‘स्कूलिङ’ होइन ‘एजुकेसन’ – विष्णुकुमार राई

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)343

‘स्कूलिङ’ कि ‘एजुकेसन’ ? (शिक्षक असोज २०७०) शीर्षकले मलाई निकै झ्कझ्क्यायो । सोच्न बाध्य बनायो र आफ्नो मत व्यक्त गर्नेसम्म प्रेरित गरायो । सवाल अबको हाम्रो शैक्षिक गन्तव्यलाई ‘स्कूलिङ’ वा ‘एजुकेसन’ केले निर्देशित गराउने भन्ने रहेछ । शाब्दिक रूपमा हेर्ने हो भने शायद ‘स्कूलिङ’ को प्रशिक्षण र ‘एजुकेसन’ को शिक्षा भन्ने अर्थ लगाउन सकिएला । तर, उक्त लेखमा यी दुई शब्दले छुट्टाछुट्टै फरक खाले शिक्षण–सिकाइ प्रवृत्ति र शैक्षिक अवधारणा सम्बन्धी दृष्टिकोणलाई उजागर गर्न खोजिरहेको प्रतीत हुन्छ ।

डा. लवदेव अवस्थीका अनुसार ‘स्कूलिङ’ ले विद्यार्थीहरूलाई निरंकुश र निर्देशित वातावरणमा यान्त्रिक तथा कृत्रिम रूपमा गराइने सुगारटाइ शिक्षालाई जनाउँछ । यो क्षणिक लाभ देखिने, खाली ९ नम्बरको जुत्ता बनाउने कारखाना जस्तो उत्पादनमुखी र आयातीत संस्कृतिको हुबहु अनुकरणमा रमाउने शैक्षिक प्रवृत्तियुक्त अवधारणा हो भनिएको छ । ‘एजुकेसन’ लाई चाहिं लोकतान्त्रिक र बालमैत्री वातावरणमा विद्यार्थीको रूचि र स्तरलाई ख्याल गरेर उनीहरूको सिर्जनात्मक क्षमताको विकास गरी पूर्ण मानव बनाउने प्रक्रियाका रूपमा लिइएको छ । यस्तो शिक्षा मौलिक, सिर्जनात्मक, दीर्घकालीन र विविधतायुक्त भई समस्याको समाधान, समायोजन र नवीन मूल्यको स्थापनातर्फ अभिमुख हुने गर्दछ । यस आधारमा हेर्दा ‘स्कूलिङ’ र ‘एजुकेसन’ फरक विषय हुन् ।

बुझइ र भोगाइ
मेरो बुझइमा ‘स्कूलिङ’ को मान्यता पुरानो भइसकेको छ । आधुनिक भनिएको हिजोको तर कडा अनुशासनयुक्त गुरुकुल शिक्षामा अंग्रेजीका शब्दार्थ ९धयचम mभबलष्लन० सुगाले जस्तै घोकाएर सिक्ने–सिकाउने परम्पराको चरम रूप हो— ‘स्कूलिङ’ । विद्यार्थी कन्ट्रोल गर्ने नाममा वा नतीजाको अंकगणित उच्च देखाउने नाममा हाम्रा निजी तथा सामुदायिक विद्यालयहरूमा अझ्सम्म पनि ‘स्कूलिङ’ प्रवृत्ति हावी छ । तुलनात्मक रूपमा सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा ‘स्कूलिङ’ को समस्या अझ् बढिरहेको छ । हाम्रो विद्यार्थीकाल सम्झ्ँदा पनि म ‘स्कूलिङ’ कै धरातल पाउँदछु । म अहिले भोजपुरको दुर्गम गाउँमा शिक्षकको भूमिकामा छु । ममा पनि हिजोको ‘स्कूलिङ’ पृष्ठभूमिको प्रभाव यदाकदा देखिएको हुन सक्छ । कतिपय शिक्षकले चाहिं ‘स्कूलिङ’ या ‘एजुकेसन’ को अवधारणा नबुझ्ेर नै ‘स्कूलिङ’ को अभ्यास गरिरहेका हुन सक्छन् । उदाहरणका लागि प्राथमिक तह (कक्षा १–३) मा निरन्तर मूल्यांकन प्रणाली लागू गरी उदार कक्षोन्नतिको नीति लागू गर्दा ‘विद्यार्थीमा अपेक्षित उपलब्धि नपुगे पनि सबैलाई पास गराई कक्षा चढाएर उदार नीति लिनुपर्ने’ जस्ता बुझइ ‘एजुकेसन’ को वास्तविक मर्म ठम्याउन नसक्दाको समस्या हो । अर्काथरी शिक्षकले प्रशस्त तालीम र सिकाइपश्चात् पनि पुरानै प्रवृत्ति दोहो¥याइरहनुको कारण चाहिं हिजोको आफ्नै पृष्ठभूमिको प्रभाव र मनोवृत्तिगत कमजोरी हुन सक्छ ।
प्रत्येक बालक फरक तर प्रचूर सम्भावनायुक्त क्षमताको हुन्छ । शिक्षा उसको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यको हुनुपर्दछ । विद्यार्थीले जानेन भन्दैमा ‘गोबरगणेश’ भनी शिक्षकले तुच्छ गाली दिने प्रवृत्ति तथा ‘विद्यार्थी चाहिं खाली आम्खोरा र शिक्षक चाहिं भरी गाग्री’ भन्ने पुरातन मान्यताको ठाउँमा ‘विद्यार्थी बिरुवा र शिक्षक त्यसको माली’ भन्ने मान्यतालाई आत्मसात नगरी धरै छैन । बिरुवालाई संरक्षण र सम्बद्र्धन गर्ने काम मालीको हो, जसका कारण बिरुवा फक्रिन्छ र फुल्छ । त्यो फूलको पत्र तथा रंग मालीले जोडिदिएको होइन । बिरुवामा फुल्न सक्ने अन्तर्निहित क्षमताका कारण त्यो फुल्न सकेको हो । फूलका आकार, प्रकार, रूप, रंग र बास्नामा फरक हुनु प्राकृतिक कुरा (विविधता) हो । त्यस्तै हाम्रा बालबालिका पनि अद्वितीय बिरुवा हुन् । उनीहरूलाई आजको अत्याधुनिक विश्वसापेक्ष पूर्ण र सक्षम मानव बनाई सुयोग्य बनाउन हामीले ‘स्कूलिङ’ संस्कृतिबाट ‘एजुकेसन’ को संस्कृतितर्फ फन्को मार्नै पर्दछ ।

अबको रोजाइः ‘स्कूलिङ’
अबको नेपाली समाजले ‘स्कूलिङ’ होइन ‘एजुकेसन’ लाई रोज्नुपर्छ । शिक्षा मानिसका लागि हुनुपर्दछ न कि मानिस शिक्षाका लागि । शिक्षाको उद्देश्य, पाठ्यक्रम तथा सम्पूर्ण शैक्षिक नीति तथा कार्यक्रमहरूको केन्द्रविन्दु मानिस र ऊ बसेको समाज हुनुपर्छ । यो कुरालाई ‘स्कूलिङ’ को अवधारणाले समेट्न सक्दैन । त्यसैले मानिसको रूचि, आवश्यकता र समाजको चाहना अनुसारको शिक्षाका लागि ‘एजुकेसन’ नै रोजिनुपर्दछ । नेपाली समाजको मौलिक मूल्यमान्यता, कला–संस्कृतिको संरक्षण र सम्बद्र्धन तथा कुसंस्कार, गरीबी आदि हटाई नेपाली विशिष्टतामा आधुनिक रूपान्तरणको मार्गदिशा पकड्नका लागि पनि ‘स्कूलिङ’ होइन ‘एजुकेसन’ नै आवश्यक छ । यसै मान्यताद्वारा निर्देशित शैक्षिक प्रक्रियाले मात्र बालबालिकाको सर्वाङ्गीण र पूर्ण विकासको उत्तम अवसर उपलब्ध गराएर युगसापेक्ष योग्य र सक्षम नागरिक निर्माण गर्न सक्दछ ।

विद्यालय शिक्षा सुधारको सवाल
क.    डा. अवस्थीले भनेझ्ैं हाम्रो विद्यालय पद्धतिका बारेमा पुनर्मूल्यांकन गरेर शिक्षामा ठोस रूपान्तरणको खाँचो भएको कुरामा सहमत हुन सकिन्छ तर हाम्रो विद्यालय शिक्षामा सुधारका निम्ति यो नै निर्णायक सवाल हो भन्दा केही अपूर्ण हुन जान्छ । यसले सैद्धान्तिक मार्गचित्र त दिन्छ तर व्यावहारिक समाधानका लागि अझ् धेरै गर्नुपर्ने हुन्छ । हाम्रो विद्यालय शिक्षाको स्तर खस्किनुमा विभिन्न कारक तत्वहरू छन् । हामी जब एसएलसीको नतीजा सार्वजनिक हुन्छ तब विद्यालय शिक्षाको गुणस्तरको बारेमा बहस थाल्छौं तर किन हामी कक्षा १ को नतीजाबाट यस्तो बहस थाल्दैनौं ? धारा स्वच्छ हुनलाई त मुहान महŒवपूर्ण कुरा हो । बाल विकासले भन्छ— “बालबालिकाहरूको प्रारम्भिक विकास नै महŒवपूर्ण र निर्णायक हुन्छ ।” तर हामीले बालविकास जानेका, बालमनोविज्ञान बुझ्ेका र अनुसन्धानात्मक तथा सिर्जनात्मक सिकाइमा पोख्त भएका कति प्रावि शिक्षक नियुक्त गर्न सकेका छौं ? खाली हामीले भर्खर एसएलसी वा कक्षा १२ उत्तीर्णलाई प्रावि पढाउने जिम्मा लगाएर हामी बुझनेहरू चाहिं मात्र बहस र वक्तव्यको औपचारिकता निभाइरहेका त छैनौं ? अर्को कुरा तीन घण्टा लेख्न लगाएर लिइएको परीक्षाको अंकगणितीय नतीजालाई आधार मानेर शैक्षिक विश्लेषण गर्छौं । एक त त्यसले बालबालिकाको सर्वाङ्गीण पक्षको मापन गर्न सक्दैन ।

अर्को कुरा काठमाडौंको कुनै सुविधासम्पन्न विद्यालयमा पढ्ने विद्यार्थी र भोजपुर जस्तै अन्य दुर्गम जिल्लाको प्रस्तावित विद्यालयमा पढ्ने विद्यार्थीलाई एउटै तराजुमा जोख्नु कति न्यायसंगत हुन सक्छ ? नेपाल सरकारले हाल अपनाउँदै आएको प्रतिविद्यार्थी एकाइ लागत पीसीएफको गणितले ‘जता धेरै उतै सबै’ भने झ्ैं धेरै विद्यार्थी संख्या भएतिर मात्रै सेवा–सुविधाको वितरण गर्ने गरी हिसाब मिलान गर्न थाल्दा दुर्गम, विकट र जनसंख्याको घनत्व न्यून भएका, सम्पन्नहरूले छोडेर हिंडेका गाउँका निरीह बालबालिकाहरूको शिक्षा पाउने अधिकार र उपयुक्त शैक्षिक सेवा–सुविधाहरूका बारेमा कसले बहस गरिदेला ? सैद्धान्तिक भन्दा व्यावहारिक समाधान र कार्यान्वयनको सवाल पेचिलो हुने गरेको छ ।

ख.    अंग्रेजी, गणित र विज्ञान विषयको नतीजा सुधारको समस्यालाई एउटै डालीमा राखेर समाधान भेट्न सकिन्न । यी फरक फरक प्रकृतिका विषय हुन् । अंग्रेजी भाषा विषय भएकाले जीवन्त भाषिक अभ्यासमा समाधान खोजिनुपर्दछ भने गणितलाई व्यवहारबाट र विज्ञानलाई प्रयोगबाट समाधान खोज्न सकिन्छ । अर्को कुरा ती विषयमा समस्या देखिनु भनेको उक्त विषयहरूमा विद्यार्थीको रूचि कम देखिनु पनि हो । ती विषयको पाठ्यक्रम निर्माण गर्दा कत्तिको रूचि पहिचान गरी व्यावहारिक विषयवस्तु छनोट गरिएको छ, त्यतातिर पनि सोच्ने हो कि ?

ग.    डा. अवस्थीको ‘एजुकेसन’ सम्बन्धी शैक्षिक अवधारणामा बालबालिकाको जैविक विविधताका बारेमा स्वाभाविक चर्चा छ । अझ् त्यसमा बालबालिकाको सामाजिक विविधता (समावेशिता) को पक्षलाई पनि समेट्नु पर्दछ । यो नेपालको विशिष्टता हो । आर्थिक समुन्नतिका लागि शिक्षा आजको आवश्यकता हो । यो पनि प्रष्ट हुनुपर्दछ ।

निष्कर्ष
अब हामी हाम्रा पछिल्लो पिंढीलाई हामी जस्तै बनाउन चाहन्नौं । उनीहरूलाई हामीभन्दा उन्नत, सक्षम, सभ्य र नयाँ विश्वमा समायोजित हुन सक्ने बनाउनका लागि हिजोको पुरानो ‘स्कूलिङ’ को फ्रेमभित्र होइन ‘एजुकेसन’ को विराट मैदान उपलब्ध गराएर विकसित गराउनुपर्दछ । यसका लागि आम दृष्टिकोण, मनोवृत्ति र व्यवहारमा रूपान्तरण जरूरी छ । त्यसैले अब ‘स्कूलिङ’ कि ‘एजुकेसन’ ? को उत्तरमा ‘स्कूलिङ’ होइन ‘एजुकेसन’ भन्नै पर्दछ । 

श्री सरस्वती मावि, यूँ–३, भोजपुर

Related Posts

/*sign up form*/