बच्चालाई गरीबीमै सिक्न दिऊँ – रवीन्द्रनाथ टैगोर

by • • चिन्तनComments (0)768

Print Friendly, PDF & Email
चालीस वर्षको हुँदा मैले बङ्गालमा एउटा स्कूल खोलें । लेखनमा त्यत्रो उमेर बिताएको म जस्तो मान्छेले स्कूल खोलूँला भन्ने शायद कसैलाई लागेकै थिएन । त्यसैले उनीहरूले मेरो स्कूलबाट धेरै राम्रो परिणाम भन्दा पनि मेरो अनुभवहीनताका कारण केही अनौठा प्रयोगहरू आउन सक्ने अपेक्षासम्म गरे होलान् ।

त्यसैले धेरैले मलाई सोध्ने पनि गर्थे– यो स्कूल कुनै खास विचारबाट निर्देशित छ कि ? उनीहरूका अपेक्षाले भरिएका त्यस्ता प्रश्नलाई लरतरो उत्तरले टार्न सम्भव थिएन । ‘अरूभन्दा मौलिक, नयाँ खालको’ भन्दिन आतुर भए पनि यथार्थमा त्यस्तो नहुने पो हो कि भत्रे डरले म त्यस्तो भनिहाल्नबाट आफैंलाई रोक्ने गर्थें ।

मैले स्वीकार्नै पर्छ– मेरो संस्था कुन वैचारिक आधारमा स्थापित भएको छ भत्रे प्रश्न मेरो लागि निकै कठिन थियो । ‘विचार’ को जग कुनै घरको जग जस्तो मूर्त रूपमा देखिने कुरा होइन । यसको चरित्र कुनै बीजको जस्तो थियो, जसले भोलि बत्रे बिरुवासँग एकाकार भएर, त्यसलाई बोकेर, विस्तारै त्यही बिरुवाको अभित्र अङ्ग भएर सँगसँगै हुर्कनुपर्ने र बिरुवाकै स्वरुपले चिनिनुपर्ने थियो ।

स्कूल खोल्ने विचार कहाँबाट आयो भत्रे कुराको मलाई राम्रो हेक्का छ— यो शिक्षाको कुनै नयाँ सिद्धान्तले प्रेरित भएर गरेको काम भन्दा पनि मेरा आफ्नै स्कूले जीवनका संस्मरणहरूले घचघच्याएर चालिएको कदम थियो । ती दिनहरू मेरा लागि त्यति सुखद् थिएनन् र तिनमा मेरो कुनै दोष पनि थिएन । मैले आफूलाई अलिकति कम संवेदनशील बनाउन सकेको भए ती दिनका दबाबलाई सम्हाल्न र अलिक लामो समय अध्ययनमा टिकेर विश्वविद्यालयको डिग्री कमाउन सक्थें होला । तर दुर्भाग्य, त्यसो हुन सकेन । स्कूल भनेका स्कूल नै हुने रहेछन्, बीसको उत्राइस होलान् तर, तिनले आफ्ना पारा छोड्ने कुरा कल्पना मात्रै रहेछ ।

शिशुलाई जन्मनासाथ खुवाउन प्रकृतिले आमाको दूधको व्यवस्था गरेको हुन्छ– खाना र काख एकैपटक पाउने सुनिश्चितता । अनि शरीर र मनले एकसाथ सन्तुष्टि लिन सक्ने गरी ‘पूर्ण पोषणको प्रबन्ध’ । मानौं यसले शिशुलाई बुझउन खोजिरहेछ एउटा अटल सत्य– मान्छेको संसारसँगको सच्चा सम्बन्धको सुरुआत भनेको नितान्त वैयक्तिक प्रेममा आधारित हुन्छ, यो भौतिक शास्त्रको ‘कारण’ र ‘परिणाम’ को आधारमा अथ्र्याइने विषय होइन ।

जीवन जिउने सम्बन्धमा हाम्रा असीमित तिर्खा र चाहनाबाट तृप्ति लिने अवसर हाम्रो बाल्यावस्थामा उपलब्ध हुनुपर्छ । अनि कलिलो मस्तिष्कले आफूले जन्म लिएको मानव संसार र वरिपरिको ठूलो संसारका बीचको सौहार्दता र सुसम्बन्धको अनुभव भरपूर रूपमा गर्न पाउनुपर्छ । तर, उच्चकोटिको ज्ञान दिने वैधानिक अधिकार पाएको नाममा एक प्रकारको दम्भ प्रदर्शन गर्दै हाम्रो पारम्परिक विद्यालय प्रणालीले यो पक्षलाई पूर्णतः बेवास्ता गर्छ । रहस्यले भरिएको ईश्वरको अनुपम सृष्टिमा व्यक्ति अनन्त सम्भावनाहरू लिएर जन्मन्छ, तर त्यसको उपयोगको अवसरबाट बलजफ्त रोक्छ– स्कूलले । यो संस्थाले व्यक्ति र उसका वैयक्तिकतालाई प्राथमिकता दिनेभन्दा पनि ‘अनुशासन’ को घेरामा राख्न र कज्याउनमा जोड दिन्छ । यो संस्था फ्याक्ट्रीबाट एकैनासका मालबस्तु उत्पादन गरे जस्तै एकैनासका ‘मान्छे’ निकाल्ने ढाँचाले संचालित हुन्छ, पर्खालमा जडिएको उस्तै साइज र बनोटको अर्को एउटा ईंटा जस्तो । शिक्षाको मार्ग कोर्दा– क्षमतामा ‘उम्दा’ र ‘निम्छरो’ दुवैथरीलाई समेट्ने नाममा ‘औसत’ को काल्पनिक र सीधा रेखाको वरिपरि अल्झ्नि पुग्छ र वैयक्तिकता भित्र लुकेका घुम्ती र तरेलीहरू पूर्णतः ओझ्ेलमा पर्दछन् वा निषेधित हुन पुग्छन् । किनकि स्कूलका निम्ति जीवन ‘रेडिमेड’ सामग्री जस्तो पर्फेक्ट हुनुपर्छ, एकनासको; चिटिक्क पारेर कुँदेको मूर्ति जस्तो– बान्की मिलेको । मलाई स्कूल पठाइँदा मैले भोगेको समस्या नै त्यही हो । यस्तो समस्या जहाँ मैले देखें– मेरो संसार एकाएक भत्किएर काठका बेन्च र सीधा पर्खालमा बदलिएछन् । अनि तिनै बेन्च र पर्खालले अन्धोपन भएको मानिसले निरुद्देश्य एकनासले हेरिरहेजस्तो क्वारक्वार्ती मलाई हेर्न थालेछन् । यही हो मेरो विद्यालयको अनुभव ।
ज्ञानको महŒवलाई ख्यालठट्टा र खेलबाट मिल्ने व्यक्तिगत खुशीभन्दा ठूलो देखाउने क्रममा के भत्रे गरिन्छ भने– “ज्ञानको फल ग्रहण गर्नु र रसास्वादन गर्नु भनेको स्वर्गको विचरण जस्तोे रमाउने विषय होइन ।” अनि त्यसैले भनिन्छ– बालबालिका के गर्दा रमाउलान् भनेर उनीहरूलाई आफूखुशी गर्न छाडा छाड्न हुत्र । तिनलाई एउटा साँचोमा ढाल्ने कठोर पद्धतिमा लैजानै पर्छ । यसको कुनै विकल्प छैन । यही मान्यतामा चल्ने मेरो स्कूलले कडा र ज्यादै कसिलो जुत्ता लगाएर खुट्टाका आकार चाहे जस्तो बनाउने चिनियाँ परम्पराझ्ैं मलाई साँघुरो फ्रेममा जकड्याउन खोज्यो । प्रत्येक चालमा म गहिरो पीडा महसूस गर्दथें, तर पनि त्यसलाई स्वीकार्नुको कुनै विकल्प मसँग थिएन । त्यो पीडाले पूर्ण रूपमा संवेदनाहीन बनाउनुभन्दा पहिले नै उम्कन सकेकोमा भने म आफूलाई भाग्यमानी ठान्दछु ।

सुसंस्कृत समाजको सदस्य बत्रका निम्ति जति लामो समयसम्म त्यो कठोरता व्यहोर्नुपर्छ भत्रे ठानिन्थ्यो त्यति नै समय व्यहोर्न नपरे पनि लामो अवधिसम्म कठोरताको त्यो अनुभूतिबाट मुक्त हुन पनि सकिन । तर, त्यसो भए पनि म खुशी नै छु किनकि– यस्तो पद्धतिबाट बालबालिकाले कतिसम्म सकस बेहोर्नु पर्छ भत्रे ज्ञान मैले त्यसैबाट प्राप्त गरें ।
यो कठोर फ्रेम किन ? किन सहज रूपमा फक्रन सम्भव भएन ? यसको खास कारण छ– त्यो हो, एउटा बच्चाको बालसुलभ चरित्रलाई ज्ञानको मार्गमा स्वाभाविक रूपान्तरण गर्नेमा भन्दा पनि हामीले अर्कै ढङ्गले ‘मान्छे’ को विकास गर्ने चाहना राख्यौं । आफ्नो व्यवसाय कसरी चलाउने भत्रे निर्णयमा हामी स्वतन्त्र हौंला, हाम्रो अफिस हामी आफ्नै ढङ्गले चलाउन सकौंला; तर ईश्वरको सृष्टिलाई आफूखुशी चलाउने अधिकार हामीसँग हुन सक्दैन । बालबालिका पनि ईश्वरका सृष्टि हुन् । उनलाई हामीले लाद्ने होइन, आफ्नै ढङ्गले फक्रन दिनुपर्छ ।

यो संसारलाई जात्रु र बुझनु जरूरी छ तर त्यति मात्र पर्याप्त होइन– प्रकृतिको चरित्रलाई स्वीकारेर सो अनुकूल आचरण गर्नु पनि उत्तिकै जरूरी छ । ज्ञानको आर्जनले हामी शक्तिशाली बत्र सक्छौं, तर मानवीय पूर्णता प्राप्त गर्न सह–अनुभूति गर्ने क्षमताको विकास हुनु जरूरी छ । सबैभन्दा उच्चकोटिको शिक्षा त्यो हो जसले सूचना मात्र दिने होइन कि जीवनलाई यस संसारसँगको सहअस्तित्वमा जिउन सिकाउँछ । तर के देखिन्छ भने ‘सह–अनुभूतिको शिक्षा’ लाई स्कूलले योजनाबद्ध ढङ्गले तिरस्कृत गर्ने मात्र होइन निर्दयी रूपमा दबाउँछ । फलतः बाल्यावस्थादेखि नै त्यस्तो ज्ञान दिइन्छ र त्यस्तो बानी पारिन्छ कि हाम्रो जीवन प्रकृतिभन्दा निकै पर पुग्दछ । अनि हाम्रो मन र बाँकी संसार ठूला बैरी जस्ता देखा पर्छन् । अनि, जुन शिक्षाका हकदार भएर हामी जन्मन्छौं, त्यसबाट विचलित भएर त्यसलाई बिर्सेर, गुमाएर केही खुद्रा मसीना सूचना पाउनुलाई नै शिक्षा पाएको भत्रे अवस्थामा पुग्दछौं । बच्चाको ‘पृथ्वी’ उसबाट जबर्जस्ती खोस्छौं– अनि उसलाई भूगोल पढाउँछौं । उसबाट ‘भाषा’ खोस्छौं अनि व्याकरण सिकाउँछौं । महाकाव्यको भोको मस्तिष्कलाई जीवनहीन सूचना र तिथिमिति थोपरिदिन्छौं । ‘मानव’ संसारमा जन्मेको प्राणीलाई ‘बोल्ने ग्रामोफोनको दुनियाँ’ मा मिल्काइदिन्छौं– अज्ञानताको दुनियाँमा जन्मेको प्रायश्चित गर्न ! यस्तो प्रकोप बालसुलभ चरित्रले स्वीकार्न सक्दैन, यसका विरुद्ध रुन्छ, कराउँछ, अनि अन्तमा उसलाई दण्डित गरेर चूप लाग्ने तुल्याइन्छ; ‘अनुशासन’ सिकाइन्छ ।

हामीलाई के थाहा छ भने– बच्चाहरू धूलोलाई प्रेम गर्छन्; बगैंचाका फूलहरूले झ्ैं तिनका शरीर र मन दुवै उत्तिकै मात्रामा घाममा रमाउन खोज्छन् । यस ब्रह्माण्डका कुनै पनि वस्तुबाट इन्द्रिय चेतना मार्फत तिनले प्राप्त गर्ने संवेगले तिनलाई सदा लोभ्याउँछ । 

तर दुर्भाग्य, ती बच्चाका अभिभावकले आफ्ना परम्परा धात्रे नाममा, आ–आफ्ना पेशा चलाउने नाममा आफ्नो धुन छोड्न सक्दैनन् । यो परम्परा छोड्न गाह्रो पनि छ । समाजलाई एकनासले चलाउन, र परिस्थितिजन्य बाध्यतालाई टार्न मान्छेले कुनै खास क्षेत्रमा विशेषज्ञता हासिल गर्नैपर्छ भत्रे मान्यता बलवान छ ।

तर बाल्यावस्था नै जीवनको त्यस्तो अवस्था हो जहाँ सर्वोच्च स्वतन्त्रता हुनुपर्छ । त्यस्तो स्वतन्त्रता– जसलाई पेशाको खाँचो टार्ने र समाजको परम्परा धात्रे नाममा विशेषज्ञताको साँघुरो दायरामा परिभाषित आवश्यकताले पटक्कै छेक्न सक्दैन ।

स्कूलमा विद्यार्थीको करामत देखेर एक जना अनुभवी प्रधानाध्यापक छक्क परेको र रीसले मुरमुरिएको घटना म राम्ररी सम्झ्न्छु । अनुशासन कायम गराउनेमा नाम चलेका उनी आफ्ना विद्यार्थीले कक्षामा पढ्न छोडेर स्कूल बाहिरको रूखमा चढेर सुस्ताएपछि कसरी सहुन् । मैले उनलाई सम्झउँदै भत्रुपरेको थियो– “बाल्यावस्था सभ्य मानव जीवनको एक मात्र यस्तो अवस्था हो जब ऊ निर्धक्क रूखका हाँगामा वा ड्रइङ रुमको चेयरमा बस्ने छनोट गर्न सक्छ । अनि– ‘रूख चढ्न हुत्र’ भनेर ती बच्चाको छनोटलाई हामीले कुण्ठित गरिदिनु के न्यायोचित होला र ?” अचम्म त के थियो भने– तिनै प्रधानाध्यापकलाई बच्चाले वनस्पतिशास्त्र पढेकोमा कुनै आपत्ति थिएन । रूखको बारेमा किताबमा पढ्दा उनलाई कुनै आपत्ति थिएन, किनकि त्यसरी पढ्दा त्यो विज्ञान हुन्थ्यो, अरू कसैले तयार गरेर पस्केको निर्वैयक्तिक ज्ञान । तर, रूखमा आफैं चढ्नु, अनुभव गर्नु, प्राकृतिक तबरले अनुभूत गर्नु भनेको उनका निमित्त शायद स्वीकार्न सकिने विषय नै थिएन । आफैं अनुभव गर्न पाउँदा मानव– सहज संवेदनासँग गाँसिएर सिक्ने अवसर मिल्थ्यो । शायद प्रकृतिले सिकाउने विधि नै त्यही हो ।

मेरा स्कूलका केटाकेटीले रूखको बारेमा थुप्रै सिकेका छन्– खस्रा र काँडैकाँडा भएका रूख चढ्दा कुन ठाउँमा खुट्टा अड्याउन सकिन्छ; हाँगाको कति परसम्म जानु सुरक्षित होला; हाँगामा विचरण गर्दा शरीरको तौललाई कसरी मिलाएर सन्तुलन कायम गर्न सकिन्छ, यी महŒवपूर्ण प्रश्न बारे उनीहरूले नसिकाइकनै सिकेका छन्– भोगाइबाट । उनीहरूले रूखबाट थुप्रै फाइदा पनि लिएका छन्ः फलहरूबाट भोक मेटाउन, आराम गर्ने शान्त ठाउँका रूपमा, र मन नलागेका काम गर्नबाट बच्न लुक्ने सुरक्षित थलोका रूपमा । मेरो आफ्नै कुरा गर्ने हो भने– म एउटा शहरको सुसंस्कृत घरमा हुर्केको मान्छे, अनि सो ‘सुसंस्कृत’ पना बचाउनुपर्ने मेरो बाध्यताले मेरो व्यवहार कस्तो हुन पुग्यो भने– कुनै रूख विनाको संसारमा जन्मेको मान्छेको जस्तो । त्यसैले म के चाहन्छु भने मेरा केटाकेटीहरूले ती रूखलाई सृष्टिको अत्यन्त महŒवपूर्ण विषयका रूपमा बुझन र तिनलाई जीवन्त सहयात्रीका रूपमा भोग्न सकून्– केवल क्लोरोफिल बनाउने मशीन वा कार्बन सोस्ने उपयोगी साधनका रूपमा मात्र होइन ।

हाम्रो पैताला यसरी बनेको छ कि यस धर्तीमा उभिन र हिंड्नका निमित्त शायद यो नै सर्वोत्तम साधन हो । तर जबदेखि हामीले जुत्ता लगाउन थाल्यौं, हाम्रो खुट्टाको भूमिका पनि विस्तारै साँघु¥यायौं । अनि भूमिका कम बन्दै गएपछि तिनले तागत गुमाउँदै गए र हुँदाहुँदा विभित्र प्रकारका जुत्ता, चप्पल र मोजाको भरोसामा मात्रै चल्न सक्ने बत्र पुगे– निरीह, कमजोर । अनि, हामी शायद संवेदना सहितका सुन्दर पैतालाको सट्टा बलिया खुर नदिएकोमा ईश्वरसँग गुनासो गर्ने अवस्थामा पुग्यौं ।

यसको अर्थ कुनै पाउपोस (जुत्ता) लगाउनै हुत्र भत्रे मेरो आग्रह होइन । तर मेरो जोडदार भनाइ के चाहिं हो भने बच्चाको पैतालाले पनि सिक्ने मौका पाउनुपर्छ– प्रकृतिले निःशुल्क दिएको उपहारको उपयोग गर्ने अवसर पाउनै पर्छ । पैताला नै यस्ता अङ्ग हुन् जसले यस धर्तीलाई स्पर्श गरेर घनिष्ठ रूपमा अनुभव गर्न समर्थ बनाउँछ; त्यसो गर्ने तागत अरू कुनै अङ्गले राख्दैन । यस धर्तीमा रहेका होचा–अग्लापन, नरमपना र कठोरता, यसलाई चुम्बन गर्ने अवसर उनले आफ्ना सच्चा प्रेमीलाई मात्र प्रदान गर्दछिन् र त्यो अवसर पैतालालाई मात्र प्राप्त छ । 

मैले फेरि पनि स्वीकार्नै पर्छ– म हुनेखाने परिवारमा हुर्केकाले बाल्यावस्थादेखि नै मेरा पैताला धूलो कसिङ्गर छुनबाट होशियारीसाथ जोगाइएका थिए । त्यसैले जब म मेरा विद्यार्थीलाई खाली खुट्टाले हिंड्न सिकाउन थाल्छु– मेरो पैतालामुनिको पृथ्वीबारे कति अज्ञानता छ भत्रे बारे वेदनापूर्ण अनुभव गर्न पुग्छु । पटकपटक काँडामाथि टेक्न पुग्दोरहेछु– मानौं म ती काँडालाई खुच्चिङ भत्रे मौका दिइरहेको छु । कमभन्दा कम घोचाइ व्यहोर्न के गर्ने भत्रे बारे मेरा पैतालाहरूसँग मानवोचित चेतना छैन । जतिसुकै सम्म भनिएको ठाउँमा पनि केही होचो–अग्लोपना त हुने नै भयो– अनि दीक्षित पैतालाले मात्रै ठीक मेलो भेट्टाउन सक्ने रहेछ । सम्मै ठाउँमा हिंड्दा पनि मैले धेरै खाल्टाखुल्टी भेट्न पुगें । छक्क पर्ने कुरा के भने– त्यो गोरेटो कसैले नापजाँच गरेर ठिक्क बनाएको त होइन नि ! जबसम्म धेरै पैदल यात्रुले त्यही पाइलालाई पछ्याउत्रन्, त्यही गतिमा हिंडेर एउटा र अर्को पाइला ठ्याक्कै त्यही डोबमा पर्न पुग्दैन त्यो बाटो नै बन्दैनथ्यो । कसरी ती साराका सारा बटुवा त्यही चालमा हिंड्न पुगे होलान् ? अनि कसरी त्यो गोरेटो बत्र पुग्यो होला ? यसको मूल कारण के छ भने धर्तीबाट सारै सूक्ष्म सन्देश हाम्रो पैतालाले प्राप्त गर्छ– हिंड्दै जाँदाखेरि । त्यो सन्देशलाई बुझ्ेर हाम्रो पैताला सो अनुकूलको गति मिलाउन सक्षम हुन्छ । जसले यो सन्देशलाई बुझने तागत गुमाएको हुँदैन उसले तत्काल आफ्ना खुट्टाका मांसपेशीहरूलाई सन्तुलन गर्न सक्छ । अनि त्यसैले तिनले खाली खुट्टामा पनि आफूलाई गिर्खा र काँडाबाट जोगाउन सक्छन् । मलाई राम्ररी थाहा छ– व्यावहारिक जीवनमा जुत्ता लगाइन्छ, सडक पनि पिच गरिन्छन्, कार चढिन्छन् । तर शिक्षा पाउने वेलामा संसार भनेको ड्रइङ रुम मात्र होइन, यहाँ प्रकृति भत्रे चिज पनि छ, हाम्रा हातखुट्टा छन् र तिनले प्रकृतिमा साक्षात्कार गर्न पाउनुपर्छ भत्रु अन्यथा होला र ?

मेरो स्कूलको सादा जीवन देखेर मध्ययुगीन गरीबीलाई आदर्श बनाउन खोजेको हो कि भनेर शङ्का गर्ने मान्छे पनि नभएका होइनन् । गरीबी नै त नभनूँ तर के धनी के गरीब—सबैले आधारभूत तहदेखि, जगैदेखि सिक्नै पर्छ । करोडपतिको छोराले समेत आफ्नो जीवनको पाठको सुरुआत अत्यन्त निर्धनकै ढाँचामा गर्नुपर्छ । उसले पनि निर्धनतम केटाकेटीले झ्ैं हिंड्न सिक्नुपर्छ । उसको घरमा कारको सुविधा छ भनेर हिंड्न सिक्नु पर्दैन त कसैले भन्दैन होला । गरीबीले हामीलाई पूर्ण जीवनको र संसारको अर्थ बोध गर्ने अवसर दिन्छ, धनाढ्यका ढाँचामा जिउनु भनेको त यथार्थभन्दा परको नक्कली जीवन जिउनु हो । आफ्ना सुख र सन्तुष्टिका निमित्त यो ठीकै हुन सक्छ, तर शिक्षा आर्जनका दृष्टिले होइन । धन भनेको एउटा सुनको पिंजडा जस्तै हो, जहाँ धनीका बच्चाहरू कृत्रिम र अर्थहीन ढर्रामा हुर्काइन्छन् । त्यसैले फजुल खर्च गर्ने बानी परेकाले मन नपराए पनि मेरो स्कूलमा फर्निचर र अरू साधनविहीनता मार्फत सिक्ने अवसर दिनु छ । खर्च धात्र नसकेर होइन, संसारलाई नजिकबाट र आफ्नै अनुभवबाट चित्रे अवसर दिन यसो गर्न आवश्यक ठान्दछु ।
मलाई मेरो स्कूले जीवन सम्झ्ँदा दिक्क पनि लाग्छ । किनकि त्यहाँ संसारको पूर्णता नै थिएन । त्यहाँ त पाठ पढाउन तयार पारेको एउटा संरचना मात्र थियो । हुर्किसकेका मान्छेहरूका निम्ति त्यो उपयुक्त हुन सक्ला, जो पढ्नका निमित्त यस्तो ठाउँ चाहिन्छ भत्रेमा सचेत र त्यस्तो आवश्यकता स्वीकार्न तयार होलान्– त्यो पनि सच्चा जीवनबाट अलग्गिने मूल्यमा । तर केटाकेटीहरू जीवनसँग प्रेम गर्छन् र यो उनीहरूको पहिलो प्रेम हो । संसारको प्रत्येक रङ्ग र गतिले तिनलाई आकर्षित गर्छ, मोहित हुन्छन् । के हाम्रो विवेकले उनीहरूबाट त्यो खुशी खोस्न र त्यसबाट बन्चित गर्न अनुमति दिन्छ त ? बालक जन्मँदै ‘नाइँ’ र ‘गर्दिनँ’ भत्रे जिद्दी गर्ने स्वभाव लिएर जन्मत्र ।  त्यसैले ज्ञान आर्जन गर्ने पवित्र कर्ममा प्रवेश गर्न ठ्याक्कै सुहाउने र मिल्ने स्वभाव देखिन्छ । तर शुरूमा तिनले आफ्नै जीवन र अनुभवबाट सिक्न पाउनुपर्छ ताकि जिन्दगीभर सिकिरहन प्रेरित भैरहुन् र अन्ततः सुसंस्कृत र विवेकी भई पूर्ण जीवनयापन गरुन् ।

समाजले आफ्ना विशिष्ट ढाँचा अनुकूल हुने गरी मान्छेका ‘मन’ लाई ढाल्न खास खास विधिको प्रयोग गर्दछ । यी ढाँचा यति मसिनोसँग बुनिएका हुन्छन् कि यिनले प्रकृति प्रवेश गर्ने सानो छिद्र समेत छोड्दैनन् । आफूलाई बचाउनकै निमित्त पनि कसैले यी ढाँचा विरुद्ध जाने हिम्मत गरिहाले भने दण्डको श्रृंखला भोग्न तयार हुनुपर्छ । त्यसैले सिङ्गो सामाजिक प्रणाली र त्यसको धार आफ्ना विरुद्ध हुने भएपछि सत्यबारे चेत खुल्नु र त्यसलाई व्यवहारमा उतार्नु नितान्त फरक कुरा हुन पुग्दछन् । यही कारणले मेरो आफ्नै छोराको शिक्षाको बारेमा निर्णय लिन समेत मलाई गाह्रो परेको हो । सबैको कुरालाई अलिकति मात्रै मान्दा पनि मैले मेरा आदर्शहरूसँग सम्झैता गरेकै हो । पहिलो कुरा त मैले उसलाई शहरबाट गाउँमा लगेर अहिलेको अवस्थामा मिल्नेसम्म प्रकृतिसँग साक्षात्कार गर्ने अवसर दिन खोजें । नदी भनेपछि नाम सुन्दै डराउने ऊ पौडन र तैरन सक्ने भयो– ठूला मान्छेको अनुपस्थितिमा पनि । चउरमा, बालुवाका बगरमा धित मर्ने गरी समय बितायो । सामान्य सुखसुविधामा पर्ने वा ‘विलासिता’ को साधन ठानिने कुनै पनि वस्तुबाट उसलाई टाढै राखियो । यसो गर्दै गर्दा ‘कठै’ भने होलान् अनि, बा आमाको निर्दयीपनका बारे कुरा पनि काटे होलान् । फेरि मलाई के पनि हेक्का छ भने– सुखसुविधा र विलासिता भनेका बच्चाका लागि बोझ् हुन्, जसले धेरै र रचनात्मक काम गर्नबाट उनीहरूलाई रोक्दछ । अरूको इज्जत धानिदिनु; अरूको अपेक्षा पूरा गरिदिनु; अरूको खुशीका आकांक्षाले थिचिनु चानचुने बोझ् हो र ?

फेरि, सीमित साधन भएको व्यक्ति हुनाले मेरो योजना अनुरूप शिक्षा दिन मलाई धेरै कठिन पनि थियो । तर, ऊसँग निस्फिक्री रूपमा विचरण गर्न पाउने स्वतन्त्रता थियो– कुनै धनसम्पत्ति र तुजुक देखाउनु थिएन; इज्जत धात्रुपर्ने बोझ् थिएन । त्यसैले यस संसारको यथार्थ अनुभव गर्न उसका अगाडि मेरोभन्दा गतिलो अवसर थियो । तर एउटा कुराले भने मेरो मनमा निकै नै खुल्दुली मच्चायो ।

शिक्षाको उद्देश्य मान्छेलाई सत्यको एकत्व सिकाउनु हो– कुनै पाटोलाई पन्छाएर अर्को पाटोमा मात्र जोड दिएर शायद त्यस्तो सत्य प्राप्त हुन सक्दैन । पहिला पहिला जीवन सादा र सरल थियो र विभित्र पक्षहरूबीच तालमेल र सामन्जस्यमा कुनै समस्या थिएन । तर जब बुद्धि ९क्ष्लतभििभअत० लाई आध्यात्मिक र शारीरिक पाटाहरूबाट अलग गरेर हेर्न थालियो, त्यसपछि स्कूले शिक्षाको पूरै जोड मान्छेका बौद्धिक र शारीरिक पाटामा केन्द्रित हुन पुग्यो । व्यक्तिमा यसको असर वा परिणाम के हुन्छ भत्रेतर्फ विचारै नगरी स्कूले शिक्षाले सूचना प्रवाहमा मात्र जोड दिन थाल्यो । फलस्वरुप, बौद्धिक, शारीरिक र आध्यात्मिक जीवन खण्डित भयो र यो खाडल झ्न्झ्न् बढ्न पुग्यो ।

म आध्यात्मिक संसारमा विश्वास राख्ने गर्छु; तर यो संसारभन्दा बाहिरको ज्ञानको रूपमा होइन– बरु यही संसारको अनन्य सारतत्वका रूपमा । हरेक श्वासमा यस सत्यलाई अनुभूत गर्न सक्नुपर्छ कि हामी ईश्वरभित्र यो जीवन बाँचिरहेछौं । अनगिन्ती र असीमित रहस्यले भरिएको यस महान संसारमा जन्म लिएर हाम्रो अस्तित्वलाई क्षणिक र आकस्मिक विषयका रूपमा हेर्न वा निरुद्देश्य यताउता हावाको वेगसँगै भौंतारिरहने कुनै वस्तुको जस्तो भावमा बुझनु शायद उचित हुन सक्दैन । अनि आफ्नो जीवनलाई कुनै सपनामै रमाइरहने मान्छे, जो कहिल्यै स्वप्नबाट बाहिर आउँदैन, त्यसको सपना जस्तो अर्थमा बुझन पनि हामी सक्दैनौं । जहाँसम्म हाम्रो व्यक्तित्वको प्रश्न छ– अत्यन्त व्यक्तिगत विषय नभएसम्म यसलाई कुनै पदार्थ वा बाह्य बलको कुनै मतलबै हुँदैन । यसको प्रकृति केही हदसम्म मात्र भेउ पाउन सकिएको छ जस अनुसार मानवीय प्रेममा, ईश्वरको महानतामा, शहादत प्राप्त गरेका महान व्यक्तिका वीरगाथामा वा यस प्रकृतिका अतुलनीय सौन्दर्यमा यसको सूक्ष्मता प्रदर्शन भएको भेट्न सकिन्छ ।

बाल्यावस्थादेखि नै आध्यात्मिक संसारप्रति बेवास्ता गर्नाले त्यसको अनुभव छुट्न पुग्दछ । यसका लागि धार्मिक शिक्षा दिएर हुत्र, आध्यात्मिक जीवनमा चुर्लुम्म डुबुल्की मारेर रमाउने अवसर दिनुपर्छ । वर्तमान युगमा यो कसरी गर्ने भत्रे प्रश्न निकै कठिन हो । किनकि विद्यार्थीहरू आफ्ना कामले व्यस्त रहन्छन्, कुदाकुद गर्छन् तर त्यसभित्र सत्य शायदै भेट्छन् । र, यो कुरा बुझन उनीहरूसँग फुर्सदै हुँदैन । अनि उनीहरूका आत्माले आफ्नो संसारलाई भेट्टाउनै सकिरहेको हुँदैन– यो पनि बुझन भ्याउँदैनन् ।

भारतमा हामी अझ्ै पनि महान् गुरुका गुरुकुल परम्पराका कथामा गर्व गर्छौं । ती ठाउँ न त वर्तमान संसारले बुझने गरेका जस्ता स्कूल थिए, न त गुम्बा नै । त्यहाँ त घर थिए– जहाँ परिवारसँगै केही मानिस आफ्ना जीवन जिउँथे, अनि ईश्वरभित्र संसार खोज्थे र आफूलाई ईश्वरभित्र पाउने प्रयत्न गर्थे । उनीहरू सांसारिक समाज बाहिर रहन्थे तर त्यही समाजका निमित्त काम गर्थे; सूर्यले अरू ग्रहहरूका निमित्त काम गरिरहेजस्तो– निरन्तर जीवन र प्रकाश बाँडिरहने । यस्तै थलोमा केटाकेटीले शाश्वत जीवनको दृष्टिगोचर गर्थे अनि गृहस्थका निमित्त तयार भएको ठानिएपछि भूमिका फेर्थे ।

प्राचीन भारतमा जहाँ जीवन थियो– स्कूल त्यहीं थियो– यी दुईबीच कुनै सिमाना थिएन । ज्ञान र सिकाइको वातावरणका नाममा न त छुट्टै कृत्रिम पर्खाल थिए, न त गुम्बाको जस्तो शून्यता, एकान्त र उत्साहहीन वातावरण । बरु त्यहाँ थियो, जीवन्त आकांक्षा । तिनले गाईबस्तु चराउन लगे, दाउरा खोजे, फलफूलको जोरजाम गरे, प्राणी मात्रमा दया प्रदर्शन गरे, आफ्ना गुरुको आत्मिक उत्थानसँगै आफ्नो आत्मिक विकासको पथमा लागे । यसो हुन किन सम्भव भयो भने यी ठाउँका मूल उद्देश्य शिक्षण नभएर ईश्वरसँग जिउन खोज्नेलाई एउटा साझ छानो दिनुथियो । 

गुरु र चेलाको यस्तो सम्बन्ध कुनै रोमान्टिक कथा मात्र नभएर हाम्रा रैथाने शिक्षा प्रणालीमा थोरै भए पनि जीवित रहेको अवस्थाले यसको अस्तित्वको प्रमाण दिन्छ । संस्कृतमा गुरुकुल भनिने विद्यालयले वर्तमानका स्कूलको झ्ल्को दित्र । विद्यार्थीले गुरुको घरमा उनकै सन्तान जस्तै सँगै बस्ने, खान, बस्न, पढ्न, कुनै शुल्क तिर्नु नपर्ने, शिक्षकको जीवनबाटै विद्यार्थीले सरलता जस्ता गुणहरू सिक्ने । गुरुले आफ्नो जीवनको अङ्गका रूपमा न कि पेशाका रूपमा चेलालाई सिक्न सहयोग गर्ने । उच्चआकांक्षा सहितको जीवन गुरुचेलाले सँगसँगै जिउने—यस्तो ढाँचाले मेरो ध्यान तान्यो । अरू मुलुकमा भौतिक विकासका अनन्त अपेक्षाले भरिएका थुप्रै उद्देश्यहरूले शिक्षालाई डो¥याउने प्रयत्न गर्छन् । तर आफ्नै तागतमा गर्व गर्न र आत्मसम्मान प्राप्त गर्न हामीले शिक्षाका उद्देश्य छनोट गर्दा समग्र मानवको उत्थानभन्दा अलिकति कममा पनि सन्तोष लिनुहुत्र । यसको अर्थ हो, आत्माको पूर्ण विकास र मुक्ति नै शिक्षाको मुख्य उद्देश्य हो । हामी चानचुने उद्देश्यमा मक्ख हुने मानिस होइनौं । हामी ईश्वरलाई प्राप्त गरौं, शाश्वत सत्यको प्राप्तिमा लागौं, जसबाट सांसारिक वस्तुको बन्धनबाट मुक्ति लिएर मामुली भौतिक सम्पत्ति होइन, आत्मिक प्रकाशको सम्पत्ति प्राप्ति गर्न सकियोस्, शक्ति होइन प्रेम प्राप्त गर्न सकियोस् । कुनै पुस्तक नपढेका र चरम गरीबीमा बाँचेका मानिसले पनि यस प्रकारको आत्मिक मुक्ति प्राप्त गर्न सकेका उदाहरण हामीसँग छन् । हामीले आफ्ना पुर्खाबाट आत्मिक ज्ञानको अपार सम्पत्ति प्राप्त गरेका छौं । त्यसैले हाम्रो शिक्षाले यस सम्पत्तिको खोजी गर्न, खोतल्न, त्यसको यथार्थ प्रयोग गर्न सक्ने क्षमता विकास गर्न अनि वेला आएपछि बाँकी विश्वलाई समेत अर्पण गरी शास्वत भलाईमा योगदान गर्न समर्थ तुल्याउन सक्नुपर्छ ।

यो विचार आएपछि मैले आफूलाई पूर्ण रूपमा साक्षरता कार्यक्रममा समर्पण गरें । अचानक मलाई निकै सकस भएको अनुभव भयो– खराब सपनापछि छटपटी भए जस्तै । मेरो मात्र नभएर सिङ्गो मुलुकको आत्मा श्वास अवरुद्ध भएर छटपटिएको हो कि जस्तो । मैले सोचें कुनै भौतिक वस्तुको उपस्थितिले मात्र हुने देखिएन, साधन सुविधा वा शक्तिले पनि केही हुने देखिन । बरु, आत्मिक मुक्तिका निमित्त पूर्ण चेतना आवश्यक देखियो ताकि हामीबीच कुनै वैमनस्य नरहोस्; कुनै सामान्य वस्तुका निमित्त कोही लड्न नपरोस्, कसैले उपेक्षित हुन नपरोस् ।  

निष्कर्षमा म अनुरोध गर्दछु– यस आश्रमका बारेमा कुनै ईश्वरीय, विशेष खालको चित्र बोकेर नजानुहोला । कागजमा विचार कोरिंदा ती अत्यन्त आदर्शमय र पूर्ण लाग्न सक्छन् । तर, यथार्थमा सामग्री, विचार, आचरण इत्यादिमा जे देखिन्छ– त्यो कागजमा लेखिए जस्तै पूर्ण नहुन सक्छन्, त्यहाँभित्र थुप्रै परिस्थितिजन्य विविधता हुनसक्छन् । मानव स्वभावका कारण वा परिस्थितिका कारण हामीले अवरोधहरू पनि बेहोर्नुपर्छ । हामीमध्ये केटाकेटीको मनलाई जीवन्त प्राणीको रूपमा ग्रहण गर्ने विश्वास पनि त्यति सशक्त नहुन सक्छ । कसैलाई भलो गर्ने उद्देश्य यति ठूलो लाग्न सक्छ कि बल प्रयोग गर्न समेत तम्सन सक्छन् । अर्कातिर केटाकेटीका ग्रहणशीलता आ–आफ्नै तहका छन् । कति ठाउँमा असफलता टार्न कठिन हुने रहेछ । कहिलेकाहीं नटेर्ने, अनुशासनहीनताका घटना समेत सोचेभन्दा ठूलो रूपमा देखापर्दा हामी आफ्ना आदर्शमै कतै खोट छ कि भनेर सोच्न समेत बाध्य हुन्छौं । सन्देह र प्रतिक्रियाको अँधेरा कुनाबाट समेत गुज्रन पर्ने रहेछ । यस्ता द्वन्द्व र अकर्मण्यता पनि यथार्थ जीवनका अङ्ग नै हुन् । जीवनका आदर्शलाई घडी र घन्टामा बाँध्न र डो¥याउन नसकिने रहेछ । अनि जोसँग आफ्ना विचारप्रति पूर्ण विश्वास छ, तिनले असफलता र गन्जागोलमा समेत आफ्ना ती आस्थाको सत्यताको परीक्षण गर्न तयार हुनुपर्छ ।

म मेरो जीवनको सिद्धान्तलाई विधिभन्दा मानिसको आत्मासँग गाँसेर हेर्दछु । म के विश्वास गर्छु भने शिक्षाको उद्देश्य मनको स्वतन्त्रता हो, जुन स्वतन्त्रताको बाटोबाट हिंडेर मात्र प्राप्त गर्न सकिन्छ । स्वतन्त्रताका आफ्नै जोखिम पनि छन् र जिम्मेवारी पनि, तर त्यसो त जीवनमा पनि यी दुवै छन् नि ! धेरै मानिसले बिर्सेका जस्तो देखिन्छ, तर मलाई पक्का के थाहा छ भने बालबालिका भनेका जीवन्त प्राणी हुन्; हुर्किसकेका भन्दा अरू बढी जीवन्त; किनकि हुर्केका मानिसलाई ‘बानी’ ले घेरिसकेको हुन्छ । त्यसैले बालकका मानसिक स्वास्थ्य र विकासका निमित्त पाठ सिक्ने स्कूल मात्र होइन कि व्यक्तिगत तबरमा प्रेम दिने संसार अत्यावश्यक छ । यो त्यस्तो आश्रम हुनुपर्छ जसमा मानिसले आफ्ना सम्भावनालाई सर्वोत्तम रूपमा हासिल गर्न सकोस्; जहाँ जीवन केवल सोचाइको तहमा मात्र सीमित नरहेर कार्य र क्रियाकलापमा जागिरहेको होस् । संसार जहाँ उनले सचेत रूपमा स्वीकार गर्न सकुन् कि मान्छेको यो संसार ईश्वरको रचना हो, जसको स्वामी उनै ईश्वर हुन् र उनको सृष्टिको नागरिकका रूपमा आफूलाई सावित गर्ने आकांक्षा यी युवामा जगाउन सकियोस् । जहाँ सूर्यको उदय र अस्त वा ताराहरूका निरन्तर चम्कने गुणलाई सामान्य ठानेर बेवास्ता नगरियोस्; जहाँ प्रकृतिका उपहार विविध प्रकारका फलफूलहरूलाई उपेक्षा नगरियोस्; जहाँ युवा र प्रौढ, गुरु र चेला, सबैले एकै टेबलमा बसेर दैनिक खाना ग्रहण गरून् साथै शाश्वत जीवनका निमित्त खुराक समेत सँगै आर्जन गर्न सकून् ।

(शान्ति निकेतनका संस्थापक एवं नोबेल पुरस्कार विजेता प्रसिद्ध बंगाली साहित्यकार टैगोर (सन् १८६१–१९३९) ले अमेरिकामा दिएको भाषणबाट ।)

स्रोतः http://www.swaraj.org/shikshantar/tagore_myschool.html

Related Posts

/*sign up form*/