विद्यार्थीलाई उत्प्रेरित गर्ने १५ बुँदा

by • • कक्षाकोठाComments (0)3793

Print Friendly, PDF & Email


विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुचि जगाउन सकिन्छ भन्नेमा कसैको विमति रहेको पाइँदैन । विद्यार्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसको पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन; त्यसका लागि व्यावहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि निम्न विधि उपयोगी सावित हुनसक्छन्ः

१. स्पष्ट बन्नुस्ः शिक्षक कक्षामा धेरै गफ गर्न र विचार छाँट्नतिर कहिल्यै लाग्नुहुँदैन । आत्मकेन्द्रित र घमण्ड पनि गर्नुहुँदैन । आफूले पढाउने विषयको अध्ययन गरेर मात्र विद्यार्थीमाझ् अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत हुनुपर्छ । पढाउने विषयमा दत्तचित्त हुने र आफूले बुझेका कुरालाई सरल ढङ्गले हाँसेर विद्यार्थीमाझ् राख्ने प्रयास गरेमा उत्प्रेरणा जगाउन सहयोग पुग्छ ।

२. उत्साही बन्नुस्ः पठनपाठनप्रति तपाईं उत्सुक हुनुहुन्छ भने विद्यार्थी पनि उत्सुक हुन्छ । त्यसकारण लोसेपाराले होइन जोस, जाँगर र उत्साहसाथ पढाउने गर्नुस् । तपाईं उत्साही बन्नुभयो भने विद्यार्थीमा पनि उत्साही बन्नुपर्छ भन्ने छाप पर्छ । तपाईंको अल्छीपनाले विद्यार्थीलाई पनि अल्छी बनाउँछ । सुहाउँदिलो हाउभाउ गर्दै पढाउनुभयो भने विद्यार्थीको ध्यान तान्न तपाईं सफल हुनुहुनेछ । उत्साही शिक्षकको कक्षामा विद्यार्थी कहिल्यै निदाउँदैनन् ।

३. आवश्यक परेमा केही नियमलाई बदल्न पनि सक्नुहुन्छः यसो गर्दा यदि विद्यार्थीले पठनपाठनमा ध्यान दिएनन् र तपाईंले दिएको अभ्यास समयमा बुझएनन् भने आफूले अपनाउँदै आएको शिक्षण विधिको कमजोरीका कारण त्यस्तो भएको ठानी उनीहरूलाई मद्दत गर्नुपर्छ । यस्तो अवस्थामा अलिकति समय बढी दिने र पढाइरहेको विषयलाई सजिलो ढङ्गले बुझउने जमर्को गर्नुपर्छ । यसो गर्दा कक्षामा पालना गर्नुपर्ने केही नियम परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ । विद्यार्थीलाई बुझउनका लागि शिक्षकले पहिले बनाएका नियमहरूमा अडिग रहनुपर्छ भन्ने छैन । तर त्यसमा केही हदसम्म सतर्क रहनुपर्छ । आफ्नो पढाउने तरिकाप्रति विद्यार्थीको विश्वास स्थापित गर्ने प्रयास गर्नुपर्छ ।

४. सफा र राम्रो पहिरनमा ध्यान दिनुस्ः विद्यार्थीहरूमा तपाईंले सकारात्मक प्रभाव पार्न आवश्यक हुन्छ । कक्षाकोठामा घुमेर पढाउन सक्नुभयो भने राम्रो हुन्छ । तर तपाईंले सामान्य मानिसले भन्दा फरक पोसाक लगाउनुपर्दैन । तपाईंको पहिरन सफा र इस्त्री गरेर चिटिक्क परेको छ भने त्यसले छात्रछात्रामा राम्रो प्रभाव पार्छ । यदि तपाईंलाई उनीहरूले आदर्श माने भने तपाईंका निर्देशनअनुसार पढाइमा पनि बढी ध्यान दिन थाल्छन् ।

५. रमाइलो वातावरण सिर्जना गर्नुस्ः नयाँ र विस्तृत कक्षा योजनाका साथै अलिअलि ख्यालठट्टा पनि गर्न नभुल्नुस् । यसले विद्यार्थीको ध्यान तपाईंतिर तान्छ र तपाईंले भनेका कुरा बुझन तिनलाई सजिलो हुन्छ । विद्यार्थीलाई लिएर पुस्तकालय जाने, भित्तेपत्रिका र हस्तलिखित स–साना पुस्तिकाहरू निकाल्ने जस्ता रचनात्मक काममा ध्यान पु¥याउँदा विद्यार्थी खुसी पनि हुन्छन् । यसबाट उनीहरूलाई विषयवस्तु सजिलोसित बुझन सहयोग पुग्छ ।

६. कक्षामा हल्का व्यङ्ग्य पनि गर्ने गर्नुस्ः विद्यार्थीहरू व्यङ्ग्य मन पराउँछन् । वास्तवमा, हाउभाउ र ठट्यौलो पाराले पढाउँदा विद्यार्थीहरूले बढी आनन्द अनुभव गर्न सक्छन् । त्यसरी कक्षा सञ्चालन गर्दा तपाईंका कुरा सुन्न विद्यार्थीलाई दिक्क लाग्दैन र पढाएको कुरा पनि राम्ररी बुझन सक्छन् । व्यङ्ग्य गरिरहँदा तपाईंले रिसाहा मुद्रा प्रकट गर्नुहुँदैन, हँसिलो रहनुपर्छ । उनीहरूलाई खुसी पार्नका लागि व्यङ्ग्य गरिरहँदा तपाईंको भावभङ्गी र भाषाबीच पनि तालमेल हुनुपर्छ । व्यङ्ग्य गरेर उनीहरूलाई हँसाउने हो, चित्त दुखाउने होइन भन्ने कुरालाई सधैं ख्याल राख्नुस् ।

७. ‘अलिअलि जान्नेछु’ भन्ने भाव पनि देखाउनुस्ः एउटा शिक्षकका रूपमा तपाईंले आफू जान्नेछु भन्ने देखाउन आवश्यक हुन्छ । तर ‘आफू मात्र जान्नेछु’ भन्ने घमण्ड भने नगर्नुस् । आफूले जानेको कुरा विद्यार्थीले पनि जान्न सक्छन् भन्ने आत्मविश्वास पैदा गराउन विशेष ध्यान दिनुस् । विद्यार्थीलाई तपाईंले पढाइरहनुभएको विषयप्रति चाख जगाउने प्रयत्न गर्नुस् । यसनिम्ति तपाईंले आफ्नो क्षमता प्रदर्शन गर्नु जरुरी हुन्छ । शिक्षकले एक प्रकारले विद्यार्थीसित अन्तर्वार्ता नै गरिरहेका हुन्छन् । क्षमता प्रदर्शनको काम सौम्य ढङ्गले गर्नुस् । विद्यार्थीसित दोहोरो संवाद गर्दा झ्र्को मान्नुहुँदैन बरु खुसी हुनुपर्छ । विद्यार्थीसित अन्तरक्रियात्मक अन्तर्वार्ता गर्दा उनीहरूलाई लामो भाषण गर्न दिनुहुँदैन ।

८. आफ्नो धारणा राख्नुस् अनि विद्यार्थीको धारणा पनि सुन्नुस्ः विद्यार्थीलाई आफूले कुन विषयमा के गर्न लागेको हो भन्नेबारेमा जानकारी दिन र उनीहरूको त्यसमा विचार बुझन एकदमै आवश्यक छ । सामूहिक रूपमा (शिक्षक–विद्यार्थी) भएरै समस्या समाधान गर्ने शैली अपनाउनुस्, त्यस बेला तपाईं विद्यार्थीको भन्दा फरक धारणासहित आफूलाई प्रस्तुत गर्न पनि सक्नुहुन्छ ।

९. विद्यार्थीलाई खुल्ने मौका दिनुस्ः लाज मानेर कक्षामा खुल्न नसकिरहेका विद्यार्थीलाई खुल्ने मौका दिनुस् । उनीहरूले समुदाय, देश र विश्वकै बारेमा पनि केही भन्न सक्छन् । उनीहरूले तपाईंले नसोचेको कोणबाट कुरा उठाउन सक्छन् । तपाईंलाई विश्वास गरेपछि र तपाईंले उनीहरूका कुरा सुनिरहनुभएको छ भन्ने पक्का भएपछि मात्र यस्ता कुरा विद्यार्थीले मात्र भन्न सक्छन् । उनीहरू तपाईंको पृष्ठभूमिसहित पढाउने तरिका जान्ने जमर्को गरिरहेका हुन्छन् । राम्रो पढाउने शिक्षक छ भने विद्यार्थीले त्यस्ताको पृष्ठभूमि नखोज्न पनि सक्छन् ।

१०. व्याख्या गर्नुस्ः हालै गरिएका केही अध्ययनले के देखाएको छ भने अधिकांश विद्यार्थी गृहकार्यमा कमजोर हुन्छन् । किनभने तिनीहरूलाई गृहकार्य किन गर्नुपर्छ भनी बुझइएको हुँदैन । कुरा नबुझेर उनीहरूले गृहकार्य नगरेका हुन् वा शीर्षक, अवधारणा वा क्रियाकलाप चाखलाग्दा र महत्वपूर्ण नभएर गृहकार्यमा कमजोर बनेका हुन् ? शिक्षकले पत्ता लगाउनुपर्छ । गृहकार्यमा विद्यार्थीलाई कहिलेकाहीँ स्केच, तस्बिर आदि भएका पत्रपत्रिकाहरू दिएर पनि मद्दत गर्न सकिन्छ भन्ने कुरा शिक्षकले हेक्का राख्नुपर्छ । आफू किन र के गर्दैछु भन्ने निश्चित नभएका विद्यार्थीले कहिल्यै पनि राम्रो गर्न सक्दैनन् । त्यसकारण यो कुरामा शिक्षक सदैव चनाखो हुनुपर्छ ।

११. पुरस्कृत गर्नुस्ः पढाइ राम्रो नभएका विद्यार्थीलाई पुरस्कार दिएर पनि उत्प्रेरित गर्न सकिन्छ । कमजोर विद्यार्थीलाई आलोचना गरेर मात्र सुधार गर्न सकिँदैन । गाली गरेर कोही पनि सप्रिँदैन । हतोत्साहित गर्नुभन्दा पुरस्कृत गरेर वा शिष्ट व्यवहार गरेर कमजोरलाई सुधार्न सकिन्छ । कमजोर विद्यार्थीले अलिकति मात्र प्रगति गरेको छ भने पनि उसलाई राम्रो पुरस्कार दिएर तिमी अझ् राम्रो गर्न सक्छौ भन्ने आत्मविश्वास जगाउनुस् । पुरस्कार विद्यार्थीको तह र स्तरअनुसार सामान्य खालको हुुनुपर्छ ।

१२. हेरविचार गर्न नभुल्नुस्ः विद्यार्थीले दिक्दार वा बिरामी भएको महसुस गरेको छ भने उसलाई के भएको छ भन्ने बुझनुस् र आवश्यक मद्दत उपलब्ध गराउनुस् । उसलाई अभिभावकको जस्तो व्यवहार गर्नुस् । शिक्षकले आपूmलाई माया गरेको, आफ्ना समस्या र गल्तीका कारण बुझेको विश्वास भएपछि तपाईं र विद्यार्थीबीचको आपसी सम्बन्ध प्रगाढ हुन्छ । कक्षामा खुरुखुरु आउने र पाठ पढाएर मात्र फर्कने शिक्षकभन्दा ‘भविष्यमा तिम्रो के बन्ने योजना छ ?’, ‘के गर्न मन लाग्छ ?’ जस्ता जीवनोपयोगी प्रश्न सोध्ने शिक्षकलाई विद्यार्थीले बढी मनपराउँछन् र विश्वास पनि गर्छन् ।

१३. सहभागी गराउनुस्ः स्वयं विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन उत्प्रेरित गर्ने राम्रो तरिका हो । विद्यार्थीको अगाडि उभिएर ‘लेक्चर’ मात्र छाँट्नु सबैभन्दा कमजोर तरिका हो । विद्यार्थीलाई समूहगत रूपमा अभ्यास गर्न लगाउने, के विषयमा कसरी अभ्यास गर्ने भन्ने उनीहरूलाई नै निर्णय गर्न दिने आफू पनि सहभागी हुने गरेमा विद्यार्थीलाई धेरै सजिलो हुनसक्छ । कक्षाकोठामा र बाहिर गराउने क्रियाकलापमा सन्तुलन राख्नेतर्फ शिक्षकले ध्यान पु¥याउनुपर्छ । उदाहरणका लागि प्रकृतिका बारेमा पढाउनु छ भने कक्षामा भन्दा बाहिर लगेर सजिलोसँग बुझउन सकिन्छ ।

१४. विद्यार्थीको आवश्यकता बुझेर सन्तुष्ट पार्नुस्ः विद्यार्थीले के चाहिरहेका छन् भन्ने बुझेर पढाउँदा मात्र उनीहरूलाई खुसी राख्न सकिन्छ । खासगरी माया, सामथ्र्य, मनोरञ्जन र स्वतन्त्रता नै उनीहरूका आधारभूत आवश्यकता हुन् । विद्यार्थीको आवश्यकतालाई दमन गर्न खोज्नु उनीहरूलाई चिन्न नसक्नु हो । त्यसकारण शिक्षकले उनीहरूको आवश्यकता पहिचान गरी पठनपाठनलाई विद्यार्थी अनुकूल बनाउनुपर्छ । विद्यार्थीको आवश्यकता बुझेर पढाउन सकियो भने उनीहरू कठिन परिश्रम गर्न पनि पछि हट्दैनन् र सफलता हासिल गरेरै छाड्छन् ।

१५. समूहगत कार्य गराउनुस्ः मानिस एकआपसमा मिलेर बस्न रुचाउने सामाजिक प्राणी हो । युवा र वयस्कहरू साधारणतया समूहमा काम गर्न चाहन्छन् । विशेषगरी विद्यार्थीहरू प्रायः एक्लै गृहकार्य गर्न मन नलाग्ने गुनासो गर्छन् । तैपनि हामी उनीहरूलाई एक्लै गृहकार्य गर्न दबाब दिने गर्छौं । यदि हामीले समूहगत गृहकार्यको व्यवस्था ग¥यौँ भने त्यसबाट कमजोर विद्यार्थीले बढी फाइदा लिन सक्छन् । विद्यार्थीले सिक्नुभन्दा एकआपसमा सिकाउने र सिक्ने तरिका अपनाए भने त्यो बढी उपयोगी हुनसक्छ ।
प्रस्तुतिः ध्रुव सिम्खडा
www. wikihow.com www.virtualsalt.com मा आधारित

२०६५ चैत अंकमा प्रकाशित ।

 

Related Posts

/*sign up form*/