर्नुअघि नै थला प¥यो ।

हामी अब शिक्षकको ठाउँमा बसेर सोचौं शिक्षा दिनु थियो ड्राइभिङ गर्ने, त्यो त राम्रैसँग दियौं । तर, तिनलाई के कस्ता शिक्षा दिन चुक्यौं र ती जानेको सीप सदुपयोग गर्नेबाट बन्चित भए ? सीप भन्दा महŒवपूर्ण मानवीय गुणहरू के के रहनेछन् त ? पाठ्यपुस्तक कण्ठ गर्दैमा, कुनै सीप सिक्दैमा, राम्रो अंक ल्याएर परीक्षा पास गर्दैमा पूर्ण शिक्षा पाएको ठहरिन्छ त ? जीवनको विशेष महŒवपूर्ण समय, जीवनको बढीभन्दा बढी कमाइ खर्चेर स्कूल–कलेजमा बिताइएका दिनहरूको प्रभावकारी ढंगमा सदुपयोग भइरहेका छन् त ? तसर्थ एजुकेसन कि स्कूलिङ होइन स्कूलिङ विथ एजुकेसन ९क्अजययष्लिन धष्तज भ्मगअबतष्यल० र एजुकेसन विथइन स्कूलिङ ९भ्मगअबतष्यल धष्तजष्ल क्अजययष्लिन० को अवधारणाको विकास हुनुपर्छ । आजको पारिवारिक, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय, अवस्थिति बुझैं, त्यसका समस्या र अप्ठ्यारा पक्षको पहिचान गरौं । त्यसको जड चिनौं । शिक्षाको कुन कुन पक्षलाई ध्यान दिन नसक्दा यस्तो परिस्थितिको सृजना भयो र स्कूल र शिक्षकले यसको कति प्रतिशत उत्तरदायित्व वहन गर्नुपर्ने हो र गरिरहेका छौं ? यसमा बहस गरौं, गराऔं र उपाय निकालेर अवलम्बन गर्नेतिर लागौं ।

शिक्षकले नबोल्नेलाई बोल्न, धेरै बोल्नेलाई अरूको कुरा सुन्न, चुलबुलेलाई एकाग्र हुन, निष्क्रियलाई सक्रिय हुन सिकाऔं । आफूसँग भएका सकारात्मक गुणलाई निखार्न, आफूलाई आफैंसँग प्रतिस्पर्धा गर्न सिकाऔं । विद्यार्थीको आत्मबल बढाऔं, जिम्मेवार बनाऔं । सकारात्मक सोचाइ र गराइमा जोड दिऔं । सामाजिक–आध्यात्मिक मूल्यमान्यताको कदर गर्न र सबैप्रति आभारी हुन सिकाऔं । पाठ्यपुस्तकप्रेमी मात्र होइन पुस्तकप्रेमी बनाऔं । अभिभावक, साथीभाइ, समाज तथा अन्यलाई शिक्षा सम्बन्धी कुरामा जागरुक बनाऔं । सरकारको तर्फबाट अरू विकासभन्दा अगाडि शैक्षिक विकासका लागि छिटोभन्दा छिटो निःशुल्क शिक्षाका लागि पहल गराउनेतर्फ र यस क्षेत्रमा निस्वार्थ रूपमा उत्कृष्ट योगदान पु¥याइरहेका विद्यालय, शिक्षक तथा अन्य व्यक्तिहरूलाई सरकारले बढीभन्दा बढी सहयोग तथा हौसला दिलाउनेतर्फ लागौं । र, अन्त्यमा, शिक्षा भनेको अनवरत चलिरहने र कहिल्यै पूरा नहुने प्रक्रिया हो । त्यसैले सर्वप्रथम शिक्षक नै शिक्षाको प्यासी बनौं । पत्रपत्रिका, किताब सञ्चारका अन्य माध्यम, विज्ञहरू, अनुभवीहरू, पूर्वजहरू जहाँ जहाँबाट सिक्न सकिन्छ सिकौं र सिकाऔं । 

प्राथमिक तह को–अर्डिनेटर
सनलाइट इङ्गलिस स्कूल, गौरीघाट, काठमाडौं

Related Posts

/*sign up form*/