व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’ – अनिता भट्टराई

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)459

Print Friendly, PDF & Email
यो बहसको सुरुआत डा. लवदेव अवस्थीको भनाइ “शिक्षा (‘एजुकेसन’) र ‘स्कूलिङ’ विल्कुल फरक कुरा रहेछन् । यिनको दिशा नै फरक रहेछ— पूर्व र पश्चिम जस्तो” (शिक्षक, असोज २०७०, पृ. ५७) बाट गर्न चाहन्छु । तर डा. अवस्थीले भने जस्तो ‘फरक दिशा’ बाट होइन । किनभने जहाँ पूर्व छ त्यहाँ पश्चिम अवश्य हुन्छ र जहाँ पश्चिम छ त्यहाँ पूर्व अवश्य हुन्छ । जसरी पूर्व नभई पश्चिमको र पश्चिम नभई पूर्वको अस्तित्व सम्भव हुँदैन त्यस्तै ‘एजुकेसन’ र ‘स्कूलिङ’ मा पनि अन्तरसम्बन्ध रहेको छ । अर्थात् हरिहर तिमिल्सिनाले भने जस्तो जहाँ ‘एजुकेसन’ हुन्छ त्यहाँ ‘स्कूलिङ’ हुन्छ । जहाँ ‘स्कूलिङ’ हुन्छ त्यहाँ ‘एजुकेसन’ हुन्छ (शिक्षक, मंसीर २०७०, पृ. ५०) र मेदिन लामिछानेले भने जस्तो ‘एजुकेसन’ र ‘स्कूलिङ’ एकअर्कामा आश्रित छन् (शिक्षक, पुस २०७०, पृ. ५८) । तर यसो भत्रुको तात्पर्य यो होइन कि ‘एजुकेसन’ र ‘स्कूलिङ’ एकै हो । ‘स्कूलिङ’ साधन हो भने ‘एजुकेसन’ भनेको साध्य । ‘स्कूलिङ’ ‘एजुकेसन’ को एउटा रूप हो । ‘स्कूलिङ’ र ‘एजुकेसन’ को सम्बन्ध एबचत(ध्जयभि को हुन्छ जहाँ ‘स्कूलिङ’ एबचत हो भने ‘एजुकेसन’ ध्जयभि ।
‘एजुकेसन’ र ‘स्कूलिङ’ को अर्थ र परिभाषा समय अनुसार परिवर्तन हँुदै गइरहेको छ । यो सन्दर्भ, समय र स्थान अनुसार पनि फरक फरक हुन्छ । ‘एजुकेसन’ भनेको यस्तो प्रक्रिया हो जसले समय अनुकूल वैकल्पिक बाटोबाट सोच्न, प्रयोग गर्न र प्रस्तुत गर्न सिकाउँछ । यस्तो शिक्षित व्यक्ति निर्माण गर्नका लागि समग्र ‘स्कूलिङ’ (पारिवारिक ‘स्कूलिङ’, सामाजिक ‘स्कूलिङ’ आदि) ले सहयोग गरिरहेको हुन्छ ।

विद्यालय, घरपरिवार, समाज, रीतिरिवाज, चालचलन, धर्म, संस्कृति, नयाँ नयाँ प्रविधिले ल्याएका सूचनाका नयाँ नयाँ स्रोत, साधन जस्तै– रेडियो, टी.भी., पत्रपत्रिका, इ–मेल, इन्टरनेट आदि मार्फत प्राप्त गरेको ज्ञानको साथसाथै व्यक्ति स्वयंले आफ्नो जीवनमा भोगेका घटना, दुर्घटना र त्यस्ता समस्याको सामना गर्न प्रयोग गरिएका समाधानका उपायको समग्र रूप ‘एजुकेसन’ हो भने ‘स्कूलिङ’ ‘एजुकेसन’ प्राप्त गर्ने एउटा महŒवपूर्ण र अनिवार्य साधन हो जसले प्राप्त गरेको ‘एजुकेसन’ लाई मान्यता दिई व्यवहारमा उतार्न मार्गप्रशस्त गरिदिन्छ । त्यसकारण ‘एजुकेसन’ र ‘स्कूलिङ’ लाई फरक दिशाबाट हेरिनुहँुदैन ।

‘एजुकेसन’ लाई प्रजातान्त्रिक र ‘स्कूलिङ’ लाई अप्रजातान्त्रिक पद्धतिको रूपमा पनि हेरिनुहुँदैन । ‘स्कूलिङ’ आफैंमा अप्रजातान्त्रिक होइन । अप्रजातान्त्रिक त ‘स्कूलिङ’ भित्र प्रयोग गरिने पद्धति र प्रक्रिया हो । जसरी प्रजातान्त्रिक पद्धतिभित्र नीति, नियम हुन्छन् र ती नीति नियमको अनुसरण गर्नु जरूरी हुन्छ; त्यस्तै ‘स्कूलिङ’ भित्र पनि केही मूल्य मान्यता, विधि र पद्धतिहरू हुन्छन् तिनीहरूको अनुसरण गर्नु पनि जरूरी हुन्छ । हो ‘स्कूलिङ’ भित्र प्रयोग गरिएका मूल्य, मान्यता, विधि र प्रक्रियाहरू प्रजातान्त्रिक, व्यावहारिक, समयसापेक्ष र जीवनजगतसँग मेल खाने चाहिं हुनै पर्छ । यदि ती यस्ता छैनन् भने तिनलाई समय र समाजको चाहना अनुसार परिमार्जन गरिनुपर्छ ।

‘स्कूलिङ’ लाई निजी स्कूल अनि ‘एजुकेसन’ लाई सामुदायिक स्कूलसँग जोडेर पनि हेरिनुहँुदैन । सबै सामुदायिक विद्यालयले ‘एजुकेसन’ नै प्रदान गरिरहेका छन् भत्रे होइन र यो सम्भव पनि छैन । त्यस्तै निजी विद्यालयहरूले अव्यवहारिक ‘स्कूलिङ’ मात्रै दिइरहेका छन् भत्रे पनि होइन । एकाध बाहेक धेरै सामुदायिक विद्यालयले विद्यार्थीलाई दिएको स्वतन्त्रता भनेको शिक्षकहरूको हेलचेक्र्याइँको उपज मात्रै हो । त्यहाँ विद्यार्थीले स्वतन्त्र रूपमा सोच्न र आफ्नो अनुभवलाई जीवन जगतसँग जोडेर हेर्न पाएका छन् भने त्यो अर्कै कुरा हो ।

निजी विद्यालयहरूले पनि अतिरिक्त क्रियाकलाप (जस्तैः नृत्य, गायन, संगीत, चित्रकला, खेलकुद आदि) मार्फत विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने प्रयास गरिरहेका छन् । त्यस्तै शैक्षिक, सामाजिक र सांस्कृतिक भ्रमण मार्फत विद्यार्थीलाई आफ्नो समाज र संस्कृतिलाई बुझने वातावरण प्रदान गरिएको पाइन्छ । त्यसकारण कसमा कति कमजोरी भत्रु भन्दा पनि ती कमजोरीहरूलाई कसरी सुधार गर्ने भनेर सोच्नु जरूरी छ ।

हामीले जति नै आदर्शका कुरा गरे पनि पूँजीवाद र विश्वव्यापीकरणको चपेटामा परिसकेको हाम्रो समाजले विश्व समुदायसँग प्रतिस्पर्धा गर्नु परिरहेकै छ । तसर्थ विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने स्वावलम्वी, सक्षम र समस्याको समाधान गर्न सक्ने ‘एजुकेसन’ प्रदान गर्नु अहिलेको ‘स्कूलिङ’ को चुनौती हो । त्यसका लागि ‘एजुकेसन’ कि ‘स्कूलिङ’ भन्दा पनि सकारात्मक र व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’ प्रदान गरिनु उचित हुन्छ ।

तर शैक्षिक सुधारका लागि यति मात्रै भने पर्याप्त छैन । यसका लागि स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्मका सबै सरोकारवाला पक्षबीच बहस गर्नुपर्छ । सरोकारवाला पक्षभित्र विद्यालय, शिक्षक र विद्यार्थी मात्र नभई अभिभावक, विद्यालय प्रशासक, नीतिनिर्माता, स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्मका राजनीतिक दलका कार्यकर्ताका साथसाथै सरकारी र गैरसरकारी संघसंस्थाहरू पनि पर्दछन् । यस किसिमको बहसबाट निस्किएको निष्कर्षलाई समय र स्थान अनुकूल प्रयोग गर्न सकियो भने सकारात्मक र व्यावहारिक ‘स्कूलिङ’ मार्फत ‘एजुकेसन’ प्रदान गर्न सकिन्छ । 

दि एक्सेल्सियर स्कूल, स्वयम्भू, काठमाडौं

Related Posts

/*sign up form*/