शिक्षक अभियान र ‘स्वाँठ सर’

by • • विषय-सन्दर्भ / सम्पादकीयComments (0)197

राजेन्द्र दाहाल
• छैटौँ अङ्कको प्रकाशनपछि शिक्षक ले भदौ महिनामा विश्राम लियो । यस्तो विश्राम नियोजित र वाञ्छित दुवै थिएन । तथापि सम्पादन समूहलाई त्यो लाभकारी नै सावित भयो— शिक्षक प्रति पाठकहरूको प्रतिक्रिया, रुचि, अपेक्षा र व्यग्रता थाहा पाउने हिसाबले । थुप्रै पाठक र बिक्रेताहरूले भदौको अङ्क किन आएन भनेर फोन, भेटघाट र पत्रमार्फत सोधखोज गर्नुभयो । यसरी चासो व्यक्त गर्नेहरूमा शिक्षकहरूको सङ्ख्या अधिक थियो । शायद त्यो स्वाभाविक पनि थियो । पाठक र बिक्रेताहरूसँगको दोहोरो संवाद शिक्षक को उपयोगिता, खाँचो र बजार अर्थात् पाठकहरूको रुचि र आकार आकलन गर्न उपयोगी सावित भएका छन् । शिक्षक को निरन्तरता र स्वनिर्भरताप्रति हामी अरू बढी आशावादी भएका छौँ । एक महिना लामो विश्रामकालमा सञ्चित ऊर्जा र पाठकहरूबाट प्राप्त हौसला एवं सुझवका कारण शिक्षक लाई आगामी दिनमा थप उपयोगी, आकर्षक र पाठक–मैत्री बनाउने विश्वास हामीमा पलाएको छ । यथार्थमा, हाम्रो आत्मबल बढेको छ ।
• यो विश्रामसँगै शिक्षक को परीक्षण अवधि पनि पूरा भएको छ । शिक्षक ललितपुर जिल्ला कार्यालय र मध्यमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयमा विधिवत् दर्ता भएको छ । अब यो एउटा औपचारिक अभियानमा रूपान्तरित भएको छ ।
• शिक्षक का पाठकहरू शहर–बजारभन्दा बढी देशको कुनाकाप्चाका दुरुह गाउँ–बस्तीहरूमा छरिएका छन् भन्ने हेक्का हामीलाई छ । तर शिक्षक का प्रतिहरू त्यस्ता पाठकहरूसम्म पु¥याउन हाम्रो एकतर्फी प्रयास मात्र पर्याप्त हुने छैन । तथापि त्यस्ता ठाउँमा क्रियाशील शिक्षक तथा अन्य पाठकहरूले आफ्नो तर्फबाट अलिकति मात्रै हात लम्काइदिनुभयो भने, शिक्षक का हरेक अङ्क उहाँहरूसम्म पुग्न असम्भव हुनेछैन । उहाँहरूले आफ्नो पायक पर्ने ठाउँका पत्रपत्रिका बिक्रेता, शिक्षक स्रोतकेन्द्र, अन्य शैक्षिक निकाय र गैसस आदि संस्थाहरूलाई घच्घच्याएर अथवा नजिकको पत्रपत्रिका पसल या हुलाकमार्फत पाउने गरी ग्राहक बनेर शिक्षक आपूmसम्म आइपुग्ने कुरा सुनिश्चित गर्न सक्नुहुनेछ ।
• कतिपय पाठकहरूलाई यस अङ्कको आवरण समाचार सामग्री (विद्यालय निरीक्षण) को सान्दर्भिकता र औचित्य ठम्याउन कठिन पनि हुन सक्छ । हुन पनि, सुपरीवेक्षण र अनुगमन हाम्रो राज्यप्रणालीमा अत्यन्तै कम महŒव दिइने विषय रहँदै आएको छ । हामीलाई चाहिँ ५ जुलाई २००८ मा लण्डनको द वीक मा छापिएको बेलायतको एउटा गाउँमा अवस्थित प्राथमिक विद्यालयकी प्रधानाध्यापक आइरिन हगको आत्महत्यासम्बन्धी समाचारले विद्यालय निरीक्षणको विषयभित्र पस्न उक्साएको हो । त्यो समाचारअनुसार, विद्यालय निरीक्षकले आइरिनको स्कूललाई १२ वटा मापदण्डमध्ये तीन वटामा मात्र ‘राम्रो’ (गुड) श्रेणी दिएपछि निराश भएर उनले तत्काल आत्महत्या गरेकी थिइन् । निरीक्षकका यस्ता टिप्पणीका कारण बेलायतका धेरै शिक्षक हीनभावनाबाट ग्रसित र विक्षिप्तसमेत भएका छन् भन्ने दाबी समाचारमा गरिएको छ ।
उता बेलायतमा विद्यालय निरीक्षणको महŒव र त्यसको दबाब शिक्षकको ज्यानै लिन सक्ने गरी चर्को रहेछ भने नेपालमा चाहिँ कस्तो छ त निरीक्षणको अवस्था भन्ने स्वाभाविक जिज्ञासाका आधारमा तत्सम्बन्धी सामग्रीहरू यो अङ्कमा प्रस्तुत गरिएका छन् । यसअघि यसरी कहिल्यै छलफल नगरिएको विषय भएका कारण हाम्रो खोज र सङ्कलन प्रारम्भिक स्तरको मात्र हुनसकेको छ । यसमा अनुभवी र विज्ञ पाठकहरूको सुझव एवं प्रतिक्रियाले भविष्यमा अरू बढी वस्तुनिष्ठ र व्यापक सामग्री पस्कन मद्दत गर्नेछ ।
र, अन्त्यमा;
शिक्षकबाट विद्यार्थीले पढाएको कुरा मात्रै सिक्दैनन् । त्यस्तै शिक्षकले कण्ठस्थ गर भनेको कुरा मात्रै पनि घोक्दैनन् । बरु, शिक्षकले गरेका काम र बोलेका शब्द–वाक्य पनि तिनले टिपिरहेका, सिकिरहेका हुन्छन् ।
प्रसङ्ग, २०३९ सालको हो । थानकोट (काठमाडौँ) स्थित मङ्गलोदय माविमा पढाउन थालेपछि कुनै विद्यार्थीसँग रिस उठ्दा कुन शब्दमा गाली गर्ने भन्ने समस्या प¥यो । कतिपय सहकर्मीहरूले प्रयोग गर्ने गालीका शब्द सुन्दा आफैंलाई अप्ठ्यारो लाग्थ्यो । तर बेलाबेलामा आपूmले पनि विद्यार्थीलाई हप्काउनु त पथ्र्यो नै !
केही दिनको सोचविचारपछि ‘स्वाँठ’ शब्द प्रयोग गर्नु उपयुक्त लाग्यो । बद्मासी गर्ने वा गृहकार्य गर्न नसक्ने केटा वा केटी दुवैलाई ‘स्वाँठ’ को संज्ञा दिनु शब्दार्थको दृष्टिले पनि गलत हुने लागेन ।
‘ए ! स्वाँठ !’, ‘तँलाई ! स्वाँठ !’ भनेर एउटा विद्यार्थीमाथि कड्किँदा सिङ्गो कक्षा चुप हुन्थ्यो । विद्यार्थीलाई कतिपय जनावरका नामबाट हप्काउने एक–दुई अरू शिक्षकले पनि ‘आफ्ना’ शब्द भन्दा ‘स्वाँठ’ उपयुक्त भएको प्रतिक्रिया दिए । त्यसले आफ्नो ‘सिर्जनात्मक शक्ति’ प्रति गर्व महसूस पनि गरायो ।
तर ‘स्वाँठ’ भनेर विद्यार्थीलाई धेरै दिनसम्म हप्काउन सम्भव भएन । भयो के भने, एक–दुई महिनामै विद्यार्थीहरूले त्यो शब्द आफ्नो बनाइसकेछन् । एकदिन बिहान बसबाट ओर्लिएर पहिलो घण्टीको कक्षातिर लम्कँदै गर्दा, चउरमा खेलिरहेका ७ कक्षाका विद्यार्थीको हूल ‘स्वाँठ सर आयो ! स्वाँठ सर आयो !’ भन्दै कोठातिर दौडिए । ती विद्यार्थीको आवाज सडकसम्मै सुनिने गरी चर्को थियो । हिँड्दा–हिँड्दै टाउको उठाएर हेर्दा भर्खरै कक्षा–कक्षा पस्न उठेका हेडमास्टर र अरू शिक्षकहरूका आँखा आपूmतिरै केन्द्रित देखिए । यो ‘स्वाँठ सर’ हाजिरीकापी लिन अफिसमा समेत नपसी सीधै कक्षाभित्र छि¥यो ।
त्यसपछि उसको मुखबाट विद्यार्थीलाई लक्षित गरी ‘स्वाँठ’ शब्द कहिल्यै निस्किएन ।
शिक्षक  मासिक, २०६५ असोज अंकमा प्रकाशित

Related Posts

/*sign up form*/