तालिमको स्थानान्तरणः यसो गरे कसो नहोला त ? – डा. विद्यानाथ कोइराला

by • • विश्लेषणComments (0)683

Print Friendly, PDF & Email
कस्तो छ दिमागी बनोट ?
डरमिटोग्लाफर्स भन्छौं— मानव दिमाग खण्डहरूको समष्टि हो । संज्ञानवादी भन्छौं— अथाह जानकारीको स्रोतकेन्द्र हो । अनुभवहरूको सँगालो हो— निर्माणवादी त्यसै भन्छौं । बनेका र भत्केका कुराको स्थान हो । पुनर्संरचनावादी ९चभअयलकतचगअतष्यलष्कत० त्यसै भन्छौं । कल्पनाको खानी हो । सुझ्वादी ९ष्लतगष्तष्खष्कतक० त्बयसै भन्छौं । सञ्चित कर्म प्रारब्धकर्म र काम्यक कर्मको एकल केन्द्र हो । अध्यात्मवादी त्यसै भन्छौं । शरीर र मनका भोगाइको पुञ्ज हो । भौतिकवादी त्यसै भन्छौं । यी भनाइको एकल निचोड हो– दिमाग अनन्त स्रोत हो । आत्मिक बनेर हेरे पूर्व र यो जन्म बोक्ने । भौतिक बनेर हेरे शारीरिक मानसिक कर्मको फेहेरिस्त बोक्ने । मनोवैज्ञानिक बने– चेतन, अचेतन र अर्धचेतनको त्रैत संयोग बोक्ने । प्रश्न यत्ति हो– कुन दृष्टिकोणले दिमागी चिन्ने । भौतिक दृष्टिकोणले दिमागी नाप । आध्यात्मिक दृष्टिले आदिभौतिक, आदिदैविक र आध्यात्मिकको सम्मिलन । त्यसैले यहाँ सिर्जना छ । विनिर्माण ९मभअयलकतचगअतष्यल० छ । पुनर्निर्माण ९चभअयलकतचगअत० छ । विश्लेषण छ । संश्लेषण छ । यसरी हेर्दा दिमागी बनोट रहस्यमयी छ । जति खोजे पनि हुने । जे खोजे पनि हुने । एउटा ब्रह्माण्ड छ । मुण्डपिच्छेका ब्रह्माण्डहरू । उस्तै तर भिन्न ।

स्थानान्तरण कति र के सम्भव छ ?
जानेको सार्नु स्थानान्तरण हो । हुबहु सारे व्यवहारवादी ९दभजबखष्यचष्कतक० । काम लाग्ने सारे उपयोगितावादी ९गतष्ष्तिबचष्बल० । स्थान सापेक्ष मिलाउन सके सुझ्वादी ९क्ष्लकष्नजताग०ि । ‘गरेर हेरौं न जे त होला’ भने प्रयत्न र सिकाइ ९तचष्ब िबलम भचचयच० वादी । ‘यी कुनै तालिम काम लागेनन्, आफैं बनाउँछु, मेरै तालिम, मेरै सोच ।’  यसो भने सर्जक ९अचभबतष्खभ० । ‘त्यो सन्दर्भमा यो तालिम ठीक होला । मेरो सन्दर्भमा यसरी बनाउँछु’ भने समालोचना ९ऋचष्तष्अब०ि वादी । प्रश्न यही हो । शिक्षक कुन वादी हौं ? कुन वादी बन्न चाहन्छौं ? यसरी हेर्दा स्थानान्तरण त गर्दा रहेछौं । तर के को ? कति परिमाणमा ? कहिले ? कसरी ? यी प्रश्नहरू रहेछन् । विगतका शिक्षक तालिमका प्रतिवेदनले पनि त्यसै भने । सन् १९६५ देखि सन् २००९ सम्मका अध्ययनहरूको एउटै निचोड हो– ज्ञानको स्थानान्तरण ग¥यौं । सीप जान्दछु भन्नेमा दाबी ग¥यौं । तर अभिवृत्ति ९बततष्तगमभ० बनाएनौं । मनोवृत्ति बदलेनौं । परिणामतः शिक्षक तालिमले अपेक्षित काम गरेन । अर्को शब्दमा भन्दा मनोवृत्ति बदलेन । जे बदल्नुपर्ने त्यहीं चुक्यौं ।

देखिएका समस्या के के हुन् ?
तालिम गर्ने ? तालिमहरू गर्ने ? खुला गर्ने ? यी तीन भिन्न सोच हुन् । हामी तालिम गर्नेमा लाग्यौं । यो निर्णायक बुद्धि हो । तालिमकर्ताको निर्णायक बुद्धि । तालिम आकारित गर्ने ९मभकष्नलभच० को निर्णायक बुद्धि । यस्तो बुद्धिले गर्दा शिक्षकको अनुभूति म¥यो । उसको वस्तुगत अवस्थामा के तालिम उपयोगी होला भन्ने सृष्टि म¥यो । परिणामतः तालिम लिने व्यक्ति ग्रहणकर्ता ९चभअष्भउष्भलत० बन्यो । घोडा जस्तै । अर्थात् तालिम हेरेर घोडा बनाउने बुद्धिमा विज्ञहरू फस्यौं । फसाइयौं । त्यसैले पोका ९उबअपबनभ० बोक्यौं । बोकायौं । कहिले क्रियाशील शिक्षण ९बअतष्खभ तभबअजष्लन० को पोका । कहिले बालमैत्रीको पोका । कहिले सहभागितामूलक तालिमको पोका । कहिले सान्दर्भिक ९अयलतभहतगब०ि शिक्षक तालिमको पोका । हामी पोकेहरूको बुद्धिले शिक्षकलाई घोडा देख्यौं । हामी सइस बन्यौं । टाप काट्ने व्यक्ति बन्यौं । तालिम लिने वेला शिक्षक घोडा नै बन्यौं । तालिम सकिएपछि सवारहीन घोडा बन्न पुग्यौं । तालिम गर्नेको समस्या यही हो ।

तालिमहरू गर्ने हाम्रो सोच रहेन । पढाइ भएन । अनुभव भएन । अझ् भनौं मेडिकल डाक्टरको प्रश्न गर्ने बुद्धि तालिमकर्तामा भएन । बिरामीलाई प्रश्न गर्दा डाक्टरले चलहरू ९ख्बचष्बदभिक० को विश्लेषण गर्छ । कुन उमेरकोलाई कुन औषधि । कुन रोगको व्यक्तिलाई के औषधि । कुन खानपान । अनि सुझव दिन्छ– सात दिनपछि पुनः भेट्नु । विचरा तालिम दिनेहरू । न विकल्पहरू दिन्छौं । हाम्रो यो बुद्धिले शिक्षकलाई तालिमहरू नै चिन्न दिएन । एउटै वस्तुका विविध प्रस्तुति खोज्ने र खोजाउन अवसरै दिएन । व्यक्तिवादी सोधनी गरेन । व्यक्तिगत उत्तर पनि दिएन । न डाक्टरको जस्तो तालिमको व्यक्तिगत मात्रा दियौं । न तालिमहरूले दिने जस्तो बहु विकल्पहरू दियौं ! न डेरिडाले जस्तो आफैंले विनिर्माण गरी अनेकन् तालिम लिने तागत भ¥यौं । हाम्रा तालिमेहरूको पोके बुद्धिले शिक्षकले स्थानान्तरण गरेन । तालिमको स्थानान्तरण । सीपको स्थानान्तरण ।
खुला गर्ने हाम्रो दृष्टिकोण नै बनेन । मेरो सन्दर्भको तालिम मै जान्दछु भन्ने । हिमाली बाख्रापालकले खसी बाख्रालाई उनीहरूको जुतोमा राखेन । बड्कुला झ्र्ने बसाइ व्यवस्था ग¥यो । राख्यो । मधेशको बाख्रापालकले अर्कै तरीका अपनायो । यसरी हेर्दा यी तीनथरिको आ–आफ्नो दृष्टिकोण बन्यो । तीनै भिन्न । तीनै आ–आफ्ना ठाउँमा ठीक । यसरी बहु ठीकहरू बन्ने बनाउने बुद्धि शिक्षकले पाएन । दिएनौं । दिन सकेनौं । त्यसैले शिक्षक बन्दिलो बन्यो । खुला बनेन । शिक्षक तालिमको पाठयोजना बनाउने विज्ञलाई के भन्ने ? यी विचरा बन्दिला दिमागले कसरी निर्माणवादीको चिन्तन ल्याउँछन् र ? कसरी विनिर्माणवादी बन्न दिन्छन् र ? संज्ञानवादी धारका विज्ञले शिक्षकलाई कहाँ खोल्न सक्छन् र ? त्यसैले तालिम स्थानान्तरण हुन्न । भएन । हुनेवाला छैन ।

स्थानान्तरणको संभावना के छ ?
विधिहरू धेरै सिकायौं । शिक्षकहरू विधिविज्ञ भए । ओठे विज्ञ । यी ओठे विज्ञहरूलाई प्रश्नले घोच्नुपर्छ । पहिलो संभावना यही हो । आमाले कुन विधिले सिकाउँछिन् ? गाईले नि ? परेवाले कुन विधि लागू गर्छ ? कुखुराले नि ? पुरेतले कुन विधि लागू गर्छन् ? नेताले नि ? त्यसो भए तिमी र परेवामा के फरक छ ? गाई र तिमीमा के फरक छ ? नेता र तिमीमा के फरक छ ? पुरेत र तिमीमा के फरक छ ? फरक हुन के गर्नुपर्छ ? गर्न सकिन्छ ? गर्नुपर्ला ? यस्ता प्रश्नहरूले ओठे विज्ञ शिक्षकलाई कार्यविज्ञ बनाउँछ । कोटेराको गुँड हेरेर घरको इन्जिनियरिङ गर्ने सोच आए जस्तो । बाख्राको खोर हेरेर सफाइ पढाउने दृष्टिकोण बने जस्तो । नेताको प्रलापी भाषणमा दुई–चार वटा प्रश्नोत्तर राख्ने बुद्धि बने जस्तो । यसो गर्नाले सिकाइ स्वतः स्थानान्तरण हुन्छ । दोस्रो सम्भावना सैद्धान्तिक छ । यही विषयवस्तु व्यवहारवादीले कसरी पढाउलान् ? उत्प्रेरणा ९क्तष्mगबिक० र प्रत्युत्तर ९चभकउयलकभ० वादीले नि ? सुझ्वालाले कसरी सिकाउलान् ? प्रयोजनवादीले नि ? निर्माणवादीले के गर्लान् ? निरन्तरतावादीले नि ? यी ठूला प्रश्नले पनि स्थानान्तरणमा सघाउँछन् ।

स्थितिबोध एवं विकल्प खोज अर्को बाटो हो । छाना नभएको स्कूलमा के गर्छौं ? बहुभाषी कक्षामा नि ? किताब नभए के गर्छौं ? इन्टरनेट र इमेल सहितको कम्प्युटर भएको स्कूलमा नि ? आधुनिक प्रविधि नजान्ने ठाउँमा नि ? यी र यस्ता कल्पनाशील प्रश्न ९जथउयतजभतष्अब ित्रगभकतष्यल० ले शिक्षक आफैं स्थानान्तरित हुन्छ । लगानी प्रश्न हो । अरू कुरा गौण हुन् ।

काम लाग्ने चीज दिए स्वतः स्थानान्तरित हुन्छ । पाइन्ट जस्तो । मोबाइल जस्तो । हिजो कसैको थियो । अब सबैको भयो । हुन पुग्यो । त्यो हो– सन्दर्भ जोडिएको तालिम । बाख्राको पाठाको उफ्राइबाट गणित सिकाउने कला । विज्ञान सिकाउने कला । आफ्नै आँखा, कान, नाक, पिडौंलाबाट सेट पढाउने कला । नाम्लो, सुकुल र गुन्द्रीको तान बुन्दा जोर र विजोर अंक सिकाउने कला । यस्ता सन्दर्भ जोडिएका कलामा पढ्ने र कला मार्फत पढ्ने कलाले सिकाइ स्थानान्तरित हुन्छ ।

सिकिरहने प्रवृत्ति जगाए तालिम स्थानान्तरित हुन्छ । टुटी नभएको चौबीस घण्टे धारो बन्द भयो । दुई घण्टे धारोमा टुटी हाल्यो । बन्द गर्ने टुंको हाल्यो । धारो खोल्नेले पानी बन्द गर्न बिर्सिइरह्यो । अहिले हात थापे पानी आउने धारा बने । पानी महँगो भएमा पैसा छिराएर खोलिने धारा बन्छन् । धारा एक । पानीको उपलब्धता अनेक । धाराका डिजाइन अनेक । यो दृष्टिकोण लिए पनि सिकाइ सधैं स्थानान्तरित हुन्छ ।

आफैं खोज । स्थानान्तरणको अर्को कडी हो । शिक्षाको शब्दमा ह्यूरिष्टिक । यो ह्यूरिष्टिक विधिले शिक्षक स्वयं स्थानान्तरक बन्छ । अहिलेसम्मका यी विधि हुन् यी विषयवस्तु पढाउने । विधि बदलेर हेर्नुस् त ? भन्ने त्यति हो । हेगेल उल्टाएर माक्र्स भए । तपाईं कसलाई उल्टाउनुहुन्छ । अर्सा र अनरसा पकाउने विधि उल्टाएर दुई खाले मिठाइ बने । के तपाईं तेस्रो खाले मिठाइ बनाउन सक्नुहुन्छ ? अरूको भन्दा भिन्न स्वभावको । गुणको । यो तरीकाले नवीन शैलीको स्थानान्तरण हुन्छ ।

सिकेको लागू नगर । त्यो कसैको हो । यसबाट उदाहरण ९क्ष्लाभचभलअभ० लिऔं । आफ्नै बुद्धि बनाउँ । सीप बनाऊ । यस्तो तरीकाले सिकेको ज्ञान, सीप र अभिवृत्ति हुबहु सार्ने बुद्धि भत्किन्छ । मेरो सन्दर्भमा के सीप होला ? के अभिवृत्ति होला ? के ज्ञान होला ? भनी घोत्लिने बुद्धि बन्छ । यो बुद्धिले सिकाइ स्वतः स्थानान्तरित हुन्छ । आफ्नै बुद्धि । आफ्नै कार्यनीति । आफ्नै अपेक्षा । आफ्नै परिणति ।

रोक्यो केले र गर्ने के ?
रोक्ने मनोवृत्ति हो । शिक्षकको मनोवृत्ति । त्यो मनोवृत्ति चिर्ने उपाय हो— आफैं खोज्न लगाउने । खोजाउने । यस अर्थमा खोज्ने खोजाउने तालिमको अभावले रोक्यो । दिने बुद्धिका तालिमहरूको रवैयाले रोक्यो ।

सैद्धान्तिक रूपले भन्दा तालिमलाई सान्दर्भिकीकरण नगर्ने बुद्धिले रोक्यो । हुबहु लान खोज्ने शिक्षकको बानीले रोक्यो । लानुपर्छ भन्ने तालिमको हुकुमले रोक्यो । तिनकै मतियार बनेका सुपरीवेक्षक र स्रोतव्यक्तिले रोके । यो रोक फुकाउने उपाय हो– तालिमलाई हुबहु बोक्ने बोकाउनेलाई दुत्कार्ने । सन्दर्भसापेक्ष बनाउनेलाई सम्मानित गर्ने ।
यसरी सिकाउनुपर्छ । धेरैले भन्यौं । धेरै भन्यौं । यो कामको निरन्तरता दिने व्यक्ति र संस्थालाई रोक्नुपर्छ । कसो गर्न सक्छौं भनी चुनौती गर्नु विकल्प हो । पराइले यसो ग¥यो नि त भन्ने सांकेतिक सिकाइ हो । यो तरीकाले तालिम स्थानान्तरित हुन्छ ।

नक्कल गर्नेहरू स्रष्टा होइनन् । भनेको गर्नेहरू पनि अह्रौटे मात्र हुन् । नक्कले र अह्रौटेले गरेको राम्रो काम उजागर गर्ने परिपाटीले सिर्जना रोक्यो । परिणामतः स्थानान्तरण रोक्यो । उनीहरूलाई सोच्न लगाऔं । सर्जक सोचमा । मौलिक सोचमा । भनौं नक्कल चोरी हो । जाँचमा चोरे जस्तो । स्थानान्तरित नहुने कुरा हो । चोरेर पास गर्नेले बनाएको बुद्धि जस्तो । चोरीमा परेर डिग्री रद्द भएको व्यक्ति जस्तो । यो चिन्तनले तत् स्थानमै स्थानान्तरित हुन्छ । मौलिक स्थानान्तरण ।

मेरो टुंगो
शिक्षक तालिममा मौलिकता खोजौं । मधेशको हँसिया र पहाडको हँसियामा भएको जस्तो । हँसिया बनाउनेहरूको बुद्धि शिक्षकमा खोजौं । नवीन स्वरुपको तालिमको खोजाइ । हिमाली हँसिया पहाडमा र पहाडी हँसिया हिमालमा स्थानान्तरण गर्ने अहिलेको तालिम दिने लिने बुद्धिमा नवीनता खोजौं । त्यही स्कूलका शिक्षकको तालिम । त्यही स्कूलका शिक्षकलाई तालिम । उपलब्ध तालिमहरूको दस्तावेजीकरण गरौं । त्यही दस्तावेज बाँडेर देशभरका शिक्षकलाई स्वयं स्थानान्तरित हुने सर्जक उपाय पहिल्याऔं । यो सकिने काम हो । नगरेको मात्रै हो । गरौं ।

Related Posts

/*sign up form*/