शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा -संवाद को १७१ औँ अंक हामीले पठाएका छौं । यो अंकमा अस्थायी शिक्षकको मनोविज्ञान र यसले शिक्षण कार्यमा पार्ने असर बारे एक रिपोर्ट समेटेका छौं । साथै पाठ्यक्रम संविधानले अंगिकार गरेको राजनीतिक दर्शनको आधारमा गरिन्छ वा यसका आफ्नै मूल्यमान्यता र सिद्धान्तको आधारमा गरिन्छ ? यस बारेमा प्रा.डा. विनय कुमार कुसियैतसंग गरिएको कुराकानी पनि कार्यक्रममा समेटेका छौं ।
कार्यक्रम प्राप्त नभएमा तलको नम्बरमा सम्पर्क गर्नुहोला ।
शिक्षा-संवाद रेडियो कार्यक्रम
शिक्षक मासिक
जावलाखेल, ललितपुर
फोनः ०१ ५५४३२५२, ०१ ५५४८१४२
मोवाईलः ९८५१०८१२५२ (भानु बोखिम) वा ९८४१६७८२०५ (अनिल थापा)

