बाल कला–३

by • • साभारComments (0)452

Print Friendly, PDF & Email

घ. उचित सल्लाह प्रदान गर्ने

उक्त (माथि) लेखिए बमोजिम बालक आफ्नो अनुभव चित्रित गर्न अघि सर्छ । आफ्नो कल्पना बमोजिम सिलसिलेवार मिलाउँदै प्रकाशमा ल्याउँदै गर्दा बीच बीचमा (उसको) कलम या ब्रुस रोकिन जान्छ र अब यसपछि के गर्ने भन्ने अवस्थामा पुग्न जान्छ । यस्तो अवस्था बालकको विकासको निमित्त धेरै बेस छ । कारण यसो गर्दा बालक आफ्नो खुट्टामा आफैं खडा हुने बानी बसाल्न सक्ने हुन्छ, विचार गर्ने शक्तिलाई बढाई दिन्छ । यस वेला शिक्षकले बालकलाई केवल सल्लाह दिनु उचित छ, तर बालकको सट्टामा आफूले विचार गर्ने, भाव प्रकाश गर्ने गर्नु ठीक छैन । स्वावलम्बीमै आत्मभाव प्रकाश गर्ने बानी हरेक बालकले बसाल्नै पर्छ । नत्र भने इच्छा मुताविकको प्रगति हुने कुनै सम्भावना तथा आश पनि छैन ।
बालकलाई आत्मभाव प्रकाशनको बाटोमा स्वावलम्बी बनाउने प्रयासमा शिक्षकको पनि ठूलो जिम्मेवारी छ । उनले यो कुराको पूरा विचार पु¥याउनुपर्छ कि उचित सल्लाहको कमीले गर्दा बालकले आत्मभाव प्रकाश गर्ने काममा निष्फल भएको छैन । शिक्षकले व्यक्तिगत तरीकाबाट हरेक बालकले आफ्नो काम विना रोकावट गरिरहेछ या छैन भन्ने कुरा बराबर चेक गर्दै जानु आवश्यक छ । यदि कुनै बालक अलमलिरहेछ र काम नगरी चूपचाप विचार गर्न लागेको छ भने त्यसवेला शिक्षकले त्यो बालकप्रति व्यक्तिगत तरीकाबाट ध्यान पु¥याउनुपर्छ । शिक्षकले बालकले कल्पना गरेको विषय र सम्बन्धित मुख्य पात्रहरूको बारे छलफल गर्दा बालकमा भाव प्रकाश गर्ने कुरा स्फुरण हुन थाल्छ । अनि बालकले चित्रण गर्ने काम शुरू गर्छ ।

कुनै अवस्थामा बालकले चित्र लेख्न शुरू गरिसकेको हुन्छ । साधारण रूप रेखा अंकित गरिसक्छ; तर यसवेला यसभन्दा अघि जान अलमल गरी रहन्छ । अनि सहायताको निमित्त शिक्षक त्यस स्थानमा पुग्नुपर्छ । बालक कुन अवस्थामा पुगिरहेछ, कुन कुराको कमी उसमा भइरहेछ, किन ऊ त्यसभन्दा अघि जान नसकेको हो सो सबै कुराको पूरा अनुसन्धान गर्नुपर्छ । त्यसपछि मात्र सम्बन्धित प्रश्नहरू सोधपुछ गर्नुपर्छ । केही बेरको वादविवादले बालकमा त्यसभन्दा अघि बढ्ने कुराको स्फुरण हुन सक्छ र आफ्नो काममा अघि बढेर जान्छ । उदाहरणको निम्ति कुनै बालकले आगलागीको घटनाको अनुभवको चित्रण गर्दा, आगलागीको स्थानसम्म देखाई टक्क रोकिन गयो । अब यस अवस्थामा बालकसँग, ‘केले आगो निभायो ?’ ‘आगो कसले निभायो ?’ ‘तिमी कहाँ बसेर हेरिरहेका थियौ ?’ ‘के तिमीलाई डर लागेर आयो ?’ इत्यादि प्रश्नको पूरा छलफल भएमा उसमा अब के गर्ने भन्ने कुरा स्वतः बोध हुँदै जान्छ ।

कुनै कुनै अवस्थामा बालक आफूले बनाएका चित्रहरूबाट सन्तुष्ट हुँदैन; आफ्नो कमजोरीमा खिन्न हुन्छ । बारम्बार अघि बढ्ने चेष्टा पनि गरिरहन्छ । यस वेला बालकलाई चित्रित गर्न चाहेको वस्तुसँग खेल्ने, त्यो वस्तुलाई हेर्ने, त्यो वस्तुको हरेक स्थिति अध्ययन गर्ने मौका दिनुपर्छ । उदाहरणको निमित्त बालकले एउटा खेलिरहेको कुकुरको चित्र रंगाउन चाहेर आफूले बनाएको चित्रबाट सन्तोष मिल्न सकेन भने त्यो बालकले वास्तविक कुकुरसँग खेल्ने, हेर्ने, छुने इत्यादि मौका पाएमा उसको चित्र राम्रो हुँदै जान धेरै सम्भव छ ।
यदि कुनै बालकले सर्कसमा देखाइएको हात्ती चित्रण गर्न चाहन्छ तर अब त्यो सर्कसवाला शहर छाडेर गैसकेको छ भने यस अवस्थामा हात्ती सम्बन्धी स्लाइड, फिल्म, तस्वीर, तयारी नमूना इत्यादि देखाई त्यसबारे छलफल गर्नुपर्छ । तर कुनै अवस्थामा पनि नक्कल गर्न दिनुहुँदैन । जब बालक चित्र लेख्न थाल्छ त्यसवेला स्लाइड, तस्वीर सबै बालकबाट अलग गराउनुपर्छ । बालकलाई अरूले बनाएको चित्रको नक्कल गर्न दिने होइन । उसले आफ्नो जिन्दगीमा घटेको अनुभवलाई नै चित्रित गर्ने मौका प्रदान गर्नुपर्छ ।

स्वभावतः बालक चित्र लेखन मन पराउँछ, तर बराबर मुश्किलको सामना पनि गर्दै रहन्छ । यसकारण उसलाई ढाडस दिनको लागि पनि उचित सल्लाह दिंदै जानुपर्छ । बालकले धेरै सानो आकारमा चित्र लेख्न लागेमा शिक्षकले राम्ररी सम्झउनुपर्छ । वर्गको हरेक बालकले एक दोस्रोको अनुभव बारे जानकारी राख्न मन पराउँछ । यसकारण हरेक बालकले ठूलो आकारको चित्रबाट आफ्नो अनुभवको बयान दिनु बेस हो । यस्तो अवस्थामा बालकलाई ठूलो एकइञ्च चौडा भएको ब्रुस दिंदा पनि समस्या समाधान हुन्छ ।

कहिलेकाहीं रंगको प्रयोग आकारको सीमित अनुभवको फलस्वरुप बालकले लेखेको चित्र एक दोस्रोसँग छुट्याउन मुश्किल पर्छ । यस्तो अवस्थामा शिक्षकले चतुरतापूर्वक त्यस्तै समस्या सुल्झइराखेको अरू बालकहरूले लेखेको चित्र अथवा अरू त्यस क्षेत्रमा पूरा पोख्त भएको मानिसहरूले लेखेको चित्र देखाई दिनुपर्छ । बालकलाई गाह्रो परेको समस्या ती चित्रहरूमा कसरी समाधान गराइराखेको छ, त्यो कुरो राम्ररी बोध गराइदिनुपर्छ । यस वेला बालकले बडो ध्यानपूर्वक ती चित्रहरूको मनन गर्छ, कारण त्यो बालकको आफ्नो निजी समस्या हो । यस्तो किसिमको समस्या साधनमा बालक धेरै रुचाउँछन् ।

शिक्षकले चित्र लेख्ने सामानको प्रयोगमा पनि बालकलाई धेरै किसिमको सल्लाह दिनुपर्छ । बालकलाई नयाँ नयाँ सामानको प्रयोगबाट सृजना गर्ने, चित्र लेख्ने पूरा स्वतन्त्रता प्रदान गर्नुपर्छ । शिक्षकले हरेक रंगको निम्ति एक एक ब्रुस प्रयोग गर्नुपर्छ । एक रंग केही सुकिसकेपछि मात्र अर्को रंग प्रयोग गर्नुपर्छ । ब्रुस रंगको बट्टामा धेरै गहिरो गरी गाड्नु हुँदैन, इत्यादि सामान्य नियमहरू राम्ररी बुझई दिनुपर्छ ।

शिक्षकले चित्र लेख्ने काममा बालकलाई सल्लाह दिंदा यी कुराहरूको पूरा याद राख्नुपर्छः

क)    बालकलाई आफ्नो भाव प्रकट गर्न सल्लाह दिइन्छ ।
ख)    बालकलाई आफूले चाहेको तरीकासँग भाव प्रकट गर्न सल्लाह दिइन्छ ।
यसरी यो कुरा प्रष्ट हुन्छ कि शिक्षकले कुनै हालतमा पनि आफ्नो व्यक्तिगत विचारधारा बालकलाई दिने प्रयास गर्नु ठीक छैन । यस्तै किसिमसँग शिक्षकले आफूले इच्छा गरे मुताविकको तरीकाबाट चित्र बनाउनमा बालकलाई प्रभावित पार्न खोज्नु पनि ठीक छैन । बालक कुनै मशीन होइन । उसको आफ्नै व्यक्तित्व हुन्छ, आफ्नै विवेक, विचार र बुद्धिसमेत हुन्छ । यस उसले बालकमा रहेको व्यक्तित्वमा धक्का पर्ने गरी शिक्षकले कुनै कुरो पनि सिद्धान्तको रूपमा दिनु ठीक पर्दैन । शिक्षकको प्रथम कर्तव्य हो बालकमा रहेको व्यक्तित्वको पूर्ण विकास गराउने ।

ङ. तयारी चित्र तथा सामान
बालकले तयार गरेका सामान तथा चित्रलाई शिक्षकले प्रेमपूर्वक अपनाई दिनुपर्छ । बालकको कामलाई सह्रानी गर्नुपर्छ । चित्रहरूलाई क्लासको भित्ता, लाइब्रेरी, प्रदर्शनी इत्यादि स्थानमा राम्रोसँग प्रदर्शन गराई दिनुपर्छ । बालकको काममा कुनै किसिमको मार्क अथवा ग्रेड दिनु मनासिव छैन । यो कुराको सम्झ्ना राख्नुपर्छ कि कलाकृतिको ठीक ठीक माप निकाल्ने कुनै मापदण्ड पनि छैन । यस उसले एक बालकको काम अर्काको सँग तुलना गरी एक दोस्रोमा प्रतिद्वन्द्वभाव निकाल्नु पनि उचित देखिंदैन । यस सम्बन्धमा शिक्षकले निम्नलिखित कुराको पूरा विचार पु¥याउनुपर्छः
क)    के यो काम बालक आफैंले गरेको हो ?
ख)    के शिक्षकले यो काम गर्दा आफ्नो पूर्ण शक्तिको प्रयोग गरेको छ ?
ग)    के बालकलाई यो काम गर्दा चाहिने सामान दिइएको थियो ? इत्यादि ।

४. शिक्षकले विचार राख्नुपर्ने कुरा
शिक्षकले यो कुराको पूरा याद राख्नुपर्छ कि हरेक काममा ल अफ इन्डिभिजुअल डिफरेन्सेज ९बिध या ष्लमष्खष्मगब िमषाभचभलअभ० विभिन्नताको कानून लागू भएको हुन्छ । यो कानून मुताविक बालकले आफ्नो व्यक्तिगत जिन्दगी सम्बन्धी घटनाहरूलाई आफ्नो तरीकामा प्रकाश गर्न अथवा चित्रण गर्न खोज्छ । यसो गर्दा शिक्षकको मनमा उठेको विचारधारासँग मिल्न सक्छ । किनभने बालकले शिक्षकले भने बमोजिम मात्र चित्रण गर्ने होइन । बल्कि आफ्नो अनुभव आफ्नै तरीकामा चित्रण गर्ने हो । यस उसले शिक्षकले बालकको कामलाई मान्यता दिनुपर्छ । उसले बालक माथि आफ्नो विचारधारा ठोस्ने प्रयत्न गर्न मनाही छ । यदि बालकले बनाएको आकाशको चित्रले जमीन छोएन भने यसमा दोष देखाउनुभन्दा पहिले के कारणले त्यो बालकले यस्तो चित्र तयार गरेको हो भन्ने कुरामा विचार पु¥याउनुपर्छ ।

माथि बयान गरिएको रुल बमोजिम शिक्षकले बालकलाई आफ्नो नमूना या प्याट्रन ९उबततभचल० दिएर त्यसको चित्रण गर्न दिन मनासिव छैन । मानिस, जनावर, चराचुरुङ्गी, खेलौना इत्यादिको चित्र लेख्नलाई चतुर्भुज, अण्डाकार, त्रिकोण इत्यादिको आकार पहिले तयार गर्ने काम विकसित भैसकेको पाको मानिसको निम्ति तयार गरेको तरीका हो । यो कुरा सही हो कि बालकले यो साँचोमा चित्रण गर्दैन; बालकको चित्रण गर्ने आफ्नै तरीका छ । कुनै हालतमा पनि बालकलाई दक्षतामा निपुण बनाउने अभिप्रायले चित्र लेख्नमा अभ्यास या एक्सरसाइज गराउनु हुँदैन । बालकको दक्षता उनको भाव प्रकट गर्ने शक्तिको साथसाथमा बढेको हुनुपर्छ न कि दक्षता एक्लै अघि बढाउने प्रयास गर्ने । मानिसको अनुहार लेख्ने, रूख, जनावर इत्यादिको चित्रण गर्ने काम बालकलाई अभ्यासको रूपमा दिन मनाही छ । कारण यी चिजहरूको चित्रण गर्ने काम क्यामेराबाट पनि सम्भव छ । यसैगरी पर्सपेक्टिभ ९उभचकउभअतष्खभ० को रुल सिक्ने सिकाउने अभिप्रायले सडकमा भएको टेलिफोनको लठ्ठा, क्रेयन बाकलको चित्र लेख्ने लेखाउने अभ्यास गराउनु पनि उचित होइन । वयस्क मानिसहरूको आवश्यक तथा दशैं, तिहार, नागपञ्चमी, गाईजात्रा इत्यादिको निम्ति वयस्क विचारधाराको वयस्क तरीकासँग चित्रण गर्ने अभ्यास गर्न दिनुहुँदैन । यी वर्ष तिहारको बारे बालक आफ्नै तरीकासँग आत्मभाव प्रकट गर्ने प्रयासमा लागेको हुन्छ । यसो गर्दा बालकको सोच्ने विचार गर्ने शक्ति संकुचित हुन्छ र विकास हुन पाउँदैन । यसले गर्दा बालकको कल्पना शक्तिमा पनि धक्का पुग्न जान्छ । फलस्वरुप बालक मानिससरह हुन जाने धेरै सम्भावना देखिन्छ । अतः नक्कल गर्ने, ट्रेस गर्ने, वयस्क चित्रलाई रङ्गीन गर्ने इत्यादि काम गर्ने बानी बालकलाई बसाल्न दिनु ठीक छैन । यी कामहरू आत्मविकासको निमित्त अत्यन्त हानिकारक छ भन्ने कुरो दिग्गज शिक्षाशास्त्रीहरूले एकस्वरले प्रकट गरिसकेका छन् । यसकारणले उक्त लेखिएको कामको शिक्षा पद्धतिमा कुनै स्थान छैन । शिक्षा विकास तथा बालविकासलाई दृष्टिकोणमा राखेर यस्तो कामलाई होशियारीका साथ बुद्धिमानीपूर्वक बहिष्कार गर्नुपर्छ, नत्रभने, धोका हुने धेरै सम्भव छ ।

सारांशमा शिक्षकले खास सामान, चित्र तयार गर्ने काममा बालकको उत्साहलाई बाधा पु¥याउने किसिमसँग हस्तक्षेप गर्नुहुँदैन । शिक्षकको मुख्य काम यति नै हुन जान्छ कि बालकले प्रकट गर्न खोजेको विचारधारा समाजले ग्रहण गर्न सक्ने हो या होइन । बाँकी सबै काम जस्तै चित्रण गर्ने विषय बालकको आफ्नो विचारधारा बमोजिम नै गर्न दिन बेस छ । यसरी शिक्षकले खास तरीकासँग सल्लाह दिएर बालकको स्वेच्छा मुताविक आत्मभाव प्रकाशन गर्न दिएमा सुन्दर चित्र तयार हुन्छ । यति मात्र पनि होइन उक्त तरीका अक्षरशः युक्तियुक्त तरीकासँग अपनाउन सकेमा बाल शिक्षाको वैज्ञानिक ज्ञान बस्न जान्छ । अतः समय पाएर बालकमा रहेको शक्ति, योग्यताको पूरापूर परिचय समेत पाउन सकिन्छ । अनि बालकको सफलताको साथ साथ राष्ट्रको सफलताको पनि दावा गर्न सक्ने हुन्छौं । 

(प्रस्तुत अंश प्रा. दीर्घमान श्रेष्ठले कलेज अफ एजुकेसनको कला–कौशल (आर्टस् एण्ड क्राफ्ट) विभाग प्रमुख हुँदा २०१५ सालमा लेखी छपाएको ‘बाल कला कौशल किरण’ नामक पुस्तकबाट साभार गरिएको हो । ३६ पृष्ठको उक्त पुस्तकको बाँकी अंश क्रमशः प्रकाशित गरिनेछ – सम्पादक)

सौजन्यः दीपक अर्याल÷मदन पुरस्कार पुस्तकालय

Related Posts

/*sign up form*/