आफ्नो पेशालाई आफै मर्यादित बनाऔँ !

by • • 2072_5, मनका कुरा (ब्लग)Comments (0)353

Print Friendly, PDF & Email

विष्णुकुमार राई

श्री पञ्चकन्या उमावि, भुल्के–३, भोजपुर

भनिन्छ, ‘कुमालेले आफ्नो भाँडो आफै सर्काउँछ ।’ सायद यस भनाइको आशयले ‘अरूले ‘तपाईं’ नभने पनि आपैm मपाईं’ भन्ने नकारात्मक मानवीय प्रवृत्तिको संकेत गर्छ । तर व्यावसायिक दृष्टिकोणले यसको सोझे वा अभिधात्मक अर्थ पनि गलत छ जस्तो लाग्दैन । कुमाले एक पेशाकर्मी हो । ऊ आफ्नो काम र उत्पादनमा प्रतिबद्ध भई त्यसलाई सर्काउँछ, फुक्र्याउँछ, अझ् राम्रो र नयाँ आकार बनाउन तल्लीन हुन्छ । ऊ त्यसैमा रमाउँछ अनि सफल पनि हुन्छ । त्यसरी नरमाउँदो हो त सो कामबाट ऊ पलायन वा यान्त्रिक यथास्थितिमा जकडिएर व्यक्तिगत रूपमा खुशी र सफल हुन सक्ने थिएन । र, उसको पेशा पनि संकटमा पथ्र्यो । हाल नेपालको सामुदायिक विद्यालयको खस्कँदो नतिजाका कारण ती विद्यालयमा काम गर्ने शिक्षकप्रतिको आम दृष्टिकोण सकारात्मक नभए पनि मलाई सामुदायिक विद्यालयको शिक्षक भएकोमा आफू र आफ्नो पेशाप्रति गर्व गर्न मन लाग्छ । खुशी भई शिक्षण सेवामै प्रतिबद्ध र समर्पित हुन मन लागेको छ । यो कुरा गर्दा फेरि माथि चर्चा गरिएकै उखान पुनध्र्वनित भएको हुन सक्छ ।

कुनै पनि काम आफैमा राम्रो वा नराम्रो हुँदैन । हाम्रा कक्षाकोठा, हाम्रा विद्यार्थी र हाम्रो पेशालाई सुन्दर, उपलब्धिमूलक र आकर्षक बनाउन हामी शिक्षक बाहेक अरूबाट सम्भव छैन । शिक्षणलाई मर्यादित र व्यवस्थित बनाउन पनि शिक्षककै अहम् भूमिका रहन्छ । कतिपय शिक्षकहरू आपैmले आफ्नो पेशाप्रति नकारात्मक प्रभाव तथा असन्तुष्टिहरू फैलाइरहेको पनि पाइन्छ । स्थायी, अस्थायी, राहत, करार, पीसीएफ, निजी स्रोत जे–जस्तै विविधता भए पनि कार्यक्षेत्र र कामको प्रकृतिका हिसाबले सबै शिक्षक समान छन् । मनमा असन्तुष्टि बोकेर काम गर्दा जतिसुकै उपल्लो ओहदामा रहे पनि सफल हुन सकिँदैन । एउटा चिकित्सक काम गर्ने अस्पतालको रोगी वातावरण र शिक्षक काम गर्ने विद्यालयको बालबगैँचा युक्त वातावरणको तुलनै हुन सक्तैन । निजामती क्षेत्रको नीरसिलो उखुमले न छुन्छ यहाँ न त एकान्तको हाउगुजीले नै चिमोट्छ । सयौँ बाललोलीले गुञ्जायमान सिंगो विद्यालय क्षेत्र सांगीतिक इन्द्रेणीको तरंगमा तालयुक्त झ्ंकार गुञ्जिरहेको प्रतीत हुन्छ । जहाँ एक शिक्षक अनुकूलित भई आनन्दित हुन सक्नुपर्छ ।

सेवा सुविधा वा अन्य केही कुरालाई छाडेर हेर्ने हो भने शिक्षकले अरूभन्दा धेरै सुनौला अवसर र क्षेत्र प्राप्त गरेको हुन्छ । कोमल, निर्दोष, ऊर्जावान् र जिज्ञासु बालबालिकासँग दैनन्दिन रहन–बस्न पाउँदाको क्षण, अनि विद्यार्थीले नयाँ नयाँ कथा, खोज र ज्ञानका कुरा सुन्न, गर्न र जान्न पाउँदा आपैmलाई बिर्सेर शिक्षकको भरोसामा हेरेका उनीहरूका एकाग्र र पुलकित आँखामा आनन्दको क्षण पक्कै पनि अतुलनीय हुन्छ । सिर्जनशीलताको अथाह पर्याय नै विद्यालय क्षेत्र हो तर त्यहाँ सर्जक — दृष्टि चाहिँ अपपिरहार्य छ । शिक्षक मासिकको असार अंक २०७२ मा प्रकाशित ‘शिक्षण तपाईंका लागि उपयुक्त पेशा हो ?’ शीर्षक सामग्रीको मुख्य सार पनि यही हो, जुन मननीय छ । उक्त लेख शिक्षण पेशाप्रति आकर्षित गराउनेतर्फ ढल्किएको छ । त्यसमा जागिरको खोजमा भौतारिँदै आयोगको परीक्षामा बस्न आइपुग्ने तर भविष्यमा शिक्षण पेशामा रमाउन नसक्नेका लागि आत्ममूल्यांकन गरेर परीक्षामै नबस्ता हुने सल्लाह दिइएको भए अनि शिक्षण पेशामै कार्यरत तर पेशाप्रति असन्तुष्ट शिक्षकहरू कोही भएमा अरू नवजागरूकलाई ठाउँ छोडिदिनका लागि सल्लाह दिइएको भए मेरो विचारमा सो लेख अझ् सन्तुलित हुने थियो ।

आजका शिक्षकहरूमा प्राज्ञिक योग्यता, सीप, तालीम, दक्षता आदि सबै कुरा छन् तर त्यसलाई कक्षाकोठामा व्यावहारिक कार्यान्वयन गर्ने सकारात्मक मनोवृत्ति र व्यावसायिक प्रतिबद्धता तथा लगावको कमी देखिन्छ । सबै कुरामा अरूलाई दोषी देखाएर आफू उम्किन सकिन्न । अवसर र चुनौतीहरू जहाँ पनि हुन्छन् । आफ्नो पेशामा रमाएरै पेशागत मर्यादा कायम गर्न सकिन्छ । अबको आम नेपाली शिक्षक र शिक्षकका पेशागत संघ–संगठनले यसतर्फ पनि सोच्ने हो कि ? 

Related Posts

/*sign up form*/