विज्ञान, अर्थ र धर्मका दृष्टिमा बुद्धचित्त वृक्ष

by • • 2072_5, नेपाल–अध्ययनComments (0)3418

Print Friendly, PDF & Email

डा.तीर्थबहादुर श्रेष्ठ

Dr. Tirtha Bahadur Shresthaपिलवस्तुका राजकुमार सिद्धार्थ गौतम लुम्बिनी उद्यानमा, एउटा सालको रूखमुनि जन्मन पुग्छन्; राजमहलमा होइन । सांसारिक शान्तिको खोजीमा निरन्तर लाग्दालाग्दै गौतम कठोर साधनापछि बोधिज्ञान प्राप्त गर्न सफल हुन्छन् एउटा पिपलको रूखमुनि । त्यो पिपल बोधिवृक्षको रूपमा प्रसिद्ध भयो । सोही वृक्षको एउटा हाँगो सम्राट् अशोककी छोरी संघमिताले श्रीलंकाको अनुराधापुरमा सार्न लगिन् । त्यही वृक्ष आज महाबोधिको नाममा पूजित छ । श्रीलंकामा बोधिवृक्ष मात्र झँगिएको छैन, बौध धर्म पनि निकै गहिरो जरा गाडेर त्यो राष्ट्रभर फैलिएको छ ।

पिपलको बोटलाई सिद्धार्थ गौतमले बोधिवृक्ष बनाइदिए भने त्यही पिपलको बोटले सिद्धार्थ गौतमलाई बुद्ध बनाइदियो । त्यो संयोग इशा सन् प्रारम्भ हुनुभन्दा ५८८ वर्ष पहिलेको थियो । त्यसको २ हजार ३ सय ४१ वर्षपछि सन् १७५३ मा बोधिवृक्ष (पिपल) लाई वानस्पतिक जगत्मा स्विडेनका कार्ल लिनियस (Carl Linneaus) ले फाइकस रिलिजिओसा (Ficus religiosa) भन्ने वैज्ञानिक नाम जुराइदिए ।
प्रकृतिको वानस्पतिक विश्वमा पिपल अञ्जिर परिवार (Fig Family) भित्र पर्छ । यस परिवारमा पर्ने अरू वनस्पति हुन्— बर, डुम्रे, काभ्रो, खन्यु आदि दुधालु बिरुवा । कलिलो मुन्टा वा पात चुँड्यो भने सेतो चोप निस्कन्छ । आँप, चाँप, गुलाब वा गुराँसमा जस्तो यिनमा बाहिर फक्रने पूmल फुल्दैन । पिपलको एउटा सानो गेडाभित्र सयौं फूल खाँदिएर बसेका हुन्छन् र बीउका दाना पनि त्यही सानो फलभित्रै खाँदिएका हुन्छन् । चराचुरुङ्गीले पिपलको फल खाएर बिस्ट्याउँदाको परिणामस्वरूप पिपलका बिरुवा हाम्रा घर, मठ, मन्दिर, गिर्जाघर, गुरुद्वारा, गुम्बा, चैत्य वा चौतारा आदि जताततै उम्रने गर्छन् । हाम्रो देशमा पिपल १५०० मिटरभन्दा माथिको भूभागमा हुर्कन सक्तैन । नेपालमा पिपलको आफ्नै वन फस्टाएको छैन, गाउँघर नजिक मानिसकै सामीप्यमा अधिक हुर्कन्छ । यो वृक्ष पाकिस्तानदेखि भारत, नेपाल, सिक्किम र भुटानसम्म हिमालय पर्वतमालाको उष्ण तथा उपोष्ण फेदी अर्थात् औले भागमा मात्र सीमित छ । सनातन धर्मावलम्बी हिन्दूहरूका लागि पिपल नारायणको अवतार हो भने बौद्ध धर्मावलम्बीका लागि बोधिवृक्ष ।

एउटा स्याउको रूखमुनि बसेर साधना गर्दा आइज्यक न्युटन (Isac Newton) को टाउकोमा स्याउको फल खस्यो । भनिन्छ, त्यही घटनाबाट प्राप्त ज्ञानका आधारमा न्युटन गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्न सफल भए । सिद्धार्थलाई भने पिपलको रूखमुनि जीवनको यथार्थ बोध भयो, जीवन बुझने ज्ञानको वर्षा भयो । सांसारिक दुःखबाट मुक्त हुने ज्ञान फुरयो । अझ् भनौँ, मानव कल्याणका लागि चेतनाको ज्ञानोदय भयो । सिद्धार्थ गौतम आफुले प्राप्त गरेको बोधिज्ञानलाई चारवटा आर्यसत्य (Four Noble Truths)का नाममा सूत्रबद्ध गर्न सफल भए । ती चार आर्यसत्य हुन्
१) दुःख सत्य,
२) दुःख समुदय सत्य,
३) दुःख निरोध सत्य,
४) दुःखको अन्त्य गर्ने मार्गको सत्य ।

गौतम बुद्धको बुझइ अनुसार जीवन एउटा संघर्ष हो र जीवन दुःख पनि हो । जीवनको हरक्षण, हरपल परिवर्तनशील हुन्छ । अनित्य र अस्थायी हुन्छ । दुःखका कारण हुन्छन्, बिनाकारणका दुःख हुँदैन । दुःखको मूल कारण तृष्णा हो । लालसा हुन् । दुःख निवारणको बाटो पहिल्याउँदा गौतम बुद्धले आफ्नै अनुभव तथा आत्मप्रयोगका आधारमा मध्यम मार्ग नै व्यावहारिक र उत्तम हुन्छ भन्ने निक्र्योल गरे । दुःखको अन्त्य गर्ने त्यस मार्गमा आठ पाइला (आर्य अष्टांगिक) मार्गमा दृढ रहेर शील, समाधि र प्रज्ञाका चरण पार गर्नु बौद्ध धर्मावलम्बीहरूको लक्ष्य रहिआएको छ । किनभने त्यहीँबाट बुद्धचित्त प्राप्त हुन्छ । शान्ति प्राप्त हुन्छ । सत्य प्राप्त हुन्छ ।

buddhachitta tree

बुद्धचित्त प्राप्त गर्ने पहिलो प्रयत्न आफ्नै आचरणलाई शुद्ध र सम्यक् राख्ने अभ्यासबाट प्रारम्भ हुन्छ । यो पहिलो चरणलाई शील भनिन्छ । पञ्चशीलका अन्तर्वस्तु यसैभित्र समाहित छन् । सम्यक् वचन तथा सम्यक् कर्म अर्थात् अकुशल कार्य विशेष गरेर हिंसा, चोरी, व्यभिचार र सुरापानबाट अलग रहने र कुशल कार्यमा आधारित आजीविका अवलम्बन गर्नु शील अन्तर्गतका आचरण हुन् । शीलपछि समाधिको चरण प्रारम्भ हुन्छ । यसमा सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्न आउँछन् । तन र मनलाई शुद्ध गर्ने व्यायामहरू समाधिका अन्तर्वस्तु हुन् । तेस्रो र अन्तिम चरण प्रज्ञा हो । यसले सम्यक् संकल्प र सम्यक् दृष्टिको प्रतिपादन गर्छ ।

समाधिको शक्तिशाली एकाग्रता अर्थात् अन्तरमुखी ध्यान माफत रूप (पदार्थ) र नाम (मन र मानसिक तत्वहरू) को विश्लेषणात्मक अध्ययन गरेर सम्यक् दृष्टि खुलेपछि प्रज्ञाको चरम अनुभूतिमा पुग्न सकिन्छ । त्यहीँबाट ज्ञानद्वीप चित्त अर्थात् बुद्धचित्तको अनुभूति प्राप्त हुन्छ ।

बौद्धमार्गको केन्द्रस्थल हाम्रो आफ्नै मन हो । आफ्नै चेत र चित्त हो । मनको शुद्धतामा जीवनको सार खुल्छ । मन र चित्तको व्यायाम बौद्धमार्गीका विशेष औजार हुन् । एकाग्रताको शक्ति बुझ्र जप, तप, ध्यान आदि कार्यलाई प्राथमिकता दिइन्छ आध्यात्मिक व्यायामहरूमा । त्यसका लागि बौद्धमार्गीहरू माला जप्ने, माने घुमाउनेदेखि श्वासप्रश्वासको स्पन्दनलाई आनापानामा गनेर चित्तको एकाग्रतातिर अग्रसर हुन्छन् । मन स्थिर र एकाग्रतर्फ लैजाने सबैभन्दा सजिलो उपाय माला जप्नु हो । धागोमा उनिएका रुद्राक्ष वा बुद्धचित्तका दाना वा अन्य स्थूल पदार्थको स्पर्शलाई मन्त्रोच्चारण गरेर मनले गन्ने सबैभन्दा सजिलो विधि हो । यस्तो जपमालामा प्रयोग हुने एक वनस्पति विशेषको नाम नै बुद्धचित्त रहन गएको छ ।

बुद्धचित्तका १०८ दाना उनेर बनाइएको जपमालाले बौद्धमार्गीहरूबीच निकै ठूलो लोकप्रियता प्राप्त गरेको छ । हाम्रो हातको मुठीभित्र अटाउने १०८ गेडाको मालाले एक लाख रुपैयाँ वा बढी पनि मूल्य पाउने गरेका खबर आउन थालेका छन् । स्वयम्भू, ठमेल वा बौद्धका बजारमा बुद्धचित्तका जपमाला इच्छा अनुसार खरीद गर्न सकिन्छ । चीन र चीनको स्वशासित क्षेत्र तिब्बतका बुद्ध धर्मावलम्बीहरू बुद्धचित्तका जपमालाप्रति ज्यादै आकर्षित छन् । दलाई लामा पनि बुद्धचित्तको माला आफ्नो साथमा लिएर हिँड्नुहुन्छ भन्ने विश्वासमा अधिकांश बौद्ध अनुयायीहरू बुद्धचित्तप्रति विशेष लगाव राख्छन् ।

बोधिवृक्ष (पिपल) को वैज्ञानिक नाम जुरेको आज २६२ वर्ष बितिसकेको भए पनि बुद्धचित्तको वैज्ञानिक नाम भने यही २०७२ को वैशाखतिर मात्र आएर जुरयो । हुन त सयौँ वर्ष पहिलेदेखि बुद्धचित्तको जपमाला प्रचलनमा रहेको बुझ्न्छि तर वनस्पति विज्ञानले यसलाई अहिलेसम्म ठम्याउन नसक्नु रहस्यमय लाग्छ । बुद्धचित्तको वैज्ञानिक रहस्यलाई उजागर गर्ने श्रेय नेपाल सरकार, वनस्पति विभागका वैज्ञानिकद्वय डा. खेमराज भट्टराई तथा मित्रलाल पाठकलाई प्राप्त भएको छ । उनीहरूले गहन अध्ययन र अनुसन्धानपछि ‘यो सर्वथा नवीन प्रजातिको बिरुवा नेपाल बाहिर अन्यत्र कहीँ नपाइने स्थानीय वनस्पति ९भ्लमझष्अ एबिलत० हो’ भन्ने प्रमाणित गरिदिएका छन् । तदनुरूप यो बिरुवालाई बयर परिवारभित्रको ठूलो हाडे बयरको कोटीमा स्थापित गरेर यसको वैज्ञानिक नाम जिजिफस बुद्धेन्सिस (Zizyphus buddhensis) कायम गरिएको छ ।

Bodhi malaबुद्धचित्तको आफ्नै प्राकृत वन छैन । यसलाई खेती गरिन्छ । यसको बिरुवा ८ देखि १० मिटरसम्म अग्लो र काँडावाल हुन्छ । फागुन–चैतताका यसमा ससाना सेता फुल फुल्छन् र भदौ असोजमा फल देखिन थाल्छ । यसमा सामान्यतः १.५ देखि २.५ सेन्टिमिटरसम्मको व्यास भएको गोलाकार बयर (फल) फल्छ । हल्का पहेँलो बयरभित्र बुट्टादार कडा बीउको दाना हुन्छ । भनिन्छ, कुनैकुनै दानामा बुद्धका चिम्से आँखाको आकृति पनि झन्छ । बुद्धचित्त वनस्पतिको रैथान अर्थात् मूल थलो काभेर जिल्लाको तिमाल क्षेत्र हो । तर, यसको बढ्दो माग र चर्को मोलले गर्दा यसका बेर्ना नर्सरी माफत जताततै पैलिन थालेका छन् ।

नेपालमा मात्र पाइने यस्ता वनस्पतिलाई नेपालको सार्वभौम अधिकारभित्र निर्दिष्ट गरेर जीवित बिरुवा नेपाल बाहिर लान दिने वा नदिने भन्ने नीति तय गरिनुपर्छ । जैविक प्रविधिको वर्तमान विकासले एक देशको बिरुवा अरू देशमा ओसार्ने र खेतीपाती गर्ने काम गर्न निकै सजिलो बनाइदिएको छ । बुद्धचित्तका किसानहरू बाली भिरयाउने समयमा चोरी र डकैतीका शिकार बन्न धेरै सयम लाग्दैन । किसान र बालीको सुरक्षातिर पनि विशेष ध्यान दिनुपर्ने अवस्था आइसकेको छ ।

बोधिवृक्ष र बुद्धचित्त फगत वनस्पतिका प्रजाति मात्र हुन् भनेर बुझनु हुँदैन । तिनमा बुद्ध दर्शन र शान्तिका सन्देश पनि निहित छन् भन्ने कुरा भुल्नु हुँदैन । ‘अहिंसा परमोधर्म’ लाई जीवनको मूल मन्त्र मानिआएका शान्तिप्रिय सबै नेपालीहरूमा बौद्धज्ञान र बुद्धचित्त पलाएर आओस् भन्ने आफ्नो मनोकामना पाठकहरूसमक्ष पस्कँदै बिदा लिन्छु । 

Related Posts

/*sign up form*/