सही शिक्षाका खातिर

by • • विद्यालय र अभिभावकComments (0)672

Print Friendly, PDF & Email

अभिभावक विद्यालय जाऔं विद्यालय अभिभावककहाँ जाऔं !

सार्वजनिक विद्यालयमा अभिभावकको संलग्नताले विद्यालयको शैक्षिक÷भौतिक पूर्वाधार मात्र होइन, बालबालिकाको सिकाइ उपलब्धि सुधारमा समेत महŒवपूर्ण भूमिका खेल्ने कुरा विभिन्न अध्ययनले पुष्टी गरेका छन् । आफ्ना बालबालिकाको शिक्षाको गुणस्तर अभिवृद्धिमा अभिभावकको के कस्तो संलग्नता÷भूमिका हुन सक्छ भन्ने सवालमा केन्द्रित रही शिक्षक मासिकले पाँचै विकास क्षेत्रमा सरोकारवालासित अन्तरक्रिया–कार्यक्रम आरम्भ गरेको छ । यसै क्रममा यस पटक सुदूरपश्चिमको डडेलधुरा जिल्ला सदरमुकाममा यही असोज १४ गते अन्तरक्रियाको कार्यक्रमको आयोजना गरेको थियो । प्रस्तुत छ सो कार्यक्रममा सहभागीहरूद्वारा व्यक्त विचारको सम्पादित अंश ।
प्रत्येक दिन एक अभिभावक ∕

सिद्धराज भट्ट, प्रअ, लटेश्वर निमावि
अमरगढी नपा, डडेलधुरा

प्रअको जिम्मेवारी स्वीकार गर्नु भन्दा पहिले मैले व्यवस्थापन समिति समक्ष सर्त राखेको थिएँ, ‘म प्रअ हुने हो भने तपार्इंहरूले मेरा योजनालाई सघाउनु पर्छ । सर्त मन्जुर भएपछि मात्र मैले प्रअ पद स्वीकारेको हुँ । त्यसपछिका सात वर्षमा हामीले विद्यालय सुधार्न थुप्रै कामहरू ग¥यौं । त्यसको शुरुआत शिक्षक र अभिभावकबीचको निरन्तर संवादबाट गरियो । २०६६ सालदेखि हरेक दिन एकजना अभिभावक स्कूलमा आउने अवधारणा लागु गरिएको छ । यसले विद्यालयको सुधारमा ठूलो टेवा पु¥याएको छ । शिक्षकहरूलाई कक्षाप्रति उत्तरदायी र लगनशील भएर पूरा समय काम गर्न प्रेरित गरेको छ । अभिभावकसित सरसल्लाह गर्ने परिपाटीको विकास भएको छ ।

चिया पसलमा प्रशंसा गरौं

भोजराज ऐर, स्रोतव्यक्ति, अजयमेरु स्रोतकेन्द्र, डडेलधुरा
चिया पसलमा बसेर शिक्षक र अभिभावकले एक–अर्काको आलोचना गर्न छाडौं, बरु एक–अर्काले गरेको राम्रो कामको प्रशंसा गर्न थालौं । त्यो कुरा ‘एक कान दुई काम मैदान’ हुन्छ । फलानो व्यक्ति हिजोसम्म आलोचना गथ्र्यो, आजबाट त मेरो राम्रो काम पनि देख्न थालेछ भन्ने सन्देश शिक्षक र अभिभावक दुवैमा पुग्छ । राम्रो कामको मात्र चर्चा गरेपछि नराम्रो कुरा स्वतः पाखा लागेर जान्छ ।

दोषी राजनीतिक प्रदूषण

देवराज भण्डारी, शिक्षा सञ्जाल, डडेलधुरा
ऊ बेलाका अभिभावक विद्यालयप्रति धेरै आशावादी र सकारात्मक थिए भने अहिले सरकारी विद्यालयप्रति सवैतिर नकारात्मक भावना बढिरहेको छ । यो समस्या मूलतः विद्यालयमा दलीय राजनीतिक प्रदूषण भित्रिएकोले पैदा भएको हो ।

अभिभावकलाई जगाऔं

दानसिं राउटे, अध्यक्ष, बिपी प्रावि, जोगबुढा, डडेलधुरा
बालबालिकाको भविष्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने सवालमा सर्वप्रथम अभिभावकलाई जागरुक तुल्याउनु पर्दछ । त्यो काम शिक्षक र राज्यको हो । बालबालिकालाई विद्यालयमा निरन्तर पठाएर मात्र हुँदैन, सँगसँगै उनीहरूले त्यहाँ के गरे, के सिके भन्ने कुरामा मैले चासो राखिरहनु पर्छ ।

जगाउने काम शिक्षकको

पुष्पराज जोशी, शिक्षक, डडेलधुरा बहुमुखी क्याम्पस
शिक्षकहरूले अभिभावकलाई ‘विद्यालयमा तपाईंको यो यो भूमिका छ है !’ भनेर बुझउन सक्नु पर्छ । आजसम्म त्यो काम भएको छैन । त्यसैले अभिभावक सक्रिय हुन नपाएका हुन् । नत्र आफ्नो बच्चाको पढाइको चासो कसलाई हुँदैन र ? विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा गुणस्तर सुधारसित सम्बन्धित एउटा पनि निर्णय भएको देखिंदैन । त्यसैले अब हामीले निर्णय गर्दा सोचौं, यस पटकको निर्णयले हाम्रो विद्यालयको शैक्षिक गुणस्तर सुधारमा कुनै योगदान गर्छ कि गर्दैन ? योगदान गर्छ भन्ने लाग्यो भने त्यो निर्णयको अर्थ रह्यो, योगदान गर्ने देखिएन भने त्यसको खासै अर्थ छैन । विद्यालय व्यवस्थापन समितिको हरेक पटकको बैठकमा कम्तीमा एउटा निर्णय यस्तो होस्, जसले साँच्चै बालबालिकाको शिक्षाको गुणस्तरमा ठोस सुधार गरोस् ।

हामी शिक्षकहरू बच्चाले केही पनि जानेकै छैनन् भन्ने भ्रम पालेर बसेका हुन्छौं तर बच्चाले परिवार, छरछिमेकसितको अन्तरक्रियाबाट केही न केही सिकिरहेको हुन्छ । त्यसैले शिक्षकले बालबालिकाले घरछिमेकमा सिकेकै कुरामा टेकेर सिकाउनु पर्छ ।

रछ्यानमा खुर्सानीको बीउ छरेपछि उम्रियो कि उम्रिएन भनेर हामी हरेक दिन हेर्न जान्छौं । तर आफ्ना छोराछोरीलाई विद्यालयमा भर्ना गरेपछि के गर्दैछन्, के सिक्दैछन् भनेर कहिल्यै फर्केर हेर्न जाँदैनौं । विद्यालयको सुधार र बालबालिकाको पढाइ दुवैको निम्ति अभिभावकको यो प्रवृत्ति दोषी छ । सुधारको शुरुआत यहींबाट हुनुपर्छ ।

आनो लगानी भए अभिभावक आउँछन्

टेकबहादुर सिंह, प्रअ, भगवती प्रावि, तलार, डोटी
केही गरे पनि विद्यालयमा सुधार नआएपछि हामीले नयाँ उपाय निकाल्यौं, आवासीय कक्षा । आजभन्दा सात वर्षअगाडि प्रतिविद्यार्थी मासिक दुई हजार उठाएर हामीले होस्टेल सञ्चालन गर्यौं । त्यसले अभिभावकमा अनौठो प्रभाव पारेछ । पहिले जति बोलाउँदा पनि विद्यालयमा मुख नदेखाउने अभिभावक त्यसपछि स्वतः विद्यालय आउन र छोराछोरीको पढाइ–लेखाइप्रति चासो देखाउन थाले । एसएलसीको नतिजा निस्किएपछि दुई तीन दिन त विद्यालयमा अभिभावकहरूको निरन्तर मेला नै लाग्ने गरेको छ । आफ्नो लगानी र पसिना परेपछि अभिभावकहरू कति संवेदनशील र जागरुक हुँदारहेछन् भन्ने कुराको ज्वलन्त दृष्टान्त हो यो प्रवृत्ति ।

एसएलसीको नतिजाका दृष्टिले हाम्रो विद्यालय डोटीको नम्बर १ मा पर्दछ । हामीले पाँच वर्षदेखि ९० प्रतिशत भन्दा कम नतिजा ल्याएकै छैनौं । यी सब कुराहरूको नेतृत्व प्रधानाध्यापकले गर्ने हो । यदि ऊ सक्षम, इमान्दार, नैतिकवान र प्रतिवद्ध छ भने अभिभावकको विश्वास जित्न धेरै बेर लाग्दैन । अभिभावकको परिचालन र सहभागिता जुटाउन सम्भव रहेछ र त्यसले विद्यालयमा महŒवपूर्ण सुधार आउँदो रहेछ भन्ने एउटा दृष्टान्त हाम्रो विद्यालय बनेको छ ।

सरकार हेरी नबोस्


गोकुलबहादुर शाही, व्यवस्थापन अध्यक्ष, मणिलेक बालकल्याण मावि, डडेलधुरा

हुनेखाने र राम्रो पढाइ–लेखाइ भएकाहरू तराइतिर झ्रे । अलिअलि पढाइ–लेखाइ भएकाहरू विदेशमा काम गर्न गएका छन् । गरीब र अशिक्षितहरू मात्र पहाडमा रहे । कमजोर र अशिक्षित मानिसहरू मात्र अभिभावक हुनु नै विद्यालय सुधारको निम्ति ठूलो चुनौती बनेको छ ।
विद्यालयमा अभिभावकलाई तान्नका लागि विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय र अभिभावबीच त्रिकोणात्मक र अन्तरक्रियामुखी सम्बन्ध हुनु पर्दछ । त्यस्तै, सरकारले विद्यालयको लागि चाहिने विज्ञान प्रयोगशाला, शिक्षक दरबन्दी, बाल–पुस्तकालयको निम्ति उचित स्रोतको व्यवस्था गरिदियो भने मात्र अभिभावकमा पनि उत्साह पलाउँछ । विद्यालयमा समस्या ज्यूँका त्यूँ हुने, सरकार हेरिमात्र बस्ने तर साधन स्रोतको जोहो नगरिदिने हो भने अभिभावकमा पनि निराशा पैदा हुन्छ । अहिले त्यही भएको छ ।

एक–अर्कालाई दोष नलगाऔं

जगदीश पौडेल, शिक्षक, डडेलधुरा क्याम्पस
हामी अर्कालाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो हुने संस्कृति भएका मानिस हौं । विद्यालय सुधार यसले गर्दा भएन भनेर हामी शिक्षक, अभिभावक, शिक्षा कार्यालयले वर्षौंदेखि एक–अर्कोलाई दोष थुपारेर बसिरहेका छौं । यसले नै हो हामीलाई अघि बढ्नबाट रोकेको । सर्वप्रथम हामीले आफूभित्रको यो कमजोरीलाई स्वीकार गरेर त्यसलाई आफ्नो जीवनबाट हटाउनु परेको छ ।

हामीले विद्यायल सुधारको लागि अभिभावको के कस्तो भूमिका खोजेको हो ? सबभन्दा पहिला हामी त्यसमा स्पष्ट हुनु पर्दछ । यो बारेमा स्थानीयस्तरमा समेत राम्रो बहस भएर उपायहरू पहिल्याउनु जरुरी छ । त्यसपछि अभिभावकले विद्यालयमा के गर्ने ? घरमा के गर्ने ? भन्ने कुरा स्पष्ट हुन्छन् ।

बरु बुझ्ेका अभिभावकहरूले नबुझ्ेका अभिभावकलाई बुझउने कार्यक्रम पो चलाउँदा प्रभावकारी हुन्छ कि ? यो उपायलाई एक पटक अबलम्बन गरी हेर्ने हो कि !

जगाउने तरीका खोजौं÷सिकौं

श्यामराज पाण्डेय, भद्रपुर उमावि, अजयमेरु, डडेलधुरा
बच्चालाई स्कूल पठाइदिए पुग्छ, सिकाइको सबै काम विद्यालयको हो भन्ने सोच फेरिनु पर्छ । बच्चा घर÷समुदायमा झ्ण्डै ८० प्रतिशत समय जति रहन्छ, बाँकी समय मात्र विद्यालयमा रहन्छन् । संस्कार, बानी–ब्यहोरा र प्रवृत्तिको निमार्ण हुने काम मूलतः घरमै हुन्छ । त्यसैले बच्चासित कसरी ब्यवहार गर्नेदेखि सिक्ने प्रवृत्तिको विकास कसरी गराउने भन्ने कुरामा अभिभावकहरूको ठूलो भूमिका रहन्छ । त्यसनिम्ति अभिभावक–शिक्षाको खाँचो पो देखिन्छ ।

हाम्रा अभिभावक निश्क्रिय छन्, तिनलाई जागरुक र सक्रिय बनाउने काम मूलतः शिक्षक र प्रअकै हो । अभिभावक जगाउने तरीका सिक्नुप¥यो नि ! आफू सक्रिय र जागरुक भएर मात्र उनीहरूलाई सक्रिय र जागरुक हुन प्रेरित गर्न सकिन्छ । अभिभावक शिक्षा प्रदान गर्ने काम स्थानीय स्तरबाट त शिक्षकले नै हो ।

पहिले विश्वास जितौं

देवराज जोशी, प्रअ, वीरबलभद्र उमावि, डडेलधुरा

सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास नभएकाले नै उनीहरू नआएका हुन् । त्यसैले अभिभावकको विश्वास जित्ने कसरी भनेर हामीले ठोस उपायहरूको खोजी गर्नु परेको छ । जहाँ जहाँ अभिभावक सक्रिय छन्, त्यहाँ किन र कसरी सक्रिय भएका छन् भनेर हामी शिक्षक व्यवस्थापन समितिका मानिसहरूले सिक्नै पर्ने भएको छ ।

अभिभावकमा चासो पैदा गरौं

ताराप्रसाद अवस्थी, उग्रतारा उमावि, डडेलधुरा
निजी स्कूलमा आफ्नो बच्चा पढाउने अभिभावकले बच्चाले गृहकार्य ग¥यो कि गरेन भनेर चासो दिँदारहेछन् । गरेको छैन भने गर्ने मेलोमेसो मिलाउँदा रहेछन् । विद्यालयमा गएर पनि आफ्नै बच्चाको पढाइ के कस्तो छ भनेर शिक्षकसित बेलाबेलामा छलफल गर्दा रहेछन् । सार्वजनिक विद्यालयमा भन्दा यत्ति कुरा निजीमा बढी हुँदा त्यसले अन्तिम परीक्षाको नतिजामा ठूलो फरक पार्दोरहेछ । रह्यो सवाल निजीमा अभिभावकले किन यति बिघ्न चासो दिन्छन् भन्ने । त्यसको कुरा स्पष्ट छ, त्यहाँ उनीहरू पैसा तिर्छन् । जहाँ पैसा तिरिन्छ त्यहाँ चासो स्वतः बढ्दो रहेछ ।

हामीले सार्वजनिक विद्यालयमा अभिभावकको सक्रियता बढाउने हो भने उनीहरूमा चासो पैदा गर्न सक्नु पर्दछ । त्यसनिम्ति के के तरीका छन्, खोजौं । प्रयोग गरौं । र, कम्तीमा वर्षमा ३ पटक अभिभावकलाई जागरुक तुल्याउने कार्यक्रम राख्नु उपयुक्त हुन्छ कि !

पहिले आफू सुध्रिनु प¥यो

लक्ष्मीप्रसाद भण्डारी, प्रअ, गणेश उमावि
बडाल, डडेलधुरा

मलाई लाग्छ, सबभन्दा पहिले हामी शिक्षकहरूमै जागृति आउनु पर्दछ— “हामी जागिरे होइनौं, २४ घण्टा नै शिक्षक हौं । नयाँ पुस्ताको जीवन निर्माता हौं । समाज परिवर्तनका संवाहक हौं ।” बनौं ।

अभिभावकमा यो ‘हाम्रो’ विद्यालय हो भन्ने भावना जगाउन सकियो भने मात्र उनीहरूमा अपनत्वको भाव पैदा हुन्छ । त्यसपछि मात्र उनीहरू जागरुक र सक्रिय हुन्छन् । नत्र हुँदैनन् । त्यस्तो भाव पैदा गराउने काम शिक्षक, प्रअ र व्यवस्थापन समिति तीनैथरिको हो । विद्यालय व्यवस्थापन समितिले आफूलाई शासक होइन सेवकको रूपमा प्रस्तुत गर्न सकेन भने पनि त्यहाँ व्यवधान पैदा हुन्छ ।

हामीले हाम्रो विद्यालयमा सबै विद्यार्थीको प्रोफाइल बनाउन थाल्यौं । त्यसले हामीलाई हरेक विद्यार्थीको सवल पक्ष र कमजोर पक्षबारे राम्रो जानकारी दियो । त्यो प्रोफाइलले हामीलाई तिनका अभिभावकसित बसेर विद्यार्थीको प्रगति र कमजोर पक्षमाथि कुरा गर्न बाध्य तुल्यायो । अभिभावकहरूसितकै छलफलका क्रममा पढाइ सुधार्न होस्टल खोल्ने योजना अघि आयो । माथिल्लो कक्षाका विद्यार्थीहरूको निम्ति होस्टेल खोलियो । विद्यार्थीको निम्ति खानाको व्यवस्थापनको जिम्मा अभिभावकलाई दिइयो । उनीहरूले बडो रुचिपूर्वक यो काम गरिरहेका छन् । यसबाट हामीले गहिरोसित अनुभूत ग¥यौं, निःशुल्क शिक्षा नै विद्यालयमा अभिभावकको अर्थपूर्ण सहभागिताको निम्ति सबैभन्दा ठूलो तगारो बन्न पुगेको रहेछ ।

मेरो आजसम्मको अनुभवले भन्छ, एउटा शिक्षक या प्रधानाध्यापकका रूपमा मैले के गर्छु भन्ने नै सबभन्दा महŒवपूर्ण कुरा रहेछ । मैले राम्रो गर्दै गएँ भने मेरो विद्यालयका अरू शिक्षकहरू पनि विस्तारै राम्रो गर्न प्रेरित हुँदारहेछन् । राम्रो गर्नेसित धैर्य चाहिं चाहिन्छ । त्यति भयो भने आज कुरा काट्नेहरू पनि पछि समर्थक बन्छन् । विद्यालयमा सुधारको वातावरण बन्छ । सुधार हुन्छ हुन्छ । त्यसमा कुनै शंका छैन ।

गफ होइन, काम गरेर देखाऔं

सुरेन्द्र भण्डारी, शिक्षक, वालकल्याण उमावि, डडेलधुरा

म नेपाल शिक्षक संघको सदस्य पनि हुँ । संघले यस वर्ष ५ प्रतिशत सिकाइ उपलब्धि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । संघका हरेक सदस्यले आफूलाई यो लक्ष्य हासिल गर्न परिचालित गर्नै पर्छ । त्यसैले अब हाम्रो गफ गर्ने र भाषण गर्ने दिन गए । काम गरेर देखाउने दिन आएको छ ।

१५÷१५ दिनमा अभिभावककहाँ पुगौं

सुरेश भण्डारी, अभिभावक, गोकुलेश्वर, दार्चुला
हाम्रो गाउँ समाजमा सबैभन्दा शिक्षित र चेतनशील वर्ग भनेको शिक्षक नै हो । तर अभिभावकहरूलाई उहाँहरूले किन झ्क्झ्क्याउन सक्नुभएन ? घोत्लिएर यो सवालको जवाफ खोज्नु आवश्यक छ । शायद तपाईंहरूले अभिभावकलाई झ्क्झ्क्याउने ठोस कामहरू गर्नु भएन कि ? गरेको भए पनि ढङ्ग पुगेन कि ? मेरो विचारमा अभिभावकलाई जागरुक तुल्याउने र गुणस्तरीय शिक्षाको निम्ति परिचालन गर्ने मूलभूत दायित्व शिक्षक र प्रअकै हो ।

महाकालीपारि, भारतको उत्तराखण्डका गाउँमा हरेक १५ दिनमा शिक्षकहरू आफैं अभिभावकको घर पुगेर विद्यार्थीको पढाइ र प्रगतिबारे छलफल गर्छन् । के गर्दा उनीहरूको प्रगति हुन्छ भन्नेबारेमा अभिभावकसित बसेर योजना बनाउँछन् । ‘हामी यसो गछौं’, ‘तपाईंहरू यसो गर्नुहोस्’ भनेर अभिभावकलाई अनुरोध गर्छन् । महाकालीवारिका हाम्रा शिक्षकहरूले पनि त्यहाँको राम्रो अभ्यासबाट प्रेरणा लिएर अघि बढ्ने हो कि !

हामी नै हौं दृष्टान्त

गगनसिंह कार्की, प्रअ, केदारेश्वर उमावि, डोटी
अभिभावकलाई हात लिंदा विद्यालयमा कसरी कायापलट हुन सक्छ भन्ने कुराको एउटा दृष्टान्त हाम्रो विद्यालय नै हो । हामीले अभिभावकको विश्वास जित्यौं, परिचालन ग¥यौं, एकै पटक रु.५ लाख भन्दा बढी चन्दा उठाउन सक्यौं । विद्यालयको सुधारमा त्यो पैसालाई लगाउन थाल्यौं । ‘अभिभावकले पत्याएनन्’ भन्नुको अर्थ हामी सही र विश्वसनीय तरीकाले चलिरहेका छैनौं भन्ने हुन्छ । अर्थात् समस्या हामी शिक्षक र प्रअभित्र छ, अभिभावकमा होइन । त्यसैले अभिभावकले केही गर्दैनन् भन्ने कुरासित म पटक्कै सहमत छैन ।
विद्यार्थीको पठनपाठनमा सुधार ल्याउन र एसएलसीको नतिजा राम्रो बनाउन विद्यार्थीलाई होस्टल राखेर पढाउन आवश्यक छ भन्ने सोच हामीले अघि सा¥यौं । अभिभावकले सहर्ष सहमति जनाए । उनीहरू मासिक रु.२ हजार देखि २५ सयसम्म पनि खर्च गर्न तयार भए । हाम्रो जस्तो दुर्गमा गाउँमा यो चानेचुने रकम होइन । आफ्नो बच्चाको शिक्षा राम्रो हुन्छ भने आजका अभिभावकहरू तयार रहेछन् भन्ने कुराको प्रमाण पनि हो । उनीहरूले हामी शिक्षकलाई पत्याउनु प¥यो । बस !

अभिभावकसितकै सहकार्यबाट आज हाम्रो विद्यालय डोटीकै एक अब्बल सामुदायिक विद्यालयको रूपमा चिनिन थालेको छ । हामी शिक्षकहरू पनि विद्यालयको प्रगति देखेर उत्साहित छौं ।

विद्यालयमा दलीय हस्तक्षेप धेरै भयो भन्ने जताततै गुनासो सुनिन्छ । यो कार्यक्रममा पनि त्यस्तो गुनासो पोखियो । हामीले शायद राजनीतिककर्मीलाई राजनीतिको सही अर्थ बुझउन सकिरहेका छैनौं । राजनीति भनेको आम मानिसको भलाइ गर्ने कुरा हो । समाजसेवा हो । विद्यालयको विकास र शिक्षाको गुणस्तर सुधारको लागि विद्यालयमा राजनीति गरौं ।

बिग्रिएको ठाउँबाटै सुधार थालौं

दुर्गा उप्रेती, प्रअ, मस्टावजिनाथ निमावि, डडेलधुरा
अभिभावकमा जागरुकता या चेतना छैन भन्ने कुरामा सहमत हुन सकिंदैन । किनभने अभिभावकमा चेतना भएर नै उनीहरूले गाउँ गाउँमा स्कूल खोलेका हुन् । मेरो विचारमा शिक्षकमा भन्दा ज्यादा चेतना र समझ्दारी अभिभावकमा छ । जब दलीय राजनीति विद्यालयमा ह्वात्तै भित्रियो, त्यसपछि विद्यालयको वातावरण बिग्रिन थालेको हो । विद्यालयलाई केही व्यक्तिको वा निश्चित समूहको निहीत स्वार्थपूर्तिको थलोे बनाउन थालियो । विद्यालयबाट अभिभावकलाई टाढै रहन बाध्य तुल्याइयो । यदि हामीले सुधार चाहेका हौं भने जहाँबाट बिग्रिन शुरु भएको हो, सुधार त्यहींबाट आरम्भ गरिनु पर्दछ ।

पहिले आफैंमाथि विश्वास गरौं

धनबहादुर साउद, व्यवस्थापन अध्यक्ष, बालकल्याण उमावि, पुष्पपुर, डडेलधुरा

व्यवस्थापन समिति र शिक्षकहरूको लगातारको छलफल र सहकार्यबाट हामी अभिभावकलाई ५० प्रतिशत सक्रिय गराउन सफल भएका छौं । त्रैमासिक परीक्षापछि शिक्षकहरू हरेक अभिभावकको घरदैलोमा पुगेर नतिजा वितरण गर्ने चलन शुरु गरेका छौं । यसले अभिभावकहरूलाई दिलैदेखि अपिल गरेको छ । उनीहरूमा शिक्षकले विद्यालयमा साँच्चै राम्रो गर्न चाहेका छन् भन्ने अनुभूति गराउन यो उपाय सफल भएको छ ।

हामीले ‘विद्यार्थी टेलिफोन’ नामक एक कार्यक्रम नै सञ्चालन गरेका छौं । विद्यालयमा विद्यार्थीको अनुपस्थिति न्यूनीकरण गर्नु नै यो कार्यक्रमको मर्म हो । आज जुन जुन विद्यार्थी अनुपस्थित हुन्छन्, शिक्षकले आजै तिनका अभिभावकलाई फोन गरेर विद्यार्थी अनुपस्थित हुनुको कारणबारे सोधपुछ गर्छन् । औचित्यपूर्ण कारण नदेखिएमा अभिभावकलाई सम्झइ बुझइ गर्ने काम गर्छन् । त्यसबाट विद्यार्थी गयल हुने परिपाटीमा महŒवपूर्ण सुधार आएको छ ।

राम्रो गर्न प्रोत्साहन गर्ने ध्येयका साथ हामीले व्यवस्थापन समितिको बैठकबाट निर्णय नै गरेर नयाँ खालको पुरस्कारको व्यवस्था गरेका छौं । आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी पास गराउने शिक्षक र ६० प्रतिशत भन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई वर्षान्तमा रु.५ हजार पुरस्कार दिन प्रारम्भ गरिएको छ । त्यसले पनि सकारात्मक नतिजा दिन शुरु गरिसकेको छ ।

यदि हामी हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा दिन चाहन्छौं भने सर्वप्रथम हामीले आफूमाथि विश्वास गर्नु पर्छ । ‘म सक्छु’ भन्ने आत्मवोध हुनै पर्दछ । ‘हाम्रो विद्यालयले सक्छ’ भन्ने विश्वास जगाउनै पर्दछ । त्यसैगरी शिक्षकहरूले आफ्ना छोराछोरीलाई आफैंले पढाउने विद्यालयमा पढाउनु पर्दछ । त्यसले मात्र गुणस्तर सुधार्ने हाम्रो अभियानलाई ठूलो नैतिक बल दिन सक्छ ।

प्रअ योग्य र इमान्दार भए सुधार हुन्छ

कर्णबहादुर मडै, प्रअ, गोविन्दपुरी मावि, भागेश्वर,
डडेलधुरा

अभिभावक जागरुक तुल्याउने मुख्य भूमिका प्रधानाध्यापकको हो । प्रअ योग्य, इमान्दार, प्रतिवद्ध र नैतिकवान भयो भने यो काम हुन धेरै समय पनि लाग्दैन ।
हामीले अभिभावकलाई धेरै दोष दिने ठाउँ छैन । सबभन्दा बढी कमजोरी हामी शिक्षकहरूमै छ । हामी नै केटाकेटीको भविष्यप्रति संवेदनशील र इमान्दार हुन सकेका छैनौं । हामीले झरा टार्ने काम गरेर बसेकाले आज सार्वजनिक विद्यालय यस्तो अवस्थामा पुगेको हो । हामीले आफ्ना कमजोरीहरू केलाऔं, आफूलाई सुधारौं । हामी सुधारिएको अनुभूति विद्यार्थी र अभिभावकलाई भयो भने सुधारको गाडी गुड्न आरम्भ हुन्छ । हामी अभिभावकको घरघरमा दुई÷तीन महीनामा एक पटक गएर छलफल गरौं, कुरा बुझऔं । उनीहरू नबुझने छैनन् ।

हाम्रो भूमिका नै महङ्खवपूर्ण

कमलसिंह झ्ुकाल, प्रअ, भूमिराज प्रावि, अमरगढी नपा,
डडेलधुरा

अभिभावकहरूको चासो अंग्रेजीतिर बढ्दै गएपछि हामीले पनि अंग्रेजी माध्यमबाट पढाइ शुरु ग¥यौं । यसो गरे निजी विद्यालयमा गएका बालबालिका पनि फर्किएर हाल कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । अभिभावकलाई जगाउने, तताउने, परिचालन गर्ने कुरा मुख्य रूपमा हामी प्रअ, शिक्षक र व्यवस्थापन समितिको क्रियाकलापमै निर्भर रहेछ भन्ने बोध भयो ।

स्कूल पारदर्शी हुनुप¥यो

खुबीराम अधिकारी, जिशिअ, डडेलधुरा
यो कार्यक्रममा कसरी विद्यालयलाई सुधार गर्न सकिन्छ, कसरी अभिभावकलाई शिक्षाको गुणस्तर उकास्न परिचालन गर्न सकिन्छ भन्ने बारेमा रचनात्मक कुराहरू धेरै आएका छन् । सबैले राम्ररी एक अर्काका कुरा सुन्यौं । अबको खाँचो कामको हो ।

अभिभावक विद्यालयमा आउनु प¥यो भन्ने सोच राम्रो हो । उनीहरू विद्यालयमा आउनु पर्दछ । तर विद्यालय पनि त अभिभावककहाँ पुग्नु प¥यो नि ! आजसम्म हामीले अभिभावक विद्यालयमा आएनन् भन्ने कोणबाट मात्र सोचिरह्यौं । विद्यालय पनि त अभिभावककहाँ पुगे हुन्छ नि ! केही विद्यालयको अनुभव सुन्दा नै विद्यालय अभिभावककहाँ पुगेपछि उनीहरूलाई विद्यालयप्रति आकर्षित गर्न सकिँदो रहेछ भन्ने स्पष्ट भइसक्यो । अब विद्यालय अभिभावककहाँ पुग्ने अभियान चलाऔं । के कसरी पुग्ने भन्नेबारे चिन्तन मनन गरौं । साना मसिना र व्यावहारिक उपायहरू खोजौं । अघि बढौं ।

अभिभावकलाई विद्यालयमा तान्ने एउटा विश्वसनीय उपाय हो, पारदर्शिता । विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट के के शीर्षकमा के कति रकम आएको छ भन्ने कुरा अभिभावकले नियमित रूपमा जानकारी पाए भने उनीहरूको चासो स्वतः बढेर जाँदोरहेछ । मैले जिल्लामा केन्द्रबाट के के शीर्षकमा के कति बजेट आयो भनेर सार्वजनिक गर्ने परिपाटीको शुरुआत गरेको छु । विद्यालयले पनि यो परिपाटीको अनुशरण गरोस् भनेर निर्देशन दिएको छु । पारदर्शिताले नै विश्वासको वातावरणको सिर्जना गर्दोरहेछ । स्कूल पारदर्शी भयो भने अभिभावकलाई परिचालन गर्न सकिन्छ । त्यसमा कुनै दुविधा लिइरहनु पर्दैन ।

आफैं उदाहरण बनौं

डम्बरबहादुर पाल, प्रअ, देवल उमावि, डडेलधुरा
अघिल्लो वर्ष मेरो छोराले मैले पढाउने विद्यालयमै पढेर एसएलसीमा ८६ प्रतिशत अङ्क ल्यायो । त्यो देखेर अरू अभिभवकहरू पनि जाग्न थाले, घरमा राम्रो वातावरण दियो भने त केटाकेटीको पढाइ सप्रिन्छ कि क्या हो भन्ने सोच उनीहरूमा पलाउन थाल्यो । यस वर्ष मेरो अर्को बच्चाले पनि राम्रो अङ्क ल्यायो । त्यसपछि अभिभावकहरू झ्न् बढी विश्वस्त भएछन् क्यारे, घरमा बच्चालाई कस्तो वातावरण मिलाउनु पर्छ भनेर मकहाँ सल्लाह लिन आउन थालेका छन् ।
अभिभावक विद्यालयका असल सुपरीवेक्षक हुन् । हामी शिक्षकका छोराछोरी हाम्रै विद्यालयमा पढ्छन् भने हामी पनि अभिभावक भयौं । यदि हामी शिक्षकले असल सुपरीवेक्षकको भूमिका निर्वाह गर्न सक्यौं भने अरू अभिभावकले हाम्रो सिको गर्दै जान्छन् । र, उनीहरू पनि असल सुपरीवेक्षक बन्दै जान्छन् ।

गरेका राम्रा काम पहिल्याऔं

गणेशबहादुर सिंह, जिशिअ, डोटी
हामीले काम गर्दै नगरेका होइनौं । तर हामीले गरेका कामहरूको एक–अर्कामा ‘शेयरिङ’ गर्ने बानी चाहिं रहेनछ । राम्रोसित ‘शेयरिङ’ गर्न कामको राम्रोसित ‘डकुमेन्टेसन’ पनि गर्नु पर्दोरहेछ । ‘शेयरिङ’ नगर्ने भएपछि ‘डकुमेन्टेसन’ राम्रो नहुनु स्वभाविकै हो । त्यसैले सानै किन नहोस्, हामीले आफूले गरेको राम्रो ‘शेयरिङ’ गर्ने बानी बसाउनु पर्ने रहेछ । हाम्रा सेवाग्राहीलाई हामीप्रति सकारात्मक र हामीले केही गरिरहेका छौं, भन्ने सन्देश दिने अचुक उपाय यही रहेछ ।

हामी हामीले गरेको राम्रो कामको प्रचार त गर्दैनौं नै, राम्रो ग¥यौं भनेर खुशी पनि मनाउँदैनौं । हामीले यो शैक्षिक सत्रमा के के राम्रो काम ग¥यौं; अभिभावक, विद्यार्थी र शिक्षकबीचको छलफलबाट सूचि बनाऔं । हाम्रो विद्यालयमा एक वर्षमा भएको राम्रो काम भनि ‘फ्लेक्स’ बनाएर टाँसौं । अभिभावक दिवसमा सबैलाई जानकारी दिऔं । जिशिकालाई पनि खबर गरौं । राम्रो गरेको कुरामा रमाऔं, ‘सेलेब्रेट’ गरौं । अनि थप सुधारको कामको पहिचान गरौं र सुधार प्रक्रियामा अघि बढौं ।

हरेक शैक्षिक सत्रको शुरुमा हरेक शिक्षकले हरेक कक्षाको हरेक विद्यार्थीको सिकाइ उपलब्धि कहाँबाट कहाँ पु¥याउने हो, योजना बनाऔं । अभिभावक भेला बोलाएर उनीहरूसित पनि परामर्श गरौं । हरेक अभिभावकसित तपाईंको सहयोग यो यो कुरामा यो यो चाहिन्छ भनेर स्पष्ट रूपमा भनौं । तपाईं यसो गर्नुस्, म यसो गर्छु र एक वर्षपछि तपाईंको बच्चाको सिकाइ उपलब्धि यति हुन्छ भनेर अभिभावकलाई भनौं । त्यसले मात्र उनीहरूको विश्वास जित्न सकिन्छ, उनीहरूलाई ठोस रूपमा परिचालित गर्न सकिन्छ ।

शिक्षक जवाफदेही हुनुप¥यो

बीना खड्का, शिक्षक एवं सदस्य, जिल्ला शिक्षा समिति,
डडेलधुरा

यहाँ अभिभावकलाई धेरै दोष लगाउने काम भयो । त्यसले गर्दा यहाँ उपस्थित केही अभिभावकको मुख रातो भएको मैले महसुस गरें । म शिक्षकसँगै एक अभिभावक पनि हुँ । मलाई पनि यसरी दोष लगाएको मन परेन । हामी शिक्षकहरू नै ‘सरकारी काम कहिले जाला घाम’ भने झ्ैं झरा टारेर काम गरिरहेका छौं । हामीले राम्रो गरेको भए अभिभावक स्वतः जागरुक भएर आउने थिए । के हामीले अभिभावकलाई विद्यालयमा सक्रिय बनाउने योजना कहिल्यै बनायौं त ? बनाएनौं ।

शिक्षाको गुणस्तरसित तीनवटा पक्ष सम्बन्धित छन्, विद्यार्थी, शिक्षक, वातावरण । हामी शिक्षक जवाफदेही छैनौं । विद्यालयको समग्र वातावरण विद्यार्थीको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने खालको छैन । अभिभावकको कामै हो, विद्यालय र विद्यार्थीको अनुगमन गर्ने । तर त्यो काम पनि भइरहेको छैन । जिशिकाले पनि निरीक्षण गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरेको छैन । त्यसैले विद्यालयको समग्र वातावरण सिकाइमुखी हुन सकेको छैन ।

जिशिकाले निरीक्षण गर्दा तीनवटा कुरा हेरिदिनु प¥यो— पहिलो, विद्यालय २२० दिन खुलेको छ कि छैन ? दोस्रो, १९२ दिन साँच्चै पढाइ भयो कि भएन ? तेस्रो, दैनिक १० देखि ४ सम्म विद्यालयमा पठनपाठन हुने गर्छ कि गर्दैन ? त्यसैगरी प्रअले पनि सकभर हरेक दिन कक्षाको सुपरीवेक्षण गर्नु पर्छ ।

हामी शिक्षक दुई खालका रहेछौं, पाठ मात्र पढाएर घर फर्कने र पाठ पढाउने बाहेक पनि केही गर्ने । जो पाठ मात्र पढाएर घर फर्कन्छन्, तिनका कारण स्कूलले कुनै प्रगति गरेको छैन । जो पाठ पढाउने बाहेक पनि विद्यालय र विद्यार्थीको विकासका लागि थप केही काम गर्ने गरेका छन्, तिनका कारणले नै विद्यालयको विकास भएको छ । त्यसैले हामी शिक्षकले सोच्नुप¥यो, पाठमै झरा टार्ने कि विद्यालयको विकासको लागि पनि केही गर्ने ?

Related Posts

/*sign up form*/