‘स्कूलिङ’ भित्र ‘एजुकेसन’ खोजौं – तारानाथ नेपाल

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)340

प्रत्येक जीवमा वैयक्तिक विविधता र विशिष्टता हुन्छ । त्यसमा पनि मानव अझ् भनौं बालबालिकामा त झ्नै विविध प्रतिभाका भ्रूणहरू सल्बलाइरहेका हुन्छन् । एक वा एकभन्दा बढी समान वा फरक बौद्धिकता (प्रतिभा) भएका बालबालिकालाई सोलोडोलो एकै डालोमा हालेर विद्यालयीय शिक्षा थोपर्नु नै ‘स्कूलिङ’ हो । अहिले राज्य, अभिभावक र शिक्षक मिलेर हाम्रा बालबालिकामाथि ‘स्कूलिङ’ लादिएको अवस्था छ । ‘स्कूलिङ’ औपचारिक शिक्षामा मात्र पनि सीमित छैन । ‘स्कूलिङ’ राज्यले निर्माण गरेको शिक्षा नीति, पाठ्यक्रम, शिक्षा प्रणाली र घण्टे लिखित मूल्यांकन पद्धतिको उपज हो । तथापि घर–घरमा, व्यक्ति–व्यक्तिमा ‘स्कूलिङ’ को भूत सवार भएकै छ । एउटा बाबुले छोराछोरीलाई ९०÷९५ प्रतिशत अंक ल्याउने गरी पढ्न दबाब दिइरहेका हुन्छन् ताकि छोराछोरी बाबुकै इच्छा बमोजिम डाक्टर, पाइलट, इन्जिनियर, प्रशासक वा यस्तै केही बनून् । आफ्ना छोराछोरी विनयी–मानव बनून् भनी सोच्ने अभिभावक दुर्लभ छन् । तसर्थ ‘स्कूलिङ’ समग्र वातावरणीय बाध्यताको उपज पो हो कि !

अब कुरा रह्यो ‘एजुकेसन’ को । मेरो बुझइमा ‘एजुकेसन’ जीवन र जगतका सन्निकटता केलाउने जीवन्त सत्य हो । व्यक्तिका रूचि, चाहना, इच्छा र प्रतिभालाई प्रश्रय दिनु, चिन्तन र सिर्जनाका अवसर जुटाइदिनु, स्वतन्त्र र निरपेक्ष सिकाइलाई स्वीकारी स्फूर्त ज्ञान र सीप हासिल गरी खुला वातावरणमा आर्जन गरिएको जीवनोपयोगी, मानवोपयोगी विवेक नै ‘एजुकेसन’ हो । औपचारिक शिक्षाको चौघेराभित्र पनि ‘एजुकेसन’ को बीउ उत्पादन गर्न नसकिने होइन, किन्तु जन्मदेखि नै बालबालिकाले ‘एजुकेसन’ स्वस्फूर्त रूपमा लिइरहेका हुन्छन् । जब अन्जान बालक आगोमा हात हाल्न पुग्छ र पोलेपछि उसले आगोले पोल्ने सिकाइ हासिल गर्दछ । तसर्थ मेरो विचारमा अनुभवहरूको संग्रह नै ‘एजुकेसन’ हो । एक वर्षमा विद्यालय गएर सिकिने सीमित ज्ञानभन्दा कैयौं गुणा विवेक उसले सृष्टिका अवयवहरूसँग साक्षात्कार गर्दै सिकिरहेको हुन्छ । यो ब्रह्माण्ड र यसका सभ्यता सबैभन्दा ठूला पाठशाला हुन् भने मानव जीवन अर्को महŒवपूर्ण ‘एजुकेसन’ प्राप्तिको स्रोत हो ।

मेरो अनुभवमा ‘एजुकेसन’ र ‘स्कूलिङ’
म जसरी हुर्कें, जसरी मेरा गुरुहरूले पढाए, त्यसरी नै म चल्नुपर्छ भन्ने ‘स्कूलिङ’ वादी मानसिकताबाट ग्रसित भएको भए मेरो विद्यालयमा १२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएको शिव विकले सो कक्षा पूरा नगरी विद्यालय छाड्न सक्थ्यो । पातलै भए पनि केही सामुदायिक विद्यालयमा केही शिक्षकले ‘एजुकेसन’ दिने प्रयत्न गरेका छन् । तथापि उनीहरू आजको युगमा समेत करीब डेढ सय वर्ष पूर्वका कुशल भारतीय शिक्षक गिजुभाईकै नियति भोग्न विवश छन् ।

म कक्षा २ मा पढ्दा पहाडा (दुनोट) भन्न नसकेकै कारण फेल गरिएको विद्यार्थी हुँ । सिस्नु र पाइपका दनकमा ‘स्कूलिङ’ पाएको विद्यार्थी शिक्षकको डरले कति पटक सुरुवालमै पिसाब खुस्काएको पृष्ठभूमिबाट दीक्षित मेरो मनले अपवादमा एकादुई शिक्षक बाहेक कसैलाई गुरुका रूपमा स्वीकार्नै मान्दैन । किनकि मैले पाएको शिक्षाले न श्रमको सम्मान गर्न सिकायो न जीवन धान्ने सीप ! माया हराएको शून्य हृदय, नास्तिक सोच र कहिल्यै नदेखिने, नभेटिने ‘ठूलो मान्छे’ बन्ने अमूर्त सपना मात्र देखाइयो । आफ्ना गुरुहरू आफूसँग खुलेर गफ गरेको, हाँसेको देख्न चाहने हाम्रो नैसर्गिक मन त्यसै कुँडियो ।

गाउँमा जन्मी हुर्किएको मेरो दैनिकी र जीवनयापनलाई मैले पाएको विद्यालयीय शिक्षाले छोएकै थिएन । घाँस, दाउरा, मेलापात, वस्तुभाउ र हलोजुवासँग साक्षात्कार हुने हाम्रो जीवन संस्कार र मैले पाएको शिक्षा विपरीत ध्रुव थिए । यदि मैले हलो बनाउन जानेको भए वा गहुँ र जौ छुट्याउन सकेको भए मैले ‘एजुकेसन’ पाएको अनुभूति गर्न सक्थें । क्षेत्रफल निकाल्ने कैयौं सूत्र घोकियो तर आफ्नै आँगनको क्षेत्रफल यति छ भनेर कहिल्यै भन्न सकिएन । बल्ल अहिले हेक्का भयो मैले विद्यालयमा ‘एजुकेसन’ (शिक्षा) नै पाएको रहेछु ।

कुन रोज्ने ?
नेपाली स्कूलमा ‘एजुकेसन’ नै सिकाइको आधारस्तम्भ हुनुपर्छ । ‘एजुकेसन’ ले ध्रुवसत्यको रूपमा रहेको प्रकृति, जीव र मानवीय जीवनको सन्निकटता प्रगाढ बनाउन प्रेरित गर्छ । जीवनलाई स्वर्णिम अवसरका रूपमा स्वीकार गर्दछ भने विनयता, सौम्यता, धैर्यशीलता र कर्मशीलताको जगमा ‘एजुकेसन’ अडिएको हुन्छ । ‘एजुकेसन’ गर्भावस्थादेखि मृत्युपर्यन्त प्राप्त भइरहने विवेकी चक्षु हो । तथापि यो औपचारिक शिक्षाको चौघेरामा समेत प्राप्त गर्न सकिन्छ । ‘एजुकेसन’ को क्षेत्र र स्रोत अथाह छ । तसर्थ यो व्यापक र बृहत् छ । ‘स्कूलिङ’ सीमित र संकुचित छ । ‘स्कूलिङ’ भौतिकवादी धरातलमा उभिएको क्षणिक सुख प्राप्तिको मशीनरी आउटपुटको माध्यम हो । यसले एक एक व्यक्तिलाई एक्ला एक्लै एउटा जीवन मात्र जिउन प्रेरित गर्दछ । तर ‘एजुकेसन’ ले लाखौं सजिव निर्जीव जीवनलाई अक्षुण्ण राख्दै जीवन्तताको राग दिन्छ र सहृदयी सिर्जनशील जीवनको परिकल्पना गर्दछ । ‘एजुकेसन’ ले सहअस्तित्व स्वीकार्दछ भने बाँच र बचाउको मान्यता स्थापित गर्दछ । कुखुरा चोर्ने छट्टु स्यालको कुनै पाठमा सोधिएको— ‘स्यालले के खायो ?’ प्रश्नको उत्तरमा विद्यार्थीले ‘स्यालले मासु खायो’ लेख्नै नपाइने गरी निषेध गरिएको रहेछ । ‘स्कूलिङ’ पछि शिक्षकले भनेका रहेछन्— ‘स्यालले कुखुरा खायो ।’ किनकि पाठमा त्यही हरफ थियो । हो यस्ता व्यक्तिका सिर्जना मार्ने जडता नै ‘स्कूलिङ’ हो । त्यसकारण नेपाली समाज र शैक्षिक क्षेत्रमा ‘एजुकेसन’ को विकल्प ‘एजुकेसन’ नै हो । तर पनि ‘स्कूलिङ’ भित्र समेत ‘एजुकेसन’ का किरण छर्न नसकिने भने होइन ।

‘एजुकेसन’ कि ‘स्कूलिङ’ भन्ने सवाल नेपाली समाज र विद्यालयीय शिक्षाका निम्ति सान्दर्भिक छ । यस सवालले विशेषतः औपचारिक शिक्षा त्यसमा पनि खास गरेर विद्यालयीय शिक्षामा संलग्न शिक्षकहरूलाई थोरबहुत झ्कझ्काइएको छ । अब शैक्षिक क्षेत्रमा ‘स्कूलिङ’ लाई नै निरन्तरता दिने कि न्यून अस्तित्वमा रहेको ‘एजुकेसन’ लाई मलजल गरी हराभरा बनाउने भन्ने प्रश्न खडा भएकै छ ।

आदर्श सवाल अघि सार्न जति सजिलो छ । त्यसलाई व्यवहारमा लागू गर्न अत्यन्तै कठिन हुन्छ । यो सवाल वर्तमान परिवेश एवं नेपाली समाज र शिक्षा क्षेत्रका निम्ति गहन त पक्कै हो तर सवाल कार्यान्वयनका लागि सवाल उठान गर्ने अवस्थी सर, सवाल सञ्चार गर्ने शिक्षक मासिक र बहस गर्ने हामी शिक्षक सबैले ‘संसारलाई परिवर्तन गर्नुछ, आफैंबाट थालनी गरौं’ भन्ने मान्यतालाई आत्मसात गरी कार्यव्यवहार प्रस्तुत गरे ‘एजुकेसन’ को स्थानमा ‘स्कूलिङ’ र ‘स्कूलिङ’ को स्थानमा ‘एजुकेसन’ स्थापित गर्न सकिन्छ ।
अतः ‘स्कूलिङ’ लाई पूरै मारी नहालांै । समाज र विद्यालयीय शिक्षामा धेरै प्राथमिकता ‘एजुकेसन’ लाई नै दिनुपर्छ । एकदमै झ्निो अवसर ‘स्कूलिङ’ लाई पनि बरु वर्तमानमा विद्यमान ‘स्कूलिङ’ परिपाटीभित्र ‘एजुकेसन’ को दियो जगाउँदै ‘स्कूलिङ’ को थोरै अस्तित्व राखिदिंदै सहअस्तित्व स्वीकार गर्नसके राम्रै हुन्छ भन्ने मेरो विचार हो । किनकि जूनको चहकका बीच टर्चलाइटको उज्यालोले जूनकै महत्व दर्शाउने त हो ! 

श्री झ्र्पिू उमावि, फुल्पिङकट्टी–४, सिन्धुपाल्चोक

Related Posts

/*sign up form*/