यसलाई कसरी बुझ्ने ?

by • • जिज्ञासा जवाफComments (0)560

Print Friendly, PDF & Email

हुन त अक्षरहरू सानो फन्टमा लेख्दैमा क्mबिि र ठूलो फन्टमा लेख्दैमा ऋबउष्तब िीभततभच हुने होइन । तर, पनि हामीले एक जना बच्चालाई २० फन्ट साइजको ऋबउष्तब िुब्ु लाई ‘ठूलो ए’ र ३० फन्ट साइजको क्mबिि ुबु लाई ‘सानो ए’ भनेर बताइरहँदा बच्चाले ब् र ब को संरचनागत तुलना गर्न सक्छ । हेर्दाखेरि सानो देखिने ठूलो ‘ठूलो ए’ र ठूलो देखिने ‘सानो ए’ कसरी भयो भनेर जिज्ञासा राख्नसक्छ । हामीले सानो ए, बी, सी… र ठूलो ए, बी, सी … भनेर सिक्दै÷सिकाउँदै आएका छौं । तर, यो अवस्थामा यस (ऋबउष्तब ि– ठूलो र क्mबिि – सानो) को नेपालीकरण गर्ने तरीका गलत हो वा नेपालीकरण गर्नु नै गलत हो ? यसलाई कसरी बुझने ?

पवित्रा बुढा
पृथ्वीनारायण क्याम्पस, बगर, पोखरा

यो साना बालबालिकाको भन्दा पनि वयस्क व्यक्तिले सिर्जना गरेको काल्पनिक समस्या जस्तो लाग्छ । नेपालमा अंग्रेजी भाषालाई विदेशी भाषाको रूपमा शिक्षण गरिन्छ । भाषा शिक्षणका विभिन्न सिद्धान्त र तरीका हुन्छन् । यीमध्ये जुन भाषा शिक्षण गर्ने हो त्यही नै भाषाको प्रयोग गर्ने एक तरीका हो । अंग्रेजी वर्णलाई ठूलो र सानो भनेर सिकाउँदा विद्यार्थीमा भ्रम सिर्जना हुने अवस्थामा कmबिि भिततभच तथा अबउष्तब िभिततभच भनेर चिनाउनु राम्रो हुन्छ । अथवा यिधभच अबकभ तथा गउउभच अबकभ भनेर पनि सिकाउन सकिन्छ ।

विष्णुप्रसाद पराजुली
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम

निर्देशिकामा थप्दैछौं

शिक्षा नियमावली, २०५९ को नियम–१५४ मा प्रावि, निमावि र मावि÷उमाविमा क्रमशः १०, २० र ३५ लाख रुपैयाँ वा सो बराबरको घर÷जग्गा प्रदान गर्ने व्यक्तिका नामबाट विद्यालयको नामकरण गर्न सकिने उल्लेख छ । तर, बाल विकास केन्द्रको सम्बन्धमा नियमावली मौन छ । पहिल्यै नामकरण भइसकेको बाल विकास केन्द्रको नामसँग सहयोगी, दाताको नाम जोड्न के, कस्तो प्रक्रिया अपनाउनुपर्ला ?

रामविक्रम थापा, स्रोतव्यक्ति
बालकन्या उमावि स्रोत केन्द्र, फाक्टाङ, खोटाङ

हामी अहिले बालविकास केन्द्र सञ्चालन निर्देशिका संशोधन गर्ने तयारीमा छौं । त्यसैमा केन्द्रको नाममा सहयोगी दाताको नाम जोड्नका निम्ति आवश्यक शर्त र प्रावधान थप गरिनेछ ।

कर्णबहादुर भुवाजी
उपसचिव, शिक्षा विभाग

तलबको पैसा अन्तै खर्च !

म २०६९÷०६÷२१ देखि माध्यमिक तहको ‘पीसीएफ शिक्षक’को रूपमा कार्यरत छु । त्यसअघि म निम्नमाध्यमिक तहमा पीसीएफ शिक्षक थिएँ । जिशिकाको २०६९÷०३÷२१ को पत्रानुसार हाम्रो विद्यालयलाई माध्यमिक तहको पीसीएफ अन्तर्गत रु.२,६३,७९० प्राप्त भएको थियो । त्यसैले सोही कोषबाट तलब खाने मेरो तलब मावि शिक्षक सरह रु.१८,७९० हुनुपर्ने हो । तर, मलाई विद्यालयले रु.७,२०० मात्र दिंदै आएको छ । के यसरी शिक्षकको तलबका निम्ति आएको रकम शिक्षकलाई नदिएर अन्यत्र खर्च गर्न मिल्छ ?

गोपालकुमार गोले
नारायण मावि, मादी राम्बेनी, संखुवासभा

शिक्षकको तलबका निम्ति विद्यालयले पाएको पीसीएफ अनुदान शिक्षकको तलबमा मात्रै खर्च गर्नुपर्छ । अन्य शीर्षकमा खर्च गर्न पाइँदैन । यद्यपि पीसीएफ शिक्षकको नियुक्ति र तलबको निम्ति विद्यालयले छुट्टै विनियम तयार गर्नुपर्छ । सोही विनियममा उल्लिखित शर्त र प्रावधानका आधारमा विद्यालयले शिक्षकलाई तलब दिनुपर्ने हुन्छ ।

गणेशप्रसाद पौडेल
उपनिर्देशक, शिक्षा विभाग

दुई नियममा दुई थरी कुरा !

शिक्षा नियमावलीको नियम ९५ सामुदायिक विद्यालयको शिक्षक नियुक्ति सम्बन्धमा उपनियम १ मा नियुक्ति पाएको शिक्षकले नियुक्तिपत्र बुझ्ेको मितिले १५ दिनभित्र सम्बन्धित विद्यालयमा हाजिर हुनुपर्ने व्यवस्था छ । तर, शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २५ मा चाहिं ३० दिनभित्र विद्यालयमा हाजिर नभएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सक्ने व्यवस्था उल्लेख छ । शिक्षा नियमावली र आयोग नियमावली आपसमा बाझ्एिनन् र ?

जयप्रकाश राय
नेपाल राष्ट्रिय उमावि, फत्तेपुर–४, बारा

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ कै आधारमा शिक्षकको विज्ञापनदेखि सिफारिशसम्मका सम्पूर्ण प्रक्रियाहरू सञ्चालन गर्दै आएको छ । यसर्थ, विद्यालयमा हाजिर हुने सवालमा पनि सोही नियमावलीकै व्यवस्था आकर्षित हुने देखिन्छ । अर्थात् सिफारिश भएका उम्मेदवार ३० दिनभित्र विद्यालयमा हाजिर हुन सक्छन् ।

नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

अन्तर्वार्ताको उत्तीर्णाङ्क हुँदैन

शिक्षक सेवा आयोग नियमावलीमा लिखित परीक्षा र अन्तर्वार्ताको उत्तीर्णाङ्क क्रमशः ३५ र १० अंक लेखिएको छ । अन्तर्वार्ताको कुल २५ अंकमध्ये अस्थायी शिक्षकलाई अनुभव बापत अधिकतम १२ अंक दिने व्यवस्था छ । बाँकी ३ अंक शैक्षिक योग्यता र १० अंक अन्तर्वार्ताको निम्ति छुट्याइएको छ । न्यूनतम शैक्षिक योग्यता अन्तर्गत प्रथम, द्वितीय र तृतीय श्रेणी ल्याएका उम्मेदवारले क्रमशः ३, २ र १ का दरले अंक पाउने देखिन्छ ।
उता अन्तर्वार्ताको अंक दिंदा ७० प्रतिशतभन्दा बढी र ३५ प्रतिशतभन्दा कम दिनुपर्ने भएमा त्यस्तो नम्बर दिनुपर्ने स्पष्ट कारण खुलाउनुपर्ने उल्लेख छ । यस हिसाबले कुनै उम्मेदवारलाई ७० प्रतिशत दिइयो भने उसले ७ अंक पाउँछ । यदि उसको शैक्षिक योग्यता द्वितीय वा तृतीय श्रेणी मात्रै रहेछ भने ९ अंकभन्दा बढी पुग्दै पुग्दैन । यस्तो अवस्थामा त्यस्ता उम्मेदवारहरू त आयोगको परीक्षामा असफल हुने भए नि !

कृष्ण न्यौपाने, सिमलपानी—५, अर्घाखाँची
पदमबहादुर कठायत, तिलेपाटा–३, दैलेख
लक्ष्मण शर्मा, काठमाडौं

शिक्षक सेवा आयोग नियमावलीको नियम १८ को प्रावधानप्रति तपाईंहरूको बुझइ गलत परेछ । नियम १८(२) मा प्रयोगात्मक परीक्षाको उत्तीर्णाङ्क चाहिं १० लेखिएको हो, अन्तर्वार्ताको होइन । अन्तर्वार्ताको उत्तीर्णाङ्क हुँदैन । लिखित परीक्षा र अन्तर्वार्ताको नतीजा जोड्दा उच्चतम अंक ल्याउने उम्मेदवार नै सिफारिशमा पर्नेछन् । यो प्रतियोगितामा प्रयोगात्मक परीक्षा लिने योजना आयोगले बनाएको छैन ।

नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

अपुरो विषयवस्तु किन ?

कक्षा–३
विषयः विज्ञान, स्वास्थ्य तथा शारीरिक   
‘रोगको रोकथाम र उपचार’ भन्ने पाठमा लेखिएको छ, ‘हामीले खोप लिन ढिलाइ गर्नुहुँदैन । बीसीजी र दादुरा खोप एक–एक पटक मात्र लिइन्छ भने पोलियो र डीपीटी तीन पटक र टीटी पाँच पटक    लिनुपर्छ, यस्ता खोप स्वास्थ्य संस्थाहरूमा दिइन्छ ।’ यस्ता खोप कहिले र कुन अवस्थामा दिने ? कुन उमेरमा दिने ? भन्ने कुरा पाठमा उल्लेख छैन । यस्तो अपुरो विषयवस्तुले शिक्षक–विद्यार्थीलाई भ्रममा पार्दैन र ?

रमेशकुमार भट्टराई
जाल्पा प्रावि, दियाले–३, ओखलढुङ्गा

कक्षा–३ मा पढ्ने बालबालिकाको उमेर सामान्यतया ८–९ वर्षको हुन्छ । यो उमेरका बालबालिकाले रोगसँग सम्बन्धित प्राविधिक कुरालाई ग्रहण गर्ने क्षमता कमजोर हुन्छ । खोप कहिले र कुन अवस्थामा दिने भन्ने जस्ता विषयवस्तुलाई उनीहरूले बुझन सक्दैनन् । त्यसैले खोपसँग सम्बन्धित सामान्य विषयवस्तुलाई मात्रै पाठ्यपुस्तकमा राखिएको हो । बीसीजी, दादुरा, पोलियो र डीपीटी खोपका विस्तृत जानकारी माथिल्लो कक्षाका पाठ्यपुस्तकमा क्रमशः समेट्दै लगिएको छ ।

डा.बालकृष्ण रञ्जित
उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र

यसको कार्यान्वयन कहिले ?

शिक्षा मन्त्रालय, नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चबीच २ चैत २०६८ मा भएको सहमतिको एउटा बुँदामा ‘हाल कायम श्रेणीगत पदोन्नति प्रणालीलाई तहगत प्रणालीमा बदलिनेछ’ भन्ने वाक्यांश उल्लेख छ । यो के भन्न खोजिएको हो ? यसको कार्यान्वयन कहिले हुन्छ ?

जगन्नाथ भुर्तेल
देउराली निमावि, हुवास भुर्तेलथोक, पर्वत

विद्यमान कानूनी प्रावधान अनुसार कुनै तहमा कार्यरत स्थायी शिक्षक सोही तहको तृतीयबाट द्वितीय र द्वितीयबाट प्रथम श्रेणीमा मात्रै बढुवा हुन पाउँछन् । माथिल्लो तहका निम्ति योग्यता पुगेको शिक्षकलाई प्राथमिकबाट निम्नमाध्यमिक र निम्नमाध्यमिकबाट माध्यमिक तहमा बढुवा हुनसक्ने प्रावधान थप्ने गरी उक्त सम्झैता भएको थियो । तर, त्यसका निम्ति शिक्षा ऐन संशोधन गर्नुपर्ने हुन्छ । ऐन संशोधन नभएसम्म यसको कार्यान्वयन हुन सक्दैन ।

डा.रोजनाथ पाण्डे
उपसचिव, शिक्षा मन्त्रालय

 

उपचार खर्च कति ?

समयबद्ध बढुवा पद्धतिबाट प्राथमिक द्वितीय श्रेणीमा पुगेको कुनै शिक्षकले अनिवार्य अवकाशपछि कति महीना बराबरको रकम औषधि उपचार खर्च बापत पाउँछ ?

रामएकवाल यादव
मावि भोइल, टिमकिया, महोत्तरी

समयबद्ध बढुवाबाट प्राथमिक द्वितीय श्रेणीमा पुगेको शिक्षकले शिक्षा नियमावली, २०५९ को नियम १२२(२) को व्यवस्था बमोजिम निम्नमाध्यमिक तहको शुरू तलब स्केल पाउने भएकाले तपाईंले १८ महीनाको तलब बराबरको उपचार खर्च सेवा अवधिका आधारमा पाउनुहुनेछ । (हे. शिक्षा नियमावलीको नियम १२२)

मोतीलाल महतारा
शाखा अधिकृत, विद्यालय शिक्षक किताबखाना

विगतमा नेपालको भौगोलिक क्षेत्रफल हिमाल (१५%), पहाड (६८%) र तराई (१७%) भनिंदै र लेखिंदै आइए पनि यताका वर्षमा उक्त आँकडा फेरिएको देखिन्छ । जस्तै, कक्षा–१० को स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको पाठ्यपुस्तकमा केन्द्रीय तथ्याङ्क विभागको आँकडा उद्धृत गर्दै हिमाल, पहाड र तराईको क्षेत्रफल क्रमशः ३५, ४२ र २३ प्रतिशत लेखिएको छ । आँकडामा कसरी यत्रो अन्तर आयो ?

गोविन्द्रप्रसाद गुरागाइँ
लक्ष्मीपुर उमावि, पोर्ताहा, उदयपुर

नेपालको प्रशासनिक संरचना अनुसार हिमाल, पहाड र तराई क्षेत्रमा क्रमशः १६, ३९ र २० जिल्लाहरू वर्गीकरण गरिएका छन् । सम्बन्धित क्षेत्रमा पर्ने सबै जिल्लाको क्षेत्रफललाई जोड्दा हिमालमा ५१८१७, पहाडमा ६१३४५ र तराईमा ३४०१९ वर्ग किमि कायम हुन्छ । त्यस आधारमा नेपालको कुल क्षेत्रफल १,४७,१८१ मध्ये हिमाल, पहाड र तराई क्षेत्रको क्षेत्रफलको हिस्सा क्रमशः ३५, ४२ र २३ प्रतिशत हुन आउँछ । केन्द्रीय तथ्यांक विभागले आफ्ना प्रकाशनमा सोही आधारमा क्षेत्रफलको आँकडा प्रस्तुत गर्दै आएको छ ।

सुरेश बस्न्यात
निर्देशक, केन्द्रीय तथ्यांक विभाग

धेरै वर्षअघिदेखि हिमालको १५, पहाडको ६८ र तराईको १७ प्रतिशत भनेर लेखिंदै आइए तापनि यो आँकडा कसले, कहिले र कसरी यकिन ग¥यो भन्ने कुराको आधिकारिक स्रोत स्पष्ट रूपमा अहिलेसम्म भेटिएको छैन । साथै यो आँकडाको वस्तुनिष्ठ र वैज्ञानिक आधार पनि पाइएको छैन । त्यसैले हिमाल, पहाड र तराईको क्षेत्रफल हिस्सा क्रमशः ३५, ४२ र २३ प्रतिशतलाई नै आधिकारिक मान्नुपर्ने हुन्छ ।

डा.भीमप्रसाद सुवेदी
प्राध्यापक, भूगोल केन्द्रीय विभाग, त्रिवि

Related Posts

/*sign up form*/