स्कूलमा सामाजिक परीक्षण

by • • Homepage MosaicComments (0)456

हरेक वर्ष प्रअ, शिक्षक, अभिभावक र शिक्षाका सरोकारवाला बोलाएर विद्यालयले वर्षभरि सम्पादन गरेका कामहरूको वस्तुनिष्ठ समीक्षा गर्ने कार्य सामाजिक परीक्षण हो । तर, स्कूलको सामाजिक परीक्षण भएको घटना विरलै फेला पर्छ ।
आफूले गरेका कामहरूको सार्वजनिक संपरीक्षण गराउन स्कूलहरू उत्सुक नभएका कारण यस्तो स्थिति उत्पन्न भएको हो । नियमित रूपमा सामाजिक परीक्षण गर्ने हो भने विद्यालयका कमी–कमजोरी सुधार गर्न मात्र होइन, भविष्यका लागि सही कार्ययोजना र गन्तव्य तय गर्न पनि मद्दत पुग्छ । यही सन्दर्भमा कैलालीको थापापुर–२ महादेवलीस्थित राष्ट्रिय माविले १६ भदौमा सामाजिक परीक्षण गरेर वर्षभरि गरेका क्रियाकलाप तथा गतिविधि सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा विद्यालयका तर्फबाट प्रस्तुत गरिएका विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक क्रियाकलापमाथि स्थानीय बासिन्दाले जिज्ञासा राखेका थिए भने विद्यालयका प्रअ रामबहादुर चौधरी, विव्यस अध्यक्ष वीरबहादुर चौधरी, सामाजिक परीक्षण समितिका संयोजक भोजबहादुर चौधरीले ती जिज्ञासाको जवाफ दिएका थिए ।
उक्त स्कूलमा पहिलो पटक गरिएको सामाजिक परीक्षण अरू स्कूलका निम्ति पनि प्रेरक हुन सक्छ ।
शब्द/तस्वीरः दीर्घराज उपाध्याय

सामाजिक परीक्षणको महत्व र आवश्यकताका बारेमा स्थानीय बासिन्दालाई जानकारी दिंदै स्रोतव्यक्ति राजकिशोरलाल कर्ण ।

राष्ट्रिय माविमा सामाजिक परीक्षण गर्नुअघि छलफल गर्दै प्रधानाध्यापक रामबहादुर चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर चौधरी ।

सामाजिक परीक्षणको तयारीका सम्बन्धमा जानकारी लिंदै स्रोतव्यक्ति राजकिशोरलाल कर्ण ।

 

 

सामाजिक परीक्षणको दृश्य ।

 

 

 

सामाजिक परीक्षणका सहभागी ।

१६ भदौको सामाजिक परीक्षणमा विद्यालयको प्रस्तुति ।

शिक्षक  मासिक, २०७० असोज अंकमा प्रकाशित

Related Posts

/*sign up form*/