शिक्षा के हो ?

by • • Highlight, चिन्तन, विचारComments (0)516

Print Friendly, PDF & Email

पुस्तक महत्वपूर्ण छ । तर सिक्नको लागि महत्वपूर्ण पुस्तक भनेको तपाई स्वयं र तपाईको आफ्नै कथा हो । किनकि तपाई आफै समस्त मानवजाती हो । यहि पुस्तक पढ्नु नै सिक्ने कला हो । यस्तो पुस्तकमा संस्था, उसको दबाव, धार्मिक सिद्धान्त, त्यसका आक्षेपहरु, क्रुरता र आश्थाहरु संग्रहित हुन्छन् ।

जे. कृष्णमूर्ति

हामी किन शिक्षा प्राप्त गरिरहेका छौं ? शायद यो प्रस्न तपाईं कहिले पनि गर्नु हुन्न । यदि गरिहाल्नु भयो भने पनि यसको के उत्तर छ तपाईसँग ? शिक्षा प्राप्त गर्ने आवश्यकता बारे धेरै कारण दिइन्छ । ती दलिलहरू तर्क संगत तथा पूर्ण रूपमा स्वभाविक र सांसारिक छन् । नोकरी पाउन, एक सफल जीवन बाँच्न वा आफ्नै हातले वा आफ्नै सोचले दक्ष र निपुण हुन भन्ने खालका उत्तर हुन्छन् । एउटा राम्रो र लाभकारी जीवन बाँच्नको लागि बौद्धिक क्षमतामाथि अत्याधिक जोड दिइने गरिन्छ । यदि तपाई बौद्धिक रुपले तेज हुनुहुन्न भने, तपाईंसँग हातमा सीप र निपुणता हुन आवश्यक हुन्छ । भनिन्छ, शिक्षा आवश्यक छ ताकि समाज जस्तो छ, उसलाई त्यही ढंगमा राख्न सकियोस् । हामी समाजको ढाँचा अनुसार चल्न सकौ जो तथाकथित व्यवस्थाद्वारा निर्मित छ, चाहे त्यो परम्परागत होस् वा अत्याधुनिक व्यवस्था । शिक्षित दिमागसँग कला, विज्ञान कुनै पनि विषयको जानकारी संग्रह गर्ने विशाल क्षमता हुन्छ । जानकारीले भरेको दिमाग वाकपटुकताले पूर्ण, व्यावसायिक र दार्शनिक देखिन्छ । यस्तो पण्डित्याई र विद्धताको अति धेरै सम्मान र प्रशंसा हुन्छ । यदि तपाईं पढाइ–लेखाइमा तेज, होसियार र परिपक्क हुनुहुन्छ भने यस्तो शिक्षाले तपार्इंको उज्वल भविष्यलाई सुनिश्चित गर्छ । भविष्यको उज्वलता तपाईंको परिवेश एवं सामाजिक स्थितिमा निर्भर हुन्छ । यसरी निर्धारित शिक्षाको ढाँचा अनुसार तेज र होनहार हुनुहुन्न भने तपाईं एक श्रमिक वा कुनै कारखानाको मजदुर भएर बस्नुहुन्छ । समाजको अत्यन्त जटिल संरचनामा तपार्इंले आफ्नो स्थान बनाउनु पर्छ । सामन्यतया यही नै हाम्रो शिक्षाको सन्देश हो ।

शिक्षा के हो ? मुलतः यो कितावबाट मात्र नभएर समग्र जीवनको गतिविधिबाट सिक्ने कला हो । तर कितावमा छापिएका शब्दहरु नै सर्वाधिक महत्वर्ण भइरहेका छन् । अरु जे सोच्छन् वा विचार गर्छन्, तपार्इंले पनि त्यहि नै सिक्नु हुन्छ । उनीहरूको विचा

जे. कृष्णमूर्ति

र, मूल्य–मान्यता र सोच साथै उनीहरूको विविध अनुभव बारे सिक्नु हुन्छ । पुस्तकालय चलाउने व्यक्ति भन्दा पुस्तकालय चाहिं अधिक महत्वपूर्ण हुन पुग्छ । अन्ततः व्यक्ति स्वयं एक पुस्तकालय बन्दैन मात्र कि उसले निरन्तर अध्ययन गरेर सिकीरहेको छु भन्ने विस्वास गर्छ । जुन मस्तिष्कले कम्प्युटरले झै निरन्तर जानकारी संग्रह गर्छ, उसलाई शिक्षित र सुविज्ञ मानिन्छ । तर कोही यस्ता पनि हुन्छन् जो थोरै पनि अध्ययन गर्दैनन् । अरुप्रति तिरस्कार र उपेक्षा राख्ने यस्ता मान्छेहरु आफ्नो अहम केन्द्रित अनुभव र विचारले भरिएका हुन्छन् ।

यी सबै देख्ने र पहिचान गर्ने एक एक विशाल मनको काम के हुन्छ ? मन बारे हाम्रो बुझाइ भनेको इन्द्रियको समस्त प्रतिक्रिया र भावना हो जो प्रेम र बौद्धिक क्षमता भन्दा सर्वथा भिन्न छ । बुद्धीलाई हामी फरक महत्व दिन्छौं । बुद्धि बारे हाम्रो बुझाई भनेको सोच्ने–बुझ्ने क्षमता, निष्कर्ष निकाल्ने क्षमता हो, चाहे त्यो तर्कपूर्ण ढंगले होस्, वस्तुपरक ढंगले होस् वा व्यक्तिगत ढंगले । बुद्धिसँग जोडिने विचार हाम्रो मानव अवस्था र क्षमताको एक अंश मात्र हो । जव यही सानो अंशको सम्मान र गुनगाण तथा प्रशंसा हुन थाल्छ । जब अंश नै सर्वाधिक महत्वपूर्ण हुन्छ, तब विज्ञानमा  झै व्यक्तिको एक स्थान मात्र हुन्छ । मान्छेले वैज्ञानिक जानकारी आफ्नो हितको लागि मात्र प्रयोग गरेका छैनन् । पृथ्वीमा युद्ध र प्रदुषणको साधन सृजना गर्नपनि प्रयोग गरेका छन् । स्वयं आफ्नै पतनको बाटो रोक्न पुर्णतया असमर्थ छन् । किनकि मुलत यो एक अंश मात्र हो ।

जसरी मैले भने कि शिक्षा भनेको सिकाइको सार हो । बुद्धिको स्वरुप, यसको प्रभुत्व, यसको क्रियाकलाप, यसको अपार क्षमता र विनासकारी शक्ति जे छन्, त्यसको बारेमा सिक्नु शिक्षा हो । विचार बुद्धिकै एक उपज हो । यसको स्वरुपबारे सिक्ने काम कितावबाट नभएर आफ्नो वरिपरिको वातावरणलाई अवलोकन गरेर गर्नुपर्छ । जे जे घटना भइरहेका छन्, त्यसप्रति सिद्धान्त, पुर्वाग्रह, मूल्य र मान्यताबाट मुक्त भएर सिक्नु नै शिक्षा हो । पुस्तक महत्वपूर्ण छ । तर सिक्नको लागि महत्वपूर्ण पुस्तक भनेको तपाई स्वयं र तपाईंको आफ्नै कथा हो । किनकि तपाईं आफै समस्त मानवजाती हो । यहि पुस्तक पढ्नु नै सिक्ने कला हो । यस्तो पुस्तकमा संस्था, उसको दबाब, धार्मिक सिद्धान्त, त्यसका आक्षेपहरु, क्रुरता र आश्थाहरु संग्रहित हुन्छन् । कुनै पनि सामाजिक संरचनाको अर्थ भनेको मानिसहरु बीचको सम्बन्ध, उनीहरुको लोभ, महत्वकांक्षा, हिंसा, शुख र चिन्ता हो । यदि तपाईंले हेर्न जान्नु भयो भने यी सम्पूर्ण कुराहरु यहाँ मौजुद छन् । यो कुनै आन्तरिक अवलोकनको कुरा हैन । जुन किताबको कुरा गर्दैछौ, त्यो नत तपाईंभित्र लुकेको छ न बाहिर नै । यो पुस्तक चारैतिर मौजुद छ र तपाईं त्यहि पुस्तकको एक हिस्सा हो । यो पुस्तकले तपार्इंलाई मानिसको कथा भन्छ जसलाई आफ्नो वरिपरिको वातावरणमा, आफ्नो भोगाईमा, आफ्नो धारणा र मान्यतामा पढ्न सक्नुहुन्छ । यो पुस्तक तपाईंको अश्तित्वको केन्द्र हो र सिक्नुको अर्थ भनेको यस पुस्तकलाई मिहीन ढंगले पढ्नु हो । यस पुस्तकले अतितले कसरी मन, हृद्धय र अनुभुतिलाई आकार दिन्छ भनेर तपाईंको विगतको कथा भन्छ । अतितले वर्तमानको रुपरेखा तयार गर्छ जुन वरिपरिको चुनौती अनुसार आफ्नो रुप परिवर्तन गर्छ । समयको यस्तो अन्तहिन गतिमा मानिस अल्झिएको छ । यहि नै मानिसको संस्कार पद्धति हो । यहि संस्कार पद्धति तपाईं र तपाईंको आफन्त र सम्पूर्ण मानिसको लागि कहिल्यै नसकिने बोझ बन्दैछ ।

दार्शनिक, धर्मगुरु र साधु–सन्त स्वयंले त यस्तो संस्कार आत्मसाथ गरे नै, अरुलाई आत्मसाथ गर्न पनि अभिप्रेरित गरिरहेका छन् । यसरी नै उनीहरुले आफूलाई यस संस्कारको अनुकुल बनाएका छन् । यिनीहरु मध्ये केहीले काल्पनिक स्वर्ग, ईश्वर र मिथ्या अनुभूतिको भ्रममा पुग्ने बाटो देखाएका छन् । यी संस्कार पद्धतिको बारेमा सबै कुरा सिक्ने, यसको जालबाट बाहिर निस्कने अथवा संस्कार पद्धतिको बोझ्बाट मुक्ति हुने एउटा कला हो शिक्षा । चलिरहेको संस्कार पद्धतिबाट बाहिर आउने मार्ग हो, जसको अर्थ विचलित हुने भनेर कुनै पनि अर्थमा लाग्दैन । यसले कुनै पनि चिजलाइ जस्ताको त्यस्तै स्वीकार गर्दैन । यो तरिकाले संस्कार पद्धतिको विघठन र विलोपन हो ।

जब तपाईं यसलाई पढ्नु हुन्छ वा सुन्नु हुन्छ तब तपाईं बुद्धिको शाब्दिक क्षमताको साथ पढ्दै वा सुन्दै हुनुहुन्छ कि भनेर सजग हुनुहोस् । ध्यान दियो भने अतितको अश्तित्व नै हुँदैन । केवल वास्तविक रुपले जे भइरहेको छ, विशुद्ध त्यसको अवलोकनमात्र बाँकी रहन्छ ।

जे. कृष्णमूर्ति भारतिय दार्शनिक तथा लेखक हुन् । यो उनको हिन्दीमा अनुवादित पुस्तक ‘स्कुले के नाम पत्र’ को भाग एकमा समाहित शिक्षा शिर्षकको आलेखको अनुवाद हो ।

Related Posts

/*sign up form*/