बाँदर–व्यापार र हामी

by • • हेराइ र बुझाइComments (0)918

Print Friendly, PDF & Email

बाँदरव्यापार हामी

Monky Pix-minआफूलाई बाँदर–व्यापारी बताउने एउटा मानिसले गोटाको रु.१० का दरले बाँदर खरीद गर्ने प्रस्ताव राखेपछि गाउँले भटाभट बाँदर समातेर उसलाई बेच्न थाले । समय बित्दै जाँदा गाउँ आसपासमा बाँदर पाउन कठिन हुँदै गयो । बाँदरको आपूर्ति घट्दै गएपछि त्यो व्यापारीले बाँदरको भाउ बढाएर रु.२० पुरयायो । केही समयपछि रु.२० मा पनि बाँदर पाउन छोड्यो । त्यसपछि उसले फेरि दर बढाएर रु.२५ हुँदै रु.३० पुरयायो । त्यति गर्दा पनि गाउँलेले बाँदर आपूर्ति गर्न नसकेको देखेपछि एकदिन उसले बाँदरको प्रतिगोटा दर रु.५० तोक्यो । नयाँ दर तोकेलगत्तै जरूरी काम परेको भनेर बाँदर खरीद गर्ने कार्य आफ्नो सहयोगीलाई सुम्पिएर ऊ शहरतिर लाग्यो ।

भाउ बढे पनि भए जति सबैजसो बाँदर पक्रिइसकेका कारण गाउँलेले नयाँ बाँदर फेला पार्न सकेनन् । यसैबीच व्यापारीको सहयोगीले गाउँलेलाई पैसा कमाउने गोप्य जुक्ति सिकाइदियो– “खोरमा थुनिएका बाँदर मसँग रु.३५ को दरमा किनेर साहूलाई रु.५० मा बेच न !” रातारात धनी हुन पाइने उसको सल्लाहले गाउँलेलाई मोहित तुल्यायो । सबैले आफूसँग भएको पैसा ल्याएर उसलाई बुझए । व्यापारीको सहयोगीले पनि पैसा बुझदै बाँदर छोडिदिंदै ग¥यो । कैयौं दिनदेखि भोकाएका÷तिर्खाएका बाँदर गाउँलेका खेतबारीतिर हान्निए । गाउँलेहरू बाली जोगाउन र फेरि समाउन बाँदरका पछाडि दौडिए ।

यसै मेसोमा व्यापारीको सहयोगी चाहिं जम्मा भएको पैसा कुम्ल्याएर डाँडो काटिसकेको थियो । त्यो दिनदेखि व्यापारी र उसको सहयोगीलाई गाउँलेले कहीं पनि देख्न पाएका छैनन् । उनीहरूले प्रति गोटा रु.३५ को दरमा किनेका बाँदरको हजारे हूल भने पछिसम्म पनि गाउँ वरिपरि घुमिरहेका थिए ।

पाठः धन कमाउने छोटो बाटो भ्रम बाहेक केही होइन, कसैले कठोर श्रम लगानी विना नै सजिलै धन कमिने कुरा गर्छ भने त्यो सोहै्रआना ठगी हो भनेर बुझदा हुन्छ

Related Posts

/*sign up form*/