मान्छेको विवेकको सीमा

by • • 2072_04, आलोपालोComments (0)380

अलोपालो

प्रसंग मेक्सिकोको एक जना किसानको हो । त्यो किसान पहिलेदेखि नै गरीब त छँदै थियो, त्यसमाथि एकपछि अर्को बाली असिनाले नष्ट पारिदिएपछि उसको अवस्था अत्यन्तै नाजुक हुन पुग्यो ।जीविकाका निम्ति कुनै उपाय नसुझ्रिहेको बेलामा उसले कतै कसैले भनेको कुरा सम्झ्यि, ‘ईश्वर बडो दयालु हुन्छन्, दीन–दुःखीलाई मद्दत गर्छन्… ।’ उसले तिनै ईश्वरलाई आफ्नो अवस्था झ्ल्काएर एउटा पत्र लेख्ने निधो ग¥यो । उसले ईश्वरलाई सम्बोधन गरेर तलको व्यहोराको पत्र लेख्यो—

आदरणीय ईश्वर भगवान्,
कोटीकोटी प्रणाम !
हजुर एकदमै दयालु हुनुहुन्छ भन्ने सुनेकाले यो चिठी लेख्तै छु । मलाई विश्वास छ, मैले जे सुनेको छु, त्यो सही नै हुनुपर्छ ।
पटक पटक परेको असिनाले यो वर्षको मेरो सारा बाली नष्ट पारिदियो । गाउँका जान्ने–बुझनेहरूले भने अनुसार असिनाका त्यत्रा डल्ला आकाशबाट तपाईं बाहेक अरू कसैले बर्साउन सक्तैन रे ! त्यसैले अब अर्को बाली नपाक्दासम्मका लागि गुजारा चलाउन तपाईंले मलाई १०० डलर पठाइदिने कृपा गर्नुप¥यो । सय डलरले चार महीनासम्मको गर्जो टार्नेछु । त्यतिन्जेलमा नयाँ बाली पाक्नेछ । त्यसैले त्यो सय डलर जति सक्यो छिटो पठाइदिनुहुन हजुरसँग पुनः सादर अनुरोध गर्दछु । अहिले म साह्रै ठूलो संकटमा छु ।

हजुरको अनन्य सेवक
गरीब किसान

चिठी खामभित्र राखेर दायाँतर्प उसले ठेगाना लेख्यो—
प्रापक
श्री ईश्वर भगवान्
स्वर्गपुरी, इन्द्रलोक

***

खामको बायाँतर्प आफ्नो हुलाक र घरको ठेगाना लेखेर उसले पत्र मञ्जुषामा खसालिदियो ।
खाममा लेखिएको ठेगाना पढेर हुलाकी एकछिन खुब हाँस्यो । ‘पक्कै पनि कुनै बौलठ्ठीको काम हुनुपर्छ’ भनेर उसले चिठी खोलेर हे¥यो । चिठी पढिसकेपछि हुलाकीमा एकाएक किसानप्रति दया जाग्यो र किसानलाई केही न केही सहयोग गर्ने निधो ग¥यो । त्यसनिम्ति उसले अरू चार–पाँच जना हुलाकी साथीलाई त्यो चिठी देखायो र किसानलाई केही चन्दा दिन सके राम्रो हुने प्रस्ताव राख्यो । उसको कुरा अरू हुलाकीहरूलाई पनि ठीकै लाग्यो । सबैले आफ्नो गच्छे अनुसार पैसा दिए । एकैछिनमा ८० डलर जम्मा भयो । हुलाकीले त्यो डलर एउटा खाममा राखेर रजिष्ट्री गरी किसानको ठेगानामा पठाइदियो ।
करीव एक सातापछि किसानले हुलाकबाट आएको रजिष्ट्री खाम बुझ्लियो । खाम खोलेर त्यसमा भएको डलर गन्यो । उसले ईश्वरसँग मागेको भन्दा त्यहाँ २० डलर कम अर्थात् ८० डलर मात्रै थियो । दोहो¥याई–तेहे¥याई गन्यो तर त्यहाँ त्योभन्दा बढी १ डलर पनि थिएन ।
एकछिन गम खाएर सोचेपछि किसानले ईश्वरलाई सम्बोधन गरेर तत्काल अर्को चिठी लेख्यो—

आदरणीय ईश्वरजी,
सादर नमस्कार !
मेरो अनुरोध स्वीकार गरी पैसा पठाउनुभएकोमा धेरै धन्यवाद छ । तर भविष्यमा फेरि पनि मलाई पैसा पठाउनुपरयो भने यसरी खाममा हालेर नपठाउनुहोला, ‘मनि अर्डर’ मात्रै पठाउनुहोला, किनभने यहाँका हुलाकी चोर छन् ।
आजलाई यहीँ कलम बन्द गर्छु ।

तपाईंको उही सेवक
गरीब किसान

प्रस्तुति राजेन्द्र दाहाल

Related Posts

/*sign up form*/