व्यर्थको तर्कना

by • • हेराइ र बुझाइComments (0)599

Print Friendly, PDF & Email

हेराइ र बुझाइ

o_8d86fc0c3b90ded3-0

मलिलो माटोमा खसेका बीउका दुईवटा दाना आपसमा वातमार्दै थिए । त्यस क्रममा, बीउको पहिलो दानाले भनेछ, “म उम्रिएर, हुर्किएर ठूलो हुन चाहन्छु । म आफ्ना जरा जमीनमा भित्रसम्म फैलाउन र हाँगा–फेद मोटा र बलिया बनाउन चाहन्छु । म मेरा हाँगाहरूमा लटरम्म फूल फुलाएर सबैलाई वसन्त आएको जनाउ दिन चाहन्छु । म घामको न्यानो र शीतका कणहरूको शीतलता पनि अनुभव गर्न चाहन्छु ।”
त्यो बीउ उसले सोचेजस्तै गरी नियत समयमै उम्रियो, हुर्कियो, बढ्यो र एउटा सुन्दर पुष्प वृक्षका रूपमा स्थापित भयो ।
उता बीउको दोस्रो दाना भन्दैथियो, “म चिन्तित छु— के गर्ने, के नगर्ने भन्ने निक्र्योल गर्न सकेको छैन । जराहरू जमीनभित्र पठाऊ भनें त्यहाँ तिनले के कस्तो परिस्थिति भोग्नुपर्ने हो, थाहा छैन । माथि, सुरिलो र खिरिलो भएर बढौं भनें हावाको सानो झेक्काले पनि भाँचिदिन सक्छ । फूल फुलाउँ भने ती जथाभावी चुँडिने र टिपिने डर छ । त्यसैले, अहिले हतारमा केही गर्दिनँ, बरु सुरक्षित समयको प्रतीक्षा गर्दछु ।”
तर, बीउको दोस्रो दानाले सुरक्षित समयको निम्ति धेरैबेर प्रतीक्षा गर्न पाएन । चारो टिप्दै आएको कुखुराको चल्लाले उसलाई पनि टिपेर खाइदियो ।

पाठः अल्छी र अकर्मन्यहरूले हात बाँधेर प्रतीक्षा गर्दैमा सुअवसर आउँदैनन्; विघ्न–बाधा हट्दैनन् । सफलताको भरपर्दो आधार आँट, जाँगर र निरन्तर क्रियाशीलता मात्र हो ।

Related Posts

/*sign up form*/