मैले नबुझेका कुरा

by • • जिज्ञासा जवाफComments (0)407

Print Friendly, PDF & Email
सबै हरिया बिरुवाले प्रकाश संश्लेषण प्रक्रिया ९उजयतय कथलतजभकष्क० मा स्टार्च नै बनाउँछन् । तर हरिया सागपात, तरकारी–बाली र फलपूmल आदि भिटामिनका स्रोत; केराउ, चना, सिमी, भटमास र दालबालीहरू प्रोटिनका स्रोत अनि धान, गहुँ, जौ, कोदो आदि स्टार्च या कार्वोहाइडे«टका स्रोत कसरी हुन पुगे ? यदि कोष ९अभिि० मा भएको चष्दकयmभ ले प्रोटिन संश्लेषण गर्ने भए हरिया सागपातको कोषमा पनि चष्दकयmभ  हुन्छ नि ! होइन र ?

रामएकवाल यादव
मावि भोइल, टिमकिया, महोत्तरी

हरिया बिरुवा सबैले एजयतयकथलतजभकष्क गर्दा कार्वोहाइडे«ट बनाउने हो । बोटबिरुवा वा सबै प्राणीमा प्रोटिन संश्लेषण गर्ने प्रणाली पनि हुन्छ । कुरा यति हो कि कार्वाेहाइड्रेट संश्लेषण क्लोरोफिलको मद्दतले र प्रोटिन संश्लेषण राइवोसोमको मद्दतले हुन्छ । हामीले बिरुवाका फरक–फरक अंग फरक–फरक समयमा फरक तरिकाले उपभोग गर्छौं । त्यसैले अंगहरू फरक–फरक स्रोत भएका हुन् । बिरुवामा कार्वाेहाइड्रेट, भिटामिन र प्रोटिनको संश्लेषण फरक–फरक प्रक्रियाबाट हुन्छ र ती फरक–फरक स्थानमा भण्डारण हुन्छन् ।

धान, गहुँ, मकै जस्ता अन्नमा कार्वाेहाइडे«ट र प्रोटिन दुवै पाइन्छ । तर कार्वाेहाइडे«ट बढी पाइने भएकोले तिनलाई कार्वोहाइडे«टका स्रोत भन्छौं । हरिया सागपात बिरुवाका शरीर हुन् । त्यसैले ती माटोबाट सोसेका सबै खनिज र निर्माण गरेका भिटामिनका स्रोत हुने भए । गेडागुडीमा इम्व्रियो (दिउल) हुने भएकाले प्रोटिन बढी मात्रामा हुन्छ । त्यसैले बीउ प्रोटिनका स्रोत बन्न पुगे । फलफूल कार्वाेहाइडे«ट र भिटामिनयुक्त कोषले बनेका हुन्छन् । तिनले आफूमा उम्रनुपर्ने नयाँ बिरुवालाई खुवाउने घुलनशील तत्वहरू संकलन गरेका हुन्छन् । बिरुवाका सबै भागमा धेरथोर सबै प्रकारका पौष्टिक तत्वहरू पाइन्छन । परिमाण मात्र फरक हो । जुन भागमा जे बढी पाइन्छ; त्यसैलाई हामीले त्यसको स्रोत भन्ने गरेका मात्र हौं ।

गौरीशंकर पाण्डे, प्राविधिक अधिकृत
शैक्षिक जनशक्ति विकास केन्द्र

योग्यताको कदर भएन
चितवनमा अनुमतिका आधारमा माध्यमिक तह सञ्चालन हुँदै आएकामध्ये तीन वटा विद्यालयमा दरबन्दी मिलान अन्तर्गत एक–एक जना माध्यमिक दरबन्दीका शिक्षक थपिएका छन् । नियमानुसार माध्यमिक दरबन्दी भएको विद्यालयमा सोही तहकै शिक्षक प्रअ हुनुपर्ने हो । तर, स्थायी माध्यमिक शिक्षक आइसकेपछि पनि मावि गवै कुमरोज, मावि मालपुर र मावि केरुङमा प्राथमिक तहकै शिक्षक प्रअका रूपमा कार्यरत छन् । योग्यता पुगेका शिक्षकलाई नै प्रअ बनाउन जिशिकाले किन पहल गर्दैन ?

सुवासचन्द्र मल्ल ठकुरी
मावि गवै, कुमरोज, चितवन

नियमतः माध्यमिक तहको विद्यालयमा उपलब्ध भएसम्म सोही तहकै शिक्षक प्रअ हुनुपर्ने हो । यद्यपि तुरुन्ता तुरुन्तै प्रअ परिवर्तन गर्न व्यावहारिक रूपमा कठिनाइ पर्दोरहेछ । माध्यमिक तहकै शिक्षकलाई प्रअ नियुक्तका निम्ति हामीले सम्बन्धित विद्यालय व्यवस्थापन समितिसँग अनुरोध गरिसकेका छौं । क्रमिक रूपमा यसको कार्यान्वयन गर्दै लगिनेछ ।

रमाकान्त शर्मा
जिल्ला शिक्षा अधिकारी, चितवन


प्रअको दावेदारः म कि उहाँ ?

म २०५० सालमा प्राथमिक तृतीय श्रेणीमा नियुक्ति पाई २०६२ मा द्वितीय र २०६९ मा प्रथम श्रेणीमा बढुवा भएको छु । मेरो शैक्षिक योग्यता एमएड हो । मैले १० महीने प्राथमिक शिक्षक तालीम र एकमहीने प्रअ नेतृत्व विकास तालीम पनि लिएको छु । मेरो विद्यालयमा २०७० मंसीरदेखि प्रअको पद रिक्त हुँदैछ । विव्यसले एक जना शिक्षकलाई सहायक प्रअ तोकेको छ । उहाँ प्रावि द्वितीय श्रेणी, १० महीने तालीम नभएको, शिक्षाशास्त्र पनि नपढेको र प्रअ तालीम पनि नलिएको अवस्थामा हुनुहुन्छ । उहाँको नियुक्ति २०४२ सालको हो र उहाँले बीएल उत्तीर्ण गर्नुभएको छ । विव्यसले भविष्यमा उहाँलाई नै प्रअ बनाउने तयारी गरेको देखिन्छ । वरिष्ठता र तालीमका आधारमा म आपूmलाई भावी प्रअको दावेदार ठान्छु । उहाँ र ममध्ये को चाहिं प्रअका निम्ति योग्य हो ?

ऋषिराम सापकोटा
हरिसिद्धि निमावि, धुलिखेल–२, काभ्रे

शिक्षा नियमावली, २०५९ को नियम ९३ मा निम्नमाध्यमिक विद्यालयको प्रअ हुनका निम्ति शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण गरी सोही तहको स्थायी शिक्षक हुनुपर्ने व्यवस्था छ । निम्नमाध्यमिक तहको शिक्षक नभएको विद्यालयमा कार्यरत शिक्षकहरूमध्येबाट वरिष्ठतम शिक्षकले निमित्त प्रअ तोक्नुपर्ने व्यवस्था नियमावलीमा छ । शैक्षिक योग्यता, तालीम र श्रेणीका आधारमा निमित्त प्रअका निम्ति उहाँभन्दा तपाइँ नै वरिष्ठ रहेको देखिन्छ ।

नारायणप्रसाद भट्ट
जिल्ला शिक्षा अधिकारी, काभ्रे

ट्रान्सक्रिप्ट भए पाइन्छ
मैले एसएलसी उत्तीर्ण गरेपछि १० महीने शिक्षक तालीम पूरा गरें । साथै एकवर्षे विशेष कक्षा पनि उत्तीर्ण गरेको छु । यो आधारमा मैले शिक्षा सेवाको प्राविधिक सहायक र निमावि तहको शिक्षकमा आवेदन दिन पाउँछु कि पाउँदिन ?

सुरेन्द्र पाण्डे
पर्सा देवाड–४, महोत्तरी

निम्नमाध्यमिक तहको शिक्षकमा आवेदन दिनको निम्ति शिक्षाशास्त्रमा कक्षा १२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । सो तहको परीक्षा उत्तीर्ण गरेको स्पष्ट खुल्ने ट्रान्सक्रिप्ट भएमा आवेदन दिन पाइन्छ । प्राविधिक सहायकको परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्छ । सो पदका लागि लोक सेवाले पनि उही ट्रान्सक्रिप्ट नै खोज्छ ।

नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

यस्तो लापरवाही किन ?
शैक्षिक सत्र, २०७० को निम्ति अक्सफोर्ड इन्टरनेशनल प्रालि, अनामनगरले छपाइ गरेको कक्षा–४ को विज्ञान पाठ्यपुस्तकमा ‘ठीक चिन्ह लगाउ’ भन्ने ठाउँमा (३) र ‘बेठिक चिन्ह लगाउ’ भन्ने ठाउँमा (५) चिन्ह लगाउ भनेको छ । त्यस्तै गरी कक्षा–४ कै अंग्रेजी पाठ्यपुस्तकको एकाइ–१ को पेज नं. ४ मा कक्षा–२ को ऋजबलत राखिएको छ । पेज नं. ५ मा पनि कक्षा–२ कै राखिएको छ र पेज नं. ८ र ९ मा पनि कक्षा–२ कै पाठ्यवस्तु राखिएको छ । फरक कक्षाको पाठ्यपुस्तकमा समान पाठ्यवस्तु किन राखियो ? यस्तो लापरवाही किन ?

दाना केसी, सुलिचौर, रोल्पा

‘फन्ट’को समस्याका कारण ‘ठीक वा बेठीक चिन्ह लगाउ’ भन्ने कक्षा–४ (विज्ञान) को अभ्यासमा अन्यथा चित्र पर्न गएको छ । त्यसलाई आउँदो संस्करणमा सच्च्याइनेछ । अंग्रेजी पाठ्यपुस्तकमा भएको त्रुटि अक्सफोर्ड इन्टरनेशनलको हो । उसको असावधानीका कारण करीब चार हजार पाठ्यपुस्तकको छपाइमा त्यस्तो त्रुटि भएको र त्रुटिपूर्ण पाठ्यपुस्तक फिर्ता गरेर अर्को पुस्तक दिने प्रतिबद्धता जनाएको छ । यदि सट्टा पाठ्यपुस्तक नदिएको खण्डमा पाठ्यक्रम विकास केन्द्रले अक्सफोर्ड व्यवस्थापनलाई कारबाही गर्नेछ । 

गणेशप्रसाद भट्टराई, उपनिर्देशक
पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

मलाई तलब दिइएन
म २०६५ मंसीरदेखि प्राथमिक तहमा निजी स्रोतको शिक्षकका रूपमा अध्यापनरत छु । व्यवस्थापन समितिको २०६७ साउनको निर्णय अनुसार मलाई मासिक तलब रु.११ हजार ३५० दिने भनिएको थियो । तर, समितिले स्रोत अभावको कारण जनाउँदै मलाई १८ महीनादेखि तलब दिएको छैन । अब मैले मेरो तलब कसरी लिन सक्छु ? त्यसका निम्ति मैले के गर्नुपर्ला ?

मधुसूदन जोशी
बद्रीनाथ मावि, बहरीगाउँ, दार्चुला

जिशिका, दार्चुलाको दरबन्दी मिलान सम्बन्धी प्रतिवेदन हेर्दा त्यहाँका सबै विद्यालयमा प्राथमिक तहको दरबन्दी पुगेको देखिन्छ । दरबन्दी हुँदाहुँदै पनि विव्यसले किन निजी स्रोतका शिक्षकलाई नियुक्त ग¥यो ? त्यो जिशिकाको सरोकारको विषय होइन । किनभने निजी स्रोतको शिक्षक नियुक्तिमा जिशिकाले स्वीकृति दिइराख्नु पर्दैन । तपाइँको नियुक्ति प्रक्रियामा भएको सम्झैता अनुसार विव्यससँगै समन्वय गरेर तपाईंले आफ्नो समस्याको निरुपण गर्नु÷गराउनुपर्ने हुन्छ । यसमा जिशिकाले केही गर्न सक्दैन ।

दुर्गादत्त विष्ट
जिशिअ, दार्चुला

कर कट्टी कसरी गरिन्छ ?
सरकारले दम्पतीको जीवनको हकमा रु.२ लाख र एकलको हकमा रु.१ लाख ५० हजारसम्मको तलबमा आयकर छूट गरेको छ । बाँकी रहेको तलबमा १५% आयकर कट्टी गरिन्छ । त्यसमा पनि बाँकी रहेको तलबमा जीवन बीमाको वार्षिक प्रिमियम तिरेको कट्टी हुन्छ । अधिकतम कति वार्षिक प्रिमियम कट्टी गर्न सकिन्छ ? १ प्रतिशत सामाजिक सुरक्षा कर र १५ प्रतिशत आयकर सम्पूर्ण तलबमा कसरी कट्टी गरिन्छ ?

बलिकान्त चौधरी, उमावि चिलाउने–३, उदयपुर

आर्थिक अध्यादेश, २०७० ले एकल व्यक्तिको वार्षिक रु.२ लाख र दम्पतीको हकमा वार्षिक रु.२ लाख ५० हजार रुपैयाँसम्म रोजगारी आय भएमा एक प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको छ । सोभन्दा बढी आय भएमा करको दर बढ्दै जान्छ । यसको लागि निर्धारणयोग्य आय निकालेर उक्त आयमा छूट पाउने रकम घटाई जम्मा करयोग्य आय निकाल्नुपर्ने हुन्छ । सोही अध्यादेशले लगानी बीमा गरेको व्यक्तिले भुक्तानी गरेको वार्षिक प्रिमियममा रु.२० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र कर लाग्ने व्यवस्था गरेको छ । यसलाई तलको उदाहरणबाट स्पष्ट तुल्याउने प्रयास गरिएको छ ।

मानौं, कुनै एकल व्यक्तिको वार्षिक करयोग्य आय रु.२ लाख ५० हजार रहेछ र उक्त व्यक्तिले वार्षिक रु.२५ हजार बीमा प्रिमियम तिर्नुपर्ने रहेछ भने उक्त व्यक्तिले तिर्नुपर्ने वार्षिक करको हिसाब निम्नानुुसार गर्न सकिन्छः

करयोग्य आयः रु.२ लाख ५० हजार
बीमा प्रिमियम बापत घटाउन पाउने रकमः रु.२० हजार (रु.२५ हजार प्रिमियम तिरे पनि रु.२० हजारसम्म मात्र छूट पाइन्छ ।)
करयोग्य आय (कर गणनाको लागि)ः रु.२ लाख ३० हजार
रु.२ लाखमा एक प्रतिशतका दरले लाग्ने कर रकमः रु.२ हजार
बाँकी रु.३० हजारमा १५ प्रतिशतका दरले लाग्ने कर रकमः रु.४ हजार ५००
जम्मा कर रकमः रु.६ हजार ५००

चित्र केसी, लेखा अधिकृत, शिक्षा विभाग

Related Posts

/*sign up form*/