चाहिएको छ ‘एजुकेसन’ सहितको ‘स्कूलिङ’ – केदारमान राई

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)560

Print Friendly, PDF & Email
सरल भाषामा भन्नु पर्दा, हरेक विद्यालयमा हुने शिक्षण सिकाइ क्रियाकलापहरू ‘स्कूलिङ’ का प्रक्रिया हुन् भने उक्त कार्यबाट विद्यार्थीले प्राप्त गर्ने सिकाइ उपलब्धि ‘स्कूलिङ’ हो । तर, ‘स्कूलिङ’ का लागि भएका वा हुने गरेका सबै सिकाइ क्रियाकलापहरू मानव जीवन र जगतका लागि उपयोगी सिद्ध छन् त ? यसमा प्रष्ट हुनु जरूरी छ । साथै, ‘स्कूलिङ’ को खास अवधारणा र उद्देश्यबारे छलफल गर्नु तथा बुझनु पनि आवश्यक छ । अर्काेतर्फ, कुनै पनि व्यक्तिमा अन्तर्निहित प्रतिभाको पहिचान गरी उक्त प्रतिभालाई हुर्काउन गरिने मनोवैज्ञानिक कार्यविधिलाई ‘एजुकेसन’ मान्न सकिन्छ । ‘एजुकेसन’ आफैंमा एउटा कला हो, सीप हो । त्यसैले ‘एजुकेसन’ ले बाँच्न सिकाउँछ साथै, बाँच्नुको महŒव पनि सिकाउँछ । जैविक अस्तित्व कायम राख्नको निम्ति पनि ‘एजुकेसन’ अपरिहार्य छ तसर्थ, ‘एजुकेसन’ जीवनको मूल मन्त्र हो । 

अब, व्यावहारिक तथा सीपमूलक ‘एजुकेसन’ कहाँबाट सिक्ने ? भन्ने प्रश्न आउन सक्छ । ‘एजुकेसन प्राप्त गर्ने विभिन्न शैली तथा बाटाहरू छन्, जसमध्ये सुलभ तथा औपचारिक माध्यमको रूपमा ‘स्कूलिङ’ लाई लिन सकिन्छ । तथापि, ‘स्कूलिङ’ को वर्तमान कार्यविधिमा कायापलट हुनु भने जरूरी छ । अर्थात्, ‘स्कूलिङ’ मा ‘एजुकेसन’ को पूर्ण उपस्थिति एउटा अनिवार्य शर्त हो । वर्तमान परिप्रेक्ष्यमा ‘स्कूलिङ’ र ‘एजुकेसन’ को अवस्था हेर्दा, अधिकांश निजी तथा सामुदायिक विद्यालयले ‘स्कूलिङ’ को नाममा विद्यार्थीलाई पिंजडाका सुगा बनाए । विद्यार्थीलाई रट्ने र रटाउने काममा अग्रसर बनाएर अविकसित परीक्षाको तयारी गराए । यस्तो कार्यमा पनि सामुदायिक विद्यालय निजी विद्यालय भन्दा पछाडि छन् । विद्यार्थी उत्तीर्ण गराउने काममा निजी विद्यालय केही हदसम्म सफल भए पनि ‘एजुकेसन’ को मामलामा भने कमजोर नै मानिन्छन् । उता हाम्रा सामुदायिक विद्यालय भने दुवै कुरामा निरीह प्रायः देखिन्छन् । यसले देखाउँछ कि राज्यले शिक्षा (एजुकेसन) का लागि गरेको लगानी खेर गइरहेको छ । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको तथा राज्यको भविष्य माथि परेको छ । 
मेरो बुझइमा, ‘स्कूलिङ’ को अवधारणा वा सिद्धान्त विद्यार्थीलाई घोकाउनु वा घोकाएर पढाउनु पक्कै हैन । यो कुरा शिक्षा (एजुकेसन) को राष्ट्रिय तथा तहगत उद्देश्यद्वारा पनि बुझन सकिन्छ । तर, कुनै पनि क्षेत्रमा उचित प्रतिफल हासिल गर्न उद्देश्य तर्जुमा गरेर मात्र पुग्दैन लक्ष्य अनुरूप काम हुनु महŒवपूर्ण कुरा हो । राज्यले शिक्षा सम्बन्धी प्रष्ट उद्देश्य बनाएको अवस्थामा पनि विद्यालयमा घोकन्ते प्रवृत्तिलाई बढावा दिइएको स्थितिलाई मूकदर्शक भएर हेरिनु दुर्भाग्यको विषय हो । परिणामतः यसले ‘स्कूलिङ’ को व्यावहारिक स्वरुपलाई नराम्ररी बिगा¥यो अर्थात्, ‘स्कूलिङ’ मा ‘एजुकेसन’ लाई उपेक्षा गरियो । जसरी एउटा धभिि–तचबष्लभम सुगाले हामीले जे बोल्न लगायौं त्यही बोल्छ तर उसलाई थाहा हुँदैन कि उसले के बोल्दैछ । ठीक त्यसरी नै हाम्रा विद्यार्थी प्रश्नको तयारी जवाफ त दिन सक्छन् तर उक्त जवाफको मतलब उनीहरू स्वयम्लाई थाहा हुदैन । यसको खास कारण हामीले विद्यार्थीहरूलाई धभिि–तचबष्लभम बनाउन चाह्यौं, धभिि भमगअबतभम बनाउन खोजेनौं । मुख्य रूपमा हामी यहीं चुकेका छौं ।

हाम्रो देशमा नैतिक व्यक्तित्वहरूको खाँचो छ, सच्चा देशभक्तहरूको अभाव छ, देशमा राजनीतिक स्थिरता कायम गर्ने राजनीतिक विचारक तथा चिन्तकहरूको कमी छ । यी र यस्ता साराका सारा व्यक्तित्वहरूको निर्माण तथा आपूर्ति गर्ने कार्यमा ‘स्कूलिङ’ र ‘एजुकेसन’ लाई एकजुट बनाउनु हामी सबैको साझ दायित्व हो । त्यसैले ‘स्कूलिङ’ कि ‘एजुकेसन’  हैन ‘स्कूलिङ’ मा उचित सुधार गरी दुवैको सही समायोजन मार्फत जीवन उपयोगी पूर्ण ‘एजुकेसन’ को निर्माण गरौं । 

भू.पू.सैनिक इङ्गलिस सेकेन्डरी स्कूल बेल्टार–१, उदयपुर

Related Posts

/*sign up form*/