म पनि लेख्छु नि ! (फोटोफिचर)

by • • Homepage MosaicComments (0)118

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी (सरस्वती) पूजा देशभर मनाइएको छ ।

आजको दिन प्रत्येक कलेज, विद्यालयमा सरस्वती पूजाको आराधाना गर्ने चलन छ । आजको दिन पूजा गरेर लेख–पढ गर्न सिकाए विद्या, बुद्धि बढ्ने जनविश्वास छ । त्यसैले विद्यालय नपठाएका साना–साना बालबालिकालाई आजकै दिनदेखि शिक्षाराम्भ गराउने चलन छ । साथै, साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीहरूले आआफ्ना साधाननका रूपमा कापी, कलम र पुस्तक आदिलाई पूजा गर्छन् ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेमा बिहानैदेखि सरस्वती पूजा गर्नका निम्ति घुइँचो लाग्ने गर्दछन् । आज बिहान ९ बजे (२०७४ माघ ८ गते) शंखमुल, काठमाडौं स्थित प्यासिफिक एकेडमी (Pacific Academy) स्कूलमा विद्यार्थी, शिक्षक र विद्यालय व्यावस्थापन समितिका पदाधिकारीले सरस्वती पूजा गर्दै गरेका देखिएका दृश्यहरु हेर्नुहोस्ः

 

 

 

 

 

 

 

 

 

 

सवै तस्वीरः खड्गबहादुर मगर/शिक्षक  मासिक

 

Related Posts

/*sign up form*/