‘मलाई टीभी बनाइदेऊ भगवान !’

by • • हेराइ र बुझाइComments (0)320

Print Friendly, PDF & Email

उनी प्राथमिक विद्यालयकी शिक्षक । परीक्षाका कापी जाँच्दै थिइन् । कापी जाँच्दाजाँच्दै उनको आँखाबाट आँसु बग्न थाले । नजिकै ढल्किएर टीभी हेरिरहेका उनका पतिले आँसु झ्र्नाको कारण सोधे ।
शिक्षक निकै बेरसम्म केही बोलिनन् । पतिले पुनः दोहो¥याएर रुनुको कारण सोधेपछि उनले भनिन्, “आज स्कूलमा मैले बच्चाहरूलाई ‘मेरो सबैभन्दा ठूलो इच्छा’ शीर्षकमा मनमा लागेका कुरा लेख्न भनेकी थिएँ । एउटा बच्चाले आफ्नो इच्छा प्रकट गर्दै लेखेछ– ‘भगवानले मलाई टीभी बनाइदिऊन्’ !”
यो सुनेर पति हाँसे ।

तर, शिक्षक थप गम्भीर भइन् र भनिन्, “त्यति मात्रै कहाँ हो र; अरू सुन्नुस् न !” उनी कापी पढ्दै गइन्— “यदि म टीभी बन्न सकें भने घरमा मेरो पनि आफ्नै ठाउँ हुन्छ । घरका सबै मान्छे मेरो वरिपरि झ्ुम्मिने छन् । जब म बोल्छु, त्यतिबेला सबैले ध्यानपूर्वक सुन्नेछन् । मलाई कसैले पनि गाली गर्ने, हप्काउने छैन । म टीभी बनें भने बाबा अफिसबाट आउँदा जति नै थाकेको भए पनि मेरो छेउमा बस्नुहुनेछ । आमा टाउको दुखेको बेलामा पनि मेरो नजिकै आएर बस्नुहुनेछ । दिदी र दाजुहरू बीच मेरो नजिक को बस्ने भनेर होडबाजी चल्नेछ । त्यति मात्रै होइन, बन्द भएको बेलामा पनि सबैले मेरो राम्रो हेरचाह गर्नेछन् । टीभी हुनसके मैले सबैलाई सजिलै खुशी पार्न सक्नेछु ।”
यो विवरण सुनिसकेपछि, पति महोदय गम्भीर भए । उनको मुखबाट निस्कियो ‘विचरा बच्चो; सारै अभागी रहेछ ! उसका बाबु–आमाले पटक्कै वास्ता गर्दैनन् जस्तो छ । विचरा ! !”
यतिबेरसम्म गहभरी आँसु पारेर पतिको कुरा सुनिरहेकी शिक्षक–पत्नीले भक्कानिंदो स्वरमा भनिन्, “तपाईंलाई थाहा छ त्यो बच्चा को हो ? … हाम्रो … हाम्रो छोरो … हाम्रो सानु !”
पाठ ः अरूका कथा पढेर मनोरञ्जन लिन्छौं । तर कहिलेकाहीं कथाका पात्रमा हामीले आफैंलाई पनि राखेर हेर्न सक्नुपर्छ ।

२०७३ मंसीर अंकमा प्रकाशित

Related Posts

/*sign up form*/