बाँदर–व्यापार र हामी

by • • Highlight, हेराइ र बुझाइComments (0)61

Print Friendly, PDF & Email

कयौं दिन देखि भोकाएका तिर्खाएका बाँदर गाउँलेका खेतबारीतिर हानिए । गाउँलेहरू बाली जोगाउन र फेरि समाउन बाँदरका पछाडि दौडिए । यसै मेसोमा व्यापारीको सहयोगी चाहिं जम्मा भएको पैसा कुम्ल्याएर डाँडो काटिसकेको थियो । त्यो दिन देखि व्यापारी र उसको सहयोगीलाई गाउँलेले कहीं पनि देख्न पाएका छैनन् ।

 

आफूलाई बाँदर–व्यापारी बताउने एउटा मानिसले गोटाको रु. १० का दरले बाँदर खरीद गर्ने प्रस्ताव राखेपछि गाउँलेहरू भटाभट बाँदर समातेर उसलाई बेच्न थाले । समय बित्दै जाँदा गाउँ आसपासमा बाँदर पाउन कठिन हुँदै गयो । बाँदरको आपूर्ति घट्दै गएपछि त्यो व्यापारीले बाँदरको भाउ बढाएर रु.२० पुर्यायो । केही समयपछि रु.२० मा पनि बाँदर पाउन छोड्यो । त्यसपछि उसले फेरि दर बढाएर रु.२५ हुँदै रु.३० पुर्यायो । त्यति गर्दा पनि गाउँलेहरूले बाँदर आपूर्ति गर्न नसकेको देखेपछि एकदिन उसले बाँदरको प्रतिगोटा दर रु. ५० तोक्यो । नयाँ दर तोके लगतै जरूरी काम परेको भनेर बाँदर खरीद गर्ने कार्य आफ्नो सहयोगीलाई सुम्पिएर ऊ शहर तिर लाग्यो ।

 

भाउ बढेपनि भएजति सवै जसो बाँदर पक्रिइ सकेका कारण गाउँलेले नयाँ बादर फेला पार्न सकेनन् । यसैबीच व्यापारीको सहयोगीले गाउँलेहरूलाई पैसा कमाउने गोप्य जुक्ति सिकाइदियो– “खोरमा थुनिएका बाँदर मसँग रु. ३५ को दरमा किनेर साहुलाई रु. ५०÷– मा बेच न ! ।” रातारात धनी हुन पाइने उसको सल्लाहले गाउँलेहरूलाई मोहित तुल्यायो । सवैले आफूसँग भएको पैसा ल्याएर त्यो सहयोगीलाई बुझाए । व्यापारीको सहयोगीले पनि पैसा बुझ्दै बाँदर छोडिदिँदै गर्यो । कयौं दिन देखि भोकाएका तिर्खाएका बाँदर गाउँलेका खेतबारीतिर हानिए । गाउँलेहरू बाली जोगाउन र फेरि समाउन बाँदरका पछाडि दौडिए । यसै मेसोमा व्यापारीको सहयोगी चाहिं जम्मा भएको पैसा कुम्ल्याएर डाँडो काटिसकेको थियो । त्यो दिन देखि व्यापारी र उसको सहयोगीलाई गाउँलेले कहीं पनि देख्न पाएका छैनन् । उनीहरूले प्रति गोटा रु.३५ को दरमा किनेका बाँदरको हजारे हुल भने गाउँ वरिपरि पहिले जस्तै घुमिरहेका छन् ।

पाठः धन कमाउने छोटो बाटो भ्रम बाहेक केही होइन, कसैले कठोर श्रम लगानी विना नै सजिलै धन कमिने कुरा गर्छ भने त्यो साह्रै आना ठगी हो भनेर बुझ्दा हुन्छ ।

यो सामग्री पहिलो पटक शिक्षक मासिकको २०७३ बैशाख अंकमा प्रकाशित भएको हो ।

Related Posts

/*sign up form*/