विद्यालय शिक्षामा सुधार चाहने शिक्षकले गर्छन्, गरेकै छन् – डा. विद्यानाथ कोइराला

by • • 2071_12, विश्लेषणComments (0)2960

Print Friendly, PDF & Email

पिरलोको उठान

प्राज्ञिक अध्ययनहरूले भने- शिक्षा सुध्रेन । उपभोक्ता अध्ययन (Consumers’ Research) ले भने- नियमित अनुगमन र थप सहयोगले सुधार सम्भव छ । दलीय राजनीतिज्ञ तथा तिनका झोले संस्थाहरूले भने- शिक्षा नीति भएन । दर्शन भएन । पाठ्यक्रम भएन । देशलाई छुट्टै खाले शिक्षा चाहियो- जनवादी । जनमुखी । समाजवादी । राष्ट्रवादी । व्यावहारिक । वैज्ञानिक । उत्पादनमुखी । शिक्षक संघ-संगठनहरूले भने- शिक्षा ब्रि्रनुमा सरकार दोषी छ । निजी विद्यालयहरूले भने- हामी सक्षम छौं । शिक्षा सुधार्न सकिन्छ । सञ्चारका साधनहरूले भने- सरकारी स्कूलमा केही सुधारक छन् । केही बिगारक छन् । यसरी हेदा हामीमा पिरलो रहृयो । शिक्षा सुधार्ने पिरलो । सम्भावना रहृयो- सुधारे सकिन्छ । निर्ण्र्रहृयो- सुधारक शिक्षक नै हुन् । व्यवस्थापन रहृयो- संयुक्त प्रयास । विश्वास रहृयो- शिक्षणकला बदल्न सके शिक्षा सुध्रन्छ । त्यो सुधारक शिक्षक हो । शिर्फशिक्षक किनकि भान्से उही हो । मिलाउने । पकाउने । पस्कने । मीठो र नमीठो बनाउने ।

निजी स्कूलले भने- हाम्रो बल व्यवस्थापन हो । व्यवस्थापनले गर्दा नै शिक्षा सुधार्‍यौं । यो भनाइको विश्लेषण गर्‍यौं । हाम्रो ठम्याइ रहृयो- निजीमा कडा व्यवस्थापन छ । शिक्षकको नियुक्ति र बर्खास्तीमा । विद्यार्थी अनुशासनमा । पैसा तिरेका अभिभावकको चासोमा सरकारी स्कूल विपरीत स्वरूपको छ । त्यस स्थितिमा हाम्रो विश्वास बन्यो- बदल्ने शिक्षक नै हौं । व्यवस्थापन समिति सहायक हो । अभिभावक पूरक हुन् । सरकार सहयोगी हो । शिक्षक संघ-संगठनहरू परिचालक हुन् । यो विश्वासलाई हामीले चार वर्षघि दोलखा जिल्लामा परीक्षण गर्‍यौं ।

परीक्षणको अनुभूति

यो शैक्षिक पिरलोको समाधान खोज्न हाम्रो तीनचम्के कार्यक्रम बन्यो । दोलखाका तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले शिक्षक, अभिभावक र राजनीतिक दलका प्रतिनिधिहरूको भेला बोलाउने । शिक्षा पत्रकार समूहका पूव अध्यक्ष हरि थापाले सूर्योदय शैक्षिक प्रतिष्ठानमार्फ शिक्षक र म जस्ता स्वयंसेवीलाई खाने, बस्ने प्रबन्ध गर्ने । स्वयंसेवीले भेलामा समस्यामूलक शास्त्रास्त्र गर्ने । जिल्ला शिक्षा अधिकारीले प्रशासनिक व्यवस्थाबारे जानकारी दिने । चरिकोटमा भएको यो कार्यक्रममा मूलतः ठूला कुराहरूको पुनरुत्पादन (Reproduction) भयो । अर्को शब्दमा भन्दा सडकमा जे भनिन्थ्यो, शिक्षकहरूले त्यही भने । अभिभावकले शिक्षकलाई दोषे । शिक्षकले राजनीतिज्ञ र सरकारलाई दोषे । राजनीतिज्ञले सरकारको अकर्मण्यतालाई इंगित गरे । कतिपय शिक्षकले मलगायतका स्वयंसेवी सहभागीहरू ‘शिक्षकलाई गाली गर्न आएको व्यक्ति’ ठाने । डलर पचाउने कार्यक्रम भने । त्यो स्थितिमा हाम्रो भूमिका रहृयो- प्रश्नकर्ताकै टाउकोमा समस्या फाल्ने । उदाहरणका लागि हामीले भन्यौं- भान्सेले भात यस्तो हुनुपर्छ भन्ने हो र – आफैले यस्तो बनाएँ भन्न सक्तैनौं र – राजनीतिज्ञले शिक्षा यस्तो हुनुपर्छ भन्ने हो र – आफ्नै दलका शिक्षक तथा विद्यार्थीलाई अपेक्षित शिक्षा बनाउँ भन्न सकिँदैन र – परीक्षा प्रणाली बेठीक भन्ने शिक्षकले हो र – शिक्षक आफैले प्रश्न बनाउने तथा कापी जाँच्ने हैनौं र – शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणी सम्बन्ध चाहिन्छ भनेर बोल्ने हो र – प्रधानाध्यापक तथा शिक्षकले त्यो काम आफै गर्न सक्तैनौं – पाठ्यक्रम, पाठ्यपुस्तक तथा नीति भएन भनेर कराउने मात्रै हो र – हामी शिक्षकले नै स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक र विद्यालयीय नीति बनाउन सक्तैनौं र –

शिक्षकहरूले अधिकारका कुरा उठाए- १७ थरीका शिक्षक । दलीय दबदबा । अस्थायीलाई विद्यालय पोशाक नदिने सरकारी नीति । शिक्षक तयारी गर्ने विश्वविद्यालयको कमजोरी आदि । यहाँ पनि हाम्रो प्रत्रि्रश्न रहृयो- हामी दलीय विभाजनका शिक्षक संघ-संगठनहरू हैनौं र – त्यसो भए शिक्षा बिगार्ने हामी नै भएनौं त – विद्यार्थीले शिक्षकलाई ‘तपाईं कति तलब खानुहुन्छ’ भनी सोधे र – के सरकारले घोक्य्राएर शिक्षक बनाएको हो र – शिक्षकलाई सरकारले पोशाक दिनुपर्ने अनि विद्यार्थीलाई चाहिँ तपाईंहरूले दिएको हो र –

हाम्रा ओठे तर दिमाग खलबल्याउने प्रश्नले शिक्षाका सरोकारवालाहरूलाई सोच्न बाध्य गर्‍यो । तीन महिनामा पुनः भेट्ने हाम्रो वाचाले केही गरेका शिक्षकलाई हौसला मिल्यो । गर्न खोज्नेलाई सोच्ने र गर्ने अवसर मिल्यो । परिणामतः हामीले अर्को उपाय खोज्यौं । त्यो हो- राम्रो गर्ने शिक्षकका अनुभवहरू सुनाउने । ‘मैले यसरी विद्यालय सुधारें’ भन्ने अनुभव । मूलतः प्रधानाध्यापक र व्यवस्थापन समितिका अनुभव । तीन महिनापछिको दोलखाकै अनुभवले आशाको किरण दियो । सरकारी स्कूलका सुधारक शिक्षकहरूलाई अग्रपंक्तिमा ल्याउने । यो भएन, त्यो भएन भन्ने र अन्यत्र मात्रै दोष देख्नेहरू (Outwardly Critical Groups) लाई आफैभित्र दोष छ कि (Inwardly Critical Groups) भनी खोज्न उत्प्रेरित गर्ने । सुधार्न चाहनेहरूलाई सम्भाव्य उपायहरू छन् भनी संकेत सूत्र (Clues) दिने ।

बदलिँदो रणनीति

) सहकर्मीको खोजी गर्ने

दोलखाको अनुभवले ‘ठूला कुरा’ लाई व्यावहारिक स्वरूपमा झार्ने उपाय खोजायो । यस क्रममा दुइटा उपाय सुझे । पहिलो, सम्बन्धित जिल्लाकै केही राम्रा र नराम्रा भनिएका सरकारी स्कूलको भिडियो बनाउने । किन कुनै स्कूल राम्रो भयो अनि कुनै कुनै बिग्रियो भन्ने यथार्थ दृश्य भिडियोमार्फत प्रस्तुत गरेर त्यसैमा छलफल चलाउने । दोस्रो, कार्यक्रमलाई संस्थागत गरी निरन्तरता प्रदान गर्न एउटा संस्था खडा गर्ने । यही क्रममा सूर्योदय शैक्षिक प्रतिष्ठान जन्मन पुग्यो । दोलखा अनुभवले सिकाएका पाठहरूलाई कार्यक्रममा बदल्दै जाँदा सूर्योदय शैक्षिक प्रतिष्ठानसँगसँगै ‘शिक्षकले चाहेमा गर्न सक्छन् अभियान’ जन्मियो । अभियानमा शिक्षक युनियनहरू, स्वयंसेवी प्राध्यापक, शिक्षक पत्रिका, शिक्षा नीति अभ्यास केन्द्र, शिक्षा पत्रकार समूह जस्ता संस्थाहरू स्वःस्फूत साझेदार हुँदै गए । समस्या रहृयो क-कसले शिक्षकलाई सम्बोधन गर्ने –

ख) विचारहरूको संयोजन गर्ने

अभियानमा आबद्ध संस्थाका सबै प्रतिनिधिले जिल्ला भेलाका सहभागीहरूलाई सम्बोधन गर्न थाल्यौं । सम्बोधनकर्ताहरूको ताँती नै लाग्यो । रोल्पामा त्यो स्थितिको टड्कारो अनुभूति भयो । शिक्षा सचिवदेखि अन्य अभियानकर्ताहरूको एकोहोरो सम्बोधनलाई बदल्ने कसरी – तिनीहरूका भिन्न खाले विचारहरूलाई एकीकृत गर्ने कसरी – यस स्थितिमा धनुषा पुग्दा हामीले अर्को रणनीति अपनायौं । अर्थात् सम्बोधनकर्ताहरू सबैलाई एकैसाथ मञ्चमा राख्यौं । भेलाका सहभागीहरूलाई राम्रो गरिरहेका र राम्रो गर्न नसकिरहेका सामुदायिक स्कूलहरूको भिडियो देखायौं । त्यसपछि जिल्ला भेलाका सहभागीहरूलाई प्रश्नोत्तरमा हाल्यौं । जो जससँग सम्बन्धित प्रश्न हो- त्यसैले उत्तर दिने । उत्तरहरूमा अलग अलग दृष्टिकोणहरू आए मैले संयोजन गर्ने । अनुभव गर्दै बदल्दै गरेको यो रणनीतिले भेलाका सहभागीहरूको सक्रियता र सहभागिता बढायो । प्रश्नहरू कक्षाकोठाका समस्यामा सीमित हुन थाले । हाम्रो निम्ति यो ज्यादै सुखद् अनुभूति थियो ।

) नेतृत्वका सोचाइहरूको विस्तार गर्ने

शिक्षक युनियनको नेतृत्व सबै ठाउँमा पुग्न सक्ने स्थिति रहेन । त्यसको विकल्प खोज्यौं । त्यो हो- उहाँहरूका भनाइको छायांकन गरेर पर््रदर्शन गर्ने । शिक्षक नेतृत्वको उपस्थिति अथवा यस्तो छायांकित पर््रदर्शनले शिक्षकहरूलाई विश्वस्त बनायो कि यो हाम्रै कार्यक्रम हो । हामीले नै गर्नुपर्ने कार्यक्रम हो । हाम्रै लागि हाम्रा नेताहरूसमेतले बनाएको कार्यक्रम हो । तर्सथ जहाँ कुनै शिक्षक संघ-संगठनको प्रतिनिधित्व हुँदैनथ्यो, त्यहाँ हामीले उहाँहरूको छायांकित पर््रदर्शनीको सहारा लियौं ।

घ) सहकर्मी संस्थाहरूको संश्लेषित प्रयास सुनिश्चित गर्ने

सम्बन्धित जिल्ला शिक्षा अधिकारीहरू सधैं क्रियाशील रहे । उनीहरूको अर्को आशय रहृयो- शिक्षा विभाग के भन्छ – मन्त्रालय के भन्छ – यस निम्ति उहाँ र हामीले दोहोरो प्रयास गर्‍यौं । दुवै संस्थाले भरपूर सहयोग गरे । शारीरिक उपस्थिति देखाएर । वैचारिक मतैक्यता देखाएर । यसले गर्दा ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भन्ने अभियान साझा बन्न पुग्यो- शिक्षक युनियनहरूको । शिक्षा विभागको । शिक्षा मन्त्रालयको । जिल्ला शिक्षा कार्यालयको । सूर्योदय शैक्षिक प्रतिष्ठान चाहिँ संयोजक बनिरहृयो । छायांकनकर्ता रहिरहृयो । शिक्षक नेता तथा त्रिवि प्राध्यापकहरू स्वयंसेवी बनिरहृयौं । डा. सुशन आचार्यको सहयोग सदैव उल्लेखनीय रहृयो ।

ङ) रेकर्डर्ेेप्रविधिको प्रयोग गर्ने

बझाङ र कालिकोट जस्ता जिल्लामा कसरी पुग्ने – कसरी शिक्षक युनियनका नेता, सरकारका प्रतिनिधि र र अन्य सहकर्मीहरू पुग्ने – पुर्‍याउने – त्यो ठूलो खर्च कसरी जुटाउने – यो पिरलोले अर्को रणनीति जन्मायो । विभिन्न जिल्लाका विद्यालयहरूको अवस्था र छलफल कार्यक्रमको भिडियो र डीभीडी बनाउने । पेनड्राइभमा ती भिडियोहरू उपलब्ध गराउने । त्यसैको पर््रदर्शन गर्ने । परिणामतः अहिले सूर्योदय शैक्षिक प्रतिष्ठानसँग जिल्लैपिच्छे क-कसले के-के सोधे – क-कसले के-के उत्तर दिए भन्ने भिडियो सामग्रीहरूको खजाना उपलब्ध छ । ‘राम्रा’ र ‘नराम्रा’ भनिएका विद्यालयहरूको गतिविधि समेट्ने श्रव्य र दृश्य सामग्रीहरू संकलित भएका छन् ।

यस क्रममा हामीले ‘जनवादी’ र ‘जनमुखी’ शिक्षाको झल्को दिने सरकारी विद्यालयहरू पनि पायौं । नइन्द्र गुरुङ प्रअ रहेको बाग्लुङको अमरभूमि स्कूल एउटा त्यस्तो नमूना हो । आधुनिक प्रविधि प्रयोगको नमूना स्कूल सुर्खेतमा पायौं- गेहेन्द्र दाहालले नेतृत्व गरेको स्कूल । त्यसै गरी बुटवलको नवीन औद्योगिक र अन्य धेरै विद्यालयहरू प्रविधिमा पनि आफूलाई अब्बल बनाउँदै गइरहेका छन् । प्राथमिक र निम्न माध्यमिक स्कूलका नमूना दोलखा र सिन्धुपाल्चोकमा पायौं । कृष्णबहादुर खत्री र देउती थापाका स्कूलहरू त्यसका उदाहरण हुन् । यी सबै प्रकारका विद्यालयहरूको अवस्था र गतिविधि समेट्ने भिडियो उपलब्ध छन् । चाहने जोसुकैले लिन पाउँछन् । वेबसाइटमा पनि यी सामग्रीहरू अपलोड भइरहेका छन् । यसो गर्दा चाहने शिक्षकहरूले अरूबाट सिक्ने अवसर पाएका छन् ।

) सुध्रिएका विद्यालयहरूको रेकर्ड राख्ने

एक पटक कार्यक्रम गरेपछि छाड्दै अघि बढ्नु यो अभियानको अभ्रि्राय होइन । अभियानको अभ्रि्राय हो, हामीसँगको कार्यक्रमपछि फर्केर विद्यालय पुगेका शिक्षकले के सुधार गरे – सुधार्ने प्रयत्न गरे – यसको मूल्यांकन गर्ने । मूल्यांकन कार्यक्रममा पहिले कमजोर देखिएका विद्यालयहरूमा पुनः जाने र उनीहरूले गरेको सुधारको पुनः भिडियो खिच्ने । पहिलेको अवस्था र अहिलेको अवस्थाको तुलनात्मक विवरण भिडियोमै देखाउने । अहिलेसम्म दोलखा, मकवानपुर, डोटी, रोल्पा, रामेछाप र बाग्लुङमा मात्र दोहोर्‍याएर कार्यक्रम सम्पन्न गर्न सकिएको छ ।

मूल्यांकन कार्यक्रम गरिएका सबै जिल्लामा उत्साहजनक नतिजा आएको छ । आफूले राम्रो गरेका उदाहरणहरू शिक्षकले प्रस्तुत गर्न सकेका छन् । भिडियोमै पनि यो कुरा र्छलंग देखिन्छ । कार्यक्रम सम्पन्न गर्न नसकिए पनि धनुषाका विद्यालयहरूमा दोहोर्‍याएर छायांकन गर्न जाँदा विद्यालयहरूको प्रगति उत्साहजनक पाइयो । अझ सरस्वती उमावि धनुषाका शिक्षक तथा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मेघनाथ यादवका कुरा त अझ उत्साहित पार्ने खालका छन् । यादवले हामीलाई सुनाए, “अभियान सम्पन्न भएपछि हामी सबैमा एकता कायम भयो । कसरी राम्रो पार्ने भन्ने योजना बनायौं । गरेपछि हुने रहेछ । कार्यक्रम भएको वर्ष-२०७०) हाम्रो विद्यालयबाट १३ जनाले एसएलसीमा डिष्टिंक्सन ल्याउन सफल भए । यो कार्यक्रमकै प्रेरणा र शिक्षा हो ।”

बाँकी जिल्लाको अवस्था पनि यस्तै छ । बाग्लुङको अमर प्राथमिक विद्यालयका प्रधानाध्यापक परमानन्द गौतमले त सबैलाई झस्काउने अनुभूति सुनाए, “अभियानको कार्यक्रमले मेरा आँखा खोलिदियो । मैले शिक्षक भएको ३५ वर्षम्म त ठगेर खाएको रहेछु ।” अहिले गौतम विद्यालय सुधार्न कस्सिएर लागेका छन् । कार्यक्रमका लागि तयार गरेको भिडियोमा पनि यो कुरा र्छलंग देखिन्छ । शिक्षकहरू आफैले खोलेको निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालय सुधार्न थालेको, पानीमा डुबेर भ्यागुता कराउने विद्यालयको भौतिक अवस्था सुधारेको लगायत विभिन्न कथाहरू भिडियोमा हेन पाइन्छ ।

) वेबसाइट सञ्चालन गर्ने

प्रत्यक्ष रूपले अभियान कार्यान्वयन गर्न नसक्ने जिल्ला, विद्यालय वा गैससहरूको आवश्यकता बेग्लै रहृयो । आफ्नै सिकाइका लागि उनीहरूले वेबसाइट खोजे । परिणामतः सूर्योदय शैक्षिक प्रतिष्ठानले अभियानकै लागि www.tcmd.org वेबसाइट बनायो । यो वेबसाइटमा संस्थागत एवं कार्यक्रमागत जानकारीहरू उपलब्ध छन् ।

) व्यक्तिगत सहयोग गर्ने

अभियानमा संलग्न व्यक्तिहरू आफै संस्था बन्दै गएका छौं । टीका भट्टर्राई र हरि थापाको बाजुरा र मुगु अभियानले त्यसै भन्छ । मेरो खोटाङ र पर्वतको अभियानले त्यही भन्छ । अर्थात् त्यहाँ हामीले अभियानमा संलग्न सबै सहकर्मीहरूलाई लगेनौं किनकि त्यहाँका सरोकारवालाहरूले केही व्यक्ति मात्र चाहे । संस्था आउँदा खर्चिलो हुने कुराको अनुभूति गरे । ‘जिल्लाकै राम्रा स्कूल किन चाहियो र, अन्यत्रकै स्कूल भए पनि हुन्छ’ भन्ने बुद्धि बोके । परिणामतः त्यस्ता जिल्लामा हामी व्यक्तिगत रूपमा गयौं । प्रतिष्ठानले तयार पारेको विद्यालयहरूको डकुमेन्ट्री देखायौं । शिक्षक लगायत अन्य सरोकारवालाहरूसँग छलफल गर्‍यौं । स्थानीय आयोजकहरू भने अलग अलग प्रकृतिका रहे । खोटाङमा बैंकले आयोजना गर्‍यो । पर्वतमा पूव शिक्षकहरूका संगठनले । बझाङ, बाजुरा र कालिकोटमा गैससले ।

) उपयोगी पाठ्यसामग्री उपलब्ध गराउने

जिल्ला भेलामा दिनभर हेर्ने र सुन्ने काम हुन्थ्यो । हामीले पढ्ने सामग्री पनि दिन थाल्यौं । मूलतः मेरा लेखहरू सामग्री बने । सूर्योदय शैक्षिक प्रतिष्ठानको बुलेटिन, मासिक पत्रिकाका पुराना अंक र खाने बस्ने सुविधा दिने संस्थाका जानकारीहरू पाठ्यसामग्रीको रूपमा रहे । अघिल्ला दुइटा सामग्रीले सूर्योदय शैक्षिक प्रतिष्ठानलाई थप आर्थिक बोझ भयो । परिणामतः हामीले यो तरीका छोड्यौं । अनि थाल्यौं- पाठ्यसामग्रीको बिक्री । शैक्षिक अभियानकर्ता तथा तिनका संस्थाले प्रकाशित गरेका पुस्तकहरू नै बिक्रीका सामग्री बने । मैले लेखेको शिक्षामा वैकल्पिक चिन्तन एउटा उदाहरण हो । मासिकले प्रकाशित गरेका दिवास्वप्न, गरे ले नै सक्छन् र चारखुट्टेको घरजम अर्को उदाहारण हो । त्यसै गरी राम्रा विद्यालयहरूको भिडियो कथाका डीभीडीहरू अर्का उदाहारण हुन् ।

) संस्थापनका अभियन्ताहरूको समूहलाई निरन्तरता दिने

‘ले चाहेमा गर्न सक्छन्’ अभियानका केही अभियन्ताहरू नेपाल युनियनको नेतृत्वमा रहेका व्यक्तिहरू हुनुहुन्थ्यो । एक दिन उहाँहरूको कार्यकाल सकिनु नै थियो, सकियो । नयाँ नेतृत्व चयन भयो । अब गर्ने के – पुरानो नेतृत्वले निरन्तरता पाउँदा संस्थागत प्रतिनिधित्व नहुने । नयाँ नेतृत्वलाई प्रतिनिधित्व गराउँदा पुराना नेतृत्वको योगदान र अथक लगनशीलता हराउने । यस स्थितिमा हामीले पुराना नेतृत्वहरू स्वतः सहयोगी हुने प्रबन्ध मिलायौं । यसरी नयाँ र पुराना नेतृत्वहरू ‘ले चाहेमा गर्न सक्छन्’ अभियानमा क्रियाशील बनिरहृयौं । यसै क्रममा हामीले साझेदार थप्तै गयौं । सर्ुर्खेतमा आयोजित कार्यक्रमपछि शैक्षिक गणतान्त्रिक मञ्च पनि अभियानमा संस्थागत रूपले सामेल भयो ।

) स्वयंसेवीहरूलाई निम्त्याउने

का युनियनका पदाधिकारी तथा त्रिविका प्राध्यापकहरू स्वयंसेवी सहयात्रीहरू छँदै थियौं । केही हरूले पनि स्वयंसेवी हुने चासो देखाउनुभयो । चितवनका इन्दिरा सापकोटा, तनहुँका केशवराज घिमिरे, सुर्खेतका गेहेन्द्र दाहाल, काठमाडौंका धनञ्जय शर्मा, धादिङका लक्ष्मण शर्मा -हाल नेपाल राष्ट्रिय संगठनका महासचिव) र चितवनकै टीकाराम रेग्मी यसका बेजोड उदाहरण हुन् । ‘ले चाहेमा गर्न सक्छन्’ अभियानले यस्ता हरूको सदैव खोजी गरेको छ ।

) क्रियाशीलहरूलाई सधैं निम्ता गर्ने

अभियानले शैक्षिक नेतृत्वमा रहँदा पनि उब्रेको समय सधैं खर्चिने हरू पायो । मोहन ज्ञवाली, पूर्ण् जोशी, दिलबहादुर जोशी, लालबहादुर बिसी, रत्नबहादुर ओली, भोला सापकोटा, रमेश रूपाखेती, कृष्णचन्द्र गौतम, घनश्याम पाठक, गुलाब चौधरी आदिलाई अभियानले सधैं निम्त्याइरहृयो । कहिले पदीय रूपमा, कहिले अत्यावश्यक सहयोगीको रूपमा । यसरी ‘अभियान छ’ भन्नासाथ सधैं तयार हुने नेतृत्वलाई सदार्सवदा वन्दनीय मानेका छौं ।

) सहयात्रीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने

‘ले चाहेमा गर्न सक्छन्’ अभियानमा सहयात्रीहरूको सुनिश्चित प्रतिनिधित्व खोज्यौं । यसनिम्ति उहाँहरूले दुइटा उपाय अपनाउनुभयो- केन्द्रीय नेतृत्व नै उपस्थित हुने, केन्द्रले जिल्ला क्षेत्रका नेतृत्वलाई जिम्मेवारी दिने । यसरी हामीले अभियानका सहयात्रीहरूबाट जिल्ला जिल्लामा हुने शैक्षिक अभियानमा सदैव सहयोग पायौं । यस्तो सहयोगले हरूमा ‘हाम्रै कार्यक्रम रहेछ’ भन्ने मानसिकता बन्यो । अपनत्व ग्रहण गर्ने मानसिकता । आआफ्ना नेतृत्वसँग जिल्लामा भेट्न पाउने अवसर । नेताहरूलाई स्थानीय तहमा आआफ्ना संस्थाहरू भेटघाट गर्ने अवसर । यो अवसरले जनस्तरमा एकाइ हुने र नहुने दुवै थरीले आआफ्ना संस्थागत फाइदा लिन सक्यौं । सोही संवादबाट ‘ले चाहेमा गर्न सक्छन्’ अभियानलाई संश्लेषित हुने ऊर्जा जन्माउन सक्यौं ।

) सरकारी जनशक्ति परिचालन गर्ने

सम्बन्धित जिल्ला शिक्षा कार्यालय नै आयोजक हुने हुँदा जिल्ला शिक्षा अधिकारीहरूले स्वाभाविक रूपमै सरकारी जनशक्ति परिचालन गरे । शिक्षा विभागको नियमित र यदाकदा शिक्षा मन्त्रालय तथा क्षेत्रीय शिक्षा निर्देशनालयको समेत प्रतिनिधित्व हुनु यसको उदाहरण हो । सरकारी जनशक्तिको उपस्थितिले नीतिगत तथा कार्यगत अन्योलबारे उठेका समस्या सल्टाउन ज्यादै सहयोग पुग्यो । सकभर छुट्टीको दिनमा मात्रै गरिने यो अभियानलाई जिल्ला शिक्षा कार्यालयले आफ्ना नियमित कार्यक्रमका अंगसमेत बनाए । दाङको घोराही र तुल्सीपुरमा तथा नवलपरासीको गैंडाकोट र बेलाटारीमा अलग अलग दिनमा भएका कार्यक्रमले सोही कुरालाई इंगित गर्छन् ।

लगानीको जोहो

तीन ठाउँमा लगानी जरुरी देखियो । पहिलो, सम्बन्धित जिल्लाका राम्रा तथा केही कमजोर विद्यालयहरू ५-७) को भिडियो डकुमेन्ट्री बनाउन । दोस्रो, जिल्ला भेलाका एक दिने सहभागीहरूलाई खाना र खाजा खुवाउन । तेस्रो, स्वयंसेवी प्राध्यापक, युनियनका प्रतिनिधि तथा अन्य सहकर्मीहरूका लागि खाना, बसाइ र स्थलमार्गी यातायात खर्च बेहोर्न । शिक्षा विभाग तथा शिक्षा मन्त्रालयका पदाधिकारीहरूले सरकारी स्रोत नै प्रयोग गरे । जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरूले स्वःस्फर्ूत सहयोग गरे किनकि स्थानीय आयोजक उनै रहे ।

यस अर्थमा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूले नै जिल्ला विकास समिति र स्थानीय संघ-संस्थाहरूको सहयोगमा खर्चको जोहो गरे । विद्यालयहरूको छायांकन गर्ने खर्च । स्थानीय अवस्था र योजनाका आधारमा सहयोग जुटाउने योजना जिल्ला शिक्षा कार्यालयहरूले तय गरे । दाङ जिल्ला शिक्षा कार्यालयले त स्थानीय गैरसरकारी संस्थाका अतिरिक्त सहभागी हरूलाई नै लगानीकर्ता बनायो । कार्यक्रममा सहभागी हुन शुल्क तिरेका हरूको सहभागिता पनि उत्साहजनक र भद्र थियो । यस हिसाबमा जिल्ला शिक्षा अधिकारी र युनियनहरूको निर्ण्र्ााअभूतपूव रहृयो । ‘ले चाहेमा गर्न सक्छन्’ भन्ने एक दिने अभियानको लगानी संस्थागत बन्न पुग्यो । यस अर्थमा यो स्वदेशी लगानीमै चल्यो ।

सूर्योदय शैक्षिक प्रतिष्ठानमा कार्यरत डकुमेन्ट्री बनाउने शिल्पीहरूको मासिक तलब कसरी जुटाउने – यो समस्या भने अझै सल्टिएको छैन । एउटा सम्भावना हो- अनुबन्धमा काम लगाउने । विचार राम्रो हो तर सिद्धहस्त भइसकेका विज्ञहरू त्यसरी पाउने सम्भावना कम रहन्छ । दोस्रो सम्भावना हो- तिनलाई कुनै दाताले निश्चित तलब दिने । पहिलो त दाताहरू त्यसरी तयार रहेनन् । नर्वेजियन दूतावासको छलफलले त्यही भन्यो । उनीहरू सिंगो कार्यक्रममै सहयोग गर्न सक्छन् । स्वेच्छिक अभियान भएकाले त्यसो गर्न हामीले नै चाहेनौं । एशियाली विकास बैंकले देखाएको सहकार्यको सम्भावनालाई हामीले अस्वीकार गर्‍यौं । यसरी हामीले शिक्षा सुधार्न स्वदेशी रकम नै पर्याप्त छ भन्ने अनुभूतिलाई संस्थागत गर्‍यौं । यसनिम्ति सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूको प्रयास अत्यन्त सह्रानीय रहृयो ।

अभियानको प्रचार प्रसार

प्रचार प्रसारमा हामीले ध्यानै दिएनौं तर जिल्लाका एफएम रेडियोहरूले स्वःस्फूत रूपमा जीवन्त प्रसार (Lived broadcast)गरे । रामेछाप, सिरहा, रोल्पा र बाग्लुङ त्यसका उदाहरणहरू हुन् । समाचारपत्रहरूले पनि सधैं साथ दिए । स्थानीय टेलिभिजनहरूले समाचार बनाए । राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यदाकदा समाचारहरू आइ नै रहेका छन् ।

अपेक्षित बाटो

विगतका अनुभवले हामीलाई अनेकन् सम्भाव्य बाटाहरू देखाएको छ । पहिलो बाटो हो- विद्यालय आफैले आफ्नो स्कूलको छायांकन गर्ने । दोस्रो बाटो हो- स्रोतव्यक्तिले आफ्नो स्रोतकेन्द्र अर्न्तर्गतका विद्यालयहरूको राम्रा नराम्रा अभ्यासहरूको छायांकन गर्ने । तेस्रो बाटो हो- जिल्ला शिक्षा कार्यालयले राम्रा र केही नराम्रा विद्यालयहरूको छायांकन गर्ने । यसरी छायांकित सामग्रीहरू वेबसाइटमा राख्ने । जिल्ला वा स्रोतकेन्द्र तहमा हुने , अभिभावक, विद्यालय व्यवस्थापन समितिको तालिममा प्रयोग गर्ने । त्यसैमा छलफल गराउने । समाधानका सम्भाव्य उपायहरू केके छन् भनी पहिल्याउने । यो प्रक्रियाले ‘ले चाहेमा गर्न सक्छन्’ अभियान संस्थागत हुन्छ । निरन्तर चलिरहने प्रक्रिया हुन्छ । तालिमको मोडालिटी हुन्छ ।

अपेक्षित चौथो बाटो हो- राष्ट्रिय महासंघ र सोअर्न्तर्गतका संघ, संगठन, मञ्च, परिषद् आदिले आआफ्ना सदस्यहरूलाई परिचालन गरी राम्रा तथा नराम्रा सबै विद्यालयहरूको छायांकन गर्ने । छायांकित विद्यालयहरूको स्वतन्त्र अनुगमन गर्ने । यसका लागि संघ, संगठन, मञ्च वा परिषद् महासंघले आआफ्ना वेबसाइटमार्फ हरूलाई एकअर्काका अनुभवबाट सिक्न, सिकाउन लगाउने ।

हाम्रो अपेक्षाको पाँचौं बाटो हो- स्वयंसेवी प्राध्यापक तथा राष्ट्रिय महासंघ एवं युनियनका स्वयंसेवी नेतृत्वहरूले आआफ्ना हरूलाई अद्यावधिक गर्ने । एकअर्कासँग सिक्ने र एकअर्कालाई सिकाउने संस्कृति निर्माण गर्ने । जिल्ला जिल्लामा बन्ने युनियनहरूले यस कार्यको नेतृत्व लिने ।

छैटौं बाटो हो- शैक्षिक जनशक्ति विकास केन्द्र अर्न्तर्गतका तालिम केन्द्रहरूले तालिम दिने प्रक्रिया पूरै बदल्ने । अहिलेका प्रक्रिया बदल्नका लागि राम्रा र नराम्रा विद्यालयको छायांकनलाई नै प्रयोग गर्ने । यसका लागि केन्द्र र यस अर्न्तर्गतका तालिम दिने संस्थाहरूले देशभरका राम्रा विद्यालयहरूको छायांकन गर्ने । सावधिक अनुगमन गर्ने । तिनै सामग्रीलाई मात्र तालिमको सामग्री बनाउने । बरु हरूलाई र्’र्सजक बन्नुस् र बनाउनुस्, हामी तपाईंको छायांकन गर्र्छौ, स्वदेश र विदेशमा तपाईंको प्रयास विस्तार गर्र्छौं’ भन्ने ।

सातौं अपेक्षित बाटो हो- हाल संयोजनकारी भूमिकामा रहेको सूर्योदय शैक्षिक प्रतिष्ठानले स्काइप तथा अन्य उपायमार्फ स्वयंसेवी प्राध्यापक, एवं अन्य पेशाकर्मीहरूको प्राविधिक सहयोग सुनिश्चित गर्ने । चाहिएको बेलामा । चाहिएको ठाउँमा । चाहिएको व्यक्तिबाट । व्यक्तिगत रूपमा । सामूहिक रूपमा । संस्थागत रूपमा । भेलामा । त्यसरी नै प्रतिष्ठानले आफ्नो वेबसाइटमा ब्लग लेखन तथा अन्य उपायबाट हरूसँग सीधै सर्म्पर्क हुने प्रबन्ध मिलाउने ।

आठांै अपेक्षित बाटो हो- टेलिफोन सेवा प्रदायकहरू र सरकारसँग सहकार्य गरी सूर्योदय शैक्षिक प्रतिष्ठानले ले दिनहुँ केही न केही प्राविधिक जानकारी पाउने प्रबन्ध मिलाउने । मोबाइलमा एसएमएसको रूपमा । कम्प्युटरमा अनलाइन शिक्षाको रूपमा । ल्याण्डलाइन फोनमा सन्देशको रूपमा । रेडियोमा समाचारको रूपमा । टेलिभिजनमा स्क्रोलको रूपमा । फेसबुकमा सन्देशको रूपमा ।

नवौं अपेक्षित बाटो हो- चौबीसै घण्टा सञ्चालन हुने शैक्षिक रेडियो र टेलिभिजन सञ्चालन गर्ने । शिक्षा विभाग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय तथा योजना आयोग जस्ता संस्थाहरूसँग सहकार्य गरी सूर्योदय शैक्षिक प्रतिष्ठान यस कार्यमा क्रियाशील (Instrumental) बन्ने । महासंघ, युनियन, पत्रिका र ‘ले चाहेमा गर्न सक्छन्’ कार्यक्रमका अन्य सहयोगीको क्रियाशीलता सुनिश्चित गर्ने ।

दशौं अपेक्षित बाटो हो- विषयगत, व्यक्तिगत र जिल्लागत छायांकन तयार पार्ने । अर्थात् गुणस्तरीय शिक्षाका लागि क-कसले के-के गर्‍यौं – के-के भन्यौं – स्वयंसेवी अभियन्ताले । नेताले । विभिन्न सहयात्री संघ-संगठनले । यस्ता अनेकन् विषयगत डकुमेन्ट्री बनाउने । तिनलाई पछि खोलिने वा खोल्न सकिने रेडियो, टिभी र कम्प्युटरका सामग्री बनाउने ।

मेरो ठम्याइ

हाम्रा मा अदम्य उत्साह छ । तागत छ । सिर्जनशीलता छ । त्यसलाई आयातीत तालिमले बिथोल्यो । यही तरीका ठीक हो भन्नेहरूले कुल्चियौं । लाई ‘केचाहिँ बदल्ने हो, कसले बदल्ने हो, कसरी बदल्ने हो’, स्पष्ट भाषामा भन्न सकेनौं – पाठ्यक्रम बदल्ने भए स्थानीय पाठ्यक्रम बनाउँ भन्न । पाठ्यपुस्तक बनाउने भए बालबालिकाले बनाउने किताब ९द्यष्न द्यययप० बनाउँ भन्न । अभिभावक र स्वयंसेवीले बनाउने स्थानीय किताब बनाउँ भन्न । परीक्षा प्रणाली बदल्ने भए स्थानीय सरकारको तहमै समान स्तर कायम गर्न थालांै भन्न । प्रश्नपत्र बदलेर । उत्तरपुस्तिका जाँच्ने शैली बदलेर । विद्यार्थीलाई प्रयोगात्मक कार्य गर्न लगाएर । स्थानीय विज्ञबाट विद्यार्थीको ल्याकत परीक्षण गर्ने तरीका अपनाएर । नीति बदल्ने भए विद्यालयपिच्छेको घोषित नीति बनाउन शिक्षाका स्थानीय सरोकारवालाहरूलाई आहृवान गरेर । स्थानीय सरकारको तहमै र्सवसम्मत हुने शिक्षा नीति तय गर्ने अभियान चलाएर । शिक्षा मंत्रालयलाई ८-१० वटा नीति बनाई स्कूल स्कूलमा टाँस्ने व्यवस्था गर्न लगाएर ।

माथिका मेरा ठम्याइमा अप्ठ्याराहरू छन् भने आफ्नै शिक्षण शैली बदल्न लाई उत्प्रेरित गरेर । चुनौती गरेर । हनुमान् चालीसा पढाएर । सक्छौं । गरौं भन्ने चालीसा । यसका लागि ससाना विषयवस्तु दिएर । जस्तोः व्यावहारिक पढाइका लागि के गर्‍यौं, के गर्न सक्छौं – वैज्ञानिक चिन्तन गर्न/गराउन के गर्‍यौं – के गर्न सक्छौं – जनमुखी शिक्षा दिन के गर्‍यौं – के गर्न सक्छौं – जनवादी शिक्षा बनाउन के गर्‍यौं – के गर्न सक्छौं – शिक्षा र उत्पादन जोड्न के गर्‍यौं – के गर्न सक्छौं – शिक्षालाई रोजगारमुखी बनाउन के गर्‍यौं – के गर्न सक्छौं – शिक्षालाई समाजवादी बनाउन के गर्‍यौं – के गर्न सक्छौं – राष्ट्रवादी बनाउन के गर्‍यौं – के गर्न सक्छौं – अनुसन्धानमुखी बन्न के गर्‍यौं – बनाउन के गर्न सक्छौं – गुणस्तरीय शिक्षा दिन के गर्‍यौं – के गर्न सक्छौं – यी र यस्ता प्रश्नहरूले लाई चुनौती गरौं । स्वयंले उत्तर खोज्छन् । खोज्न बाध्य हुन्छन् । अनि थाहा हुन्छ- ‘ले चाहेमा गर्न सक्छन्’ । चाहनेले गरेकै छन् । गर्छन् पनि । नचाहनेहरूले बहाना बनाएकै छन् । बनाउँछन् पनि । त्यसैले चाहेकालाई उकासौं । चाहनेलाई सघाऔं । बहाना बनाउनेलाई ‘वहानबाजी चल्दैन’ भनी तह लगाऔं ।

Related Posts

/*sign up form*/