विद्यार्थीका आँखामा शिक्षक एउटा मीनार

by • • 2072_04, आलोपालोComments (0)1045

Print Friendly, PDF & Email

अमर न्यौपाने

Untitled-1
मानिसहरूको जङ्गललाई म एउटा अग्लो मीनार माथि भावानात्मक रूपले चढेर हेर्ने गर्छु, त्यो अग्लो मीनार विचार, आदर्श र स्वाभिमानको मीनार हो, जसको नाम हो— मीन अधिकारी । यो देशको ढड्डामा उनको नाम मीनबहादुर अधिकारी छ । तर मेरो मनको ढड्डामा भने मीनार अधिकारी लेखिएको छ । मेरो जिन्दगीको एउटा मीनार ।
२०४८ सालको पौष महीना । नयाँ शैक्षिक सत्रको प्रारम्भ । अन्नपूर्णा मावि पार्वतीपुर चितवनमा दशौँ कक्षा प्रवेशपछि हामी नयाँ नेपाली शिक्षक कुरिरहेका थियौँ ।

तेस्रो पिरियडमा हेडसर सरासर हाम्रो कक्षामा आए । हामी सबै गरुडको छायामा परेका सर्प जस्ता भयौँ । उनको दाहिने हातमा प्रायः कहिल्यै नटुट्ने फलामे सुइरोवाला कटबाँसको लौरी त्यस दिन नदेख्ता हाम्रो मनको डर एकाएक रहस्य र खुशीमा बदलियो ।
हेडसरका साथमा हामीले पहिला नदेखेका नौला मानिस थिए । नयाँ मानिसको अनुहार धुम्म परेको थियो । हेर्दैमा लाग्थ्यो, उनी आजसम्म कहिल्यै हाँसेका छैनन् र कहिल्यै रोएका पनि छैनन् ।

ओठ माथि राजा वीरेन्द्रको जस्तै घोप्टे जुँगा । जुँगा माथि न थेप्चो भन्न मिल्ने, न चुच्चो भन्न मिल्ने नाक । नाकका दायाँबायाँ भुक्क परेका ठूलठूला गाला र गालामाथि आर्यन र मङ्गोलियन मिश्रित ससाना आँखा । आँखा माथि करालो परेको फराकिलो निधार, निधार माथि अभिनेता राजेश खन्नाको शैलीमा काटेर सर्लक्क कोरिएको कपाल । भर्खर आइरन गरिएको सर्टपाइन्ट । टिलिक्क टल्किएका छालाका जुत्ता । पैँतीस–छत्तीस वर्षको जस्तो देखिने एउटा जवान मानिस ।

यी सबथोक देखेर म उनको व्यक्तित्वसँग नजानिँदो गरी आकर्षित भएँ । तर उनको अनुहारमा राजेश खन्नाको जस्तो हँसिलो र रोमान्टिकपन थिएन । उनको अनुहार त झ्री पर्नु अघिको आकाश जस्तै लाग्यो । तैपनि आकर्षित भएँ ।
कहिल्यै नकाटिएका पातला तर लामा मङ्गोलियन दाह्री मुसार्र्दै हेडसरले नयाँ शिक्षकको परिचय गराए— “उहाँ तिमीहरूका नयाँ नेपाली शिक्षक । उहाँसँग धेरै कुरा सिक्न सक्छौ ।” पाँच–सात मिनट हेडसरले उनका बारेमा बोलिरहँदा कानले हेडसरका कुरा सुनिरहेका थिए, आँखाले भने ती नयाँ शिक्षकलाई छक्क पर्दै हेरिरहेका थिए । हेडसर बोलिन्जेल उनी कहिले सालिक जस्ता लागे, कहिले ‘सिभिल ड्रेस’ मा उभिएको सिपाही जस्ता । मैले गहिरिएर उनको अनुहार हेरिरहेँ । सास फेर्दा उनका नाकका पोरा फुक्कफुक्क भइरहेका थिए भने ससाना परेला चिमचिम गरिरहेका थिए । बाहिरबाट हेर्दा पोरा र परेला बाहेक उनको केही चले जस्तो लागेन । लाग्यो, उनी जीवित सालिक हुन्, जो कहिल्यै बोल्दैन । यस्ता कहिल्यै नबोल्लान् जस्ता मनुवाले कसरी बोल्ने मास्टरी गर्लान् ?

परिचय गराएर हेडसर कक्षाबाट बाहिरिए पछि जब उनी बोल्न थाले, मैले झयालबाट अलक्क बाहिर आँखा लगाएँ । कतै पानी परेको त छैन ? तर थिएन । संयोगले पानी परेको भए उनी बोलेकैले प¥यो भन्ने भ्रममा पर्थें होला म ।
उनी बोल्दा कहिले सालिक बोलेझ्लाग्यो, कहिले क्यासेट । उनको जिब्रोबाट झ्रिरहेको आवाज यति धेरै ओजिलो थियो कि त्यसलाई एकसाथ उठाउन हामी साठी–सत्तरी विद्यार्थीलाई पनि गाह्रो भइरहे जस्तो लाग्यो । सामूहिक सम्बोधनमा उनले सोधे— “म तपैँहरूलाई कसरी पढाऊँ ? मबाट के चाहनुहुन्छ ?”

तर हामी कोही बोलेनौँ । लाग्यो, उनको सालिक व्यक्तित्वले हामीलाई पनि सालिक बनाइदियो । आजसम्म हामीलाई कुनै पनि शिक्षकले ‘तपैँ’ भनेका थिएनन् ।जब घण्टी लाग्यो, सायद उनले बोल्दाबोल्दैको प्रसङ्गलाई पनि बीचमै रोकिदिए । वाक्य पनि पूरा नगरी उनी कक्षाबाट बाहिरिए ।भोलिपल्ट ।  खेल शिक्षक हामीलाई डमडम ड्रम बजाउँदै पिटी खेलाइरहेका थिए । त्यस बेला पनि मेरा आँखा भने उनै नयाँ शिक्षकतिर थिए । अरू शिक्षकहरू आपसमा बोलिरहेका, हाँसिरहेका र यताउति हिँडिरहेका थिए । तर उनी भने बाहिरियाझ्च उरको पूर्वतिरको किनारमा रूखहरूसँगै, रूखझ एकदम अलग भएर उभिइरहेका थिए । न उनको ओठमा मुस्कान थियो न आँखामा खुसी । न शरीरमा चञ्चलता थियो न कुनै उत्साह । तर धैर्य थियो । सोचेँ, त्यही पहाड जस्तो धैर्यमा नै धेरै थोक छ ।

जब एउटा सुन्दर कविताका हरफहरू तितरबितर भए, उनी पनि बिस्तारै हिँडे । मलाई भने उनी उभिएको देख्ता हिँड्लान् जस्तो लागेकै थिएन । उनी हिँड्दा कहिले पहाड हिँडे जस्तो लाग्यो, कहिले रूख हिँडे जस्तो । उनको ओजिलो हिँडाइ देख्ता उत्तिखेरै मलाई हात्ती हिँडे जस्तो पनि लाग्यो ।
कक्षामा छिरेपछि मलाई कतिखेर उनको पिरियड आउला जस्तो भइरह्यो । तेस्रो पिरियडमा उनी आए । उस्तै धुम्म तर चिटिक्क परेको अनुहार । कक्षामा पस्ने बित्तिकै कालोपाटीमा छापेका जस्ता अक्षर लेखे— इच्छा (कविता) बालकृष्ण सम (वि.सं. १९५९—२०३८) ।
त्यसपछि उनी कक्षाको दाहिने कुनामा उसरी नै पहाडझ् उभिए र टेलिभिजनको समाचार वाचकले झ्कतै हलचल नगरी, कतै नरोकिई, कतै थेगोको प्रयोग नगरी एउटै लयमा बोल्न थाले— “जब कविको रगत सुकेर अस्थिपञ्जर शिथिल भई जीवन र मृत्युको दोसाँधमा छटपट छटपट गरिरहँदा…. ”

हामी दङ्ग पर्दै चुपचाप सुनिरह्यौँ । उनले पूरै कवितालाई गद्यमा यसरी भन्दा सायद दश–बाह्र मिनटमा सके होलान् । एउटा शब्द पनि यताउति नपारी ठीक त्यति नै समयमा दोस्रो–तेस्रो पटक पनि भने । यस्तो त आजसम्म कहिल्यै थाहा पाएको थिइनँ । बोली टेप रेकर्डरको जस्तो, अक्षर छापेका जस्ता । मलाई ‘इच्छा’ कविताभन्दा उनको व्याख्या मीठो लाग्यो ।
जब घण्टी बज्यो, बोल्दाबोल्दैको प्रसङ्गलाई बीचैमा टक्क रोकेर उनी उसरी नै कक्षाबाट बाहिरिए । घण्टी लाग्ने बित्तिकै कक्षामा आउने र घण्टी लाग्ने बित्तिकै कक्षाबाट बाहिरिने उनको स्वभाव थियो ।
एउटा साथीले भन्यो— “यो सरलाई त सबै विषय पढाउन आउँछ अरे ।”

अर्कोले जवाफ फर्कायो— “हाम्लाई सबै विषय पढ्न आएपछि सरलाई सबै विषय पढाउन आउनु परेन त ?”
कवि क्षेत्रप्रताप अधिकारीको ‘नयाँ वर्ष’ कविता पढाउने पालो थियो । कविका बारेमा बोल्दा उनले क्षेत्रप्रतापको एउटा गीत भने— म त लाली गुराँस भएछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु… । यति भन्दा पनि उनी लाली गुराँसझ् अझ् हाँसेनन् । भन्दै गए— हेरिदिने कोही भैदिए नानीभित्र फुलिदिन्छु । लाइदिने कोही भइदिए सिउँदोभरि फुलिदिन्छु ।
त्यस बेला भने उनी थोरै मुस्कुराए । पहिलो पटक उनी मुस्कुराएको देख्यौँ । उनी हाँस्ता पनि म त छक्क परेँ । कक्षामा बहार नै आए जस्तो भयो । लाग्यो, यो हाँसो संसारकै दुर्लभ हाँसो हो । तर उनी अझ्दाँ त देखिने गरी हाँसेका थिएनन् । मुस्कुराउँदा पानी नपरी उनको उनुहारको धुम्म परेको बादल आफै क्षितिजतिर बिलाएको थियो ।

नयाँ वर्षको पूर्वसन्ध्या । यस्तो अवसरमा पाठ्यपुस्तक छोडेर कक्षामा रमाइलो गर्ने गरिन्थ्यो । गीत गाउने, जोक्स भन्ने यस्तै यस्तै । त्यस बेला उनले नारायणगोपालको ‘दुइटा फूल देउरालीमा…’ भन्ने गीत गाए । उनले गीत पनि गाउँदा रहेछन् भन्ने पहिलो पटक थाहा पायौँ । गीत गाउँदा त उनको अनुहार कति धेरै उज्यालो भएको थियो— झ्री पछिको आकाश जस्तो । हामीले सोचेकै थिएनौँ उनले कक्षामा यसरी गीत गाउलान् । स्वर राम्रो थियो तर अक्षरजति होइन ।

अर्को कुनै दिन पोषण पाण्डेको कथा ‘भिनाजुको स्वीटर’ पढाउँदै थिए । त्यसमा दिदी, भिनाजु र सालीको कथा छ । रमाइलो कुरा त के भने कक्षामा उनकी साली पनि थिइन् । पढाउँदै जाँदा प्रसङ्गवश ‘गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन !’ भनेर खित्खित् आवाज नै निस्किने गरी कुम हल्लाई हल्लाई हाँसे । सुकिला दाँतको चरमा कालाकाला धर्का थिए । लाग्यो, यिनी सुर्ती खान्छन् क्यारे । उनकी साली लाजले रातो अनुहार बनाएर घोप्टो परिन् । हामी भने उनलाई र उनकी सालीलाई बराबर हेर्दै थियौँ । हाम्रो मन चङ्गा भयो ।

यो नै उनले कक्षामा खुलेर हाँसेको पहिलो पटक थियो । उनको हाँसोलाई साथ दिन हामी पनि खुब हाँस्यौँ । पछि पछि उनले हामीलाई ‘तपाईं’ बाट ‘तिमी’ भन्न थाले । प्रश्न पनि सोध्न थाले । प्रश्न सोध्दा असाध्यै डर लाग्थ्यो मलाई । उत्तर दिन नसके पनि विद्यार्थीलाई गाली गर्दैनथे । कहिले त कक्षामा प्रवेश गर्दा ढोकाबाट नै मतिर नहेरी भन्थे— ‘अमर, ल भन त….!’

म कक्षामा नभएको भए ? किन उनले कक्षामा नहेरी सोधेका होलान् ? फेरि सोच्थेँ, यिनलाई सबथोक थाहा छ । उनी आठ–दश जना विद्यार्थीलाई त्यसरी नै ढोकाबाटै ‘भन त फलानो…’ भन्दै कक्षामा प्रवेश गर्थे ।

म पनि सानैदेखि चित्र बनाउँथेँ । कक्षामा विज्ञान र स्वास्थ्यको चित्र बनाउनुप¥यो भने कतिपय साथीहरूले मलाई नै लगाउँथे । उनले झ्न् राम्रो चित्र बनाउँदा रहेछन् । कहिलेकाहीँ कालोपाटीमै बनाउँथे, कहिले कागजमा बनाएर देखाउँथे तर मैले कहिल्यै उनलाई ‘सर, म पनि चित्र बनाउँछु’ भनिनँ । बनाएको देखाइनँ पनि ।

दश कक्षामा एक वर्ष पढ्दा हामीलाई उनी वर्षभरि नै नयाँ लागिरहे । उनको स्वभाव र गम्भीरताले गर्दा होला हामीले कहिल्यै उनको कक्षामा हल्ला गरेनौँ, बदमासी गरेनौँ । उनले एक दिन पनि हामीलाई ‘हल्ला नगर भनेनन्’ किनभने भन्नै परेन । कसैलाई एक लपेटो पिटेनन् किनभने पिट्नुपर्ने अवस्था नै आएन । उनको हातमा कहिल्यै लौरी देखेनौँ । अरू शिक्षकहरूका पालामा गाली गर्दा या पिट्ता पनि आँखा छली छली हल्ला गर्ने र चकचक गर्ने हामी उही विद्यार्थी उनको कक्षामा कसरी अनुशासित भयौँ होला ! अर्को अचम्म, एक वर्षसम्म उनीसँग मेरो कहिल्यै दोहोरो कुराकानी भएन ।

स्कुल सकेपछि उनीसँग कहिलेकाहीँ बाटोमा भेट हुन्थ्यो । नहरको बाटो हुँदै उनी साइकलमा स्कुल आइरहेका हुन्थे, म बजार गइरहेको हुन्थेँ । ‘नमस्कार सर’ भन्यो, वास्तै नगरी नहाँसीकनै नमस्कार फर्काएर जान्थे । त्यो नमस्कार फर्काइ एकदम दम्भी लाग्थ्यो । सोच्थेँ, ‘सरले त मलाई बिर्सेछन् क्यारे । नत्र किन नचिनेझै गर्छन् त ?’

आफू पढेको स्कुलमा निजी स्रोतमा प्रावि तहका लागि शिक्षकको जागिर खुल्यो । मैले पनि निवेदन दिएँ । लिखित, अन्तर्वार्ता र कक्षा निरीक्षण गरी तीन किसिमका परीक्षा हुने भए । लिखित परीक्षामा एउटा हस्तलिखित कागज मेरो अगाडि प्रश्नपत्र बनेर आइपुग्यो । अक्षर हेर्नासाथ चिनिहालेँ, यी अक्षर त उनैका हुन् । उस्तै छापेका जस्ता सुन्दर अक्षर ।

अन्तर्वार्तामा मुख्य प्रश्नकर्ता र कक्षा निरीक्षक पनि उनै थिए । विद्यार्थी हुँदा त उनले धेरै पटक मेरो परीक्षा लिएका थिए तर शिक्षक हुन जाँदा पनि उनैले मेरो परीक्षा लिए ।

स्कुल छोडेको पाँच वर्षपछि आफू पढेको स्कुलमा म शिक्षक भएँ । उनी मेरा शिक्षक पनि भए, गुरु पनि । अभिभावक पनि भए, साथी पनि । अरू धेरै सरहरूले म शिक्षक भएपछि ‘तपाईं’ भन्न थाले तर उनले ‘तिमी’ नै भनिरहे । मलाई यसैमा गर्व लाग्यो । छोरो ठूलो भएपछि बाआमाले ‘तँ’ भन्ने गरेको छोरालाई ‘तपाईं’ नभने जस्तै लाग्यो । साहित्य, कला, सङ्गीत आदिका बारेमा हामी बेला बेला छलफल गर्न थाल्यौँ । उनको बाहिरी कडा आवरण बिस्तारै खुल्दै गयो । उनको जीवनका धेरै कुरा थाहा पाउने अवसर पाएँ ।

विद्यार्थी हुँदा मैले उनको आवरण मात्र बुझ्को थिएँ । शिक्षक भएपछि आवरण भित्र बुझ्। लाग्यो, म कुनै विशाल र रहस्यमय प्रयोगशाला भित्र छिर्दै छु । उनी त नरिवल जस्ता पो रहेछन् । बाहिरबाट हेर्दा कडा, भित्र नरम । अझ् भित्र त पानी पानी । मैले पहिलो पटक बुझ्न, मानिस आवरण होइन— आवरणलाई अनावरण गरेपछि मात्र वास्तविक मानिस देखिन्छ ।

जुन बेला उनको विद्यार्थी थिएँ, त्यो बेला कहिल्यै दोहोरो कुरा नगरेको म अब उनीसँग दोहोरो कुराकानी गर्ने भएको थिएँ । त्यो पनि पूरै मन खोलेर । मैले सबैभन्दा मिल्ने साथीलाई झै  उनलाई मन खोलेँ । यस्तो लाग्यो, बरु मसँग मेरा कुराहरू सुरक्षित नरहलान् तर उनीसँग सुरक्षित रहन्छन् । यो कुरा कहिल्यै गलत भएन ।

हामी कुनै न कुनै माध्यमले सम्पर्कमा रहिरह्यौँ । उनी मेरा शिक्षक, साथी र अभिभावक बनिरहे । साहित्य र कलालाई छाम्ने, चाख्ने र त्यसको स्वाद थाहा पाउन सक्ने मात्र होइन; त्यसलाई अभिव्यक्त पनि गर्न सक्ने मानिस हुन् उनी । देख्ता कडा, छाम्दा कमला, सङ्गत गर्दा रसिला उनी श्रीखण्ड चिन्ने मानिस हुन्— कस्तूरीको सुगन्ध थाहा पाउने मानिस । तर कहिलेकाहीँ लाग्छ, उनले आफू भित्रकै कस्तूरीलाई कतै आफै भित्र कैद त गरेनन् ?

उनको आफ्नै संसार छ, जहाँ उनी जीवनको सार खोजिरहेछन् । उनीसँग बाँच्ने आफ्नै कला छ, जसलाई सधैँ आफ्नै गलाले गाइरहेछन् । कहिलेकाहीँ लाग्छ, उनले गाएको उनको जीवनको गीत कतै उनले मात्रै सुनिबसेका त छैनन् ?
मानिसहरूको घना जङ्गलमा जब आफूलाई थिचिएर, दबिएर, अँठिएर होचिएको महसुस गर्छु तब मानिसहरूको जङ्गललाई म एउटा अग्लो मीनार माथि भावनात्मक रूपले चढेर हेर्ने गर्छु, संसार जित्न दौडादौड गरिरहेका मानिसको ठूलो भीड, जुन भीड मलाई समुद्रको छाल जस्तै लाग्छ ।

त्यो अग्लो मीनार विचार, आदर्श र स्वाभिमानको अग्लो मीनार हो, जसको नाम हो— मीन अधिकारी । यो देशको ढड्डामा उनको नाम मीनबहादुर अधिकारी छ । तर मेरो मनको ढड्डामा भने मीनार अधिकारी लेखिएको छ । मेरो जिन्दगीको एउटा मीनार ।

Related Posts

/*sign up form*/