छुँदैन ‘बन्द’ले ! – सुदर्शन घिमिरे

by • • स्थलगतComments (0)555

Print Friendly, PDF & Email

आच्छु आच्छु जाडो भयो घाम लागिदेऊ
नुहाउने वेला भयो तातो पानी देऊ ।

कक्षा २ का छात्र विजेश गुरुङ (७ वर्ष) तेजप्रकाश श्रेष्ठद्वारा लिखित आच्छु आच्छु बाल कविता रमाइलो मानेर पढिरहेका थिए । उनका साथी आर्यन सुवेदी (६ वर्ष) त्यतिखेर काउकाउ शीर्षकको कविताको किताब वाचन गर्दै थिए भने मनिता आले (८ वर्ष) चाहिं आमा कहाँ हुनुहुन्छ भन्ने किताब सस्वर वाचन गर्दै थिइन् । ठूला अक्षर र रङ्गीन चित्रयुक्त भएकाले बालबालिकाहरू किताबप्रति लोभिएका देखिन्थे । शिक्षक माण्डवी देवी जैसी केटाकेटीको पठन कार्यलाई सहजीकरण गरिरहेकी थिइन् ।

यो झ्लक हो नवलपरासीको भारतीय सीमा क्षेत्र त्रिवेणी सुस्ता गाउँको शिवपुरीगढी माविको । आयुष गोले (७ वर्ष) र आर्यनको बीचमा रूख के हुन सक्छ शीर्षकको पुस्तक तानातान भयो । आयुषलाई आर्यनले पढिरहेको यो किताब राम्रो लागेछ । “मन परेकोले तानातान गरेको नि” आयुषले शिक्षक प्रतिनिधिसित भने, “अघिपछि पनि हामी यस्तै गर्छौं ।”
केटाकेटीहरू आफ्नो उमेरजन्य स्वभाव अनुरूप जिस्कँदै, खेल्दै, चल्दै पढिरहेका थिए । पछि सामूहिक अन्तरक्रियाका क्रममा बालबालिकाले एकस्वरमा भने, “घरमा लैजाने गरेको किताब भन्दा यो किताब पढ्न मन लाग्छ ।” ‘घर लैजाने किताब’ भनेर उनीहरू पाठ्यपुस्तकलाई संकेत गरिरहेका थिए ।

“तिमीहरूलाई यी किताब किन मन परेको होला त ?” बालकविता र कथाको किताबलाई देखाएर सोध्दा उनीहरूको जवाफ थियो, “किनभने यो किताबमा राम्रा कथा, कविता छन् । घर लैजाने किताबमा रंगीन चित्र पनि छैन । त्यहाँ रमाइलो कुरा पनि धेरै छैन ।”

यो कक्षामा बालबालिकालाई पढ्न मन लागेका किताब तुरुन्तै हात परून् भन्ने ध्येयका साथ सय भन्दा बढी बालकथा, कविताको लघु पुस्तकालय नै स्थापना गरिएको छ । त्यहाँ रूम टु रीड लगायत प्रकाशनका करीब ३८०० पुस्तकहरू राखिएका छन् ।

केटाकेटीलाई कोर्स बाहिरका रमाइला किताब कतिवेला पढ्न दिने ? सामाजिक विषय पढाउने शिक्षक जैसीको जवाफ थियो, “पाठ पढाउनुअघि बालबालिकाले रमाइलो मान्ने कथा कविताका पुस्तक पढ्न दिने गरिएको छ । बच्चाको रूचिको कुरा पढ्न दियो भने उनीहरूमा पाठ्यपुस्तकको पढाइप्रति पनि अभिरूचि बढ्ने रहेछ ।”
१७ वर्ष लामो शिक्षण जीवनमा शिक्षक जैसीले यो ज्ञान चाहिं गत वैशाखमा मात्र पाएकी रहिछन्— पठन सीप सम्बन्धी चारदिने एउटा तालीममा जाँदा तालीमपछि फेरिएको उनको शिक्षण शैलीले गर्दा बच्चाहरू पहिले भन्दा आफूप्रति मोहित भएको उनको अनुभव छ । भन्छिन्, “मैले पहिले पहिले बच्चाको रूचि, छनोट, सिक्ने तरीकाप्रति ध्यान दिने गरेकी रहिनछु । अहिले मेरो मुख्य ध्यान यसैमा हुन्छ ।”

पाँच वर्षमा मा¥यो फड्को
प्रमिला रौनियार सात वर्षअघि शिक्षक बनेर यस विद्यालयमा पदार्पण गरेकी हुन् । यस अवधिमा उनले हरेक वर्ष विद्यालयमा सुधार र परिवर्तन आइरहेको अनुभूति गरिरहेकी छन् । उनी भन्छिन्, “हामी शिक्षकहरूको पढाउने शैली, विद्यालयको वातावरण, अभिभावकको सहभागिता, विद्यार्थीको क्रियाकलाप सबैतिर सुधार हुँदै गएको छ । विद्यालयको पठनपाठन र समग्र वातावरण पनि राम्रो भएको छ ।”

हुन पनि रौनियारले संकेत गरे झ्ैं विद्यालय सुधारलाई केन्द्रमा राखेर पाँच वर्षयता यहाँ थुप्रै गतिविधिहरू भएका छन् । रुम टु रीडको सहयोगमा कक्षा ३ सम्म कक्षागत पुस्तकालयको स्थापना गरिएको छ । माथिको झ्लक त्यही कक्षागत पुस्तकालयले ल्याएको प्रभावको देन हो । सेभ द चिल्ड्रेनको सहयोगमा बाल विकास भवन र त्यसमा बाल विकास केन्द्रको अवधारणा अनुरूप सिकाइ सामग्रीले झ्किझ्काउ र आकर्षक कक्षा पनि बनेको छ । बालबालिकाकोे बौद्धिक, मानसिक, शारीरिक र संवेगात्मक विकासमा टेवा पु¥याउन बाल विकास कार्यकर्ताहरूलाई तालीम दिइएको छ । अन्य शिक्षकहरूले पनि बालकेन्द्रित सिकाइ विधिको तालीम पाएका छन् ।

केही वर्ष पहिलेको तुलनामा यस विद्यालयका शिक्षकहरू अहिले शैक्षिक सामग्री लिएर कक्षामा जान थालेका छन् । सानो कक्षामा आक्कलझ्ुक्कल बाहेक शैक्षिक सामग्री विना शिक्षकहरू कक्षामा पस्न छोडेको प्रअ अदमबहादुर थापा बताउँछन् । उनी भन्छन्, “सानो कक्षामा आएको सुधारले ठूला कक्षाका शिक्षकलाई पनि शैक्षिक सामग्री लिएर पढाउन जाँदा सिकाइ उपलब्धि बढ्ने रहेछ भन्ने बोध हुन थालेको छ । त्यसैले मावि तहका शिक्षकहरूमा पनि पाठयोजना बनाउने र उचित शैक्षिक सामग्रीको विकास गर्ने परिपाटीमा बढोत्तरी हुन थालेको छ ।”

यस विद्यालयमा हरेक शुक्रबार तलदेखि माथिल्लो कक्षासम्म कुनै न कुनै अतिरिक्त क्रियाकलाप हुने गरेको छ । हाजिरीजवाफ, वक्तृत्वकला, भित्ते पत्रिका, खेलकुद, नाचगान, निबन्ध प्रतियोगिता आदि गर्ने गरेको विद्यार्थीहरू बताउँछन् । अतिरिक्त क्रियाकलाप संचालन गर्ने जिम्मेवारी विद्यार्थीकै नेतृत्वमा बनाइएका बाल क्लबहरूलाई दिइने गरेको छ । यसबाट उनीहरू स्वयंको नेतृत्व क्षमता र आत्मविश्वासको विकासमा मद्दत पुग्छ । “पहिले पहिले शिक्षकसित बोल्न पनि लाज र डर लाग्थ्यो, आजकल विद्यालयमा के गर्ने, कसरी गर्ने भनेर हामी नै योजना बनाउन सक्ने भएका छौं ।” बालक्लबकी सदस्य कक्षा ९ की छात्रा अनुराधा भुजेलले बताइन् ।

विद्यार्थीले जति धेरै क्रियाकलाप गर्न पाउँछन् उति नै धेरै दिगो ज्ञान र सीप हासिल गर्दछन् भन्ने कुरा यहाँका शिक्षकहरूले विस्तारै बोध गर्न थालेका छन् । “हामीहरूले पहिले पहिले कक्षामा लेक्चर मात्र दिने गर्दथ्यौं । त्यो त विद्यार्थीको निम्ति सूचना मात्र हुँदोरहेछ, ज्ञान होइन ।” शिक्षक प्रतिनिधिसितको अन्तरक्रियाका क्रममा शिक्षकहरूले भने, “साँच्चै ज्ञान त आफैं महसूस गरेर मात्र हुनसक्दोरहेछ । त्यसका लागि उचित क्रियाकलाप गराउनुपर्ने रहेछ ।”

‘बन्द’ले छुँदैन, राजनीति हुँदैन
आफ्नो अभीष्ट पूरा गर्न विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले नेपाल बन्द, हड्तालका कार्यक्रम बारम्बार गर्ने गरेका छन् । प्रायः सबै बन्द आयोजकहरूले जबरजस्ती ‘बन्द’ गराउने गरेका छन् । ‘बन्द’ लाई समर्थन नगरी साविक बमोजिम स्कूल, गाडी, व्यवसाय चलाउने पाउने नागरिक अधिकारको दलहरूले आजसम्म सम्मान गर्न सकेका छैनन् । हुँदाहुँदा यसको शिकार विद्यालयहरू पनि हुन थाले । यस्ता बन्द आक्कलझ्ुक्कल नभएर महीनामै दुई तीन पटक र त्योभन्दा पनि बढी पटक हुन थालेपछि शिवपुरीगढी विद्यालयका अभिभावक र शिक्षक दुई वर्षअघि यो समस्या सम्बोधन गर्न सफल भए । उनीहरूले जुनसुकै बन्द भए पनि विद्यालय बन्द नगर्ने निर्णय लागू गरेका छन् । र, यो साहसी कामको नेतृत्व गरेका छन् नेकपा–माओवादीका स्थानीय कार्यकर्ता समेत रहेका व्यवस्थापन समितिका अध्यक्ष धातानन्द थापाले । (हे. अन्तर्वार्ता)
शिवपुरीगढी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेयताका दुई वर्षमा देशमा थुप्रै पटक बन्द आयोजना भए । २०६९ जेठमा संविधानसभाको विघटनको सेरोफेरोमा त धेरै नै बन्द भए । त्यसवेला काठमाडौं उपत्यका लगायत देशभरका धेरै विद्यालय बन्द भए । नवलपरासीका पनि थुप्रै विद्यालयहरू बन्द रहे । तर यो विद्यालय बन्द भएन । कारण थियो, व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरूको सामूहिक अठोट र त्यसलाई साथ दिएका छन्– स्थानीय राजनीतिक दलले । “शुरू शुरूमा त निकै गाह्रो भो । राजनीतिक कार्यकर्ताहरूलाई सम्झउन निकै मिहिनेत गरियो । अब सबैलाई थाहा भइसक्यो, हाम्रो विद्यालय शान्तिक्षेत्र घोषित भएको छ र यो कुनै पनि बन्दमा बन्द हुँदैन ।” प्रअ थापा भन्छन्, “मलाई लाग्छ, अब हाम्रो विद्यालयमा हामी बीच एकता होउन्जेल कहिल्यै बन्द हुँदैन । बन्दको मार पर्दैन ।”

शिक्षकहरूका अनुसार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक दुवै विद्यालयप्रति मन, वचन र कर्मले समर्पित भएर लागिपरेकाले यहाँ दलगत राजनीति आफैं ओझ्ेलमा पर्न गएको छ । यता आएर त विद्यालय राजनीति गर्ने ठाउँ होइन है भन्ने मान्यता नै स्थापित भइसकेको छ ।“ मेरो लामो शिक्षण जीवनमा यो चौथो विद्यालय हो । तर यहाँका प्रधानाध्यापक जति विद्यालयप्रति आत्मादेखि समर्पित व्यक्ति मैले अर्को भेटेको छैन ।” शिक्षक राजकुमार कोइरीले आफ्नो अनुभव सुनाउँदै भने, “व्यवस्थापन समितिका अध्यक्षज्यूले पनि विद्यालयको हित बाहेक अरूथोक केही चिताउनुभएको छैन । बाँकी हामी शिक्षकहरूलाई एकताको सूत्रमा बाँध्ने र एउटै लक्ष्यमा हिंडाउने काम उहाँहरू दुवैको यही निष्पक्षता र समर्पणले नै गरेको हो ।”

‘निःशुल्क’ को नयाँ काइदा !
७ वर्षअघि बनाइएको देशको अन्तरिम संविधानले माध्यमिक तहसम्मको शिक्षा कानूनमा व्यवस्था गरेर निःशुल्क गर्ने घोषणा ग¥यो । तर अहिलेसम्म पनि यस सम्बन्धी कानून बनेको छैन । तथापि निःशुल्क शिक्षाको चर्का नारा दिएर सरकारमा पुगेका पार्टीहरूले आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा निःशुल्क त गरे, तर एउटा सार्वजनिक विद्यालयलाई राम्ररी चल्न र गुणस्तरीय शिक्षा प्रदान गर्न पुग्ने रकमको विनियोजन गराउन सकेका छैनन् । एकातिर विद्यार्थीसित शुल्क उठाउन नमिल्ने अर्कातिर सरकारले पनि चाहिने जति अनुदान नदिने नियतिको शिकार यो विद्यालय पनि बन्न पुगेको छ ।

यो विद्यालयले आफूलाई पूर्णतः निःशुल्क घोषणा गर्दा निजी स्रोतका शिक्षकको तलबको जोहो गर्ने अर्को विकल्प थिएन । विद्यालयका अन्य खर्च धान्ने स्रोत पनि केही थिएन । तर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरू मिलेर निकास निकाले– अभिभावकबाट वार्षिक चन्दा असूल गर्ने । विव्यसको बैठकले वार्षिक चन्दा यसरी तोक्यो— कक्षा ६ देखि १० सम्मका अभिभावकलाई क्रमशः रु.७२०, ८४०, ९६०, १०८० र १२०० । “सरकारले पर्याप्त आर्थिक स्रोतको जोहो नगरिदिएपछि र शुल्क लगाउन नपाएपछि स्कूललाई जोगाउन हामीसित यसको विकल्प भएन ।” प्रअ थापाले आफ्नो विवशता दर्शाउँदै भने । उनका अनुसार, अभिभावककै अग्रसरता र पहलमा निर्णय भएकाले चन्दा उठाउन खासै कठिनाइ भएको छैन । तर विद्यालयलाई विद्यालयको स्रोतबाट शिक्षक धान्न भने अझ्ै पनि कठिन भएको उनी बताउँछन् ।

Related Posts

/*sign up form*/