शिक्षक नै पाठ्यपुस्तक

by • • चिन्तनComments (0)589

Print Friendly, PDF & Email

महात्मा गान्धी

पाठ्यपुस्तकका बारेमा बेला–बेलामा धेरै चर्चा हुने गर्दछ । तर मलाई पाठ्यपुस्तकको कहिल्यै आवश्यकता परेन । भएका पाठ्यपुस्तकको पनि आफूले उति धेरै प्रयोग गरेको मलाई सम्झना छैन । त्यसैले होला, हरेक बालबालिकालाई धेरै किताब दिनुपर्छ भत्रे मलाई लाग्दैन । मेरो विचारमा शिक्षक नै विद्यार्थीका पाठ्यपुस्तक हुन् । शिक्षकले दिएको किताबी ज्ञानको मलाई थोरै मात्र सम्झना छ र किताब नहेरी पढाउने शिक्षकले पढाएको कुरा मलाई आज पनि सम्झना छ । केटाकेटीहरू जुन कुरा देखेर सिक्छन् त्यसभन्दा बढी कुरा सुनेर सिक्न सक्छन् । पढ्नभन्दा सुत्र सजिलो हुन्छ । मैले आफूले पनि आफ्ना विद्यार्थीहरूलाई किताबबाट मात्र पढाइनँ ।

आफूलेविभिन्न पुस्तकहरूबाट सिकेका कुराहरूलाई म आफ्नै पाराले उनीहरूलाई बताइदिन्थेँ र मलाई मैले त्यसरी बताएका कुरा उनीहरूले कहिल्यै पनि बिर्सिएनन् होला जस्तो लाग्छ । उनीहरूलाई पढ्न अल्छी लाग्थ्यो, मैले किताब लिएर पढाउन थाल्दा पनि उनीहरू रमाइलो मान्थेनन् । तर मैले किताब बेगर नै कुरा गरे जसरी विभित्र कुरा बताउन थालेपछि भने उनीहरू खुब ध्यान दिएर सुन्थे र त्यसरी सुनेका कुरा तुरुन्तै बताउन पनि सक्थे । उनीहरूका प्रश्नको समाधान खोज्दा मलाई उनीहरूमा रहेको सिक्ने क्षमताको अनुमान हुन्थ्यो ।

म गुरुलाई आदर गर्नुपर्छ भन्छु । तर सबै शिक्षक गुरु हुँदैनन् । गुरु र चेला बीचको आत्मीय सम्बन्ध स्वस्फूर्त पैदा हुने हो । यस्तो सम्बन्ध बनावटी हुँदैन । कुनै किसिमको दबाबले आदरभाव पैदा गर्न पनि सकिंदैन । आदरभाव स्वतः पैदा हुन्छ, श्रद्धा आफैं पलाउँछ । सामान्य किसिमका ज्ञान त हामी जसबाट पनि लिन्छौं । आफ्नो कुनै सम्बन्ध नभएका व्यक्तिहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ । तर जससुकैबाट सिक्न खोजे पनि उसप्रति श्रद्धा छैन भने कुनै ज्ञान प्राप्त हुँदैन । शिक्षाको काम चरित्र निर्माण गर्ने हो भत्रे मात्रे हो भने त गुरु–चेलाको सम्बन्ध झनै महत्वपूर्ण हुन्छ । गुरुप्रति आदरभाव नभई चरित्र निर्माणको काम सम्भव हुँदैन ।

पाठ्यपुस्तकबाट मात्र शिक्षा दिन सकिंदैन । तसर्थ शिक्षकले मौखिक रूपमै शिक्षा दिनुपर्दछ । असङ्ख्य पाठ्यपुस्तक घोकाउँदैमा बालबालिकाको दिमागमा विद्या भरिन्छ भत्रे छैन । तपाईं दुई वटा विद्यालयको तुलना गर्नुहोस् जसमा एउटामा थुप्रै पाठ्यपुस्तकहरू छन् र अर्कोमा एउटा पनि पाठ्यपुस्तक छैन । तर जति ज्ञान पाठ्यपुस्तक नहुने विद्यालयका शिक्षकले विद्यार्थीहरूलाई दिन सक्छ त्यति ज्ञान पाठ्यपुस्तक भएका शिक्षकले नदिन सक्छन् । त्यसैले म विद्यार्थीको हातमा पाठ्यपुस्तक नभए पनि हुन्छ भन्छु । किताब त शिक्षकहरूले पढ्नुपर्छ र त्यसरी आर्जन गरेको ज्ञानका आधारमा बालबालिकाहरूलाई पढाउनुपर्छ । पाठ्यपुस्तकले शिक्षकलाई मेसिन मात्र नबनाओस्, त्यसले शिक्षकहरूको चिन्तन क्षमता, स्वतन्त्रता र गतिशीलतामा बाधा नपुगोस् । म केटाकेटीहरूलाई किताबको थुप्रो बोकाउनुपर्ने कुनै आवश्यकता देख्दिनँ । मेरो विचारमा शिक्षकहरू नै विद्यार्थीहरूका वास्तविक पाठ्यपुस्तक हुन् ।
पाठ्यपुस्तक जतिसुकै उत्कृष्ट किन नहोस् शिक्षकको आवश्यकता सधैं रहिरहन्छ । शिक्षकको काम कठिन शब्द अथ्र्याइदिने र विषयको संक्षेपीकरण गर्ने मात्र होइन, उसले त पाठ्यपुस्तकभन्दा पर–परसम्म पुगेर आफूले पढाउने विषयलाई रोचक र सजीव रूपमा प्रस्तुत गर्दछ । असल शिक्षकले विद्यार्थीहरूलाई विषयको गहिराइसम्म पु¥याउँछ, उसमा त्यसप्रति रुचि पैदा गर्दछ र उक्त विषयलाई आफैं बुझन सक्ने बनाउँछ ।

विद्यार्थीहरूमा विषयबस्तुप्रतिको रुचि शिक्षकका कारणले पैदा हुन्छ । कुनै शिक्षकले रसायनशास्त्र पढाउँदा म उँघ्न थाल्थें भने अर्को शिक्षकले त्यही विषय पढाउँदा समय गएको पत्तै हुँदैनथ्यो । एकजना शिक्षकले अल्छीलाग्दो ढङ्गले पढाउँथे भने अर्का शिक्षकले त्यस विषयमा गहिरो रुचि जाग्ने र त्यो रुचि पछिसम्म कायमै रहने गरी पढाउँथे । पहिला शिक्षक सम्झाउन छोडेर भट्याइमात्र रहन्थे त्यसैले उनको पढाइप्रति विद्यार्थीहरूमा रुचि पाइँदैनथ्यो । तर अर्का शिक्षकले पढाएको कुरा सहजैसँग दिमागले ग्रहण गर्दथ्यो । एउटा शिक्षकले गणित पढाउँदा विद्यार्थीहरू बुझदैनन् र उनीहरूलाई त्यो विषय नै मन नपर्न थाल्छ । तर अर्का शिक्षकले त्यही विषय पढाउँदा कक्षा नसिद्धिए हुन्थ्यो भत्रे लाग्छ । विषय त्यही हो, विद्यार्थी तीनै हुन्; फरक के मात्र हो भने एउटा शिक्षकको पढाउने तरिका सरल छ भने अर्का शिक्षकको पढाउने तरिका पट्यारलाग्दो ।

शिक्षकको सेवा अमूल्य हुन्छ । शिक्षकको महत्वलाई तलबसित तुलना गर्ने प्रणाली काम लाग्दैन । के ग¥यो भने शिक्षकहरूले तलबलाई कम महत्व दिएर शिक्षा प्रदान गर्न सक्छन् भत्रे उपाय खोज्नुपर्छ । संक्षेपमा शिक्षा दिने कामलाई शिक्षकको धर्मका रूपमा मान्यता दिन सक्नुपर्छ र जुन शिक्षक शिक्षा प्रदान गर्दैन उसलाई चोर बराबर सम्झ्नुपर्दछ । यस्तो भएमा शिक्षकको कमी पनि हुँदैन र उसको महत्व पनि एउटा करोडपतिको भन्दा ठूलो हुन्छ ।

आजभोलि अभिभावकहरू आफ्ना सन्तानलाई जानी–नजानी गलत दिशातर्फ डो¥याइरहेका छन् । अभिभावकहरूका विचारमा शिक्षाको मूल उद्देश्य धन तथा प्रतिष्ठाको प्राप्ति हो । यसरी शिक्षा तथा ज्ञान माथि अन्याय भइरहेको छ । विद्यार्थी जीवनमा हुनुपर्ने शान्ति, पवित्रता तथा आनन्द मृगमरिचिका बन्दै गएको छ । विद्यार्थीलाई कुनै पनि किसिमको चिन्ता नहुनुपर्ने समयमा उनीहरू चिन्ताग्रस्त रहन थालेका छन् । असल शिक्षकले विद्यार्थीहरूलाई विवेकशील बनाउनुपर्छ । शिक्षकले विद्यार्थीलाई सत्य र असत्य, सत वचन र दुर्वचन, असल र खराबबीचको अन्तर छुट्याउन सक्ने बनाउनुपर्छ । तर अहिलेका विद्यार्थीहरूले असल र खराबको पहिचान बाहेक अरू पनि थुप्रै कठिनाइहरूको सामना गर्नु परिरहेको छ ।

विद्यार्थीहरूसँग तन्मय भएर मात्रै असल शिक्षा दिन सकिन्छ । यसका लागि जुन विषय पढाउने हो त्यसको पूरापूर तयारी शिक्षकले गर्नुपर्दछ । मेरो विचारमा शिक्षकले आफ्नो चित्तलाई शुद्ध गर्नुपर्दछ र विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध कायम राख्नुपर्दछ । शिक्षकको वास्तविक काम कक्षाकोठामा भन्दा कक्षा बाहिर जरुरी हुन्छ । आजभोलि शिक्षकहरू आफूले पाउने तलब अनुसार मात्र काम गर्छन् । उनीहरूसँग विद्यार्थीहरूबीच बिताउने अन्य समय रहँदैन । यही नै विद्यार्थीको जीवन तथा चरित्रको विकासमा सबैभन्दा ठूलो व्यवधान हो । जबसम्म शिक्षकले विद्यार्थीहरूलाई कक्षाका अलावा आफ्नो सम्पूर्ण समय उपलब्ध गराउन सक्दैन त्यतिबेलासम्म उनीहरूको जीवन तथा चरित्र सुधार गर्ने कुरा सम्भव छैन । शिक्षकले उनीहरूको मस्तिष्क विकासको साटो मनको विकास गराउनुपर्दछ र त्यहाँबाट निरासा र हतोत्साहसँग सम्बन्धित सबै कुराहरूलाई हटाउन मद्दत पु¥याउनुपर्दछ ।

हामीलाई यस्ता शिक्षकको जरुरत छ जससँग मौलिक विचार, उत्साह र जाँगर होस् । उसले भोलि विद्यार्थीलाई के पढाउने भत्रे बारेमा हरेक दिन चिन्तन गरोस् । यस्तो ज्ञान पुराना पुस्तकहरूमा पाइँदैन, त्यसैले उसले अवलोकन र विचारशक्तिको प्रयोग गर्नुपर्छ । यसको अर्थ शिक्षा पद्धतिमा, शिक्षकको दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन जरुरी छ । आजसम्म शिक्षकहरू निरीक्षकको आदेशअनुरूप चलिरहेका छन् । निरीक्षकले जे मनपराउँछ त्यही गर्दै आएका छन् । तर नयाँ शिक्षकले यी सबै कुराको बेवास्ता गर्नेछ र भत्रेछ, “यदि मैले विद्यार्थीलाई असल मानिस बनाउन सकें र त्यसका लागि सबै शक्ति लगाउन सकें भने मेरो कर्तव्य पूरा हुनेछ । मेरा लागि यही नै पर्याप्त छ ।”

जुन शिक्षक विद्यार्थीसँग घुलमिल गर्छ, उनीहरूसँगै रमाउँछ । ऊ उनीहरूलाई जति सिकाउँछ त्यसभन्दा बढी उनीहरूबाट सिक्छ । जो शिक्षक आफ्ना विद्यार्थीहरूबाट केही पनि सिक्दैन त्यो बेकामे हो । म जब कसैसँग कुरा गर्छु, उसबाट सिक्छु; जति उसलाई सिकाउँछु त्यसभन्दा बढी उसबाट सिक्छु । यसरी साँचो शिक्षक शिष्यको पनि शिष्य हुन्छ । यदि तपाईं यो दृष्टिकोणबाट सिकाउनुहुन्छ भने उनीहरूबाट थुप्रै कुरा पाउन सक्नुहुन्छ ।

जो शिक्षक विद्यार्थीहरूलाई सजाय दिन्छ उसलाई शिक्षक मात्र सकिँदैन । शिक्षकको धर्म हासखेल गर्दै विद्यार्थीहरूलाई अगाडि बढाउनु हो । सजाय पाइने डरले बालक पढ्छ भत्रे भ्रम अब हट्न थालेको छ । विद्यार्थीहरूलाई धैर्यपूर्वक ज्यादा शिक्षा दिन सकिन्छ भत्रे विश्वभरका लाखौं शिक्षकको अनुभव छ । सजाय शिक्षकको अज्ञानताको सूचक हो । शिक्षकको काम प्रत्येक विषयलाई रोचक बनाउनु हो । असल शिक्षकले अङ्कगणित जस्तो निरस विषयलाई पनि चाखलाग्दो बनाउन सक्छ ।

विद्यार्थीहरूलाई सजाय दिनु वा सजायका लागि सिफारिस गर्नु हिंसा हो । यदि विद्यार्थीले कुनै काम खराब हो भत्रे थाहा पाउँदा पाउँदै पनि गरेको छ वा त्यस्तो काम दोहो¥याएको छ भने उसले कुनै सजाय पाउनुपर्छ । उसलाई केही समयका लागि खेलकुदबाट वञ्चित गर्न सकिन्छ, धेरै पाना पाठ सार्न लगाउन सकिन्छ वा त्यस्तै उसलाई आफ्नो गल्ती अनुभव गर्ने किसिमको वातावरणमा राख्न सकिन्छ । तर शारीरिक सजाय भने कहिल्यै पनि दिनुहुँदैन । सजायलाई विद्यार्थीले स्वयं स्वीकारेको छ भने मात्र त्यसलाई न्यायोचित सजाय भत्र सकिन्छ । तर यस्तो अवस्था सधैंभरि आउँदैन । यस्तो अवस्था आएमा र सजाय दिन उचित छ वा छैन भत्रे कुरामा दोधार भएमा सजाय दिनुहुँदैन । आवेशमा आएर कसैलाई पनि सजाय गर्नुहुँदैन । यस्तो गल्ती थुप्रैपटक भएको पाइएको छ ।

मेरो विचारमा, आदर्श अवस्थामा त विद्यार्थीलाई कुनै पनि किसिमको सजाय दिनै पर्दैन । शिक्षकका मनमा विद्यार्थीप्रति जुन शुद्ध प्रेम हुनुपर्ने हो सजायले त्यसमा कमी ल्याउँछ । शिक्षकले विद्यार्थीलाई सजाय दिनुपर्ने अवस्था आउनुको अर्थ हो शिक्षकको पढाउने सीपमा कमी छ । शिक्षकले कुनै किसिमको सजाय नै नगरी पढाउने तथा अनुशासनमा राख्ने सीप सिक्नु जरुरी छ । विद्यार्थीलाई सुधार्ने नाममा सजाय दिनु र पछि पछुताउनु पश्चाताप होइन । स्कूलका माध्यमबाट सजाय दिएर सुधार गर्न सकिन्छ भत्रे कुराले सामाजिक मान्यता पाउन सक्छ । यसले गर्दा मानिसहरूमा हिंसाको माध्यमबाट सुधार गर्न सकिन्छ भत्रे भ्रम पैदा हुन्छ । मेरो विचारमा जुन शिक्षकले जानाजान सजाय दिन्छ उसले आफ्नो प्रतीज्ञा बिर्सेको हुन्छ ।
(गान्धी के शैक्षिक विचार बाट)
प्रस्तुतिः गुरु मैनाली

२०६५ असार अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/