भूकम्प र पशुपक्षीको छैटौँ चेत !

by • • 2072_04, नेपाल–अध्ययनComments (0)653

Print Friendly, PDF & Email

डा.तीर्थबहादुर श्रेष्ठ

Dr. Tirtha Bahadur Shrestha
गणेशका बाहन– छुचुन्द्राले १२ गतेको १२ बजेभन्दा पहिले नै आफ्नो वासस्थान छोडेर मेरै घरलाई सुरक्षित ठानी अड्डा जमाउन आएका रहेछन् । छुचुन्द्रो घरभित्र आएपछि भूकम्प जान्छ भन्ने कुरा पनि भएन । अहिले चाल पाउँदै छु, मुसा, छुचुन्द्रा, सर्प, भ्यागुता लगायतले आफ्नो छैटौँ चेत प्रयोग गरेर भूकम्पको अग्रिम सूचना पाउँदा रहेछन् । छैटौँ चेत गुमाएका प्राणी त हामी मान्छे पो रहेछौँ !

कोही भन्छन्, ‘भुइँचालो आयो !’ कोही भन्छन्, ‘भूकम्प गयो !’ नेपाल भाषाले भन्छ भूकम्प उड्यो— ‘भुखाय् ब्वल !’ आयो, गयो वा उड्यो जे भनिए पनि २०७२ साल, वैशाख १२ गतेको भूकम्पको भूत हाम्रो मनभित्र अझ् बसेको बस्यै छ; पलपलको त्रासदी बनेर ।

रातमा गहिरो निद्रा पर्दैन । किताब पढ्छु, ध्यान जाँदैन । लेख्न बस्छु, विचार फुर्दैन । कोल्टो फेर्दाको ‘स¥याक्क’ आवाजले खाटलाई नै उचालिदिन्छ । संसारभरिका कुकुरको कान सापट लिएर चनाखो भएझ् सिंगो रात अनिदै बित्न थाल्छ । चराका चिरचिर आवाजसँग बिहानी हुन्छ ।
बिहानीको चिया खाँदा मोबाइलको पर्दामा हेर्दै श्रीमतीजी भन्छिन्, ‘हिजो बेलुकी र आज राति पनि दुईपल्ट पराकम्पन गएछ ।’ म भन्छु, ‘बेलुकी त कुर्सी हल्ले जस्तो लागेको थियो ।’ ‘रातमा पनि एकपल्ट त झ्ट्का आए जस्तो थियो’ उनी भन्छिन् । असार ७ गतेको सोमबार रातको साढे १२ बजेतिर एउटा पराकम्पको केन्द्रविन्दु झ्म्सिखेल–सानेपातिर परेछ । एउटा गहिरो आवाज जमीन भित्रबाट पड्केर सबैले चाल पाउने धक्का दिएर गएछ । त्यो झ्ट्काको रिक्टर मापन ४ भन्दा कम परेकाले भूकम्प मापन केन्द्रको सूचनामा त्यसलाई स्थान दिइएको थिएन । केही समयपछि फेसबुकका भित्ताहरूमा त्यो पराकम्पन उल्लेख हुन पुगेछ । त्यसपछि सानेपाको मेरो घरमा एकपछि अर्को टेलिफोन बज्न थाल्यो । डर, त्रास र भयका पराकम्पनहरू चारैतिरबाट ओइरिने क्रम दिनभर चालू रह्यो ।

भूकम्पले तहसनहस भएका जिल्लाहरूमा उठीबास भएका नेपाली दाजुभाइ, दिदीबहिनी तथा तिनका नानी र विद्यार्थीहरू कुन मनस्थितिमा बाँचेका होलान् ! प्रत्येक दिन बल्झ्दै गरेका पराकम्पनका केन्द्रमा पर्ने दोलखा र सिन्धुपाल्चोकको के दशा होला, बुझ्निसक्नु छ । अहिले (असार २१ गते) केही क्षण पहिले बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखामा ४.३ रिक्टरको पराकम्पन गएछ । त्यसले कति दोलखाली दाजुभाइ, दिदीबहिनीका भातका कसौँडी र दालका कराई घोप्टाइदियो होला; तर यता मेरो गाँसमा त्यसको केही असर परेन । पराकम्पन एक : असर अनेक । मान्छे अनुसारका दुःख; प्राणी अनुसारका कष्ट ।

विनाशकारी भूकम्पका प्रभावहरूको पूरा मूल्याङ्कन मान्छेहरूमाझ् पनि हुन सकिरहेको छैन । त्यसो भन्दैमा मान्छेका जीवन–सहयात्री अरू प्राणी पशुपक्षी तथा वनस्पतिमा पर्न गएको प्रभावलाई बिर्सन मिल्दैन । वैशाख १२ को भूकम्प र त्यस पछिका पराकम्पले हाम्रो जैविक सम्पदा कति विनाश गरे, त्यसमा हाम्रो ध्यान पुगेको छैन । तथापि, भूकम्पलाई मानिसले भन्दा केही समय अगावै चाल पाउने इन्द्रिय क्षमता भएका जीव–प्राणीबारे चासो राख्ने काम आजभन्दा २,३८८ वर्ष पहिले (ईसापूर्व ३७३) बाटै प्रारम्भ भएको इतिहास छ । त्यस वर्ष ग्रिसको हेलिके शहरलाई ध्वस्त बनाउने महाभूकम्प आउनुभन्दा ५ दिन अघिबाटै त्यस क्षेत्रका मुसा, सर्प लगायत अनेकौँ प्राणीहरू जमीन भित्रबाट बाहिर निस्केर भाग्न सफल भएको विवरण इतिहासमा भेटिन्छ ।

वर्तमान कालखण्डको कुरा गर्दा पनि १२ वर्ष पहिले, सन् २००४ को विनाशकारी सामुद्रिक भूकम्प र त्यसले सिर्जना गरेको सुनामी छालको आक्रमणले सुमात्रादेखि श्रीलङ्का र अफ्रिकाको पूर्वी तटसम्म दर्जनौँ देशका १ लाख ५० हजार मानिसको ज्यान लियो । तर त्यही अनुपातमा पशुपक्षी र ठूला जनावरका मृत लाश (सिनो) भेट्टाइएका सूचना आएनन् । श्रीलङ्काका प्राणी विशेषज्ञहरू भन्छन्— सुनामी चल्नुभन्दा केही घण्टा पहिले नै समुद्री तटबाट हात्तीहरू कुइँकिँदै भागेका थिए । सुनामी प्रभावित भारतका समुद्री तटहरूमा जनधनको ठूलो नोक्सानी भयो । तर भनिन्छ, राँगा–भैँसी, बोका–बाख्रा र कुकुरहरू धेरै हदसम्म सुरक्षित रहन सफल भए । थाइल्यान्डका सामुद्री तटहरूमा थुप्रै पर्यटकले ज्यान गुमाए तर त्यहाँका हात्ती भने केही घण्टा पहिले नै अत्तालिएर सुरक्षित स्थानमा भागिसकेका थिए ।

चीनको सिचुवान महाभूकम्प (सन् २००८) मा लगभग ७० हजार मानिसले ज्यान गुमाए र १८ हजारभन्दा बढी बेपत्ता भए । त्यो भूकम्पको केन्द्रविन्दु आसपासका सडकमा केही दिन अघिबाटै हजारौँ खस्रे भ्यागुता (Toads) अनायास देखिएको स्थानीय बासिन्दा सम्झ्ना गर्छन् । त्यस केन्द्रको झ्ण्डै एक हजार किलोमिटर पूर्वमा पर्ने वेनहान (Wenhan) को एक चिडियाखानामा भुइँचालो आउनु अगावै विभिन्न जन्तुहरूको अस्वाभाविक चालढाल देखिएको बताउँछन् त्यहाँका कर्मचारी । भनिन्छ, त्यहाँ हात्तीहरू सुँढ घुमाउँदै चिच्च्याउन थाले, दिउसो सुतिरहने सिंहहरू यत्रतत्र भौँतारिन थाले । जेब्राहरू चित्कार्दै ढोकामा टाउको बजार्न थाले । भूकम्पको ५ मिनेट पहिले मयूरहरू चिच्च्याउन थालेको सुनियो । पशुपक्षीका यी सङ्केत समयमै बुझन सकियो भने भूकम्पबाट हुने क्षति कम गर्न सकिन्छ । यस दिशातर्फ चीन र जापान विशेष सक्रिय छन् ।

Elephant

वैशाख १२ गतेको भूकम्पको बेला हाम्रो कोलाहल माझ् मेरो कुकुर पनि असाधारण आवाजमा क्वाँक्वाँ रोएको थियो । मूल कम्पन पछि बाहिर बगैँचामा बस्ता वरपरका काग पनि यत्रतत्र उड्दै थिए, कराउँदै थिए । वैशाख १२ को कोलाहल र त्रासपूर्ण अशान्तका घडी पछि १३ गतेको १२ बजे घरभित्र खानाको तयारी हुँदै थियो । १२ बजेको खड्गो काटेपछि मात्र भात पस्कने सल्लाह भयो । यसै बस्ताबस्तै फेरि कुकुर रुन थाल्यो । झ्स्किएर घर बाहिर निस्कियौँ । यत्तिकैमा जमीन काँप्न थाल्यो । रूखहरू नाच्न थाले । कौवाहरूको कोलाहल फेरि सुनियो । पराकम्पनहरू आइ नै रहे । अस्तव्यस्त जीवनको पराकाष्ठा अनुभव भूकम्पले पस्किरहेको थियो । यता घरभित्र भान्छाकोठादेखि स्नानकक्षसम्म छुचुन्द्रोको बिगबिगी दिनदिनै बढ्न थाल्यो । अहिले सम्झ्र ल्याउँदा मलाई लाग्छ— मेरो बारी, बगैँचा र आसपासका जमीन भित्र बस्ने यी गणेशका बाहनहरू १२ गतेको १२ बजेभन्दा पहिले नै आफ्नो वासस्थान छोडेर मेरै घरलाई सुरक्षित ठानी अड्डा जमाउन आएका रहेछन् । त्यस बखत त्यो कुरा मैले बुझन सकिनँ । छुचुन्द्रो घरभित्र आएपछि भूकम्प जान्छ भन्ने कुरा पनि भएन । अहिले सोधखोज गरेपछि चाल पाउँदै छु, मुसा, छुचुन्द्रा, सर्प, भ्यागुता लगायत विभिन्न पशुपक्षीले आफ्नो छैटौँ चेत या इन्द्रिय (Sixth sense) प्रयोग गरेर भूकम्पको अग्रिम सूचना पाउँदा रहेछन् । छैटौँ चेत गुमाएका प्राणी त हामी मान्छे पो रहेछौँ !
वैशाख १२ गतेभन्दा पहिले दोलखामा निकै सर्पहरू सलबलाएर बाहिर निस्केको र तिनलाई मानिसले मारेको भन्ने कुरा बाहिर आउँदो छ । ‘सर्प मार्दा ठूलो पाप लाग्छ, त्यसकै फलस्वरूप भूकम्पले दोलखालाई निशाना बनायो’ भन्ने केही अन्धविश्वासका कथन पनि छन् । यसै गरी गतवर्ष सुनकोशी थुन्ने पहिरो आउनु एक–दुई दिन अगावै जुरेवासीहरूले सर्प मारेको कुरा सुनिएको थियो । अहिले लाग्छ— जुरेका बासिन्दाले सर्पसँगै कुरा बुझ्र भाग्न सकेको भए धेरैको ज्यान बच्ने रहेछ ।
सर्पप्रति मानिसका विश्वास र अन्धविश्वासका थुप्रै कुरा भेटिन्छन् । सपेराहरू बिन बजाएर सर्पलाई बजारमा नचाउँछन् । त्यो हामी सबैले देखेकै कुरो हो । तर वैज्ञानिक अनुसन्धानको आधारमा भन्ने हो भने सर्पले बिन बाजाको आवाज सुन्न सक्तैन, किनभने त्यस्तो आवाज सुन्न सर्पको कान हुँदैन । हाम्रो कानले सुन्न भनेको ‘वायुमा प्रवाह हुने ध्वनिको तरंग कानको जालीमा ठोकिएर त्यहाँ कम्पन पैदा गराउनु’ हो । त्यस्तो इन्द्रिय सर्पमा हुँदैन । सपेराले सर्प नचाउँदा बिन बाजालाई घुमाई घुमाई एक निश्चित चालमा बजाउँछ । त्यो चाललाई आँखाको इन्द्रियले टिपेर सर्प झ्ल्न थाल्छ । तर, वायुको कम्पन सुन्ने कान नभए पनि सर्पमा जमीनको कम्पन सुन्ने विलक्षण शक्ति भने हुन्छ । त्यसैले पहिरो जानुभन्दा पहिले जमीनको हलचलबाट उत्पन्न हुने तरंगहरू सर्पले छिटै चाल पाउँछ । ठूलो भूकम्प जानुभन्दा पहिले कम्पनका प्रारम्भिक तरंगहरू प्रवाहित हुन्छन् । ती तरंग ठम्याउने इन्द्रिय पशुपक्षीमा सक्रिय हुन्छ । त्यसैले जमीन मुनि बस्ने सर्प, भ्यागुता (खस्रे) र मुसाहरू सामूहिक रूपमा अनायास बाहिर निस्कन थाले भने हामी सतर्क हुनुपर्छ ।

विभिन्न जनावर, पशुपक्षीका इन्द्रिय विशेषको सद्उपयोग गरेर बहुमूल्य सूचना पाउन सकिन्छ । सुराकी कुकुरहरूले अपराध अनुसन्धानमा पु¥याएको गुण सर्वविदितै छ । सन् २०११ को जापानी महाभूकम्प र त्यसको सुनामी विनाशपछि गरेको अध्ययनले देखाउँछ— कुकुरले लगभग एक घण्टा पहिले नै भूकम्प आउने सुराक पाउन सक्छन् । त्यहाँ कुकुर पाल्नेहरूबीच गरिएको सर्वेक्षणमा १८.७ प्रतिशत मालिकहरूले आफ्ना कुकुरले भूकम्प अघि अस्वाभाविक बानीव्यहोरा प्रदर्शन गरेको अनुभव गरेका थिए । अमेरिकाको क्यालिफोर्नियामा गरिएको एक अध्ययनले धेरै कुकुर घरबाट हराएको समय र भूकम्प गएको बेला मेल खाने गरेको देखाएको छ । भूकम्पको ठोकुवा गर्ने ठोस आधार भने अझ् स्थापित भएको छैन । तर भूकम्प गएपछिको अध्ययन अनुसन्धानका आधारमा आशावादी हुने ठाउँ भने प्रशस्तै देखिन्छ ।

भूकम्प भनेको जमीन काँप्ने मात्र होइन । त्यसले हाम्रो धरतीको विद्युत्–चुम्बकीय (Electro-magnetic) परिवेश तथा भौतिक संरचनाका विद्युतीय–यान्त्रिक शक्ति (Electro-mechanic) समेतको परिवेशमा फेरबदल ल्याउँछ । वायुमण्डलीय चापमानको सन्तुलनमा पनि प्रभाव पार्छ । वायुका कणहरू विच्छेद हुने प्रक्रिया (Ionization) ले गर्दा वायुमण्डलमा धनात्मक अणुहरू (Positive ions) को घनिभूत उपस्थिति हुन्छ । त्यसले गर्दा मानिस र अरू प्राणीमा प्रत्यक्ष प्रभाव पार्छ । तीमध्ये टाउको दुख्ने, रिँगाउने, वाक्वाकी लाग्ने, बेचैनी बढ्ने, झ्डङ्ग झ्र्किने, झ्स्किने तथा मनस्थिति गोलमाल हुने आदि अस्वाभाविक लक्षणहरू देखा पर्न थाल्छन् । पृथ्वीको गुरुत्वाकर्षणको सन्तुलनमा त फेरबदल हुने नै भयो । त्यसैले धरहरा लड्यो, घरहरू भत्किए र चर्किए । भूकम्पका यी विभिन्न वातावरणीय प्रभावमा परेर मानिसभन्दा अधिक संवेदनशील इन्द्रिय भएका पशुपक्षीका आनीबानी र व्यवहारमा विशेष परिवर्तन आउँछ । तिनको सूक्ष्म अध्ययन, अवलोकनबाट भूकम्पको पूर्वसूचना प्राप्त गर्ने प्रणाली स्थापनातिर विचार पु¥याउनु दीर्घकालीन हितको विषय हुन सक्छ ।

यस वर्षको विनाशकारी भूकम्पलाई जैविक विविधताको कोणबाट हेर्नेतिर कसैको पनि ध्यान जान सकेको छैन । हाम्रा राष्ट्रिय निकुञ्ज, चिडियाखाना, व्यावसायिक पशुपालनका केन्द्र एवं भूकम्पका केन्द्रविन्दुहरू (गोरखा, दोलखा र सिन्धुपाल्चोक) लाई मध्यनजर गरेर विशेष अध्ययन गर्न सकियो भने भोलिका लागि महŒवपूर्ण सूचना प्राप्त गर्न सकिन्छ । भूकम्पले हाम्रो भौतिक र सांस्कृतिक मात्र होइन, जैविक सम्पदामा पु¥याएको क्षतिबारे पनि मूल्याङ्कन गरिनुपर्छ । भूकम्पको भूतलाई वशीभूत गर्न ‘भुइँचालो आयो ! भूकम्प गयो ! भखाय् ब्वल !’ मात्र भनेर पुग्दैन । त्यसको भरपर्दो व्यवस्थापन प्रणाली नै स्थापना गर्न सक्नु परेको छ, जसभित्र जैविक विविधता पनि अटाउन सकोस् ! तब मात्र भूकम्प व्यवस्थापनले पूर्णता प्राप्त गर्न सक्छ ।

Related Posts

/*sign up form*/