रिचर्ड पी फाइनम्यान

by • • साभारComments (0)488

Print Friendly, PDF & Email

विज्ञान के हो ?

त्यस्ता प्रत्येक कुरामा सन्देह गर्नु जो अतीतबाट बग्दै हामीसम्म आइपुगेका छन्— एउटा अनुभूत सत्यको जामा पहिरिएर । अनि एकदमै शुरूदेखि आफ्नै अनुभवका आधारमा त्यस्ता ‘सत्य’ को जाँच गर्नु— अघिल्लाको अनुभवमाथि आँखा चिम्लेर विश्वास नगरीकन । र, यही हो विज्ञान ।
‘विज्ञान के हो’ भन्ने प्रश्नमाथि घोत्लिन लाग्दा मेरो मनमा एउटा फुच्चे कविता फुर्फुर गर्न थाल्योः

एउटा कनसुत्लो थियो बडो प्रसन्न,
जबसम्म भ्यागुताले सोधेको थिएन उसलाई यो प्रश्न—
‘तिम्रो कुन खुट्टो कति नम्बरको खुट्टोपछि अघि बढ्छ ?’
रन्थनियो ऊ,
चढ्दै गयो आफ्ना खुट्टाबारे उसको सन्देह असीम उँचाइतर्फ
र, निरीह भएर खुर्मुरिन पुग्यो ऊ एउटा खाल्डोमा,
बिर्सिसकेको थियो उसले—
कसरी निस्कने हो हिंडेर त्यहाँबाट !

‘विज्ञान के हो ?’ तपाईं विज्ञान शिक्षक हुनुहुन्छ भने भन्नुहोला— यो कुन ठूलो प्रश्न हो ? यो त सामान्य ज्ञानको कुरा हो । हुन पनि, विज्ञानका हरेक पाठ्यपुस्तकको ‘शिक्षक संस्करण’ अथवा शिक्षण निर्देशिकामा यसबारे विस्तृत चर्चा गरिएको हुन्छ । त्यसमा मैले थप्न सक्ने के हुन्छ होला र ? तर मलाई लाग्छ, विज्ञान त्यो होइन जसलाई दार्शनिकहरूले विज्ञान भनिदिएका छन्; झ्न् त्यो त कदापि होइन जो शिक्षक निर्देशिकाहरूले भन्ने गरेका छन् ।

विषयको जटिलता र दार्शनिक व्याख्याप्रति आफ्नो अरूचिलाई ध्यानमा राखेर म आफ्ना कुरा प्रस्तुत गर्न बेग्लै बाटो अपनाउने सुरमा छु । शुरुमै स्पष्ट पारिदिऊँ, ‘विज्ञान के हो ?’ भन्ने प्रश्न कुनै पनि दृष्टिले ‘विज्ञान कसरी पढाउने ?’ भन्ने प्रश्नको समानार्थी होइन । मेरो मनसाय पनि विज्ञान कसरी पढाउने भनेर तपाईंलाई सिकाउनु बिल्कुलै होइन । म त विज्ञान के हो भन्ने कुरा मैले कसरी जानें भन्ने मात्र बताउनेछु । अलि केटौले जस्तो लाग्ला यो तरीका । तर मैले सिकेको, जानेको यसैगरी हो । मेरो मनभित्र विज्ञान प्रवेश गरेको यसैगरी हो । त्यसैले म आफ्नै अनुभवका आधारमा भन्नेछु— विज्ञान के हो भन्ने कुरा मैले कसरी सिकें ।


म आमाको पेटमा छँदा बुबा भन्नुहुन्थ्यो रे— छोरो जन्मियो भने वैज्ञानिक हुनेछ । छक्क पर्छु— उहाँले कसरी थाहा पाउनुभएछ कुन्नि ? मलाई त कहिल्यै वैज्ञानिक बन्नुपर्छ भन्नु भएन ! उहाँ आफैं पनि वैज्ञानिक हुनुहुन्नथ्यो । एउटा कम्पनीको व्यापार प्रबन्धक हुनुहुन्थ्यो । तर विज्ञान पढ्नुहुन्थ्यो र यसलाई मन पराउनुहुन्थ्यो ।

म सारै सानो छँदा, जुनवेला मैले बोल्न पनि राम्ररी सिकिसकेको थिइनँ, बेलुकको खाना खाइसकेपछि बुबा मसँग एउटा खेल खेल्नु हुन्थ्यो । उहाँले कहींबाट अलि पुराना, चारकुने टायल ल्याउनुभएको थियो । हामी ती टायललाई छ–छ इन्ची जतिको फरकमा, एउटै लहरमा ठड्याउँथ्यौं । त्यसपछि छेउको एउटा टायललाई छुसुक्क धकेल्थ्यौं । साराका सारा टायल खरर्र एकैचोटि ढल्न पुग्थे । त्यो खेल मलाई खूब मन पथ्र्यो ।

अलिक दिनपछि खेलमा अलिकति सुधार आयो । टायल विभिन्न रंगका थिए । मेरो काम हुन्थ्यो— एउटा सेतो, दुइटा नीला, त्यसपछि एउटा सेता र फेरि दुइटा नीला… को क्रममा तिनलाई ठड्याउनु । अरू रंगका टायल पनि ठड्याउन मन लाग्थ्यो तर पाइँदैनथ्यो । नीलोपछि दुइटा सेता टायल राख्ने इच्छा लाग्थ्यो, तर अहँ— निर्धारित क्रम बिगार्ने अनुमति थिएन । यसभित्र लुकेको रहस्य तपाईंले बुझ्सिक्नु नै भयो होला; पहिले खेलको मजा लिन दिनु, त्यसमा रस बसाइदिनु, त्यसपछि खुसुक्क शैक्षिक महŒवको पक्ष जोडिदिनु !

मेरी आमालाई, जो निकै संवेदनशील हुनुहुन्छ, बुबाको यो ‘बुज्रुक्याइँ’ कत्ति चित्त बुझ्रिहेको थिएन । उहाँले भनिहाल्नुभयो, ‘बर–बिचरा बालख सेतो टायल राख्न खोज्छ भने राख्न देऊ न त !’ बुबाको जवाफ थियो, ‘हुँदैन । खेल्दा खेल्दै रंग छुट्याउन सिकोस् भनेर यसो गरेको हुँ । ढाँचा र आकारबारे पनि यसले यसैगरी सिक्नेछ । खेल्दा खेल्दै !’ धेरै पछि, ठूलो भएपछि पो कुरा बुझ्ें— म त थाहै नपाई ‘प्याटर्न’ खोज्न र चिन्न छुरा भइसकेको रहेछु । गणित मभित्र पसिसकेको रहेछ । आखिर गणित भनेकै मूलतः ‘प्याटर्न’ खोज्नु न हो !
बुबाले एउटा अर्को कुरा पनि सिकाउनुभयो । भन्नुभयो, ‘कुनै पनि वृत्तको— चाहे त्यो जुनसुकै आकारको होस्— परिधि र त्यसको व्यासको अनुपात सधैं समान हुन्छ ।’ त्यो कुरा मलाई उतिसारो अस्पष्ट लागेन, तर त्यस ‘अनुपात’ मा भने केही अद्भुत विशिष्टता थियो । त्यो एउटा अनौठो संख्या थियो— पाई ९π० । अचम्मको तिलस्मी संख्या थियो त्यो— जसलाई मैले त्यसबेला भेदन गर्न सकिनँ, तर त्यसले मलाई आकर्षित ग¥यो; म जताततै ‘पाई’ खोज्न थालें । यसमा एउटा रहस्य लुकेको छ भन्ने विचारले नै मलाई रोमांचित गथ्र्यो । ‘वृत्त’ को सन्दर्भसँग जोडेर चिनेको, र वृत्तसँग त्यसको अभिन्न सम्बन्ध छ भन्ने ठानिरहेको मैले धेरै पछि वृत्तेतर सन्दर्भमा त्यसलाई भेटें र झ्न् आश्चर्यचकित भएँ । खोज्दै, अनुसन्धान गर्दै जाँदा म ‘पाई’ का थप आयाम तथा रहस्यसँग परिचित हुँदै गएँ । आज यसलाई मैले बढी राम्ररी बुझ्ेको छु । तर भित्र कताकता… आफैंभित्र… मैले आजसम्म बुझन सकेको छैनः त्यो ‘वृत्त’ कहाँ छ, अनि त्यो ‘पाई’ कताबाट आयो ?

परिभाषा होइन विज्ञान
यही मेसोमा, यस कथाका बीचमा म उपकथा जोड्न चाहन्छु । शब्द र परिभाषाबारे केही भन्न मलाई मन लागेको छ । मेरो विचारमा, शब्द र परिभाषा सिक्नु जरूरी त छ, तर त्यो विज्ञान होइन । यसो भन्नुको मतलब शब्द र परिभाषा सिकाउनै बन्द गरिदिऊँ भन्ने होइन । यो चर्चा के सिकाउने वा नसिकाउने भन्नेबारेको होइन, चर्चा त विज्ञान के हो भन्नेबारेको हो । ‘सेन्टिग्रेड’लाई ‘फरेनहाइट’मा कसरी परिवर्तन गर्ने— यो जान्नु विज्ञान होइन । यो जान्नु जरूरी त छ तर त्यो विज्ञान होइन । ठीक त्यसैगरी, जसरी चित्रकला के हो भन्ने चर्चा गर्दा तपाईं भन्नुहुन्न— ‘चित्रकला भनेको ३–बी पेन्सिल २–एच पेन्सिलभन्दा नरम हुन्छ भन्ने तथ्यको ज्ञान हो ।’ यसको मतलब चित्रकलाको शिक्षकले विद्यार्थीलाई पेन्सिलहरूबीचको यो भेद सिकाउनु पर्दैन भन्ने होइन, अनि यो तथ्य थाहा नपाउँदा चित्रकारलाई कुनै फरक पर्दैन भन्ने पनि होइन । (हुन त प्रयोगद्वारा यो ‘भेद’ एक मिनेटभित्रै थाहा हुन सक्छ तर त्यो वैज्ञानिक तरीका तिर; चित्रकला— शिक्षकको ध्यान नजान सक्छ !)

एक–अर्कासँग कुराकानी गर्न हामीले शब्दको सहारा लिनैपर्छ । कुरा बुझउन पनि शब्दकै भूमिका हुन्छ । ख्याल गर्नुपर्ने र बुझनुपर्ने के चाहिं हो भने हामी कुनवेला विज्ञानका निम्ति जरूरी साधन— जस्तै यसको शब्दावली वा परिभाषा— मात्र पढाइरहेका हुन्छौं अनि कुनवेला विशुद्ध विज्ञान नै सिकाइरहेका हुन्छौं । यो भेद, यो फरक थाहा पाउनु अत्यन्तै जरूरी छ । विज्ञानको एउटा पाठ्यपुस्तकको समालोचना मार्फत म आफ्नो कुरा थप स्पष्ट गर्ने प्रयास गर्छुः

यो पहिलो कक्षाको पाठ्यपुस्तक हो । यसको पहिलो अध्यायको प्रारम्भ नै विज्ञान पढाउने खेदजनक तरीकाबाट भएको छ । विज्ञान के हो भन्ने सम्बन्धी भ्रामक तथा गलत धारणाबाट पुस्तक शुरु हुन्छ । अध्यायको शुरुतिरै खेलौना—कुकुरको चित्र दिइएको छ । एकै लहरमा तीनवटा चित्र छन्ः पहिले खेलौना–कुकुरको चित्र, त्यसपछि त्यसमा चाबी भर्दै गरेको एउटा हातको चित्र, अनि त्यो कुकुर हिंड्दै गरेको चित्र । चित्रमुनि प्रश्न छ, ‘यो गतिशील हुनुको कारण के हो ?’ त्यसपछि एउटा असली कुकुरको चित्र छ र त्यसमुनि उही प्रश्न छ, ‘यो गतिशील हुनुको कारण के हो ?’ त्यसपछि एउटा मोटरसाइकलको चित्र र त्यसमुनि फेरि उही प्रश्न, ‘यो गतिशील हुनुको कारण के हो ?’ आदि आदि ।

पहिले त मलाई लाग्यो, विज्ञानका विभिन्न क्षेत्र अर्थात् फिजिक्स, बायोलोजी र केमिस्ट्रीका बारेमा बुझउन भूमिका तयार गरिंदै होला । तर त्यसो होइन रहेछ । पुस्तकको ‘शिक्षक संस्करण’मा यसको उत्तर थियो, ‘यी सबै कुरा गतिशील हुनुको कारण ऊर्जा हो ।’

म जिल्ल परें । ऊर्जा भन्ने कुरा यति सजिलो होइन, निकै अप्ठ्यारो अवधारणा हो । यसलाई सही तवरमा बुझन निकै मुश्किल छ । भनाइको तात्पर्य के भने ऊर्जाको अवधारणालाई साँच्चै ठीकसँग प्रयोग गर्न सकिने गरी र यस विचारको उपयोगद्वारा अन्य निष्कर्ष निकाल्न सकिने गरी राम्ररी बुझन त्यति सजिलो छैन । पहिलो कक्षामै बुझन सकिने अवधारणा त यो हुँदै होइन । किन भने, खेलौना–कुकुरका सम्बन्धमा तपाईं यस्तो जवाफ पनि दिन सक्नुहुन्छ, ‘यसलाई भगवानले संचालन गर्छन्’, अथवा ‘यसलाई गतिशीलताले संचालन गर्छ ।’ अनि, यस्तो पनि त भन्न सकिन्छ, ‘यसको गति रोकिनुको कारण ऊर्जा हो ।’

आउनुहोस् यसलाई यसरी हेरौं । यो ऊर्जाको परिभाषा मात्र हो । यसलाई उल्ट्याउनुपर्छ । कुनै चीज गतिशील हुन सक्छ भने हामी भन्न सक्छौं, ‘यसमा ऊर्जा छ ।’ तर यसो भन्न मिल्दैन, ‘ऊर्जा यसको गतिशीलताको कारण हो ।’ यी दुई भनाइमा अत्यन्त सूक्ष्म भेद छ ।

पुस्तक रटेको बच्चाले त खेलौना–कुकुर गतिशील हुनुको कारण ऊर्जा हो नै भन्ला । तर एउटा सामान्य, जिज्ञासु मानिसलाई यही प्रश्न सोध्नुभयो भने उसले ऊर्जाको नामै लिनेछैन । उसले भन्नेछ, ‘चाबी भरेपछि कुकुरभित्र रहेको स्प्रिङ कसिन्छ त्यसपछि त्यो खुल्न थाल्छ । यस क्रममा गेयर घुम्न थाल्छ । गेयर घुमेपछि… ।’ विज्ञान शुरु गर्ने यो उम्दा तरीका हुन सक्छ । खुरुक्क खेलौना–कुकुर खोल्नोस् र हेर्नोस्— त्यसले कसरी काम गर्छ । स्पिङ कसिने र खुल्ने तरीका बुझनोस्, गेयरको काम बुझनोस् दाँतवाला चक्र हेर्नोस् र समग्रमा खेलौनालाई त्यो कसरी बनाइएको छ भन्ने दृष्टिले बुझनोस् । स्प्रिङ, दाँतवाला चक्र, गेयर र अन्य पार्टपुर्जाको परिकल्पना गर्ने र तिनलाई जोडेर खेलौनालाई गतिशील बनाउने मानिसहरूको कल्पनाशीलता र सीप संझ्ेर दंग पर्नोस् । प्रभावित हुनोस् । वास्तवमा, यो कसरी गतिशील हुन्छ भन्ने प्रश्नमा कुनै कमजोरी छैन, उत्तर मात्र खडबड छ । गल्ती कहाँनेर भएको छ भने, पुस्तकले ऊर्जाको परिभाषा सिकाउने कोशिश गरेको छ जुन कुरा, यसरी सिक्न सकिंदैन ।

मानिलिनोस्, पूरा पाठ पढिसकेपछि कुनै विद्यार्थीले भन्यो, ‘मलाई त यो कुकुर ऊर्जाले चलेजस्तो लागेन ।’ अब भन्नोस्, कहाँ गयो तपाईंको प्रयास ? गएन त खोलामा ? त्यसो भए, तपाईंले विद्यार्थीलाई कुनै अवधारणा सिकाउनुभयो कि कोरा परिभाषा मात्र भन्ने कुरा जाँच्ने चाहिं कसरी ? गन्दै, गुन्दै, खोज्दै जाँदा अन्ततः जाँच्ने तरीका मैले फेला पारिछोडें । तरीका होः “भर्खरै सिकेका नयाँ शब्दको प्रयोग नगरीकनै त्यस कुरालाई आफ्नो तरीकाले, आफ्नो भाषामा भन्ने प्रयास गर्नुहोस्— जुन कुरा तपाईंले भर्खरै सिक्नुभएको छ ।” त्यसैले, विद्यार्थीलाई भन्नुहोस्— ऊर्जा शब्दको प्रयोग नगरीकनै भन, खेलौना–कुकुरको गतिका बारेमा तिमीले के जान्यौ ? उसले बताउन सक्नेछैन । वास्तवमा, तपाईं स्वयंले पनि बताउन सक्नुहुने छैन । कुराको चुरो के भने तपाईंले परिभाषा बाहेक केही सिक्नु नै भएन, न त जान्नुभयो । तपाईंले विज्ञानका बारेमा केही सिक्दै सिक्नुभएन, न त सिकाउनु नै भयो । यस्तो हुनु शायद गलत पनि थिएन । हुन सक्छ, तपाईंलाई विज्ञानका बारेमा केही सिक्ने चाहना नै थिएन । यस्तो अवस्थामा परिभाषा रट्नु र रटाउनुको विकल्प हुन्छ नै के ? अब तपाईं नै भन्नोस्, पहिलो पाठ्यपुस्तकको पहिलो अध्यायको शुरुमै यस्तो हुनु खेदजनक हो कि होइन ?

मेरो विचारमा, पुस्तकको शुरुमै कुनै प्रश्नको जवाफ दिन गूढ, रहस्यमय सूत्रको सहारा लिनु पहिलो गाँसमै झ्ंिगा परे सरह हो । उक्त पुस्तकमा यस्तै खालका अन्य उत्तर पनि छन् । जस्तै, ‘गुरुत्वाकर्षणका कारण वस्तुहरू खस्छन्’, ‘जुत्ताको तलुवा घर्षणका कारण पातलो हुन्छ’ आदि । जुत्ताको तलुवा किन पातलो हुँदै जान्छ भने तपाईं हिंड्दा त्यो सडकमा घोटिइरहेको हुन्छ अनि सडकको खस्रो, नमिलेको सतहसँग, ढुंगाका ससाना टुक्राहरूसँग ठोकिएर–जुधेर त्यसको तल्लो भाग हरेक दिन टुक्रा–टुक्रा भइरहेको हुन्छ । यसलाई केबल ‘घर्षण’ को नाम दिएर इतिश्री गरिदिनु दुःखद हुनेछ— किनभने यो विज्ञान होइन ।



मेरो बुवाले ऊर्जाका बारेमा मसँग चर्चा त गर्नुभयो तर यो शब्दको प्रयोग त्यतिबेला मात्रै गर्नुभयो जब मलाई यसबारे थोरबहुत स्पष्ट हुन थालिसकेको थियो । उहाँले मूलतः ऊर्जाकै बारेमा सिकाउनुभयो, तर बेग्लै तरीकाले । चाबीबाट चल्ने खेलौना कसरी चल्छ भन्ने बताउन उहाँ आफ्नै पारा झ्क्निुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘पृथ्वीमा घाम लाग्ने गरेको हुँदा यो चलेको हो ।’

म भन्थें, ‘कस्तो कुरा गर्नुभएको ? घाम लाग्नु नलाग्नुसँग यसको के सम्बन्ध ? यो त मैले चाबी घुमाएकाले पो चलेको !’
‘अनि, चाबी भर्ने तागत चाहिं तिमीमा कसरी आयो नि ?’
‘म खानेकुरा खान्छु नि त !’
‘के खान्छौ ?’
‘अन्न, तर्कारी, फलफूल…’
‘यी सब कुरा कसरी पैदा हुन्छन् र बढ्छन् ?’
‘सूर्यको ताप पाएर नि, अरू कसरी ?’

ल हेर्नोस्, कुरो कहाँ पुग्यो ? खेलौना–कुकुर चल्ने ऊर्जाको स्रोत त आकाशको सूर्य पो रहेछ ! मट्टीतेल अथवा पेट्रोल के हो ? सूर्यकै ऊर्जा न हो, जसलाई रूख–बिरुवाले संकलित गरेर जमीनमुनि संरक्षित गरिदिएका छन् । ऊर्जाका अन्य उदाहरण पनि सूर्यमै आइपुगेर टुंगिन्छन् । त यसप्रकार, हरेक विचार र अवधारणातर्फ रोचक पारामा अघि बढ्न सकिन्छ । केटाकेटी यी कुरासँग असहमत हुन सक्छन् अनि तपाईं उनीहरूसँग छलफल गर्न सक्नुहुन्छ । (मलाई संझ्ना छ, अलिक पछि ज्वार–भाटा र पृथ्वी घुम्ने कारण जस्ता रहस्यमय विषयमा मैले बुबासँग चर्कै विवाद गरेको थिएँ ।)

विज्ञानको परिभाषा र विज्ञानका बीचमा रहेको अन्तरको यो केवल एउटा उदाहरण हो । खास गरी, पहिलो किताबको पहिलो अध्यायकै शुरुमा यसो भन्नु ठीक होइन भन्ने मात्र मेरो आशय हो । परिभाषा र अन्य कुरा अवश्य नै आउनुपर्छ, तर अलिक पछि । त्यो पनि, ऊर्जाको कुरालाई खेलौना–कुकुरको गतिशीलतासँग जोडिएको यस्तो उदाहरणबाट बुझउन खोजेर होइन । केटाकेटीसँग उनीहरूकै पारामा कुरा अघि बढाउनुपर्छ, ‘ल आऊ, यसलाई खोजौं र हेरौं !’


बुवासँग जंगलमा घुम्दा मैले धेरै कुरा थाहा पाएँ । जस्तै, पक्षीहरूका बारेमा । एक दिन कुनै पक्षीलाई देखाएर, तर उसको नाम नलिईकन उहाँले भन्नुभयो, ‘त्यसलाई ध्यान दिएर हेर । त्यसले आफ्नो चुच्चो बारम्बार पखेटामा घुसाइदिरहेको छ । एकदमै पखेटा कन्याइराखे जस्तो देखिन्छ । किन त्यसो गरेको होला, विचार गर त !’

एकछिन सोचेर मैले भनें, ‘त्यसका पखेटाका प्वाँख खुजमुजिए जस्ता छन् । तिनैलाई मिलाउन होला !’
‘तर प्वाँख के गर्दा र किन अस्तव्यस्त हुन्छन् त ?’
‘भुइँमा यताउति हिंड्दा केही फरक पर्दैन, तर उड्दा प्वाँख अस्तव्यस्त हुन्छन् ।’
उहाँले भन्नुभयो, ‘त्यसो भए, तिम्रो विचार अनुसार उडेर, भुइँमा ओर्लनासाथ यसले पखेटा धेरै चलाउनुपर्ने हुन्छ । अनि, एकपल्ट प्वाँख मिलाइसकेपछि भुइँमा यताउति हिंड्दा त्यसो गर्नुपर्दैन । होइन त ?’
‘अँ !’ मेरो मुखबाट निस्क्यो ।
‘आऊ न त, फेरि एकपल्ट हेरौं !’

हामी त्यसका गतिविधि अझ्ै ध्यान दिएर नियाल्न थाल्यौं । त्यस क्रममा मैले के देखें भने, जति धेरै वेरदेखि भुइँमा हिंडिरहेको अवस्थामा पनि त्यसले पखेटामा चुच्चो घुसाएर ठुंग्ने क्रम पटक्कै घट्तो रहेनछ ।

मेरो अनुमान गलत साबित भयो । उसले त्यसो गर्नुको असली कारण पत्ता लगाउन मेरो बुताले भ्याएन । बुबाले कारण बताउनुभयो— यस चराका पखेटामा भरमार जुम्रा हुन्छन्… । यसै क्रममा उहाँले त्यसको पखेटामा रहेको खाद्य–श्रृंखलाको असाध्यै रोचक कहानी सुनाउनुभयो । भन्नुभयो— यसका पखेटाबाट एककिसिमका पाप्रा निस्कन्छन्, जसलाई त्यसको जीउमा जन्मेका जुम्राले खान्छन् । ती जुम्राका खुट्टाको बीचबाट मइनजस्तो वस्तु निस्कन्छ जो त्यहीं जन्मने अर्काखाले साना कीराको भोजन हो । तर तिनले यसलाई राम्ररी पचाउन चाहिं सक्तैनन् । फलस्वरुप ती कीराको पछाडितिरबाट गाढा झेल जस्तो गुलियो वस्तु निस्कन्छ । त्यो खाएर एउटा अर्को सूक्ष्म प्राणी जीवित रहन्छ, इत्यादि ।

तथ्य भलै सही नहोऊन्, तर कुरो सही हो । यसबाट मैले परजीवीहरूको जीवनचक्र र परस्पर–निर्भरताका बारेमा जानें— एउटामाथि दोस्रो निर्भर, दोस्रोमाथि तेस्रो, तेस्रोमाथि चौथो… क्रमशः एउटामाथि अर्को !

त्यही वेला बुवाले एउटा अर्को कुरा पनि बताउनुभयो । भन्नुभयो, ‘दुनियाँमा जहाँ–जहाँ भोजनको कुनै स्रोत हुन्छ— जसलाई खाएर बाँच्न सकिन्छ, त्यहाँ–त्यहाँ जीव कुनै न कुनै रूपमा उपस्थित हुन्छ र त्यसको उपभोग गर्छ । र, एउटाले खाइ नसकेर बाँकी रहेको हरेक गाँस अरू कसै न कसैको गाँस बनिहाल्छ ।’ संक्षेपमा भन्नुपर्दा, अवलोकनको परिणाम मेरा लागि अद्भुत, विलक्षण थियो । भलै म अन्तिम निष्कर्षसम्म पुग्न सकिनँ तर अवलोकनबाट मैले जे पाएँ, त्यो उत्कृष्ट थियो ।

मेरो विचारमा, विद्यार्थीलाई अवलोकन गर्न सिकाउँदा तपाईंले उनीहरूमा यो तमाम प्रक्रियाबाट केही न केही उम्दा ज्ञान अवश्य प्राप्त हुन्छ भन्ने विश्वास जगाउनु राम्रो हुन्छ । मैले त अवलोकनकै क्रममा, त्यसैबेला बुझ्ें— विज्ञान भनेकै धैर्यको अर्को नाम रहेछ । तपाईंले राम्ररी अवलोकन गर्नुभयो, ध्यान दिनुभयो, निरन्तर ख्याल गरिरहनुभयो भने त्यसको प्रतिफल अवश्य नै प्राप्त हुन्छ (हरेक पटक फल पाइन्छ नै भन्ने चाहिं पक्कै होइन) । परिणाम के भयो भने अलिक ठूलो र परिपक्व भएपछि म घण्टौं घण्टा, हप्तौं हप्ता, महीनौं महीना, वर्षौं वर्ष नाना प्रकारका समस्यासँग भिडिरहेको हुन्थें । धेरैपटक त वर्षौंसम्म कुनै परिणाम नै निस्कँदैनथ्यो । डंगुरका डंगुर टिपोट र कागजपत्रहरू रद्दीको टोकरीमा पुग्थे, निष्कर्षको अत्तोपत्तो हुँदैनथ्यो । तर बीचबीचमा, कुनै वेला कुनै नयाँ कुरो, नयाँ निष्कर्ष अचानक दिमागमा झ्लििक्क हुन्थ्यो र म आफूलाई समृद्ध महसूस गर्थें । मलाई अवलोकन विरक्तलाग्दो–बेकारको काम जस्तो कहिल्यै लागेन ।



जंगलमा घुम्ने क्रममा मैले अरू पनि थुप्रै कुरा जानें । हामी घुम्न निस्कन्थ्यौं र ती तमाम कुरामाथि ध्यान दिन्थ्यौं जो निर्धारित प्राकृतिक रूपमा भइरहेका हुन्थे । पल–पल बढिरहेका विरूवाहरू, आफ्नो भागको सूर्यकिरण प्राप्त गर्न लालायित रूखहरू र अग्लोभन्दा अग्लो हुँदै जाने तिनको प्रयास, जमीनमुनिबाट तानेको पानी ३५–४० फीट माथि टुप्पासम्म पु¥याइराख्नुपर्ने समस्या, जमीनमा उम्रेका ससाना पोथ्रापोथ्री— जो यताउता, जहाँसुकैबाट छिरेर आइपुग्ने सूर्यकिरणलाई पक्रने दाउमा हुन्थे… ।

निकै दिनपछि एक दिन बुबाले भन्नुभयो, ‘हामीले यत्रो दिनदेखि जंगल हेरिरहेका छौं तर आजसम्म यहाँ भएका आधा कुरा मात्र देखेका छौं, एकदम आधा !’
म छक्क परें र भनें, ‘के भन्नुभएको तपाईंले ?’

उहाँले बताउनुभयो, ‘हामीले आजसम्म यी चीजहरू बढेको मात्र देखेका छौं तर हरेक वृद्धि सँगसँगै घट्ने, नाश हुने पनि उत्तिकै हुन्छ । अन्यथा यी सारा पदार्थ सधैंका लागि समाप्त भइसकेका हुन्थे । बूढो भएर ढलेका रूखहरू जमीनमा जस्ताको तस्तै लडिरहन्थे र हावा तथा माटोका सारा तŒवहरूलाई तिनले भोजन गरिसकेका हुन्थे । अनि त्यहाँ केही उम्रिन सक्तैनथ्यो किनभने उम्रनका निम्ति आवश्यक तŒव बाँकी नै हुँदैनथ्यो । त्यसैले हरेक वृद्धिसँगै उत्तिकै मात्रामा क्षय हुनु पनि जरूरी छ ।’
त्यसपछि हामीले धेरै पटक जंगलको भ्रमण ग¥यौं । हामी ढलेका, कुहिएका रूखहरूलाई कोट्याई–कोट्याई हेथ्र्यौं, त्यहाँ अनौठा–अनौठा कीरा र बढिरहेका ढुसी देख्थ्यौं । बुबाले मलाई ब्याक्टेरिया त देखाउन सक्नुभएन तर मैले जंगललाई नयाँ रूपमा देखें, जो पहिले देखेको जंगलभन्दा बेग्लै थियो । यो त प्रत्येक पल बदलिइरहने पदार्थहरूको सतत प्रक्रियाको उद्भुत संग्रहालय पो रहेछ !

हाम्रा बीचमा अनन्त कुरा हुन्थे । कुरा बुझने र त्यसभित्र पस्ने अनौठो काइदा हुन्थ्यो । बुबा प्रायः कुरा यसरी शुरु गर्नुहुन्थ्यो, ‘यो संसारलाई मंगल ग्रहबाट भर्खर आएको प्राणीको दृष्टिबाट हेर ।’ एक दिन म बिजुलीले चल्ने खेलौना–रेलसँग खेल्दैथिएँ । उहाँले भन्नुभयो, ‘यसमा एउटा ठूलो चक्का छ जो पानीका कारण घुमिरहेको छ । यो चक्का तामाका तारहरूसँग जोडिएको छ र यी तार हरेक दिशामा पर–परसम्म फैलिएका छन् । यसमा थुप्रै ससाना चक्का पनि छन् जो ठूलो चक्का घुम्न थालेपछि घुम्छन् । यिनका बीचमा तामा र फलाम मात्र छ, यस बाहेक केही छैन, बीचमा घुम्ने कुनै भाग पनि छैन । ठूलो चक्का घुमाइदियो, साराका सारा–रेलभरिका साना चक्का घुम्न थाल्छन् र रेल चल्न थाल्छ ।’ मेरा बुबाको संसार साँच्चै अद्भुत थियो… ।



विज्ञानको कथा पनि, मेरो विचारमा, झ्ण्डै–झ्ण्डै यस्तै अद्भुत छ । करोडौं वर्षअघि यस ग्रहमा जीवनको उद्भव भयो । समयका क्रममा, जैविक विकासका माध्यमबाट पृथ्वी यस्तो युगमा आइपुग्यो जहाँ ‘बुद्धिमान’ प्राणी थिए । मेरो आशय मानवमा मात्र सीमित छैन । म ती जनावरहरूको पनि कुरा गरिरहेको छु, जो खेल्छन् अनि आफ्नो अनुभवबाट सिक्छन् । यस स्तरमा हरेक प्राणीले आफ्नो अनुभवबाटै सिक्नुपर्ने हुन्छ ।

मानिस यस अवस्थामा अघि बढ्यो । उसले आफ्नो अनुभवबाट छिटोभन्दा छिटो सिक्ने क्षमता मात्र आर्जित गरेन, अरूलाई हेरेर उनीहरूको अनुभवबाट सिक्ने क्षमता पनि आर्जित ग¥यो । यति मात्र होइन, अरू कसैले गरेको काम र प्रयोग हेरेर त्यस्तै काम र प्रयोग अरू–अरूलाई पनि देखाउन र सिकाउन समेत सक्ने भयो । यसप्रकार सबैले सबैका सबै कुरा सिक्न सक्ने सम्भावनाको उदय भयो । तर यसमा एउटा समस्या थियो । सिकेको कुरा कतिले बिर्सन्थे त कति मानिसहरू आफूले सिकेको सीप वा ज्ञान अरूलाई सिकाउन नपाई कालको गाँस बन्न पुग्थे ।

समय अझ्ै अगाडि बढ्यो । यस क्रममा यस्तो समय आयो जब मानिसमा सिक्ने–सिकाउने क्षमता र क्रम अत्यन्त तीव्र गतिमा पुग्यो । एउटाले कुनै कुरा सिकेर तत्काल अर्कासम्म पु¥याउँथ्यो, त्यसले त्यत्तिकै छिटो अर्कासम्म… । यसबाट ज्ञान ‘चुुहुने’ र ‘समाप्त हुने’ अवस्था समाप्तप्रायः हुन पुग्यो । ज्ञानको यो ‘रिले दौड’ निरन्तर अघि बढ्यो र एकपछि अर्को पुस्तासम्म ज्ञानको संचय हुँदै गयो । यसलाई समय–बन्ध (टाइम बाइन्डिङ) पनि भन्ने गरिएको छ ।

सिंगो प्रजातिको सामूहिक स्मृतिका माध्यमबाट संचित ज्ञान एकपछि अर्को पुस्तामा हस्तान्तरित हुँदै जाने यो प्रक्रिया साँच्चै रोमाञ्चक थियो । तर यस प्रक्रियामा एउटा कमजोरी थियो । त्यो के भने, यस क्रममा सही र उपयोगी विचार मात्र होइन गलत र हानिकारक विचारहरू पनि नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्थे । यसरी संचित ज्ञानको भण्डार प्रदूषणग्रस्त हुन्थ्यो । हुँदा–हुँदा यस्तो समय आयो जब ज्ञानको भण्डार तमाम किसिमका पूर्वाग्रह, अनौठा विश्वास र अर्थहीन आग्रहहरू समेत भरिएको एउटा गजमौरो बन्न पुग्यो ।
यसैबीच यस कमजोरीबाट बच्ने एउटा उपाय फेला प¥यो । त्यो थियो— सन्देह र त्यसको समाधान । प्रत्येक कुरामा सन्देह गर्नु, जो अतीतबाट बग्दै हामीसम्म आइपुगेको छ— एउटा अनुभूत सत्यको जामा पहिरिएर । अनि, बिल्कुलै शुरुदेखि आफ्नै अनुभवका आधारमा त्यस ‘सत्य’ को जाँच गर्नु— अघिल्लाको अनुभवमाथि आँखा चिम्लेर विश्वास नगरीकन । यही त हो विज्ञान ! भूतकालका अरूहरूका समग्र अनुभवहरूमाथि यथावत् विश्वास गर्नुको सट्टा, स्वयं जाँच–परख गरेर अनुभव हासिल गर्नु बढी राम्रो हुन्छ भन्ने बोधको आविष्कार ! म त विज्ञानलाई यसै रूपमा हेर्छु । मेरो दृष्टिमा विज्ञानको सर्वश्रेष्ठ परिभाषा यही हो ।



केटाकेटीदेखि बूढाबूढीसम्म सबैले विज्ञानको मूल्य बुझनु आवश्यक छ । हामी उत्कृष्टतर नागरिक बन्न सकौं अथवा प्रकृतिमाथि हाम्रो नियन्त्रण उत्कृष्टतर हुनसकोस् भनेर मात्र होइन । विज्ञानका फाइदा अरू पनि छन् । विज्ञानद्वारा जनित विश्वदृष्टिको आफ्नै मूल्यबोध हुन्छ । नयाँ–नयाँ अनुभवबाट प्राप्त दृष्टिले खोजिएको दुनियाँको आफ्नै विशिष्ट सौन्दर्य हुन्छ । त्यहाँ विस्मय पनि हुन्छ । जस्तै, मैले भर्खरै चर्चा गरेझ्ैं, पृथ्वीका पदार्थहरू गतिमान किन छन् त भन्दा यहाँ घाम लाग्छ भन्ने कुरो खोजिंदाको विस्मय । यो एउटा गहिरो विचार हो— अद्भुत, आश्चर्यपूर्ण विचार ।

विज्ञान पढेपछि दुनियाँ फरक देखिन थाल्छ । जस्तैः रूखहरू मुख्यतः हावाबाट निर्मित हुन्छन् । आगोले डढेपछि फेरि हावामै गएर मिल्छन् । रूख डढ्दा निस्किने ऊष्मा सूर्यको त्यही ऊष्मा हो जो हावालाई रूखमा बदल्न प्रयोग भएको थियो । खरानीका रूपमा बचेको अवशेषमा रूखको त्यो हिस्सा छ, जो हावाबाट होइन ठोस पृथ्वी (माटो) बाट आएको थियो ।
विज्ञानको एउटा अर्को विशेषता के हो भने यसले तार्किक सोचको मूल्य बोध गराउँछ । साथै विचारको स्वतन्त्रताको महŒव पनि अवगत गराउँछ । पढाइने गरेका प्रत्येक वस्तुमा आँखा चिम्लेर विश्वास नगरी त्यसलाई अनास्थाको क्षेत्रमा लिएर आउनुका थुप्रै सकारात्मक परिणाम निस्केका छन् । यस सन्दर्भमा, खासगरी शिक्षणका क्रममा, तपाईंले विज्ञान र यसका तरीका तथा प्रक्रिया (जो विज्ञानलाई विकसित गर्न प्रयुक्त हुन्छन्) बीचको भेद खुट्याउन सक्नुपर्छ । विज्ञानका नाममा यसका रीति, तरीका र प्रक्रियाहरूलाई आँखा चिम्लेर अपनाउँदै जान बडा सजिलो छ, तर त्यो विज्ञान होइन ‘छद्म–विज्ञान’ मात्र हुनेछ ।

शिक्षण र अन्य क्षेत्रमा पनि यस्ता कैयौं ‘अध्ययन’ हुने गर्छन् जसमा मानिसहरू अवलोकन गर्छन्, सूची बनाउँछन्, तथ्यांकीय कर्म गर्छन् र निष्कर्ष पनि निकाल्छन् तर त्यो विज्ञान वा भनौं स्थापित विज्ञान बन्दैन । त्यो विज्ञान होइन, विज्ञानको अनुकरण, विज्ञानको नक्कल मात्र हो । यो त त्यस्तै कुरा हो, जस्तो कुनै अविकसित टापूका ‘बुद्धिमान’ बासिन्दाले अरू देशमा जाँदा एयरपोर्ट र हवाईजहाज देखेपछि आफ्नो टापूमा फर्केर काठको रन–वे र काठकै हवाईजहाज पनि बनाए । सबै थोक ठ्याम्मै उस्तै छ । तर अचम्म, हवाईजहाज त उड्दै उड्दैन ! छद्म–वैज्ञानिक नक्कलले विज्ञानलाई अघि बढाउँदैन, तर ‘विशेषज्ञ’ हरूको जमात भने खडा गरिदिन्छ । अरूले नगरे पनि, केटाकेटीलाई पढाउने तपाईं शिक्षकहरूले यस्ता विशेषज्ञहरूमाथि अवश्यै सन्देह गर्नुपर्छ । विशेषज्ञहरूमाथि सन्देह गर्नैपर्छ भन्ने कुरा विज्ञानबाटै सिक्नोस् । वस्तुतः, विज्ञानलाई म यसरी पनि परिभाषित गर्न चाहन्छुः ‘विशेषज्ञहरूको अज्ञानतामाथि विश्वास गर्नु अर्थात् विशेषज्ञहरूमाथि सन्देह गर्नु नै विज्ञान हो ।’

विज्ञानले यो सिकाउँछ र त्यो सिकाउँछ भन्नु शब्दाडम्बर मात्र हुनेछ । विज्ञानले सिकाउँदैन, अनुभवले सिकाउँछ । कसैले तपाईंलाई ‘विज्ञानले हामीलाई यस्तो–उस्तो देखाउँछ’ भन्यो भने उसलाई सोध्नोस्, ‘विज्ञानले कसरी देखाउँछ ? वैज्ञानिकहरूले यो कुरा कसरी पत्ता लगाए ? के, कहाँ, कसरी ?’ विज्ञानले होइन, प्रयोगले देखाउँछ ! ससाना बालबालिकासँग काम गर्ने शिक्षकहरूलाई म आश्वस्त गराउन चाहन्छु, ‘तपाईंहरू आफ्नो सहज–बुद्धिमा विश्वास गर्नोस् । अगुवा विशेषज्ञहरू गलत हुन सक्छन् ।’ वास्तवमा हामी यस्तो अवैज्ञानिक युगमा बाँचिरहेका छौं जहाँ संचारमाध्यम, अखबार र टेलिभिजनमा प्रस्तुत गरिने तमाम कुरा, किताब आदि सबै अवैज्ञानिक छन् । ती खराब छैनन्, तर अवैज्ञानिक छन् । विज्ञानका नाममा चारैतिर यति चर्को बौद्धिक दादागिरी चलिरहेको छ कि कुरै नगर्नोस् !

अन्त्यमा, यति मात्र भन्न चाहन्छुः मानिसको जिन्दगी फगत मसानघाटसम्म हो । त्यसैले हरेक पुस्ताले आफ्नो अनुभवबाट पाएको उपहार अर्को पुस्तालाई सुम्पँदै रहनुपर्छ । यस हस्तान्तरणमा आस्था र अनास्थाको उत्कृष्ट समन्वय हुनुपर्छ जसले गर्दा एउटा पुस्ताले आफ्नो भ्रम कठोरतापूर्वक आगामी पुस्तामा थोपर्न नसकोस् । आफूले आर्जन गरेको ज्ञानलाई त अवश्य अघि बढाओस् तर सम्भवतः त्यो ज्ञान नै नहुन सक्छ भन्ने विवेक पनि भावी पुस्तासम्म पु¥याओस् ।

अतीतको स्वीकार र अस्वीकार— विद्यार्थीलाई दुवै सिकाउन जरूरी छः त्यो पनि यस्तो सन्तुलित दृष्टिका साथ जसमा विशिष्ट कौशलको आवश्यकता होस् । तमाम विषयहरूमध्ये विज्ञान नै त्यस्तो विषय हो, जसले हामीलाई आफूभन्दा अघिल्लो पुस्ताका महान शिक्षकहरूको अचूक दृष्टिमाथि हामीले राख्ने संशयहीन आस्थामा निहित खतराहरूको पाठ बडो राम्ररी पढाउँछ । त्यसैले प्रयास जारी राख्नोस्, शुभकामना ! 

(प्रख्यात भौतिकशास्त्री रिचर्ड फिलिप फाइनम्यानले सन् १९६६ मा अमेरिकाको ‘साइन्स टीचर्स एसोसिएसन’ मा दिएको व्याख्यानको सम्पादित रूप ।)
भाषान्तरः शरच्चन्द्र वस्ती
साभारः शैक्षिक सन्दर्भ, अंक–४७

Related Posts

/*sign up form*/