भूगोल किन नपढ्ने ?

by • • आवरणComments (0)805

डा.पीताम्बर शर्मा

मानवजातिका रूपमा हाम्रो विगत जस्तै भविष्य पनि पृथ्वीको नाभीसँग जोडिएको छ । मान्छेको कथा भूगोलको अनुकूलन र बाध्यतालाई बुझेर र बुझन खोज्दै अगाडि बढिरहेको कथा हो । यसलाई नबुझे, हामीले के बुझने ? यसैले प्रश्नः
भूगोल किन पढ्ने भन्ने हैन, भूगोल किन नपढ्ने ?
सन् १९८७ ताका अमेरिकाको नेशनल जियोग्राफिक सोसाइटीले जनस्तर र स्कूलहरूमा भौगोलिक ज्ञानबारे गरिएको एउटा अध्ययन सार्वजनिक ग¥यो । सो अध्ययनले केही असहज तथ्यहरू बाहिर ल्यायो— अमेरिकाका विद्यालयमा पढ्ने २० प्रतिशत विद्यार्थीले विश्व मानचित्रमा संयुक्त राज्य अमेरिका अर्थात् आफ्नो देश भनेर ब्राजिललाई देखाए । त्यस्तै, १८ देखि २४ उमेर समूहका ९५ प्रतिशत अमेरिकी नागरिकले भियतनाम कहाँ पर्छ भनेर देखाउन सकेनन् । ७५ प्रतिशतले एल साल्भाडोर भन्ने ल्याटिन अमेरिकी देश चिन्न सकेनन् । अमेरिकी स्कूलहरूको पाठ्यक्रमबाट भौगोलिक ज्ञान करीब–करीब समाप्त नै हुन लागेको यो एउटा डरलाग्दो संकेत थियो ।
अमेरिका मूलतः आप्रवासीहरूले बनाएको देश हो । अमेरिकीहरू आफ्नो प्राकृतिक सम्पदा र सामाजिक विविधतामा गर्व गर्छन् । नवीनतम आविष्कारमा आधारित व्यापार अमेरिकाको वैभवको सबैभन्दा ठूलो आधार हो । व्यापार गर्न आफ्ना ग्राहक र उत्पादन दुवैको राम्रो ज्ञान हुनुपर्छ । व्यापारले नै अमेरिकालाई संसारको सबैभन्दा ठूलो राजनीतिक, आर्थिक र सामरिक शक्ति बनाएको हो । आफू र संसारलाई नै नचिन्ने देशले कस्तो व्यापार गर्ला ? संसारको नेतृत्व कसरी गर्ला ? भूगोलको साधारण ज्ञान समेत नराख्ने जनसंख्याले कस्तो विश्वको निर्माण गर्ला ?

सामाजिक अध्ययन’ विषयको डोको भित्र भूगोल र इतिहास जस्ता विषयलाई छ्यासमिसे ढंगले प्रस्तुत गरेर हामीले एउटा यस्तो पुस्ता निर्माण गर्दैछौं जसलाई न आफ्नो अवस्थिति, सन्दर्भ, विशेषता र भौगोलिक परिवेशको हेक्का छ, न आफ्नो ऐतिहासिक, सामाजिक र राजनीतिक पहिचान र विविधताको चेतना छ ।

अमेरिकी सरकार र नीतिनिर्माणकर्तालाई यो अध्ययनले नराम्ररी झ्क्झ्क्यायो । फलस्वरूप सेप्टेम्बर, १९८७ मा अमेरिकी कांग्रेसका दुवै सदनले एउटा संयुक्त प्रस्ताव पारित गरे । राष्ट्रपति रोनाल्ड रेगनले जारी गरेको घोषणा नम्बर ५७०० ले प्रत्येक वर्ष नोभेम्बर महीनाको तेस्रो हप्तालाई ‘भूगोल चेतना सप्ताह (ज्योग्राफी अवेरनेस विक)’ का रूपमा अमेरिकाभर मनाउने निर्णय ग¥यो । सो घोषणाले विश्वको जनसंख्या, वातावरण, राजनीतिक सिमानाहरू, प्राकृतिक स्रोत र तिनका विशेषताहरूलाई बुझने, विश्वको भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक र राजनीतिक अन्तर सम्बन्ध र पारस्परिक निर्भरतालाई केलाउने र नवीन अनुसन्धानबाट प्राप्त ज्ञानको अधिकतम प्रयोग गर्ने कुरामा जोड दिएको छ । अहिले पनि प्रत्येक वर्ष सो सप्ताह मनाइन्छ र भौगोलिक ज्ञानबारे आवधिक अध्ययन गर्ने क्रम पनि जारी छ ।
केही समयअघि हाम्रो त्रिभुवन विश्वविद्यालयमा भूगोलमा एमए पढ्ने विद्यार्थी भएनन् भन्ने समाचारले धेरैको ध्यान आकर्षित ग¥यो । तर समस्या एमएमा भूगोल पढ्ने विद्यार्थी भएनन् भन्ने हैन, स्कूल तहदेखिकै हो । अहिलेको हाम्रो स्कूलको शिक्षाले भूगोलको अति साधारण व्यावहारिक ज्ञान समेत दिन छाडेको छ । ‘सामाजिक अध्ययन’ विषयको डोको भित्र भूगोल र इतिहास जस्ता विषयलाई छ्यासमिसे ढंगले प्रस्तुत गरेर हामीले एउटा यस्तो पुस्ता निर्माण गर्दैछौं जसलाई न आफ्नो अवस्थिति, सन्दर्भ, विशेषता र भौगोलिक परिवेशको हेक्का छ, न आफ्नो ऐतिहासिक, सामाजिक र राजनीतिक पहिचान र विविधताको चेतना ।
बिहान उठेर नेपाल भित्रकै र देश–देशावरका खबरहरू सुन्छौं वा पढ्छौं । ताप्लेजुङमा पहिरो गयो । कर्णालीमा बस दुर्घटना भयो । सगरमाथा क्षेत्रमा पर्यटक घटे । यमनमा गोलाबारी भयो । सिरियामा बम वर्षा भो । मध्य चीनमा बाढी आयो । भारतमा हिन्दू–मुस्लिम दंगा भयो । डोक्लाममा भारतीय र चिनियाँ सैनिक आमने–सामने भए । मुसलमान बहुल केही देशका नागरिकमाथि संयुक्त राज्य अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइयो । जलवायु परिवर्तनको प्रभाव स्वरूप अन्टार्कटिकाको एउटा ठूलो हिम चट्टान मुख्य भूमिबाट छुट्टिएर समुद्रमा बहन लाग्यो । कतार माथि खाडी सहयोग परिषद्का छिमेकीहरूले नाकाबन्दी लगाए । रूसको उक्रेन नीति माथि नाटोले खबरदारी ग¥यो । नाइजेरियाको डेल्टामा पेट्रोल थाप्न गएकाहरूले ज्यानै गुमाए । आदि आदि ।
समाचार सधैं नराम्रा हुँदैनन् र सबै राजनीतिक प्रकृतिका पनि हुँदैनन्, तर यस्ता खबर हामी दिनदिनै पढ्छौं, सुन्छौं । यस्ता प्रत्येक समाचारले प्रश्न उब्जाउँछ । कहाँ पर्छ ताप्लेजुङ, किन त्यहीं पहिरो गयो ? कर्णालीमै धेरै दुर्घटना किन हुन्छ ? यमन कहाँ पर्छ ? किन र कोसँग झ्गडा भइरहेछ ? सिरियामा टाढाको अमेरिका र रूस किन पुगे ? मुसलमान बहुल मुलुकसँग अमेरिकाको के साइनो ? के हो जलवायु परिवर्तन ? यसको प्रभाव नेपालमा कसरी पर्ला ? कतारमा त श्रम रोजगारीका निम्ति धेरै नेपाली गएका छन, तिनलाई के होला ? भारतमा हिन्दू–मुस्लिम दंगा किन भड्किरहन्छ ? डोक्लाम कहाँ पर्छ, नेपालमा के असर पर्ला ? प्रतिदिन उठ्ने यस्ता कौतुहल र प्रश्नको उत्तर भूगोलको अध्ययनले दिन्छ ।
आफ्नै मुलुक, संसारका देश, प्रमुख स्थल, शहर र महत्वका ठाउँहरू कहाँ अवस्थित छन् । तिनीहरूको भौगोलिक, आर्थिक, सामाजिक, धार्मिक विशेषता के हुन्, तिनीहरूका अन्तर सम्बन्धहरू के हुन् । किन विभिन्न स्थलहरूमा हावापानी, नदीनाला, वनजंगल, वातावरण, जलचक्र, फरक छन् ? त्यो विविधताका कारण के हुन् । स्थलहरूको उत्पत्ति र विकास, मान्छे र विचारहरूको आवागमन र उत्पादनको लेनदेन, बन्द–व्यापार कसरी परिवर्तित भइरहेछन् । राजनीतिक, आर्थिक, जनसांख्यिक–सामाजिक सम्बन्धहरू कसरी बदलिंदैछन् । मान्छे र प्राकृतिक र भौतिक पद्धतिको वितरण र व्यवस्था किन यस्तो छ जस्तो हामीले देख्छौं । यसले पृथ्वीको सतहमा के प्रभाव पार्दैछ र कस्ता परिवर्तन ल्याउँदैछ । यो बुझने, बुझउने भूगोलले हो ।
झ्ट्ट हेर्दा कतिपय कुराहरूको खासै ढाँचा देखिन्न जस्तो पहाड वा मैदानमा बजार–बस्तीहरूको वितरण वा एउटा बस्ती वरपर जमीनको प्रयोगको किसिम वा दुई बस्तीबीचको गोरेटोको रेखाङ्कन तर गहिरिएर हेर्दा खास प्रकारको ढाँचा वा आकृति दृष्टिगोचर हुन्छ, एउटा खास प्रकारको स्थलीय संगठन देखिन्छ । यस्तो संगठनलाई बुझने, त्यस पछाडिका कारक तत्वहरूको विश्लेषण गर्ने, त्यस्ता प्रणालीको विकास र विस्तार कसरी भयो, भविष्यमा कसरी होला र कसरी मान्छेको अनुकूल बनाउन सकिएला, यो दृष्टि दिने दिलाउने पनि भूगोलले हो ।
पृथ्वीका भौतिक, सामाजिक, आर्थिक पक्षहरूको बुझइ हेर्ने तह र दृष्टिकोण अनुसार फरक हुने गर्छ । छिमेक तहको क्रियाकलापको वितरण बस्तीतहमा, उपत्यका, क्षेत्र, प्रदेश, देश, महादेश र भूमण्डल तह र मापमा फरक–फरक देखिन्छ । यी पृथक् तर अन्तर सम्बन्धित वितरणलाई कसरी बुझने ? विभिन्न तहमा अन्तर सम्बन्धहरूले कस्तो रूप लिन्छन् र कसरी परिवर्तित हुन्छन् यसको मर्म केलाउने भूगोलले हो । भौतिक वातावरण र समाजका अन्तर सम्बन्धहरूलाई केलाउने, अथ्र्याउने र तिनीहरूको व्यावहारिक पक्षको उद्घाटन गर्ने भूगोलको अध्ययनले नै हो ।


पृथ्वीका स्थलहरूको अक्षांश र देशान्तरले देखाउने निरपेक्ष अवस्थिति छ, तर त्योभन्दा पनि महत्वपूर्ण सापेक्षिक अवस्थिति हुन्छ । स्थलीय सम्बन्धहरूलाई विभिन्न तहमा (छिमेक, बस्ती, गाउँ, जिल्ला आदि) बुझने विधिहरू के हुन् ? हुम्लाको एउटा सुदूर गाउँमा बाटो पुग्ने वित्तिकै त्यसका सबै स्थलीय र आर्थिक–सामाजिक सम्बन्धहरू बदलिन्छन् अर्थात् निरपेक्ष अवस्थिति त्यही हुँदाहुँदै पनि सापेक्षिक अवस्थिति बदलिन्छ । बजार अब नजिक होला, स्वास्थ्य सेवा पहुँचमा पर्ला, स्थानीय उत्पादनको महत्व घट्ला, बढ्ला, जैविक विविधता माथि चाप बढ्ला । यी सबले त्यो बस्तीको संसारसँगको सम्बन्ध र संसारको त्यो बस्तीप्रतिको बुझइ नै फरक पर्छ । कालान्तरमा बासिन्दाहरूको मानसिक नक्शा नै बदलिन्छ । मानसिक नक्शाले स्थलपरक सम्बन्धहरू प्रभावित हुन्छन् र त्यो व्यवहारमा, लेनदेनमा देखिन जान्छ । सापेक्षमा कतिपय टाढा लाग्ने कुरा नजिक लाग्छन्, कति नजिकका टाढा हुन्छन् । हिजोसम्म जुन उत्पादनको सम्भावना थिएन, अब त्यो सम्भव हुन्छ । यातायातको विस्तारसँगै नेपालभर यो परिवर्तन भइरहेछ । विकासको एउटा महत्वपूर्ण पक्ष यसलाई बुझनु हो र यो बुझइलाई जनसाधारणको जीवनलाई सहज बनाउने काममा लगाउनु हो । ‘दूरीको घर्षण’ (फ्रिक्सन अफ डिस्ट्न्स) र त्यसमा आउने परिवर्तनको प्रभाव भूगोलको अध्ययनको प्रमुख पाटो मध्ये हो । ‘दूरीको घर्षण’ को समस्यासँग जुझने पनि आ–आफ्नै तरीका हुन्छन् । कर्णालीका कतिपय क्षेत्रमा नदी पारिकालाई विशेष कार्यमा निम्तो गर्न कार्य र निम्ताको तह अनुसार फरक–फरक बाजा बजाउने चलन थियो । त्यसो गर्दा निम्ता दिन जाने समयको बचत हुन्थ्यो ।
नेपालका सन्दर्भमा अवस्थितिको अर्को पक्ष भनेको तेस्रो आयाम अर्थात् उँचाइ हो । एउटै अक्षांश वा देशान्तरमा अवस्थित ठाउँहरूको विशेषता उँचाइले गर्दा नितान्त फरक हुन पुग्छ । नेपालको सबैभन्दा उल्लेख गरिने उदाहरण नेपालगंज (अक्षांश २८ डिग्री ३ मिनेट उत्तर) र सगरमाथा (अक्षांश २७ डिग्री ५९ मिनेट १७ सेकेण्ड) को हो । यी दुवै करीब–करीब एउटै अक्षांशमा पर्छन् तर नेपालगंजको उँचाइ १५० मिटर छ र सगरमाथाको ८,८४८ मीटर । जुलाई महीनामा नेपालगंजको औसत तापक्रम ३४ डिग्री सेल्सियस रहन्छ जब सगरमाथाको (१९ डिग्री सेल्सियस ।
भूगोलको मुख्य ‘टुल’ वा उपकरण नक्शा हो । स्मार्ट फोन र गुगल नक्शाको सहज उपलब्धताले गर्दा अब नक्शा विशेषज्ञको मात्र उपकरण रहेन । तर नक्शाको प्रयोग गर्न र दैनिक जीवनमा सहयोगी तुल्याउन नक्शा पढ्न र आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न जान्नुपर्छ । अब मुखले ठाउँ चिनाउने जमाना गयो । ठाउँ मात्र नभई त्यसको सन्दर्भ र क्षेत्र समेत गुगलले दिन्छ । नक्शा डाउनलोड गरेर फोनमा पठाइदिए पुग्छ । तर पनि आधुनिक प्रविधिको प्रयोग गर्न सक्षम र उपलब्ध ज्ञानलाई आफ्नो अनुकूल बनाउन सक्ने ‘स्मार्ट’ मान्छे हुन भूगोलको साधारण ज्ञान भने नराखी हुँदैन । नक्शाले एक हेराइमै धेरै कुरा भन्छ र अझ् विषयगत नक्शाले विषयका विभिन्न पक्ष र अन्तर सम्बन्धको समेत सहज जानकारी दिन्छ ।
पृथ्वी मानव जाति र चराचर जगतको एकमात्र घर र आश्रयस्थल हो । मान्छेका क्रियाकलाप र स्रोत–साधनको अन्धाधुन्द दोहनले यो समग्र ग्रह र यसमा आश्रित हामी सबैको भविष्य खतरामा छ । यो ग्रहको अन्तरनिहित एकता र अखण्डता संकटमा छ । यो एकता र अखण्डतालाई कसरी बुझने ? हाम्रा स्रोत–साधनको दिगो व्यवस्थापन र सम्भार कसरी गर्ने ? विकसित देशको विकासको ढाँचाको नक्कल गरेर संसारको वातावरण दिगो हुँदैन । आर्थिक भूमण्डलीकरणको एजेण्डालाई वातावरणीय समस्याको भूमण्डलीकरणसँग कसरी जोड्ने ? जलवायु परिवर्तनको दुष्चक्रलाई सकेसम्म लामो समयसम्म टार्ने वा पार पाउने उपाय कसरी निकाल्ने ? समयमै सचेतना बढेन भने हामी यो ग्रहका अन्तिम प्राणी हुन सक्छौं । विकास र विनाश नजिकको सम्बन्ध हो । यो ज्ञान र चेतना भूगोलको आधार हो । भूगोलले विश्व नागरिक हुने चेत दिन्छ ।
नेपालका प्राकृतिक स्रोत–साधनको सन्दर्भ, विशेषता, प्रयोग र व्यवस्थापनका समस्या र सम्भावना बुझन भूगोलले मद्दत गर्छ । हाम्रो प्राकृतिक वातावरणको संवेदना, विपत् र जोखिम जान्न र व्यवस्थापन गर्न भूगोलको ज्ञान आवश्यक छ । पहिले पहाडबाट तराई झ्र्ने जनसंख्या अहिले खाडी र मलेशियातिर लाग्दैछ । शहरतिर बसाइँसराइ बढ्दैछ । शहरीकरणको प्रभाव बुझन, प्रदूषणका अन्तर सम्बन्धबारे बुझेर निदानका उपाय खोज्न भूगोलको ज्ञान अपरिहार्य छ । हाम्रो जनसंख्याको विस्तार र बसाइँसराइको समस्या र पीर बुझन भूगोलले मद्दत गर्छ । हाम्रो जातीय र सांस्कृतिक विविधता बुझन र त्यसको सम्मान गर्न, विविधताले हामी कति धनी छौं भन्ने हेक्का राख्न र सामाजिक–आर्थिक–राजनीतिक अन्तर सम्बन्धलाई सुदृढ गर्न समेत भूगोलको जानकारी चाहिन्छ ।
अहिलेको संसारमा आफूलाई बुझेर मात्र पुग्दैन । अर्कालाई बुझनु त्यत्तिकै आवश्यक छ किनभने हामी आर्थिक सम्बन्धको जालोले जेलिएका छौं । पर्यटनकै कुरा गरौं । पर्यटक कहाँबाट आउँछन्, कस्तो भौगोलिक, सामाजिक र आर्थिक परिवेशबाट । के चाहन्छन् । उनीहरूलाई आकर्षित गर्न कस्तो व्यवस्थापन र कस्तो प्रकारको पर्यटन वस्तु (प्रडक्ट) चाहिन्छ । यो बुझइ विना पर्यटनको दिगो विकास कसरी होला ? विकासका हर क्षेत्रमा यस्ता प्रश्न आइरहन्छन् । ती प्रश्नको उत्तर खोज्न भूगोलको अध्ययनले मद्दत गर्छ ।
भूगोलले धेरैजसो ज्ञानका विधाहरूलाई जोड्छ । मान्छेका सबै विविधता र विशेषताहरू, उसका सबै क्रियाकलापको उद्गम, उद्भव, विकास, आरोह, अवरोह पृथ्वीमै हुने हो । यो धरतीसँग जोडिएर, यहाँको भौतिक र वातावरणको प्रयोग गरेर, प्रभाव पारेर र प्रभावित भएर मानव सभ्यताले फड्को मारेर यहाँसम्म पुगेको हो । मानवजातिका रूपमा हाम्रो विगत जस्तै हाम्रो भविष्य पनि कदाचित पृथ्वीको नाभीसँग जोडिएको छ । मान्छेको कथा भूगोलको अनुकूलन र बाध्यतालाई बुझेर र बुझन खोज्दै अगाडि बढिरहेको कथा हो । यसलाई बुझेर, हामीले के बुझने ?
यसैले प्रश्न ः भूगोल किन पढ्ने भन्ने हैन, भूगोल किन नपढ्ने ?
(शर्माले दुईदशक भन्दा बढी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भूगोल पढाएका हुन् ।)

शिक्षक मासिक, २०७४ भदौ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/