बालबालिकालाई दण्ड सजायः पहिला दिन्थें, अब दिन्नँ

by • • दण्डरहित सिकाइः अनुभव र विकल्पComments (0)145

– तिलकबहादुर कुमाल

दिवास्वप्न र तोत्तो–चान पढेपछि मैले बालबालिकालाई दण्ड–सजाय दिएको छैन । त्यसबाहेक, मेरो गाउँको विद्यालयका प्रअ, शिक्षक, र अभिभावकलाई दण्ड–सजाय होइन, बालमैत्री ढंगबाट हुर्काउनु र पढाउनुपर्छ भनेर भेलामा भन्न पनि थालेको छु ।

गर्भधारणको समयदेखि मानिसको वृद्धि र विकास क्रम शुरू हुन्छ । नौ महीना पुगेपछि बच्चा जन्मिन्छ । बच्चा जन्मिइसकेपछि रुन्छ, हाँस्छ र बोल्न–खेल्न पनि खोज्छ । मान्छेको भौतिक वृद्धि निश्चित समयपछि रोकिन्छ, तर विकास मृत्युपर्यन्त चलिरहन्छ । नवजात शिशुलाई घरपरिवारका सदस्यले रुन–हाँस्न, खान–बस्न, उभिन–हिंड्न, बोल्न, कुरा गर्न र मलमूत्र त्याग गर्न सघाउँछन्, सिकाउँछन् । त्यसैगरी एकआपसमा व्यवहार गर्ने विधि, पारस्परिक मद्दत, शान्ति, सद्भाव, सहानुभूति, संवेदना, आदर–सत्कार र रीतिरिवाज सिकाउँदै उनीहरूलाई आफैं सिक्न सक्ने वातावरण पनि निर्माण गरिदिनुपर्दछ । घर, साथी, विद्यालय र समाजबाट बच्चाले माया, प्रेम, धैर्य, सहयोग, संवेदनशीलता, हार्दिकता, समर्पण, कृतज्ञता, न्याय, इमानदारी, उत्तरदायित्व, सहनशीलता, लगनशीलता, निर्भीकता, सुसंस्कार र सामाजिक समायोजनको प्रक्रिया सिक्छन् । यद्यपि, घरपरिवार र समाजमै नकारात्मक गतिविधि र कुसंस्कारको नक्कल गर्न पनि सिक्छन् ।
घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँ, समाज र उद्योग कलकारखाना आदिमा बालबालिकामाथि शारीरिक, मानसिक, भौतिक दण्ड–सजाय दिने गरेको पाइन्छ । जस्तैः १. बन्धनमा राख्नु, २. श्रम गराउनु, ३. बोल्नमा बन्देज गर्नु, ४. खेल्न नदिनु, ५. पोषण, लालन–पालनमा बेवास्ता गर्नु र ६. घरायसी काम, श्रम र उद्योगमा कामदार बनाउनु आदि । पहिला–पहिला बालबच्चालाई दण्ड–सजाय दिनु प्रायः सामान्य र स्वीकार्य ठानिन्थ्यो, हेपिन्थ्यो, दबाइन्थ्यो । बालरुचि, चाहनालाई बेवास्ता त हुन्थ्यो नै, बालअधिकार उल्लंघन भएको पक्षलाई ध्यान नदिने प्रचलन पनि थियो । यस्तो चलन अझै पनि कतिपय ठाउँमा यथावतै छ ।

दिवास्वप्नतोत्तो–चान  पढेपछि…
बालबालिकाको वृद्धि र विकासमा आमाबाबु, शिक्षक र समाजको महŒवपूर्ण भूमिका रहन्छ । म आफू स्वयं विद्यार्थी एवं अभिभावक पनि हुँ । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौं आएँ । अध्ययनको सिलसिलामा शैक्षिक मनोविज्ञान, बालविकास र बालमनोविज्ञानबारे पाठ्यक्रममा समावेश भएको हुनाले पढ्नुपथ्र्यो । सो सम्बन्धी पुस्तक तथा पत्रपत्रिकाको खोजीमा थिएँ म । एक जना मित्रले शिक्षक मासिक पढ्न सुझव दिए । मैले भोलिपल्टै शिक्षक पत्रिका किनेर पढें र शिक्षा संकाय पढ्ने विद्यार्थीका निम्ति यो निकै उपयोगी रहेको पाएँ । त्यसपछिदेखि त म शिक्षक मासिकको नियमित पाठक नै बन्न पुगें । शिक्षक मासिकबाटै प्रकाशित ‘दिवास्वप्न’ र ‘तोत्तो–चान’ पुस्तक पढ्ने अवसर पनि मिल्यो । ती पुस्तक पढ्दै गर्दा आफ्नो बाल्यवस्थामा बुवाआमाका क्रियाकलाप सम्झ्ँदै अहिलेका बालबच्चा र विद्यार्थीको अवस्था तुलना गर्दै गएँ । दुईवटै पुस्तक पढिसकेपछि अन्ततः बालबच्चालाई दण्ड–सजाय दिंदा पर्ने नकारात्मक प्रभावको बोध राम्ररी भयो; दण्ड–सजाय दिनुहुँदैन भन्ने कुरामा भित्रैदेखि ‘कन्भिन्स्ड’ भएँ । त्यसभन्दा पहिला भाइबहिनी, बालबच्चालाई पढाउँदा र कुनै कुरा सिकाउँदा, अभ्यास गराउँदा म पिट्ने, तर्साउने गर्दथें ।
तर, शिक्षक मासिक र दिवास्वप्न, तोत्तो–चान पुस्तक पढ्न थालेपछि मैले बालबालिकालाई दण्ड–सजाय दिएको छैन । त्यसबाहेक, मेरो गाउँको विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई बालबालिकालाई दण्ड–सजाय होइन, बालमैत्री शिक्षा दिएर हुर्काउनु र पढाउनुपर्छ भनेर अभिभावक भेलामा भन्न पनि थालेको छु । ती किताब र पत्रिका पढ्न पनि सुझव÷सल्लाह दिने गर्छु । कतिपय शिक्षक, अभिभावकले मेरो सुझव÷सल्लाह अनुसार शिक्षक पत्रिका र ती पुस्तक किनेर पढ्न पनि थालेका छन् । शायद त्यस्तै कुराले गर्दा होला हिजोआज विव्यसको बैठक र अभिभावक भेला हुँदा मलाई पनि बोलाउने गर्नुहुन्छ । म उहाँहरूको निम्तालाई स्वीकार गरेर काठमाडौंदेखि गाउँको विद्यालयमा बेला–बेलामा जाने गर्छु ।
दण्ड–सजायले बालबच्चामा शारीरिक र मानसिक चोट पु¥याई बालविकासमा बाधा उत्पन्न हुन्छ । निर्धक्क भई सिक्न–सिकाउन, पढ्न–पढाउन, खेल्न–खेलाउन, जिज्ञासा र समस्या समाधान गर्न सक्ने स्थितिमा दण्ड–सजायले अवरोध गर्ने गर्दछ । फलस्वरूप बालबच्चाको विकास, अपेक्षित सिकाइमा बाधा र बौद्धिक विकास उमेर अनुसार नहुने सम्भावना हुन्छ । हामी अभिभावक वा वयस्कलाई नवजात शिशु, बाल, युवा, किशोर, वयस्क र वृद्ध समेत अलग–अलग अवस्थाका विशेषता, रुचि र क्षमता फरक–फरक हुन्छन् भन्ने ज्ञान हुनुपर्छ । हरेक अभिभावकले बालमनोविज्ञान सम्बन्धी केही न केही शिक्षा लिने गर्नु उत्तम हुन्छ ।
बाल्यकाल भनेको खेल्ने, सिक्ने, जिद्दी गर्ने, जिज्ञासु एवं उत्सुकताको उमेर हो भने शारीरिक हिसाबले तीव्र वृद्धि र विकासको समय पनि हो । उनीहरूमा बोध, तर्क, चिन्तन र विश्लेषण गर्ने क्षमता अति कम र विकासोन्मुख अवस्थामा रहेको हुन्छ । यस्तो अवस्थामा देखेर, सुनेर, नक्कल गरेर, भोगेर सिकाइ सिक्छन् । यसर्थ बालबालिकालाई वयस्कानुकूल चाहनामा बदल्ने आकांक्षाले दबाब र बन्धनमा राख्नुहुँदैन । बरू बालबालिकाको सामाजिकीकरण र व्यक्तित्व विकासमा सहयोग पु¥याउन प्रेरणा दिएर तथा प्रशंसा गरी ऊर्जा र आत्मबल बढाउनुपर्छ । बालबच्चालाई दण्ड सजाय नदिई निम्न विधि र उपाय अवलम्बन गरी हुर्काउन सकिन्छ ः

– सन्तुलित भोजन खुवाउने, सरसफाइ गरिदिने र गर्न लगाउने ।
– वातावरण सफा राख्ने, खेल र व्यायाम उमेर अनुसार गराउने र रोगबाट बच्ने उपाय सिकाउने ।
– वयस्कले कहिल्यै दुव्र्यवहार नगर्ने र बालबच्चाको सामु र अरूबेला पनि सद्व्यवहार अर्थात् नमूनायोग्य र अनुकरणीय व्यवहार मात्र गर्ने ।
– बालबच्चालाई सकेसम्म बाबुआमाकै संरक्षण र स्याहारसुसारमा हुर्काउनु राम्रो हो ।
– घर, विद्यालय र समाजमा बालमैत्री वातावरण, सहयोग, सद्भाव र शान्ति कायम गर्ने ।
– बालबालिकालाई समय तालिका बनाउन लगाई निश्चित समयमा पढ्ने–लेख्ने, खेल्ने र टीभी हेर्ने बानी बसाउने गर्नुपर्छ ।
– गृहकार्य गरिसकेपछि स्याबासी दिने र कुनै कुरा सिक्न खोज्दा र सिकिसकेपछि प्रशंसा गर्ने ।
– टीभी हेर्दा समाचार र ज्ञान दिने खालको सन्देशमूलक कार्यक्रम आफू हेर्ने र हेर्न लगाउने ।
– बालबालिकाले गृहकार्य गरेको बेलामा अभिभावकले टीभी नहेर्ने, नजिकै बसेर अरू गफ पनि नगर्ने ।
– नयाँ–नयाँ ठाउँमा घुमफिर, वनभोज र शैक्षिक भ्रमण गराउनुपर्छ । यसबाट प्रकृति, समाज र जीवनशैली बुझछन्, सिक्छन् ।
– बालबच्चा, उसका साथी अथवा छिमेकी जोकोहीले राम्रो काम गरे प्रशंसा गरिदिने र सो कुरा आफ्ना बालबालिकालाई अवलोकन गराउने वा ऊसँग कुराकानीको वातावरण मिलाइदिने ।
– डर र त्रासबाट मुक्त गराउँदै संगीत, नृत्य र व्यायाम गराउनु; सिकाउनुपर्छ ।
– समयमा सुत्ने, उठ्ने, काम गराउने जस्ता बानी सिकाउने तथा फुर्सद र साँझ्को समयमा बालकथा, बालगीत, लोरी र कथा सुनाउने ।
– पाँच वर्ष माथिका बालबालिकालाई आफ्नो काम आफैं गर्न र सरसामानको जतन गर्न सिकाउने ।
– कुन चाड कहिले मनाउने आदि सामाजिक र सांस्कृतिक गतिविधि र चालचलनमा घुलमिल विस्तारै गराउने ।
– बच्चाका सामु धुम्रपान, मद्यपान नगर्ने । बरु यसबाट शरीरमा पर्ने हानिनोक्सानीको जानकारी दिने, कुलतबाट टाढा रहन र राख्न विलम्ब नगरी प्रयत्नशील रहने ।
– असल कामको लागि प्रोत्साहन दिंदै बच्चाको नतिजा अनपेक्षित भएमा पनि मनोबल बढाइदिने ।
– उनीहरूबाट नोक्सानी भए त्यसको असर तथा परिणामबारे बताइदिने र असल काम गरेमा पुरस्कार र पुनर्बल दिन कन्जुस्याइँ नगर्ने ।
– बाल जिज्ञासा र समस्या सुनेर र पहिचान गरी समाधान गर्ने र शैक्षिक सामग्री किनिदिने ।
– गृहकार्य, पढाइ–लेखाइमा रुचि नभएको जस्तो हाउभाउ देखाएमा बालबालिकाको रुचिपूर्ण काममा लगाउने ।
– पुस्तकमा पढेका, साथीबाट सिकेका ज्ञान र सीप बारे हौसला दिने । सिर्जनात्मक ज्ञानको विकास गर्न टेवा पु¥याउने ।
– छोरा र छोरीमा विभेद नगर्ने ।
– अभिनय कलामा संलग्न गराउन प्रेरणा दिने र साहित्यमा रुचि जगाइदिने ।
– बालबच्चाको शारीरिक र मानसिक क्षमतानुकूल सिकाइ हुने हुँदा प्रतिभा, क्षमता र स्तरभन्दा बढी नतिजाको अपेक्षा गर्नुहुँदैन, प्राप्त नतिजामा स्याबासी दिंदै अझ् राम्रो गर्न सुझव दिने ।
– जिज्ञासु स्वभावले सिकाइ दिगो हुने, अनुभव र ज्ञान वृद्धि हुने हुँदा झ्र्को नमानी समस्या समाधान गरिदिने ।
– रचनात्मक उमेर हुने हुँदा नाचगान, चित्रकला, अभिनय, साहित्यप्रति रुचि राखे भने उत्प्रेरणा दिने गर्नुपर्छ ।

बाबुआमाबीच राम्र्रो सम्बन्ध नभएका बालबालिकाले सामाजिक समायोजनामा थप चुनौती व्यहोर्नुपर्छ । परिवारमा झ्गडा र तनावमा हुर्किएका बालबालिकाले आफ्नो बालापन राम्ररी भोग्न नै पाउँदैनन् । बालबालिकालाई दण्ड–सजाय दिंदा बाल–वयस्क सम्बन्धमा प्रतिकूलता आउँछ भने विद्यालयमा शिक्षक–विद्यार्थीबीचको सम्बन्ध राम्रो हुँदैन । शिक्षक–विद्यार्थीको समधुर सम्बन्ध नहुँदा सिकाइ र नतिजा खस्किंदै जान्छ । सजायकै कारण अभिभावकप्रति बालबालिका आक्रान्त हुन्छन् भने उनीहरूले पछि गएर आफ्ना सन्तानलाई पनि कुटपिट गर्छन् । दण्ड–सजायले बालबालिकामा भावनात्मक, संवेगात्मक, असन्तुलन र मनोवैज्ञानिक असर पर्ने हुँदा तार्किक, स्मरण, बोध, विश्लेषण क्षमतामा ह्रास आउने सम्भावना पनि उत्तिकै हुन्छ ।
प्रथम पाठशाला घरपरिवार नै हो । अझ् संयुक्त परिवारमा हुर्किन पाएका बालबालिका अरूभन्दा भाग्यमानी हुन् किनभने तिनले विविध उमेर समूहका सदस्यसँग घुलमिल र अन्तरक्रिया गर्न पाउँछन् । साथै तिनले हर्ष, दुःख, खुशी, सुखको बोध र चिन्ता व्यक्त गर्ने शैली र सीप अरूभन्दा बढी सिक्छन् । तर वर्तमान समयमा एकल परिवारको बाहुल्य भएकोले र आमाबाबु आय–आर्जनमा जुट्ने भएकोले बालबालिकाले हिजोजस्तो संयुक्त परिवारजस्तो पर्यावरण पाउँदैनन् । शहरी क्षेत्रमा त मातृ÷पितृवात्सल्य निकै कमले मात्र पाउँछन् । बाल खेल खेलाउन त परैको कुरा भयो, खेल्ने ठाउँ समेत हुँदैन । शिशुकालदेखि नै बालगृह, हेरचाह केन्द्र र पूर्व प्राविलाई सुम्पिन्न चाहन्छन् । एकल परिवारका बालबालिकाको सामाजिकीकरण प्रक्रियामा हार्दिकता र स्वाभाविकता कम, यान्त्रिकता र एकोहोरोपना बढी हुन सक्छ ।
(पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)

शिक्षक  मासिक, २०७४ भदौ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/