रेडियो कार्यक्रम शिक्षा–संवाद स्थगित

by • • रेडियोComments (0)40

Print Friendly, PDF & Email

२०७२ वैसाख ११ गते देखि रेडियो कार्यक्रम शिक्षा–संवाद को प्रशारण शुरू गरिएको थियो । यसको उद्देश्य शिक्षक मासिकमा प्रकाशित विषयवस्तु यो पत्रिका नपुग्ने वा पत्रिकामा पँहुच नभएका पाठकसम्म पनि पुर्याउनु थियो । सारमा यो शिक्षक मासिक पत्रिकाकै विस्तारित रुप हो । यसलाई १०० भन्दा बढी रेडियो स्टेसनले स्वतस्फुर्त र निःशुल्क रुपमा प्रशारण गरेर हाम्रो यात्रालाई सहज बनाइदिनु भयो । साढे तीन वर्ष शिक्षा–संवाद कार्यक्रम गर्दा कुनै दाताको सहयोग वा विज्ञापन लिएनौं ।

नयाँ संविधानले विद्यालय शिक्षाको स्वामित्व वा व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारलाइ दिएको छ । पछिल्लो समय स्थानीय तहले ध्यान दिनुपर्ने शिक्षाको बारेमा बहस चलायौं । त्यसैको प्रभाव अनुरुप अहिले धेरै विद्यालय तथा स्थानीय तहले १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गरेका छन् । हामीले धेरै विद्यार्थीलाई सुविधा दिनुहोस्, खाजाको व्यवस्था होस् । सौचालयको व्यवस्था होस् । सिकौ–सिकौ, पढौ–पढौ भन्ने वातावरण बनाइदिनुहोस् भन्यौं । त्यसमध्ये सबभन्दा महत्वपूर्ण कुरा भोको पेटले पढ्न सक्दैन । खाजाको व्यवस्था गर्नुहोस् । विपन्न परिवारको केटाकेटीले बिहान खाएर आएका हुन्छन् । उनीहरुले दिनमा खान पाएनन् भने विद्यालयमा पूरै समय बस्न सक्दैनन् भन्यौ । अहिले आएर केही गाउँपालिकाले खाजाको व्यवस्था गर्न थालेको सुनेका छौ जो खुशीको कुरा हो ।

यहाँसम्म आइपुग्दा हामीले के महसूस गर्यौ । विद्यालय शिक्षाको लागि शिक्षा सम्वादले अहिलेसम्म गरेका भन्दा फरक र अझ बढी गर्ने हिसाबले काम गर्नुपर्छ । किनभने परिवेश र समय बदलिएको छ । हिजो अधिकारीहरू भन्दा सिंहदरबार मात्र सम्झन्थ्यौ अथवा जिल्ला सदरमुकाम बस्ने शिक्षा अधिकारीहरुलाई सम्झन्थ्यौ । तर अब स्थानीय तहमा बस्ने शिक्षाका कर्मचारी सम्झनु पर्छ । त्यसको लागि कसरी काम गर्ने त ? यी सँगै सिकाइ र प्रविधिका चुनौतिहरू पनि छन् । त्यसमा हामी कसरी जाने । यसको तयारी गर्नको लागि शिक्षा संवादको १७९ औ अंकको प्रशारणसंगै शिक्षा-संवाद कार्यक्रमको उत्पादन स्थगित गरेका छौं ।

राजेन्द्र दाहाल
सम्पादक

Related Posts

/*sign up form*/