विद्या–विमर्श खोजीको अन्तरंग – डा. विद्यानाथ कोइराला

by • • विज्ञान–व्याख्याComments (0)3680

Print Friendly, PDF & Email

dr.bidhyanath-koiralaविद्या–विमर्श
खोजीको अन्तरंग
डा. विद्यानाथ कोइराला
बस्तु पढ्नु एउटा तरीका हो । बस्तुमा पढ्नु अर्कै तरीका हो । बस्तुभित्र पढ्नु तेस्रो तरीका हो । पहिलो तरीकामा उपरी हुन्छौं । दोस्रोमा गहिरिन्छौं । तेस्रोमा बाहिर तथा भित्रको सहसम्बन्ध खोज्छौं । के हामी शिक्षकहरू तेस्रो कोटिका बन्न सक्छैं ? पुर्खाले जीवन र जगतको सहसम्बन्ध खोजेझ्ं हामी हाम्रा पाठ्यवस्तु र सन्दर्भबीचको नाता पहिल्याउन सक्छौं ?

उपनिषदीय सोच
ज्ञान सकियो । जान्नुपर्ने (ज्ञेय) पदार्थ पनि सकियो । जान्नेवाला ‘म’ पनि चिनियो । बाँकी जे रहन्छ त्यही ब्रह्म हो । वेदान्त त्यति नै हो । छोटो शब्दमा भन्दा ज्ञान (knowledge), ज्ञेय (Things to be known) र ज्ञाता (Knower/Self) को मिलन ब्रह्मबोधमा हुन्छ । कठोपनिषदका शब्दमा उपनिषदको पढाइले तीन काम गर्छ । पहिलो ज्ञान, ज्ञेय र ज्ञाताको विसर्जन गर्छ । दोस्रो, ज्ञान र ज्ञेयको अहंकारमा बनेको अज्ञानको अन्त्य गर्छ । तेस्रो, ब्रह्म साक्षात्कार सुनिश्चित गर्छ । त्यसैले उपनिषद ज्ञानकाण्ड हो– हे. वसन्त कुमार शम्र्मा नेपाल– उपनिषद् संग्रह, २०७० पृ.१३५) । ऋग्वेदका दश उपनिषद छन् । शुक्लयजुर्वेदका उन्नाइस । कृष्ण यजुर्वेदका बत्तीस । सामवेदका सोह्र । अथर्ववेदका एकतीस । छान्दोग्यपनिषद तीमध्येको एक हो । यो सामवेदको तलवार शाखाको छान्दोग्य ब्रह्माण्डको अंश हो (हे. आचार्य श्रीरामको उपनिषद) ।

bookcover छान्दोग्यमा रस
छान्दोग्यपनिषदले रस चिनाउँछ । यसले भन्छ– पृथ्वी नै रस हो । पृथ्वीको रस हो पानी । पानीको रस औषधि । औषधिको रस पुरुष (Energy) । पुरुषको रस बोली । बोलीको रस साम (गीत) । सामको रस ॐ (छान्दोग्यपनिषद पृ. ८४) । त्यही वाक नै ऋक हो । त्यसको प्राण साम हो । ॐकार हो । उत्गीथ हो । उद्गीथ हो । ऋक वेदको ‘उत्’ । यजुर्वेदको ‘गी’ । सामवेदको ‘थ’ । त्यही प्रणव हो । ब्रह्म चिन्ने र चिनाउने सूत्र (पृ. ९१) । यसले सन्देश दिन्छ – संसार रसमय छ । लयमय छ । ब्रह्म पनि रसमय नै छ । रसहरूको लय एवं विलयले सृष्टि हुन्छ । विलय हुन्छ । भौतिक शब्दमा भन्दा जीव देखिन्छ । जीव हराउँछ । त्यही देखिने र हराउने लय बुझन रस बुझनु पर्छ । रसले नै बुझनु पर्छ । रसको यो सिद्धान्तमा विज्ञानसम्मत चिन्तन छैन र ? जलबाट जीव बन्ने विज्ञान । जल सकिएर जीव हराउने विज्ञान । त्यसो हो भने छान्दोग्यपनिषदले रस सिद्धान्त सिकाएन र ?
शब्द विश्लेषण गर्ने शैलीले भाषाको उत्पत्ति सिकायो । ॐबाट बोली । बोलीहरूको विलयमा बाँकी रहने साम (गीत) । यसले सिकायो ऋक् र वेद मिलेर ऋग्वेद बन्छ । उत्+गी+थ मिलेर उद्गीथ बन्छ । अ+उ+म मिलेर ॐ बन्छ । उसरी हेर्दा शब्द संयोजन अग्रगामी सोच हो । शब्द विच्छेद पश्र्वगामी चिन्तन हो । अहिलेको शिक्षा मन्त्रालयीय लेखन पश्र्वगामी चिन्तनकै ज्वलन्त नमूना हो । अग्रगामी सोच राख्ने पश्र्वगामी लेखनशैली बोकाउनेहरूलाई छान्दोग्यपनिषदले चड्कन दिएन र ? ऋक् वेद शुद्ध हो । ऋग्वेद शुद्ध हो । ऋक्वेद शुद्ध भन्ने र भनाउनेहरू उल्टा भएनन् र ? रस नबुझ्काहरू । रसका निसृति नचिनेकाहरू ।

छान्दोग्यमा वाणी
छान्दोग्य भन्छ– रसमा गति हुन्छ । गतिमा स्वर । छान्दोग्यपनिषदको शब्दमा प्राण नै स्वर हो । त्यसैले सूर्य पनि स्वर हो (ऐ पृ. ८७) । सूर्य स्वर भएपछि त्यसमा रस पक्का छ । गति पक्का हुन्छ । ताल पक्का छ । लय पक्का छ । सास लिंदा पनि त्यही कुरा लागू हुन्छ । बाहिरी सास भित्र लाँदा अपान भयो । भित्री सास बाहिर ल्याउँदा पान । सास भित्रयाउँदा र बाहिरयाउँदा सन्धि हुन्छ । त्यही सन्धिको नाम व्यान हो । व्यान नै वाणी हो । ऋक हो । साम हो (पृ.८८) । छान्दोग्यको वाणीले सूर्यको निर्माण र विलय चिनाएन र ? सूर्य बन्ने र विलाउने प्रक्रिया तथा जीवन बन्ने एवं हराउने प्रक्रिया एउटै हो भन्ने बुझएन र ? सूर्यमा लय छ भनेन र ? हाम्रो श्वास प्रश्वासको लय जस्तै । त्यहाँ पनि पान, अपान र व्यान हुन्छ भनेन र ? व्यान वाणीको रूपमा । पान र अपान श्वास प्रश्वासको रूपमा । त्यसो हो भने लय र विस्फोट सूर्यमा हुन्छ भनेन र ? हामीमा पनि त्यस्तै हुन्छ भनेन र ? सूर्यको तरंगमा पान, अपान र व्यान भइरहन्छ भनेन र ? हामी पनि पान, अपान र व्यानको चालमा बाँच्छां भनेन र ? यी तीनवटै गति सकिंदा कालो सूर्य (Black hole) बन्ने चिन्तन दिएन र ? जीवन मूर्दा भएको समकक्षी सिद्धान्त सिकाएन र ? साहित्यिक अर्थमा आरोपी सिद्धान्त पढाएन र ? त्यसो हो भने ग्रह, उपग्रह, नक्षत्र, तारा सबै रसयुक्त छन् भनेन र ? मंगल ग्रहमा पानी छ कि छैन भन्ने प्रश्न गर्नेहरूलाई पानी त छ । हुन्छ । तर कति पानी भए तिमीलाई पुग्छ भनी प्रतिप्रश्न गरेन र ?

छान्दोग्यमा सूत्र
छान्दोग्यपनिषदले कथा दियो । दाल्भ्य र चौकितायनको कथा । दाल्भ्यले चौकितायनलाई भने जलको आश्रय स्वर्ग हो । स्वर्गको आश्रय पृथ्वी । यही कथाले प्रत्युतसमपाद (Dependent co-arising) को सिद्धान्त पढाएन र ? स्वर्ग भनेको सर्ग हो भनेन र ? सर्ग भनेको आकाश बुझएन र ? आकाश र पृथ्वीको ज्ञान जान्ने सूत्र चिनाएन र ? छान्दोग्यपनिषदको शब्दमा त्यो सूत्र सूर्यको किरण हो । किरण नै छिद्र हो– स्वर्ग पुग्ने बाटो । उपनिषदीय शब्दमा पूर्वी किरणले स्वर्गमा प्रवेश गराउँछ । पश्चिमी किरणले बाहिरिन सिकाउँछ । उदाहरण दियो मौरीको । फूलमा खील गाड्ने पूर्वी किरणले । रस निकालेर बाहिरिने पश्चिमी किरणले । यसरी हेर्दा ब्रह्म बुझने उपाय सिकाएन र ? गाडिने र निस्किने अलग प्रक्रिया हुन् भनेन र ? बत्ती बाल्ने र निभाउने उपाय सिकाएन र ? त्यहीं सत्य कामको कथा ल्याएर भनिदियो – ब्रह्मको पहिलो पाइला प्रकाश हो । दोस्रो पृथ्वी, अन्तरिक्ष, द्युलोक र समुद्र । तेस्रो हंस (प्राण वा धनञ्जय वायु) । चौथो आयतनवान (ऐ.पृ. १३१–१३३) । त्यसैले निर्णय दियो– प्राण ब्रह्म हो । सुख ब्रह्म हो (पृ. १३४) । अर्थात् क नै ख हो । ख नै क हो । अनि निचोड दियो– प्राण, आकाश, द्युलोक र विद्युत् सबै अग्नि हो (पृ. १३५) । यी अग्निहरूलाई केले जोड्ने त ? छान्दोग्यपनिषदले व्यावहारिक उत्तर दियो । भन्यो– नूनले सुन जोड्छ । सुनले चाँदी । चाँदीले राग । रागले सिसा । सिसाले फलाम । फलामले काठ । काठले छाला । अनि निर्णय दियो यज्ञले जीवलाई ब्रह्ममा जोड्छ । मानस यज्ञले । भौतिक यज्ञले । आत्मिक यज्ञले (ऐ.पृ. १३८–१३९) ।
यसरी हेर्दा छान्दोग्यपनिषदले योजकहरू चिनायो । भौतिक योजक । मानसिक योजक । आत्मिक योजक । के यो भौतिक विज्ञानको सिद्धान्त हैन र ? आत्मिक विज्ञानको सूत्र हैन र ? रासायनिक विज्ञानको संकेत हैन र ? आखिर उपनिषद त ज्ञान न हो । त्यो ज्ञानमा कारण र असर खोजे विज्ञान भेटिन्न र ? व्यवहारमा देखिन्न र ? अहिले चलनचल्तीमा ल्याएको जीवन्त सिद्धान्त (Living theory) को भ्रूण चिनिन्न र ? तर्कशास्त्र पाइन्न र ? छान्दोग्यपनिषदले त्यहीं अर्को सूत्र दियो– उद्वालक र स्वेतकेतुको संवादी सूत्र । सूत्रले भन्यो माटोको घडा बुझदा माटो बुझ्न्छि । घडा बुझ्न्छि । ब्रह्म बुझन पनि जीव बुझ् पुग्छ (पृ. १५७) । यो सूत्रले तथ्यांकशास्त्रीको नमूना (Sample) र अध्ययनको ब्रह्माण्ड (Universe) चिनाएन र ? जलको मूल तेज हो । तेजको मूल सत् हो (पृ. १६३) भनेर अहिलेका वैज्ञानिकहरूको सूत्र पुनरावलोकन गर्न सिकाएन र ?

छान्दोग्यमा तत्व
छान्दोग्यपनिषदले भन्यो– शरीर पञ्च भौतिक हो । त्यसमा तीन तत्वको प्रमुख खेल हुन्छ । त्यही क्रममा भनिदियो– जलको स्थूल भाग मूत्र हो । मध्य भाग रक्त हो । सूक्ष्म भाग प्राण हो । तेजको स्थूल भाग हड्डी हो । मध्य भाग मासी । सूक्ष्म भाग वाणी । मन चाहिं अन्न रूप हो । प्राण जल रूप । वाणी तेज रूप । तेजको अंश रहेसम्म हामी बाँच्छौं । फिलिङ्गो रहेसम्म अरूलाई बाल्छौं (पृ. १६२) । छान्दोग्यपनिषदको यो तत्वले हामीलाई चक्रीय ज्ञान सिकाएन र ? हामी र ग्रह, उपग्रह तथा नक्षत्रमा पनि त्यही तत्व हुन्छ भनी इंगित गरेन र ? थप खोज गर्न चाहनेहरूलाई आधार दिएन र ? मुमुक्षुहरूलाई तत्वबोध गराएन र ? तेजबाट हाड बन्छ भन्ने सोचले चिकित्सा विज्ञानलाई खोजको क्षेत्र चिनाएन र ? मन चाहिं अन्न रूप हुन्छ भनेर पोषण विज्ञानलाई झ्स्काएन र ? जे पनि खानु हुन्छ भन्नेहरूलाई सोच्न बाध्य गरेन र ? यस अर्थमा नयाँ विज्ञान खोज्ने बाटो दिएन र ?

छान्दोग्यमा श्रेष्ठता
श्रेष्ठ को र के ? यो लडाईं सर्वत्र छ । हुन्छ । त्यसैले छान्दोग्यपनिषदले भन्यो– वाणी श्रेष्ठ भन्नेले त्यो पाएपछि टुंगिए । मन श्रेष्ठ भन्नेले मन चिनेपछि टुंगिए । चित्त (बुद्धियुक्त गुण सहितको मन, ऐ. पृ. १७२) श्रेष्ठ भन्नेले चित्त जानेपछि हराए । ध्यान श्रेष्ठ भन्ने त्यहीं अड्किए । त्यही हाल हो– विज्ञान श्रेष्ठ भन्नेको । बल श्रेष्ठ भन्नेको । अन्न श्रेष्ठ ठान्नेको । जल श्रेष्ठ भन्नेको । तेज उत्तम भन्नेको । आकाश उत्तम भन्नेको । प्राण उत्तम भन्नेको । त्यसैले छान्दोग्यपनिषदले भनिदियो– तिनीहरू निश्चयवादी हुन् । अतिवादी हुन् (ऐ पृ. १७०–१७८) । छान्दोग्यपनिषदको संकेतले भन्छ – निश्चयवादीहरू टुंगिन्छन् । हठवादी बन्छन् । जडसूत्री बन्छन् । तथ्य खोज्नुको सट्टा सूत्र खोज्छन् । त्यसैको व्याख्याता बन्छन् (पृ. १७०–१७८) । छान्दोग्यपनिषदको यो सोचले बुद्धको मध्यमार्ग सम्झउँछ । मार्कसको निश्चयवादितालाई जिस्क्याउँछ । साम्यवादीहरूले भन्ने गरेको जडसूत्रवादको उद्गम चिनाउँछ । बहुसत्य उब्जने कारण सम्झउँछ । किनकि यसले भन्छ – आत्मा सर्वत्र छ (पृ. १८१) । त्यो ब्रह्म अन्तर्गत हुन्छ । सर्वत्र भएकै कारणले गर्दा बहु टुंग्याइहरू हुन्छन् । सम्प्रदायहरू बन्छन् । गुट, उपगुट हुन्छन् । यस अर्थमा छान्दोग्यपनिषदले अल्पज्ञानीहरूको दशा चिनाएन र ? तिनको टुंग्याइ देखाएन र ? अपूर्ण टुंग्याइलाई पूर्ण हो भन्ने तिनको भीरुता औंल्याएन र ? पक्षीय सत्यहरू खोज्न उत्प्रेरित गरेन र ? बुझइ शाश्वत हुन्न भनेन र ? आंशिक बुझइमा संवाद गर्न सकिन्न र ? संवादी सत्य बनाउन सकिन्न र ? यस अर्थमा सहमतिको सिद्धान्त निर्माण गर्ने कला थाहा पाइन्न र ? विज्ञान सत्य भन्नेहरूलाई सन्दर्भमा विज्ञान पढ्न प्रेरित गर्दैन र ? पढाउन क्रियाशील बनाउँदैन र ? श्रेष्ठताको हठलाई सन्दर्भमा हेर्ने दृष्टिकोण बन्दैन र ?

छान्दोग्यमा मृत्यु
छान्दोग्यका रैक्क ऋषि शूद्र हुन् । उनले सवर्ग मिलन सिद्धान्तमार्फत मृत्यु र जन्म सिकाए । रैक्क ऋषि भन्छन्– वायुको सवर्ग अग्नि हो । त्यसैले अग्नि शान्त हुनासाथ वायुमा मिल्छ । जल सुक्नासाथ वायुमा मिल्छ । प्राण चाहिं वागेन्द्रियमा जान्छ । आँखा, कान र मन प्राणमै मिल्छ । यसैले देवतामा वायु र इन्द्रियमा प्राण सवर्ग हुन्छ । अर्थात् वायुमा मिल्नु भनेको देवतामा मिल्नु हो । प्राण जानु भनेको इन्द्रिय शान्त हुनु हो (पृ. १२९) । त्यसैले छान्दोग्यपनिषद भन्छ – मृत्युपछिको लोक चाहिं संकल्पले निर्णय गर्छ । संकल्प हुनेको लोक हुन्छ । संकल्प नहुनेको लोक स्वतः हराउँछ (ऐ पृ. १८३–१८५) । यस अर्थमा बुद्धको लालसा (Avery) सिद्धान्तसँग सहमति भएन र ? ऋग्वेदका अत्रि ऋषिको चिन्तन जोडिएन र ? संकल्पलाई विकल्प हुँदै निर्विकल्पमा लान अभिप्रेरित गर्ने कर्मकाण्डीय चिन्तनमा सत्यता खोज्ने÷खोजाउने बाटो दिएन र ? कर्मकाण्डहरू निर्विकल्पमा लाने साधन पो रहेछन् भन्ने सोच बनाएन र ? त्यही सोचमा निश्चयवादिता वा अतिवादिता पो छ कि भन्ने दृष्टिकोण बनाइदिएन र ? शरीर किन मर्छ भन्ने चिकित्साशास्त्रीय सोचमा थप खोजी गर्ने बाटो दिएन र ? नाशको सिद्धान्त (Theory of Decay) बनाउने वैज्ञानिकहरूलाई सवर्गको सिद्धान्त पढाएन र ? सवर्गको विस्तार जीवन रहेछ भनेन र ? सवर्गको संकुचन मृत्यु हो भनेन र ? पृथ्वीको उत्पत्ति कसरी भयो भन्नेहरूलाई सवर्गको सिद्धान्त पढ भनेन र ? ब्रह्म र ब्रह्माण्डको सोच दिएर विस्तारको कुरा भनेन र ? प्रलयको सोच दिएर सवर्गी मिलनको सन्देश दिएन र ? एक हुने र छुट्टिने मुन्दुमको दृष्टिकोणलाई एकाकार गरेन र ? जन्मनेको आयु हुन्छ भन्ने कुरा प्रमाणित गरेन र ?

मेरो जिज्ञाशा
बस्तु पढ्नु एउटा तरीका हो । बस्तुमा पढ्नु अर्कै तरीका हो । बस्तुभित्र पढ्नु तेस्रो तरीका हो । पहिलो तरीकामा उपरी हुन्छौं । दोस्रोमा गहिरिन्छौं । तेस्रोमा बाहिर तथा भित्रको सहसम्बन्ध खोज्छौं । सवर्गी सहसम्बन्ध । अवर्गी सहसम्बन्ध । सवर्गी हुँदा मिल्दा कुरा खोज्छां । अवर्गी हुँदा अमिल्दा कुरा खोज्छौं । सअवर्गी हुँदा मिल्ने र भित्रिने कुरा एकसाथ हेर्छौं । के हामी शिक्षकहरू तेस्रो कोटिका बन्न सक्छैं ? पुर्खाले जीवन र जगतको सहसम्बन्ध खोजेझ् हामी हाम्रा पाठ्यवस्तु र सन्दर्भबीचको नाता पहिल्याउन सक्छौं ? वस्तु पढाउने र वस्तुमा पढाउने अहिलेको बानी बदल्न सक्छौं ? एकै उदाहरणबाट बहुकुराहरू एकसाथ सिक्ने सिकाउने शिक्षणकला अपनाउन सक्छौं ? प्रयास गर्ने कि ? छान्दोग्यपनिषद भन्छ – सक्छौं । यो सक्ने, सिक्ने र सिकाउने तागत सबै धार्मिक पुस्तकमा छन् । सबै धर्ममा छन् । धर्म त निश्चयवादीहरूले दिएको नाम हो । ज्ञान त साझ हो । ज्ञेय साझ हुन् । ज्ञातामा आत्मरति वा अहंकार झ्क्निे हो भने हामी सबैका हुन्छौं । सबै विषयका हुन्छौं । सबै विधाका हुन्छौं । प्रश्न यत्ति हो– रहर गर्ने कि निच मार्ने ? खोज्ने कि पत्याउने ? नयाँ सिद्धान्त बनाउने कि पुरानैलाई बोकिरहने ? हामी बन्ने कि पिछलग्गु भइरहने ? हाम्रै रहरले हामीलाई बनाउँछ । बिगार्छ । त्रिशंकुमा पुरयाउँछ । 

Related Posts

/*sign up form*/