फेरि पनि लोकतन्त्र जिन्दावाद ! – केदार शर्मा

by • • विषय-सन्दर्भ / सम्पादकीयComments (0)302

Print Friendly, PDF & Email
अघिल्लो अङ्कमा पनि यस स्तम्भको शीर्षक यही नै थियो, ‘लोकतन्त्र—जिन्दाबाद !’ संविधानसभाको निर्वाचनको ६ दिनअघि लेखिएको त्यस लेखको अन्त्यमा निर्वाचन हुन नपाउने हो कि भत्रे अलिकति डर पनि अभिव्यक्त थियो । तर सरकारी संयन्त्र राजनीतिक दल र नागरिक— सबैको शान्तिप्रियताका कारण निर्वाचन निर्विघ्न सम्पत्र भयो । ठूला झ्डप र मानवीय क्षति नभई त्यत्रो निर्वाचन सम्पत्र हुनु मुलुकको सबल लोकतान्त्रिक भविष्यको सङ्केत पनि हो ।

भर्खरै सम्पत्र निर्वाचनलाई हामी आफूले मात्र होइन, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत अत्यन्त सफल र धाँधलीरहित माने । पूरै विश्वले नेपालीहरूको राजनीतिक परिपक्वताको दह्रो प्रमाण देख्यो । निर्वाचनपछि राजनीतिक दलका आ–आफ्नै किसिमका अपेक्षा र आग्रह देखिए तापनि हामी लोकतान्त्रिक प्रक्रियाका दिशामा पहिलेभन्दा बढी सचेत र प्रतिबद्ध छौं भत्रे पुष्टि भयो ।

यस पटकको निर्वाचनले हाम्रो उत्साह बढाएको छ, नेपाली–आत्मसम्मान उचालेको छ र हामीलाई अझ् राजनीति सचेत र अरू लोकतान्त्रिक हुन प्रेरित गरेको छ । यस्तो हौसला जागेका वेलामा हामीले लोकतन्त्रको वास्तविक जगलाई बलियो पार्ने दिशामा आफ्ना प्रयत्नहरूलाई केन्द्रित गर्न सक्छौं ।
लोकतन्त्र राजनीतिक सिद्धान्त मात्र होइन, मान्छेको जीवनदर्शन र जीवनशैली पनि हो । जहाँ अरूका विचार वा मतको कदर हुन्छ अनि बहुमत र अल्पमत पक्षहरूबीच पारस्परिक सम्मानभाव हुन्छ— लोकतन्त्र त्यहाँ मात्र फष्टाउँछ । लोकतन्त्र शासन गर्ने प्रक्रिया मात्र होइन, यसको अभ्यास जीवनका सामान्य क्षण र स–साना घटनाहरूमा पनि उत्तिकै प्रभावकारी ढङ्गले हुन सक्छ ।

लोकतान्त्रिक विचार, आचरण र अभ्यासहरूको थालनी घरमै हुन्छ । बालबालिकाले सानैदेखि आफ्ना विचार अभिव्यक्त गर्न पाएका छन् र उनीहरूलाई अर्काका विचार पनि सुत्र सिकाइएको छ भने उनीहरूमा स्वतः लोकतान्त्रिक संस्कारको विकास हुन्छ । तर अनुशासनको कठोर र परम्परागत मान्यताका कारण कतिपय घरमा बालबालिकाका कुरा सुत्रैपर्ने ठाउँमा पनि सुनिंदैन । फलतः उनीहरूका इच्छा–आकांक्षा अर्कै बाटोबाट अभिव्यक्त हुन थाल्छन् । उनीहरूमा एकलकाँटे वा विभित्र किसिमका जिद्दीपनाको विकास हुन सक्छ । टेलिभिजन, मोबाइल वा कम्प्युटर जस्ता उपकरणमा बढी झ्ुन्डिने लत बस्न सक्छ । घरमा आफ्ना कुरा सुनिंदैन भनेर साथीहरूसित अस्वाभाविक रूपमा बढी समय बिताउने बानी लाग्न सक्छ । एक जना मनोविद्ले त के समेत भनेका छन् भने, आफ्ना कुरालाई कसैले महŒव नदिएको अथवा आफू हुर्किंदै गरेको तथ्यलाई अरूहरूले मान्यता दिइरहेका छैनन् भन्ने अनुभव भयो भने किशोरकिशोरीहरू आफू हुर्किएको, आफू पनि ‘केही’ भएको दर्शाउन चुरोट आदि खाने जस्ता लततर्फ लहसिन सक्छन् ।

घरपछिको र घरभन्दा व्यापक लोकतान्त्रिक आचरणको अभ्यासस्थल स्कूल हो । स्कूलमा फरकफरक पृष्ठभूमि र विचार भएका धेरै शिक्षक र बालबालिका भेला भएका हुन्छन् । त्यहाँ सबैले मिलेर बस्नु–व्यवहार गर्नुपर्छ । त्यहाँ कसैको दयामाया र घुर्कीलाई ठाउँ हुँदैन । जसले विचार, व्यवहार, अध्ययन, खेलकूद आदिबाट अरूलाई प्रभावित गर्न सक्छ, ऊ लोकप्रिय हुन्छ । लोकप्रियताले जिम्मेवारी बढाउँछ । किशोरावस्थादेखि लोकप्रिय र जिम्मेवार व्यक्तिहरूको नेतृत्व क्षमता पछिसम्म पनि प्रभावकारी हुन्छ । स्कूलहरूमा उपलब्ध लोकतन्त्रका लागि उर्वर यो परिवेशलाई शिक्षकका केही थप प्रयत्नबाट अझ् प्रभावकारी बनाउन सकिन्छ ।

लोकतान्त्रिक आचरणको पहिलो गुण हो श्रवणशीलता अर्थात् सुत्रे बानी । अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘लर्न टु लिशन, लिशन टु लर्न’ अर्थात् सुत्र सिकौं र सुनेर सिकौं । अर्काका भोगाइ र विचारबाट अरूका मनमा भएको कुरा मात्र जानिने होइन, आफूले कहिल्यै पनि भोग्न वा अनुभव गर्नै नपाएका कुरा जात्रे अवसर पनि पाइन्छ । विद्यार्थीका कुरा सुत्रे शिक्षकले उनीहरूमा अरूका कुरा सुत्रे बानीको विकास गराइदिन सक्छन् ।

लोकतान्त्रिक संस्कारको दोस्रो विशेषता हो, अध्ययनशीलता । अध्ययनले व्यक्तिलाई जानकार, उदार र तीक्ष्ण बनाउँछ । पाठ्यपुस्तक बाहेक विभित्र विषयका किताब पढ्ने र पढेका कुरामा छलफल गर्ने बानी लगाइदिन सक्ने सबभन्दा प्रभावकारी व्यक्ति शिक्षक नै हो । तेस्रो हो अवसरको वितरण । सबै व्यक्तिमा कुनै न कुनै क्षमता वा विशिष्टता हुन्छ नै । त्यसलाई पहिचान गर्न, त्यसका लागि उपयुक्त ठाउँ बनाउन र त्यसको संयोजनबाट प्रभावकारी परिणाम हासिल गर्न सकिन्छ भत्रे कुरा शिक्षकले व्यावहारिक रूपबाट सिकाउन सके विद्यार्थीहरू पनि पछिसम्म अरूका गुण चित्रे र अवसरहरूको वितरण गर्ने हुन सक्छन् ।

लोकतन्त्रको सबभन्दा महŒवपूर्ण पक्ष हो मत सङ्कलन र मतको कदर । विना डर–धाक आफ्ना विचार राख्ने, गोप्य मतदानको प्रक्रियामा विश्वास गर्ने र बहुमतको निर्णय र अल्पमतको कदर गर्ने अभ्यासको सिकाइ पनि स्कूलबाट नै हुन सक्छ ।

‘जति डोरी बाटे पनि गाँठो एउटै’ भने झ्ैं, हामीले भत्र खोजेको कुरा हो, शिक्षकहरूले विद्यालयमा लोकतान्त्रिक परिवेश निर्माण गर्न सक्छन् र विद्यालयहरूको लोकतान्त्रिक परिवेशले मुलुकको लोकतन्त्र सबल बनाउँन सघाउँछन्— सबैका लागि, सधैंका लागि ।

Related Posts

/*sign up form*/