गलत, तर कति गलत ? – आइज्याक इसिमोभ

by • • विश्लेषणComments (0)1504

Print Friendly, PDF & Email
एक दिन मकहाँ एउटा चिठी आइपुग्यो । काइते अक्षरमा लेखिएको त्यो चिठी पढ्न निकै गाह्रो थियो । तैपनि, कुरो महŒवपूर्ण होला भन्ठानेर कनी कनी भए पनि पढेरै छोडें । पहिलो वाक्यमै लेखकले मलाई के सूचित गरेका थिए भने उनी अंग्रेजी साहित्यमा स्नातक तहमा पढ्दैछन् तर उनलाई लाग्छ— मलाई थोरबहुत विज्ञान सिकाउन सक्छन् । (मैले लामो सास फेरें किनभने, मलाई थाहा भएसम्म, अंग्रेजी साहित्यका एकदमै कम मात्र विद्यार्थी यस्ता थिए जसले मलाई विज्ञान सिकाउन सक्थे । जे होस्, म आफ्नो अज्ञानको विशालतासँग पनि परिचित छु र कसैसँग पनि सिक्न सधैं तयार रहन्छु । त्यसैले, म चिठी पढ्दै गएँ ।)

कुरो के रहेछ भने, मैले आफ्ना अनगिन्ती लेखहरूमध्ये कुनै एउटामा लेखेको थिएँ— ‘म यस्तो शताब्दीको व्यक्ति हुँ जहाँ हामी (मानिस) ले अन्ततः यस ब्रह्माण्डको जग (आधारभूत कुरा) लाई पहिचान गरेका छौं ।’ र, यही कुरालाई समातेर मेरो मूर्खताबारे मलाई सूचना दिन र त्यसको निराकरणका लागि आवश्यक परेमा मलाई विज्ञान सिकाउने उद्देश्यले ती तन्नेरी मित्रले पत्र लेख्ने कष्ट गरेका रहेछन् ।

अवधारणाहरूको विकास
उक्त लेखमा म विषयवस्तुको गहिराइमा गएको थिइनँ । मेरो सामान्य आशय के थियो भने हामीले यस ब्रह्माण्डलाई सञ्चालन गर्ने आधारभूत नियमहरू थाहा पाएका छौं र तिनका मुख्य मुख्य घटकहरूका बीच विद्यमान गुरुत्वीय अन्तरसम्बन्धबारे पनि हामीलाई जानकारी छ । सन् १९०५ देखि १९१६ का बीचमा स्थापित भएको सापेक्षताको सिद्धान्त ९त्जभयचथ या च्भबितष्खष्तथ० बाट यो कुरा स्पष्ट भएको हो । हामीलाई उप–पारमाणविक कण र तिनका बीच हुने अन्तरक्रियाहरूको नियम पनि थाहा छ । यसको एकदमै स्पष्ट विवरण सन् १९०० देखि १९३० का बीच विकसित क्वान्टम सिद्धान्त ९त्तगबलतगm त्जभयचथ० ले प्रस्तुत गरेको छ । अरू त अरू, हामीले के पनि थाहा पाइसकेका छौं भने आकाशगंगाहरू र तिनको पुञ्ज भौतिक ब्रह्माण्डका आधारभूत एकाइ हुन्— जुन कुरा सन् १९२० र १९३० का बीच पत्ता लगाइएको थियो । र, यी सबै कुरा बीसौं शताब्दीका खोज हुन् ।

अंग्रेजी साहित्यका तन्नेरी विशेषज्ञले मेरो उद्धरण प्रस्तुत गरेर मलाई लम्बाचौडा व्याख्यान दिंदै लेखेका छन्— हरेक शताब्दीका मानिसले आफूहरूले ब्रह्माण्डको रहस्य बुझ्ेको ठानेका थिए । तर लगत्तै त्यसपछिको शताब्दीमा उनीहरू गलत साबित भएका थिए । यसको अर्थ के हो भने, आफ्नो आधुनिक÷नवीनतम ‘ज्ञान’ का बारेमा हामी एउटा कुरो मात्र निर्धक्क तवरमा भन्न सक्छौं र त्यो हो— ‘यो गलत छ ।’ तन्नेरी विद्वानले आफ्नो यो भनाइको पुष्टीका लागि सुकरातको उद्धरण प्रस्तुत गरेका थिए । यूनानका कुनै विद्वानले एकपल्ट सुकरातलाई यूनानको सबैभन्दा बुद्धिमान व्यक्ति घोषित गरेका थिए र त्यो थाहा पाएपछि सुकरातले भनेका थिए, “यदि म सबैभन्दा बुद्धिमान व्यक्ति हुँ भने, किन यस्तो हुँ त भन्दा, म यूनानको एक मात्र त्यस्तो व्यक्ति हुँ जसलाई आफू केही पनि जान्दिनँ भन्ने थाहा छ ।” मबारे तन्नेरी मित्रको निष्कर्ष थियो— म पटमूर्ख हुँ किनभने आफूलाई धेरै कुरा थाहा छ भन्ने भ्रममा पूरै रुमलिएको छु ।

उनलाई मेरो जवाफ थियो— “मित्र, जब मानिसहरूले पृथ्वी चेप्टो वा थालजस्तो फ¥याकिलो र समतल छ भन्ने सोचे, उनीहरू गलत थिए । जब मानिसले पृथ्वी भकुण्डोजस्तो गोलो छ भन्ने सोचे, फेरि पनि उनीहरू गलत थिए । तर, पृथ्वीलाई गोलो मान्नु त्यसलाई चेप्टो मान्नु जत्तिकै गलत हो भन्ने तपाईंलाई लाग्छ भने, तपाईंको विचार ती दुवै विचारभन्दा बढी गलत छ ।”

मूलभूत समस्या नै के हो भने, मानिसहरूलाई लाग्छ— ‘सही’ र ‘गलत’ निरपेक्ष कुरा हुन् । उनीहरू ठान्छन्— जुन कुरा नितान्त र पूरापूर सही होइन, त्यो नितान्त र पूरापूर गलत हो ।

तर, मलाई लाग्छ— यस्तो होइन । मेरो विचारमा, ‘सही’ र ‘गलत’ भन्ने कुरा नितान्त स्पष्ट नभएर केही धमिला अवधारणा हुन् । यस आलेखमा म यही कुरा बुझउने प्रयास गर्नेछु ।
हरेक शताब्दीमा वैज्ञानिकहरू आफूले ब्रह्माण्डको रहस्य बुझ्ेको ठान्छन् अनि अलिक पछि हमेशा गलत साबित हुन्छन् भनेर अंग्रेजीबाज ती युवा मित्रले भन्दा म जान्न चाहन्छु— उनीहरू कति गलत थिए त ? के उनीहरू हरेक पटक उत्तिकै मात्रामा गलत थिए त ? एउटा उदाहरणबाट कुरा अघि बढाऔंः

सभ्यताका प्रारम्भिक दिनमा मानिसहरूको मान्यता थियो— पृथ्वी चेप्टो छ । यो मान्यता उनीहरू पटमूर्ख भएकाले बनेको थिएन, न त वाहियात कुरामा विश्वास गर्ने भएकाले नै बनेको थियो । उनीहरूले प्रमाणकै आधारमा पृथ्वी चेप्टो छ भन्ने मान्यता कायम गरेका थिए । यो कुरा ‘पृथ्वी यस्तै देखिन्छ’ भन्ने मात्र आधारमा टिकेको थिएन किनभने पृथ्वी चेप्टो देखिंदैन । पहाड, उपत्यका, भन्ज्याङ–भीर–पहरा, डाँडा–ढिस्का–खाल्डाहरूका कारण पृथ्वी नितान्त असमतल÷उबडखाबड देखिन्छ ।

यसैगरी, के पनि सही हो भने, कतिपय ठाउँमा सपाट मैदान छन् र त्यहाँ पृथ्वीको सतह अपेक्षाकृत चेप्टो देखिन्छ । यस्तै एउटा मैदान दजला–फरात (टिग्रिस–युफ्रेट्स) इलाकामा छ जहाँ पहिलो ऐतिहासिक सभ्यता (लेखाइ समेत) विकसित भएको थियो । यो सुमेर सभ्यता थियो ।


हुन सक्छ, मैदानहरूको त्यो सपाट दृश्यले सुमेरका बुद्धिमान बासिन्दालाई पृथ्वी चेप्टो छ भन्ने मान्यता बनाउन बाध्य पारेको होस् । अर्थात्, यदि कुनै उपायले सबै ढिस्का, पहाड र खाल्डाहरूलाई सम्म बनाइदिने हो भने मानिसका आँखाले देख्ने पृथ्वीको रूप चेप्टो नै हुनेछ । पोखरी, ताल र समुद्रका विशाल जलराशिहरू शान्त अवस्थामा चेप्टा÷सपाट देखिनाले पनि यो धारणा बलियो भएको हुन सक्छ ।

यसै प्रश्नलाई अर्को तरीकाले पनि सोध्न सकिन्छः पृथ्वी सतहको गोलाइ घेराको वक्रता बाङ्गो वा घुमाउरोपन कति हो त ? धेरै लामो दूरीलाई हेर्ने हो भने पृथ्वीको सतह पूर्ण (‘पर्फेक्ट’) समतलताबाट (औसत रूपमा) कति विचलित हुन्छ वा फरक पर्छ ? पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तले भन्नेछ— पृथ्वीको सतह समतलताबाट अलिकति पनि विचलित हुँदैन; सतहको वक्रता शून्य प्रति माइल छ ।

आजभोलि हामीलाई पढाइन्छः पृथ्वी चेप्टो छ भन्ने पुरानो सिद्धान्त गलत छ; पूरापूर गलत छ, भयानक गलत छ, सर्वथा गलत छ । तर यथार्थ त्यस्तो होइन । पृथ्वीको वक्रता लगभग प्रति माइल शून्य नै छ । अर्थात्, पृथ्वी चेप्टो छ भन्ने सिद्धान्त गलत हुँदा हुँदै पनि त्यो केही सही पनि छ । पूरापूर गलत त छँदै छैन ! त्यसैले त यो सिद्धान्त त्यति लामो समयसम्म चलिरह्यो ।

‘चेप्टो पृथ्वी’ः केही चुनौती
वास्तवमै, केही यस्ता कारणहरू देखापर्दै गए जसले पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तलाई संकटमा पार्न थाले । ईसापूर्व तेस्रो शताब्दीतिर यूनानी दार्शनिक एरिस्टोटलले ती कारणलाई यसरी क्रमबद्ध गरेका थिए— एकः तपाईं उत्तरतिर लगातार यात्रा गर्दै जानुभयो भने दक्षिणतिरका केही तारा क्रमशः ओझ्ेल पर्दै जान्छन् । यस्तै, दक्षिणतिर लाग्नुभयो भने उत्तरतिरका कतिपय तारा हराउँदै जान्छन् । दुईः चन्द्रग्रहणका वेला चन्द्रमामा पर्ने पृथ्वीको छायाँ जहिले पनि गोलाकार वस्तुको छायाँ जस्तो हुन्छ । तीनः पृथ्वीमै पनि, समुद्रमा पानीजहाज जुनसुकै दिशातिर टाढा गए पनि क्षितिजमा त्यसको तल्लो भाग नै सबैभन्दा पहिले ओझ्ेल पर्छ । टाढाबाट आउने पानीजहाजको माथिल्लो भाग नै सबैभन्दा पहिले देखिन्छ र क्रमशः त्यसमुनिका भाग देखिंदै जान्छन् । पृथ्वीलाई चेप्टो मान्दा यीमध्ये कुनै कुराको पनि तर्कसंगत व्याख्या हुन सक्तैन; गोलाकार मान्दा मात्र व्याख्या हुन सक्छ ।

यसबाहेक एरिस्टोटलको मान्यता के थियो भने सबै ठोस पिण्डहरूमा आफ्नो केन्द्रतर्फ आकर्षित हुने साझ प्रवृत्ति हुन्छ । स्पष्ट छ, यो नियम अनुसार, कुनै पनि ठोस पिण्ड अन्ततः गोलाकार नै हुन पुग्छ । कुनै पनि पदार्थको निश्चित आयतन त्यसवेला मात्र आफ्नो केन्द्रको सबभन्दा नजिकमा हुन्छ जब त्यो पदार्थ गोलाकार हुन्छ ।

एरिस्टोटलभन्दा लगभग एक शताब्दीपछि अर्का यूनानी दार्शनिक इरेटोस्थेनिजले के पत्ता लगाए भने अलग–अलग अक्षांशमा पर्ने घामको छायाँको लम्बाइ अलग–अलग हुन्छ (पृथ्वी चेप्टो हुँदो हो त सबै अक्षांशमा छायाँहरूको लम्बाइ एकनासको हुन्थ्यो) । र, छायाँको लम्बाइमा देखिएको अन्तरका आधारमा उनले पृथ्वीको ‘डल्लो’ को आकारको हिसाबकिताब निकाल्दा थाहा पाइयो— यसको परिधि २५,००० माइल रहेछ ।

यति ठूलो पिण्डको वक्रता लगभग ०.०००१२६ प्रति माइल हुन्छ । यो ‘नाप’ व्यवहारतः शून्य प्रति माइल बराबर नै हो । प्राचीनकालमा उपलब्ध यन्त्र वा प्रविधिको माध्यमबाट यसलाई नाप्न शायदै सम्भव थियो । ०.०००१२६ र शून्यका बीचको फरक अत्यन्त मिहीन÷नगण्य छ र यसैकारण ‘चेप्टो पृथ्वी’ लाई ‘गोलो’ बनाउन यति लामो समय लागेको थियो ।
ध्यान दिनुपर्ने कुरा के हो भने शून्य र ०.०००१२६ का बीचको एकदमै नगण्य अन्तर पनि अत्यन्त महŒवपूर्ण हुन्छ । लम्बाइ बढ्दै जाँदा यो अन्तर पनि बढ्दै जान्छ । यस अन्तरलाई ध्यान दिइएन भने, र पृथ्वीको सतहलाई चेप्टोको सट्टा गोलो मानिएन भने, लामो दूरीका नक्शाहरू बनाउन सकिंदैन । पृथ्वीलाई गोलाकार नमान्ने हो भने समुद्रमा आफ्नो स्थिति थाहा पाउने कुनै पनि उपयुक्त तरीका हामीसँग हुँदैन र लामा समुद्री यात्राहरू असम्भव हुन पुग्छन् ।

एउटा अर्को कुराः पृथ्वीलाई चेप्टो मान्दा त्यसभित्र के धारणा निहित हुन पुग्छ भने कि त पृथ्वी अन्तहीन हुनुपर्छ नत्र यसको सतहको कुनै ‘अन्तिम किनारा’ हुनुपर्छ । तर, पृथ्वीलाई गोलाकार मान्दा ‘अन्तिम किनारा’ को प्रश्न स्वतः समाप्त हुन्छ । यस धारणा अन्तर्गत पृथ्वी यस्तो वस्तु हुन पुग्छ जो ‘अन्तहीन’ त छ तर— यसका साथसाथै— ‘सीमित’ पनि छ । र, पछि भएका सम्पूर्ण खोज र अनुसन्धानले यसैको पुष्टि गरेका छन् ।

त्यसैलेः ‘पृथ्वी चेप्टो छ’ भन्ने मान्यता आफैंमा एकदमै धेरै गलत होइन । त्यसैले यस मान्यताका आविष्कारकहरूको पनि प्रशंसा गर्नुपर्छ । तर सँगै यो मान्यता— ‘पृथ्वी गोलो छ’ भन्ने मान्यताका सामु भने पूरै गलत हो ।

नास्पाती, सुन्तला अथवा पिण्ड
पृथ्वी गोलो छ त भनिन्छ तर के यो साँच्चिकै गोलो पिण्ड हो त ? होइन; यो साँच्चिकै गोलो पिण्ड होइन । शुद्ध गणितीय मापदण्ड अनुसार त बिल्कुलै होइन । गोलो पिण्डका केही गणितीय गुणधर्म हुन्छन् । जस्तैः त्यसमा सम्पूर्ण त्रिज्या ९च्बमष्गक० (वृत्तको केन्द्रबिन्दुदेखि परिधिसम्म जाने रेखा) को लम्बाइ बराबर हुन्छ । तर, यो नियम पृथ्वीको हकमा लागू हुँदैन । पृथ्वीका विभिन्न त्रिज्याहरूको लम्बाइ फरक–फरक हुन्छ ।

पृथ्वीलाई गोलो मानिसकेपछि, यो साँच्चिकै गोलो छैन भन्ने विचार मानिसहरूका मनमा कसरी आयो त ? दुर्बिन आविष्कार भएपछिका प्रारम्भिक दिनहरूमा, मापनको सटिकताको सीमा अन्तर्गत, सूर्य र चन्द्रको बाहिरी घेरा (परिधि) पूर्णतः गोलो देखिन्थ्यो । त्यसबाट पनि सूर्य र चन्द्र पूर्णतः (पर्फेक्ट) गोलाकार छन् भन्ने धारणा बन्न पुग्यो । अन्य ग्रहहरूका बारेमा पनि यस्तै धारणा थियो । तर, दुर्बिन विकसित हुँदै गएपछि बृहस्पति र शनिलाई हेर्दा स्पष्ट भयो— तिनको परिधि ‘पर्फेक्ट’ गोलाकार छैन । अर्थात् बृहस्पति र शनि साँच्चिकै गोला पिण्ड होइनन् ।

सत्रौं शताब्दीको अन्त्यतिर आइज्याक न्यूटनले के स्पष्ट पारे भने कुनै पनि विशाल पिण्ड आफ्नो गुरुत्वाकर्षण–बलको प्रभावका कारण अन्ततः गोलाकार हुन पुग्छ (यही कुरो एरिस्टोटलले पनि भनेका थिए) । न्यूटनको थप भनाइ थियो— तर यस्तो त्यसवेला मात्र हुन्छ जब त्यो पिण्ड आफैंमा घुमिरहेको नहोस् । घुमिरहेको अवस्था छ भने त्यहाँ अभिकेन्द्रित ९ऋभलतचष्उभतब०ि बल पैदा हुन थाल्छ जसले पिण्डका पदार्थहरूलाई गुरुत्वाकर्षणका विरुद्ध बाहिरतर्फ धकेल्छ । पिण्डको मध्यभाग (भूमध्य÷विषुवत्) मा यो प्रभाव सबैभन्दा बढी हुन्छ । साथै, गोलाकार पिण्डको घुम्ने गति बढी छ भने यो प्रभाव पनि बढी हुन्छ ।

बृहस्पति र शनि अत्यन्त तीव्र गतिमा घुम्छन् । तिनको तुलनामा पृथ्वी निकै मन्द गतिमा घुम्छ । त्यसैले पृथ्वीमा यस्तो प्रभाव कम हुन्छ, तर हुन चाहिं हुन्छ । यस परिप्रेक्ष्यमा, पृथ्वीको वक्रताको वास्तविक मापन अठारौं शताब्दीमा गरिएको थियो र न्यूटन सही साबित भएका थिए ।

अर्को शब्दमा भन्दा भूमध्यरेखामा पृथ्वी उक्सिएको छ । अथवा भनौं, पृथ्वी उत्तरी र दक्षिणी ध्रुवमा अलिकति दबेको छ । त्यसैले पृथ्वी पूर्णतः गोलाकार नभएर–सुन्तला जस्तै–दुवैतिर केही थेप्चिएको छ । यसैकारण पृथ्वीका विभिन्न त्रिज्याहरूको लम्बाइ फरक हुन्छ । भूमध्यरेखा नजिकका त्रिज्याहरू लामा हुन्छन् भने टाढाका छोटा । ‘भूमध्यरेखीय त्रिज्या’ को लम्बाइ १२,७५५ किलोमिटर नापिएको छ भने उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोड्ने ‘ध्रुवीय त्रिज्या’ को लम्बाइ १२,७११ किलोमिटर छ । यसरी, सबैभन्दा लामो र सबैभन्दा छोटो त्रिज्याका बीचको अन्तर ४४ किलोमिटर छ जसको अर्थ हो— पृथ्वीको ‘सुन्तलापन’ (अर्थात् पूर्ण गोलाकारबाट विचलन) ४४÷१२७५५ अथवा ०.००३४ छ । यो एक प्रतिशतको एकतिहाइ हो ।

यसै कुरालाई अर्को तरीकाले हेरौंः कुनै पनि पूर्ण चेप्टो सतहमा कहीं पनि वक्रता शून्य प्रतिकिलोमिटर हुन्छ । पृथ्वीको सतहमा भने वक्रता औसत ०.०००१२६ प्रति माइल (अर्थात् आठ इन्च प्रति माइल) रहेको छ । सुन्तला आकारको पृथ्वीमा वक्रताको वास्तविक मान ७.९७३ इन्च प्रति माइलदेखि ८.०२७ इन्च प्रति माइलका बीचमा बदलिइरहेको हुन्छ ।
पृथ्वी पूर्ण गोलाकार छ भन्ने मान्यताबाट सुन्तला जस्तो तलमाथि थेप्चिएको गोलाकार छ भन्ने मान्यतामा पुग्न जति संशोधन (करेक्शन) को आवश्यकता पर्छ, त्यो पृथ्वी चेप्टो छ भन्ने मान्यताबाट पृथ्वी गोलो छ भन्ने मान्यतामा पुग्न आवश्यक संशोधनको तुलनामा अत्यन्तै कम छ । अर्थात्, यथार्थमा त पृथ्वी पूर्ण गोलाकार छ भन्ने मान्यता गलत नै हो, तर यो त्यति गलत चाहिं होइन– जति पृथ्वी चेप्टो छ भन्ने मान्यता ।

अझ् विशुद्धता खोज्ने हो भने भन्नुपर्ने हुन्छ— पृथ्वी सुन्तला जस्तो आकारको छ भन्ने धारणा पनि सही होइन । सन् १९५८ मा भ्यानगार्ड–१ उपग्रह पृथ्वीको कक्षमा स्थापित गरिएको थियो । यस उपग्रहले पृथ्वीको स्थानीय गुरुत्वाकर्षणका साथै त्यसका आधारमा पृथ्वीको वास्तविक आकृतिको मापन अभूतपूर्व रूपले सटीक तवरमा गर्न सक्थ्यो । त्यसबाट के थाहा पाइयो भने पृथ्वीको भूमध्यरेखीय उक्साइ उत्तरको तुलनामा दक्षिणतिर अलिकति बढी छ । साथै के पनि पत्ता लाग्यो भने उत्तरी ध्रुवको समुद्र सतहभन्दा दक्षिणी ध्रुवको समुद्र सतह पृथ्वीको केन्द्रको अलिक बढी नजिक छ ।

यसलाई बयान गर्ने÷बुझउने एउटा सजिलो तरीका ‘पृथ्वी नास्पाती जस्तो छ’ भन्नु हो । अनि मान्छेहरूलाई लाग्न थाल्यो, पृथ्वी पूर्णतः गोलाकार पिण्ड नभएर अन्तरिक्षमा अडिएको एउटा रसिलो नास्पाती हो ! वास्तविकता चाहिं के हो भने ‘सुन्तलाजस्तो डल्लो’ र ‘नास्पातीजस्तो डल्लो’ का बीचको यो अन्तर किलोमिटरमा होइन मिटरमा रहेको छ । यसका कारण पृथ्वीको सतहको वक्रतामा पर्ने फरक प्रति माइल एक इन्चको दश लाख भागको एक भाग बराबर छ ।

कुराको चुरो के भने अंग्रेजी साहित्यका यी तन्नेरी विशेषज्ञ कुनै पनि कुरो ‘पूरापूर सही वा पूरापूर गलत’ मात्र हुन्छ भन्ने काल्पनिक दुनियाँका बासिन्दा हुन् । उनलाई लाग्दो होला— आजसम्मका सारा सिद्धान्त गलत साबित हुँदै आएकाले पृथ्वी गोलाकार छ भन्ने आजको सिद्धान्त पनि भविष्यमा गलत साबित हुने पक्का छ र शायद आउँदो शताब्दीमा पृथ्वीलाई घनाकार, त्यसपछिको शताब्दीमा खोक्रो चारकुने र अझ् अगाडिको समयमा सेलरोटी जस्तो आकार–प्रकारको मानिने छ ।

वास्तवमा, हुन्छ चाहिं के भने कुनै राम्रो अवधारणा फेला परेपछि वैज्ञानिकहरू त्यसलाई निरन्तर परिष्कृत गर्दै अगाडि बढ्छन् र झ्न् झ्न् बढी सूक्ष्मताका साथ लागू गर्दै जान्छन् । यो काम मापनका यन्त्रहरू परिष्कृत हुँदै जाँदा सम्भव भएको हुन्छ । सिद्धान्त गलत होइन, बरु अपूर्ण हुन्छन् ।

भूकेन्द्री–सूर्यकेन्द्री मोडल
यो कुरा पृथ्वीको आकार निर्धारणका सम्बन्धमा मात्र होइन, कैयौं अन्य मामिलामा पनि लागू हुन्छ । कुनै नयाँ सिद्धान्त ‘क्रान्तिकारी’ लागे पनि त्यो पहिलेका सिद्धान्तमा भएका स–साना परिष्कारकै कारण सामुन्ने आएको हुन्छ । यस्तो नहुने भए पुराना सिद्धान्त धेरै दिन टिक्नै सक्ने थिएनन् ।

कोपर्निकसले पृथ्वी–केन्द्रित सौरमण्डलको सिद्धान्तलाई छोडेर सूर्य–केन्द्रित सौरमण्डलको सिद्धान्त अपनाएका थिए । त्यसवेला उनी प्रत्यक्ष देखिने कुरा छोडेर त्यस्तो कुरा अपनाइरहेका थिए जुन सरासर हास्यास्पद लाग्थ्यो । जे होस्, उनी आकाशमा ग्रहहरूको गति र त्यसको गणनालाई थप परिष्कृत बनाउने ध्याउन्नमा थिए । र, अन्ततः पृथ्वी–केन्द्रित सौरमण्डलको सिद्धान्त त्यहाँभन्दा अगाडि बढ्न सकेन । त्यो सिद्धान्त त्यति लामो समयसम्म किन टिकिरहेको थियो त भन्दा त्यसवेलाका मापनका मापदण्ड अन्तर्गत त्यसले निकै राम्रा नतीजा दिने गरेको थियो

एउटा उदाहरण हेरौं । पृथ्वीका भौगोलिक संरचनाहरू असाध्यै मन्द गतिमा बदलिने गर्छन् र यहाँका जीवजन्तु (मानव सहित) पनि उत्तिकै मन्द गतिमा विकसित हुने गर्छन् । यस्तो अवस्थामा, शुरू–शुरूमा पृथ्वी र यहाँको जीवनमा कुनै परिवर्तन हुने गर्दैन; दुवै कुरा अहिले जस्ता छन् शुरूदेखि नै यस्तै थिए भन्ने मान्यता कायम हुनु ठीकै थियो । तर यो मान्यता सही हुँदो हो त पृथ्वी र यहाँको जीवन अरबौं वर्ष पुराना हुन् अथवा हजारौं वर्ष पुराना हुन् भन्ने कुराले कुनै फरक पर्दैनथ्यो । अरबौं वर्षको कुरा बुझनुभन्दा हजारौं वर्षको कुरा बुझनु बढी सजिलो पनि हुन्थ्यो ।

तर, सावधानीपूर्वक गरिएका अवलोकनहरूले जब पृथ्वी र यहाँको जीवन अत्यन्त मन्द गतिमा बदलिइरहेका हुन्छन् भन्ने देखाए, त्यसवेला पृथ्वी र जीवन दुवै अत्यन्त प्राचीन हुनुपर्छ भन्ने स्पष्ट हुन पुग्यो । अनि आधुनिक भूविज्ञान (जियोलोजी) को जन्म भयो र साथसाथै जैविक विकासको धारणा पनि अस्तित्वमा आयो ।

पृथ्वी र जीवनको परिवर्तनको गति तीव्र हुँदो हो त भूविज्ञान र जैविक विकासको धारणा प्राचीनकालमै आजको स्वरुपमा पुगिसकेका हुन्थे । तैपनि, ‘सृष्टिवादी’ हरू आज पनि आफ्ना कपोल–कल्पनाहरूको डम्फू उत्तिकै जोडतोडले बजाइरहेकै छन् । यो किन सम्भव भएको छ त भन्दा ‘अचर विश्व’ मा हुने परिवर्तनको गति र ‘विकासशील विश्व’ मा हुने परिवर्तनको गतिका बीच जुन अन्तर छ त्यो ‘शून्य’ र ‘लगभग शून्य’ को बीचमा छ ।

सिद्धान्तहरू निरन्तर परिष्कृत हुँदै जान्छन् । यो कुरा अति प्राचीन सिद्धान्तमा पनि लागू हुन्छ र आधुनिक सिद्धान्तमा पनि । तिनमा पनि प्रगतिको गुन्जाइस थियो र यिनमा पनि छ । तर, समय अघि बढ्दै जाँदा सिद्धान्तहरूमा परिष्कारको परिमाण कमभन्दा–कम हुँदै जान्छ । र, प्रत्येक नयाँ परिष्कारले पहिले गरिएका परिष्कारको सफाया गर्दैन । उदाहरणका लागि, यूनानी विद्वानहरूले पृथ्वीको गोलाइमा ध्यान नदिइकनै अक्षांश र देशान्तरको धारणा प्रस्तुत गरेका थिए र भूमध्यसागर क्षेत्रका सटीक नक्शा बनाएका थिए । हामी आज पनि अक्षांश र देशान्तरको प्रयोग गर्छौं । यसैगरी, ग्रहका गतिहरूमा नियमितता हुन्छ र त्यसको पूर्वानुमान गर्न सकिन्छ भन्ने सिद्धान्त, शायद सबैभन्दा पहिले, सुमेरवासीहरूले स्थापित गरेका थिए । उनीहरूले पूर्वानुमानका पद्धति समेत विकसित गरेका थिए, यद्यपि पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो भन्ने तिनको मान्यता थियो । तिनका ‘माप’ हरूमा प्रशस्त सुधार भएका छन्, तर ग्रहहरूको गति र तिनको पूर्वानुमान सम्बन्धी सिद्धान्त आज पनि त्यही हो ।

स्पष्ट छ, आज हामीसँग जे सिद्धान्त छन्— मलाई चिठी लेख्ने अंग्रेजी साहित्यका तन्नेरी विशेषज्ञको सरलीकृत बुझइमा तिनलाई ‘गलत’ मान्न सकिन्छ, तर बढी सटीक र परिष्कृत अर्थमा तिनलाई केवल ‘अपूर्ण’ मान्नुपर्ने हुन्छ । 

विज्ञान–कथालाई नवीन उँचाइमा लैजाने आइज्याक इसिमोभले सयभन्दा बढी पुस्तक लेखेका छन् ।
‘शैक्षणिक सन्दर्भ’ पूर्णाङ्क ८४ बाट साभार
भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/