शिक्षक—गीता

by • • पुष्तक समिक्षाComments (0)288

 केशवप्रसाद भट्टराई

अङ्ग्रेजी साप्ताहिक दि रिपोर्टर  को नियमित स्तम्भको लागि सामग्री संयोजन र लेखन शुरु गर्नु थियो तर मेरा आँखा अघिल्लो दिन ल्याएको दिवास्वप्न  मा परे । आवरण सामान्य लाग्यो; तर पछाडिको गातामा छापिएको हेरेँ । बाल प्रश्नले हुरुक्क बनायो । म आफ्नै, आफ्ना छोराछोरीको अनि विद्यालयको कार्यकालका हजारौं बालबालिकाको बाल्यकालमा पुगेँ; एक किसिमको उकुसमुकुसको अनुभव भयो ।
पढ्न थालेपछि बीचमा छोड्नै सकिनँ; एकै बसाइमा पढेर सकेँ । पुस्तकले समयको हिसाब पनि गर्न दिएन । एकजना शिक्षकको अनुभव यति जीवन्त, सशक्त, मार्मिक, प्रेरक र विचारोत्तेजक हुनसक्छ; मैले अनुमान पनि गरेको थिइनँ । एउटा सानो किताबले यति ठूलो तृप्ति र सन्तोष दिन सक्छ, सामान्य समझ्मा आउँदैन । आचार्य विनोबा भावेको ‘गीता प्रवचन’ पढेपछि मैले गीता पढेको हुँ । गीता प्रवचन र स्वयम् श्रीमद्भागवत गीतालाई मैले जसरी बुझें; एउटा शिक्षकको लागि दिवास्वप्न लाई त्यसरी नै बुझें ।

मसँग दुनियाँका श्रेष्ठतम लेखकका उत्कृष्ट पुस्तकहरूको राम्रै सङ्ग्रह छ । तर गिजुभाईको दिवास्वप्न विना मेरा पुस्तकहरूको सङ्ग्रह धेरै सानो रहेछ भत्रे बोध भयो । यो सानो पुस्तकले मेरो अध्ययन कक्षलाई सम्मानित तुल्याइदिएको छ । म धन्य भएको छु ।
गीता कुनै धार्मिक ग्रन्थ होइन; बरु अत्यन्त व्यावहारिक जीवन दर्शन हो । त्यसले सफल जीवन बुझन र बाँच्न सिकाउँछ, त्यो सङ्क्षिप्त ग्रन्थ आफैँमा महाग्रन्थ हो । दिवास्वप्न पनि महाग्रन्थ हो । यो पुस्तक पढेपछि मलाई गिजुभाई गान्धी जत्तिकै महान् लागे । आफूलाई विद्यार्थीप्रति सम्पूर्ण रूपमा समर्पण गरेर, आफूलाई बिर्सिएर आफ्नो सारा अस्तित्वलाई लक्ष्यसँग एकाकार पारेर कसैले लेख्यो भने दिवास्वप्न लेखिँदो रहेछ ।
दिवास्वप्न कुनै शिक्षकको कथा होइन । यो त कलिला बालबालिकाको शिक्षा, संस्कृति, हित, मर्यादा, सुरक्षा र सम्मानको एक महान् कीर्तिस्तम्भ हो । योग्य, सिर्जनशील, लक्ष्यप्रति सङ्कल्पबद्ध, उत्साहित र स्वप्रेरित शिक्षकका लागि संसारमा सफलता र सम्मान आफैँ निवेदक बनेर आउँदो रहेछ । दिवास्वप्न ले यही भन्छ ।

लेखकः गिजुभाई
अनुवादः शरच्चन्द्र वस्ती
संयोजन÷सम्पादनः राजेन्द्र दाहाल
प्रकाशकः शिक्षक मासिक
मूल्य रु.२००

यो उत्साहित शिक्षा प्रशासकहरूको दायित्व चेतना, नियम, कानुनका बन्धनभित्रका उनीहरूका उहापोह र नवीनता, सिर्जनशीलतासँग सम्भावित असफलताका भार र त्रासहरूको सुन्दर आलेख पनि हो । अनि उत्साहहीन, लक्ष्यहीन, आत्मसम्मान र गौरव चेतना रहित तथा समवेदना शून्य शिक्षक र प्रधानाध्यापकहरूको शुद्ध जागिरे र चाकर–वृत्तिको यथार्थ वृत्तान्त पनि हो ।
अझ् महत्वपूर्णको कुरा; दिवास्वप्न पढ्दै जाँदा म आफैँ बारम्बार तिनै शिक्षक र प्रधानाध्यापकहरूको रूपमा र उनीहरूको वारेस भएर कठघरामा उभिरहेको हुन्छु । कहिले आफैँ गिजुभाईको पीडा, समवेदना, साहस र समर्पणलाई थोरै भने पनि प्रतिनिधित्व गरिरहेको हुन्छु । कहिले गिजुभाईलाई सताउने, खिसीट्युरी र हतोत्साहित गर्ने शिक्षक र प्रधानाध्यापकको भूमिका बोकिरहेको हुन्छु । म कृतिहरूको समीक्षक त होइन तर पाठकलाई पुस्तकका हरेक पात्रले आफैँलाई प्रतिनिधित्व गरेको छ भत्रै पर्ने गरी लेख्न सक्नु लेखकको महान् सफलता हो, जुन गिजुभाईले गरेका छन् ।
दिवास्वप्न को प्रकाशनले शिक्षक मासिकलाई थप परिचयसँगै सम्भवतः एउटा नयाँ गन्तव्य पनि दिएको छ । आफ्नो उपस्थितिको अर्थ, औचित्य, गौरव र मर्म प्रदान गरेको छ । यसले आफ्नो दृष्टि र दर्शनलाई सगर्व नेपाली समाजसामु प्रस्तुत गरेको छ ।
दिवास्वप्न पढ्न पाउनु एउटा महान् सौभाग्य हो जुन शिक्षक मासिकले मलाई उपलब्ध गरायो । तर मेरो मनमा एउटा गहिरो पीडा जरा गाडेर बस्ने भयो । म जन्मनुभन्दा डेढ दशकअघि नै स्वर्गीय भइसक्नुभएका गिजुभाईद्वारा लिखित पुस्तक यदि मैले शिक्षकको रूपमा स्कूलमा प्रवेश गर्नुपूर्व पढ्न पाएको भए एउटा शिक्षक, प्रधानाध्यापक र क्याम्पस प्रमुखको रूपमा मेरो भूमिका र योगदानलाई धेरै उत्रत र प्रभावकारी बनाउन सक्ने थिएँ कि ! म शिक्षकहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूको नेतृत्वमा जानुपूर्व पनि यो पुस्तक पढ्न पाएको भए ती सङ्गठनहरूलाई शिक्षाको यो पाटोमा बढी केन्द्रित गर्न सक्ने थिएँ भत्रे चाहिँ मनमा सधैँ रहिरहने भयो । त्यसैले मैले नयाँ पुस्ताका शिक्षकहरूको ईष्र्या गर्नै परेको छ ।
असल मानिसको सङ्गत र अमूल्य एवं महान् ग्रन्थ पढ्न पाउनु आफैँमा महान् सौभाग्य हो । त्यो सितिमिति पाईंदैन । यसको लागि परमेश्वरकै अनुकम्पा चाहिन्छ । मसँग दुनियाँका श्रेष्ठतम लेखकका उत्कृष्ट पुस्तकहरूको राम्रै सङ्ग्रह छ । तर गिजुभाईको दिवास्वप्न विना मेरा पुस्तकहरूको सङ्ग्रह धेरै सानो रहेछ भत्रे बोध भयो । यो सानो पुस्तकले मेरो अध्ययन कक्षलाई सम्मानित तुल्याइदिएको छ । विस्तार गरेको छ । म धन्य भएको छु । शिक्षक मासिकलाई दिने धन्यवादको लागि त मेरो शब्दभण्डार नै सानो भएको छ ।
(भट्टराई नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष हुन् ।)
२०६८ माघ अंकको शिक्षक मासिकमा प्रकाशित

Related Posts

/*sign up form*/