‘मेरी श्रीमती काम गर्दिनँ’

by • • विषय-सन्दर्भ / सम्पादकीयComments (0)940

‘मेरी श्रीमती काम गर्दिनँ’ (My Wife Does Not Work) शीर्षकमा सन् २००० मा बङ्गलादेशमा बनाइएको यो चित्रका परिकल्पनाकार भारत (तमिलनाडू) का मत्स्यविज्ञ एम.सी. नन्दीशा हुन् । पोष्टरको डिजाइन चाहिं बङ्गलादेशको एक गैसस ‘बन्च्ते शेख’ (www.banchteshekha.com) की संस्थापक एञ्जेला गोमेजले गरेकी हुन् ।
यो चित्रले नेपाललगायत दक्षिण एशियाका देशमा महिलाको पारिवारिक, सामाजिक र आर्थिक भूमिकाको स्पष्ट झ्ल्को दिन्छ । यसलाई पोष्टर आकारमा कक्षामा झुन्ड्याएर परिवार र समाजमा महिलाका विभिन्न भूमिका, अवस्था र कामबारे चर्चा गर्दा कक्षा रोचक मात्र नभई, विद्यार्थीले आफू बसेको समाजका विभिन्न पक्षहरू समेत बुझने मौका पाउँछन् भन्ने हाम्रो विश्वास छ ।
यस चित्रका सम्बन्धमा तपाईंका अनुभव र सुझव हामीलाई उपलब्ध गराइदिनुहोला ।

हामीले यो चित्र विकिमेडिया कमन्स (wikimedia commons) मा एम.सी. नन्दीशाको नाममा रहेको फाइलबाट लिएका हौं ।
– सम्पादक

Related Posts

/*sign up form*/