बाल कला–५

by • • साभारComments (0)666

Print Friendly, PDF & Email
काम गर्ने तरिकाको विकास
“केही वर्ष चित्र बनाउने काम गरेपछि बालकले चित्र बनाउने खास तरिका अपनाइसक्छ । कुनै कुनै बालकले बालककालमा जस्तै मोटो ब्रुसले तस्वीर लेख्ने बानी बसालेको हुन्छ । फेरि अर्कोथरी बालकले पहिले सिसाकलम, चक अथवा गोलले रेखा अंकित गर्छ । अनि पछि त्यसमाथि रंग भर्दै जान्छ । कसैले चित्र लेख्नुभन्दा पहिले पूरा योजना तयार गर्छ । अर्काेले चाहिं केवल मोटामोटी योजना तयार गरेर चित्र लेख्ने काममा लागिहाल्छ ।

अर्थात् चित्र लेख्ने कुनै खास तरिका छैन । हरेक बालकले आफ्नो इच्छा मुताविक चित्र लेख्ने तरिका पत्ता लगाउनुपर्छ । चित्र लेख्ने तरिका बालकको मनोवृत्ति, कल्पना, बालकले प्रकाश गर्न खोजेको चिज, प्रकाश गर्न चाहेको तरिकामा पूरा निर्भर गर्छ । यसरी बालकलाई चित्रकलाद्वारा भाव प्रकाश गर्ने तरिकामा उसलाई पूरापूर स्वतन्त्रता प्रदान गरिएको हुनुपर्छ । यस अवस्थामा बालकको पूरा गुप्त शक्ति  प्रवृत्ति ९उयतभलतष्बष्तिथ० दर्साउने पूरा मौका पाउँछ । यसरी बालकको गुण अथवा अवगुणसँग परिचय प्राप्त गरेपछि शिक्षकलाई त्यो बालक उपरको नोट तयार गर्न धेरै सजिलो हुन्छ ।

बाल चित्रण र शिक्षक
बालकले आफ्नो जिन्दगीमा घटेको घटनालाई चित्रद्वारा प्रकाश गर्न खोज्छ । यसकारण चित्र बनाउने काम जिन्दगीसँग घनिष्टता राख्छ । चित्र बनाउने कामले चातुर्य या सीपमा मात्र बढ्ता जोड दिने होइन, यसैले यसले फोटोग्राफिक चित्रमा केही महŒव दिंदैन । यही कारणले गर्दा शिक्षकको पूरा कन्ट्रोलमा बसी निजको निर्देशनमा तयार भएको नक्कल गरिएका चित्रहरूको शैक्षिक रूपमा केही किमत रहँदैन । किनभने यसो गर्दा बालकको कल्पना शक्ति, मनोवेग, अनुभव प्रकट गर्ने कुनै ठाउँ रहँदैन । अनि बालकको विकासको केही आशको झ्लक समेत देखिंदैन । यसैले हामीले यस्तो किसिमको लेख्ने कामलाई अवश्यमेव रोक्ने प्रयत्न गर्नुपर्छ यसैमा हाम्रो कल्याण छ ।

चित्र बनाउने कामले बालकलाई जिन्दगी सम्बन्धी धेरै शिक्षा हासिल गर्ने मौका दिन्छ । यस्तो किसिमको जीवन सम्बन्धी साधारण ज्ञान दिलाउने काम अरू विषयले दिन सक्दैन । जीवन सम्बन्धी ज्ञान प्राप्त गर्नु नै शिक्षाको सारांश हो । यसैले जुन बालकले चित्र बनाउने शिक्षा पाएको छैन त्यस बालकले वास्तविक शिक्षा पाएको भन्न धेरै गाह्रो कुरो हुन जानेछ । यसैकारणले प्राथमिक स्कूलमा यो विषयको समावेश भएको हुनु बेस छ । हरेक प्राथमिक शिक्षकले यो विषयलाई राम्ररी मनन गर्नु आफ्नो कर्तव्य ठहरिन्छ । कुनै पनि शिक्षित व्यक्ति आफ्नो कर्तव्य पालन गर्न परिआएको आपत्तिको सामना गर्न हरहमेसा तयार रहनेछ ।

चित्रलेखन काम क्लासमा चालु गर्नको निमित्त शिक्षकले निम्नलिखित कुरामा ध्यान दिनुपर्छ—

१.    सबभन्दा पहिले शिक्षकले यो कुराको ध्यान पु¥याउनु पर्छ कि— क्लासमा चित्र लेखन काम चालु गराउन चाहिंदो सामान र चाहिंदो हातहतियार मौजूद छ । सामान उपलब्ध नभई यो काम चल्न सक्दैन । यस्तै किसिमसँग ज्याभलको पनि अति महŒव छ । ठीक ठीक काम गर्न ठीक ठीक किसिमको ज्याभल हुनुपर्छ नत्र भने चित्र लेख्ने काम चल्दैन । त्यसैकारणले शिक्षकको पहिलो कर्तव्य सामान र ज्याभलको रेखदेख पु¥याउनु हो ।

२.    वर्गमा चित्रलेखन काम चलाउन वर्गको भौतिक स्थिति ठीक अवस्थामा हुनुपर्छ । भौतिक स्थिति तयार नभई यो कार्य चल्न सक्दैन । त्यसकारणले वर्गमा चाहिंदो भौतिक स्थिति तयार गर्न निर्देशन दिनु र आफ्नो निर्देशन मुताविक स्थिति ठीक भएको छ÷छैन हेर्ने कर्तव्य शिक्षक माथि छ ।

३.    क्लासमा खासगरी दुई किसिमका बालक पाइन्छन् । एक यस्तो हुन्छ, जसमा आत्मभाव प्रकाश गर्ने प्रशस्त विचारले पूर्ण भएको हुन्छ । यस्तो बालकलाई इशारा नै बढ्ता हुन्छ । प्रसंगवश २÷४ उदाहरण दिएर छलफल गर्दैमा आफूलाई चाहिने सामान लिएर काम शुरू गर्न उत्सुकता प्रकट गर्छ । यस्तो बालकलाई कुनै कुराबाट बाधा नदेखाई तुरुन्त आत्मभाव प्रकाश गर्ने अवसर दिनु बेस देखिन्छ ।

अर्को बालक केही मन्द हुन्छ । उसमा आफ्नो जिन्दगीमा घटेका घटनाहरूको सम्झ्ना तुरुन्त हुँदैन । घटना सम्झ्ना भएर पनि त्यसलाई कसरी प्रकट गर्ने भन्ने कुरो राम्रो बोध हुँदैन । यस्तो बालकलाई जीवनको घटना सम्बन्धी विवेचना दिनुपर्छ । त्यसपछि सो घटनालाई कसरी एकत्रित गरेर आत्मभाव प्रकाश गर्न सकिन्छ भनी बराबर उत्साहित गर्नुपर्छ । कुनै कुनै अवस्थामा बालकको ब्रुस बीचमा पुगेर रोकिन्छ । यस्तो वेलामा शिक्षकले उक्त बालकलाई अघि बढ्न पूरा योग र सहयोग समेत दिनुपर्छ । यसरी यो बालकलाई पूरा साहस दिलाउने काम शिक्षककै हुन जान्छ । यस्तै बालकको सुधारले शिक्षकको परिचय र परीक्षा समेत हुन्छ ।

४.    माथि उल्लेख गरिएको दुवै किसिमका बालकलाई केही न केही मात्रामा सल्लाह दिनुपर्छ । नत्र भने ती दुवै किसिमका बालकले अपेक्षित उन्नति गर्न सक्दैनन् । अब के कस्तो सल्लाह दिने भन्ने कुरालाई लिएर केही भन्नु छ । शिक्षकले कुनै हालतमा पनि नक्कल गर्ने सल्लाह दिन मनाही छ । शिक्षकले कुनै हालतमा पनि सीपमा मात्र बढ्ता जोड दिनु ठीक छैन । उसले खासगरी बालकको कल्पना शक्ति, मनोभावको यथोचित प्रगतिमा विशेष विचार पु¥याउनु पर्छ । कुनै वेला पनि बालकलाई हतोत्साह हुने शब्दहरूको प्रयोग गर्नुहुँदैन । बालकको हृदयमा चोट पर्ने शब्द बिर्सेर पनि प्रयोग गर्नुहँुँदैन । बालकले उठाएको प्रश्नलाई उसको चित्त बुझने तरिकासँग समाधान गरिदिनु नै शिक्षकको परम कर्तव्य हो ।

५.    शिक्षकले बालकबाट तयार भएको चित्रको सम्बन्धमा पनि केही कुरा याद राख्नुपर्छ । बालक पनि मानिस भएको हुनाले मानिसमा हुने आकांक्षा बालकमा पनि पाइन्छ । त्यो हो सर्वसाधारणबाट परिचय ९च्भअयनलष्तष्यल० प्राप्त गर्नु । बालकको परिचय दिने एक मात्र उपाय हुन्छ उसले तयार गरेको चित्रको यथायोग्य कदर गरिदिनु । आफूले तयार गरेको चिज नराम्रो नै भए पनि चार जना साथीले हेरिदिऊन् भन्ने ठूलो इच्छा बालकले राख्छ । त्यसकारण त्यो तयार भएको चित्र क्लासमा, लाइब्रेरीमा र प्रदर्शनी गृहमा समेत प्रदर्शित हुनुपर्छ । यो तयारी चिजमा बिर्सेर पनि ग्रेड दिन मनाही छ । तयार चित्रको आधारमा बालकलाई इनाम दिन ठीक तरिका होइन भन्ने विद्वानहरूको मत छ ।

माथि लेखिएको तथ्यांकहरूलाई राम्ररी मनन गर्दा यो कुराको निचोडमा पुगिन्छ— वयस्क बालकको मनोभाव प्रकट गर्ने तरिका बिल्कुल अलग अलग छ । वयस्क धेरैजसो यथार्थवादी हुन्छ र बालक धेरैजसो काल्पनिक मनोवेगमा दगुर्छ । यस उसले बालकलाई शिक्षकको विचारधारामा परिणत गर्न खोज्नु तथा शिक्षकको तरिकाबाट बालकको मनोभाव प्रकट गराउन खोज्नु शिक्षकको ठूलो अपराध मानिने छ । यसकारणले आत्मभाव प्रकाशनमा बालकलाई बिल्कुल स्वतन्त्रता दिनुपर्छ ।

प्राथमिक स्कूलको शिक्षकले बालकको विभिन्न अवस्थामा भाव प्रकट गर्ने तरिकालाई पूरा मनन गरी त्यसमा पोख्त हुनु अति जरूरी छ ।

१.    सानो बालक आफ्नो मनको मनोभाव प्रकट गर्न विभिन्न तरिका अपनाउँछ । सबभन्दा पहिले बेनामको रेखा (स्क्रीवल) लाई आफ्नो हतियार बनाउँछ । त्यसपछि नाम भएको रेखाद्वारा भाव प्रकट गर्छ । आखिरमा विभिन्न चित्रहरूद्वारा मनोवेग प्रकट गर्न यथाशक्य कोशिश गर्छ ।

२.    सामूहिक उमेरमा प्रवेश गर्नासाथ बालकले चिन्हद्वारा आत्मभाव प्रकाश गर्ने तरिकालाई विस्तारै त्याग गर्दै जान्छ । यही तरिका उसले अहिलेसम्म अपनाउँदै आएको हुन्छ । यो अवस्थामा आएर बालकले यथार्थवादको तरिकालाई अपनाउन खोज्छ । कुनै कुनै बालकले चित्रद्वारा आत्मभाव प्रकाश गर्न बिल्कुल नयाँ तरिका अपनाउँछ । खासगरी यस्तो बालक दुई किसिमको हुन्छ— ‘भिजुयल’ तथा ‘नन्भिजुयल’ । यी दुवैथरीका बालकप्रति शिक्षकले विशेष ध्यान पु¥याउनुपर्छ ।

बालक आफ्नो कल्पना, मनोवेग तथा आत्मभाव प्रकाश गर्न विभिन्न किसिमको तरिका या उपाय अपनाउँछ । यो उपाय बालकको आफ्नो परिस्थिति, रुचि तथा माध्यममा निर्भर गर्छ । जसमा शिक्षकको तर्फबाट लाउने कुरो बिल्कुल कम हुनुपर्छ । बालकले आफ्नो स्वेच्छाले परिस्थिति र माध्यम सुहाउँदो तरिका अपनाउनुपर्छ । यस स्थितिमा मात्र बालकले आफ्नो मनको वेगलाई यथार्थ तरिकाबाट प्रकट गर्ने साँचो अवसर पाउँछ । यस स्थितिमा बालकको आफ्नो प्रवृत्ति विस्तार विस्तार देखिन थाल्छ । शिक्षकले मौका मौकामा बालकमा देखापरेको प्रवृत्ति ९उयतभलतष्बष्तिथ० लाई नोट गरिराख्नु पर्छ । किनभने साँच्चैको प्रवृत्ति–परिचय स्वतन्त्र रूपमा काम गर्दा मात्र झ्ल्कन्छ । यस्तो स्थितिलाई राम्ररी परिचय पाउनु पर्छ । यो काम शिक्षकको एक मुख्य कर्तव्यमा गणना हुन्छ । 

समाप्त

(प्रस्तुत अंश प्रा. दीर्घमान श्रेष्ठले कलेज अफ एजुकेसनको कला–कौशल (आर्टस् एण्ड क्राफ्ट) विभाग प्रमुख हुँदा २०१५ सालमा लेखी छपाएको ‘बाल कला कौशल किरण’ नामक पुस्तकबाट साभार गरिएको हो । भदौ २०७० देखि क्रमशः प्रकाशित हुँदै आएको ३६ पृष्ठको उक्त पुस्तक यस अंकबाट टुंगिएको छ –सम्पादक)

सौजन्यः दीपक अर्याल÷मदन पुरस्कार पुस्तकालय

Related Posts

/*sign up form*/