प्रशंसा र प्रोत्साहनले बनाउँछ ‘मान्छे’

by • • दण्डरहित सिकाइः अनुभव र विकल्पComments (0)745

बालबालिकाहरू आफूले गरेका स–साना कार्यमा पनि प्रोत्साहन र समर्थनको अपेक्षा राख्छन् । यसै भएर प्रशंसा उनीहरूको कमजोरी सुधार्ने राम्रो उपाय हो । कमजोरी देखाएर सजाय दिंदा उनीहरूलाई आघात पुग्छ, हीनताबोध हुन्छ र झनै कमजोर हुन पुग्छन् ।
आफ्ना सन्तान भविष्यमा सफल व्यक्तिका रूपमा स्थापित होउन् भन्ने चाहना सबै बाबुआमाको हुन्छ । अझ् कतिको त डाक्टर, इन्जिनियर, पाइलट आदि नै बनून् भन्ने सोचाइ हुन्छ । आफ्ना यिनै चाहना पूरा गर्न अभिभावकहरू बालबच्चालाई सानैदेखि आफ्नो अधीनमा राख्न र अनुशासित बनाउन चाहन्छन् । बालबालिकालाई हामी आफ्ना आँखाले हेर्छौं र व्यवहार पनि त्यस्तै गर्छौं । हामी छोराछोरीले आफूले भनेको हरेक कुरा शिरोधार्य गरून्, केही काम नबिगारून्, सबै काम ठूला मानिसले जस्तै सम्पन्न गरून् मुख–मुखै नलागून्; पढ्नमा तेज होऊन् भन्ने जस्ता चर्का अपेक्षा राखेर दबाब दिन्छौं । रोबोट झैं उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने गरेमा मात्र छोराछोरी आज्ञाकारी, ज्ञानी भएको ठान्छौं र यसो नभएमा उनीहरूलाई तह लगाउने भन्दै डर, धम्की, त्रास, भय पैदा गराउनेतिर लाग्छौं । अझ् यतिले नपुगे कुटपिट, शारीरिक यातना तथा मानसिक सजाय दिन पनि अग्रसर हुन्छौं । तर यस्ता सजायले समस्या समाधान गर्दैन, झ्न् उनीहरूलाई दुःखी बनाउँछ र गलत कुरा सिकाउँछ । यस्ता दण्ड र सजायले बालमस्तिष्कमा आघात पुग्छ र बालबालिका असल हुनुको साटो आक्रामक, क्रूद्ध; रिसाहा, अटेरी, ईष्र्यालु, झ्गडालु र जिद्दी स्वभावका बन्न पुग्छन् ।
हामी ठूलाले बालबालिकालाई कुटपिट गर्नु भनेको ‘अरूलाई पिट्नु पनि राम्रै कुरा रहेछ’ भन्ने सिकाउनु पनि हो । हामीबाटै यस्तो व्यवहार भएमा बालबच्चामा दिगो रूपमा नकारात्मक असर पर्छ । फलस्वरूप बालबालिका अटेरी हुने, घरबाहिर र एकान्तमा बस्न मन पराउने, पढ्न–लेख्न नखोज्ने, आफ्ना केही कुरा डरले आमाबाबुसामु नभन्ने, चोर्ने, कुलतमा लागेका साथीको संगत गर्ने र गलत कार्य गर्ने जस्ता समस्या देखा पर्छन् । दण्ड–सजायले न त बाल विकास हुन्छ, न कोही सुध्रिन्छ अथवा आमाबाबुलाई नै सन्तुष्टि मिल्छ ।
बालबालिकालाई सही तरिकाले हुर्काउने विभिन्न उपाय हुन्छन् । बाल विकास, वृद्धि र व्यवहारमा सामाजिक, आर्थिक र वंशाणुगत गुण, अभिभावकको चेतनास्तरले पनि प्रभाव पार्छ । हुन त सैद्धान्तिक कुरा व्यवहारमा उतार्न त्यति सजिलो छैन तैपनि बालबालिकाको स्वभाव, रुचि र चाहना बुझेर उनीहरूलाई शारीरिक तथा मानसिक सजायको सट्टा निम्न उपायहरू अपनाएर पनि हुर्काउन र सही बाटोमा लगाउन सकिन्छ

बालबालिकासँग प्रशस्त समय बिताऔं
हिजोआज बाबुआमा दुवै काम, व्यवसायमा लाग्ने कारण छोराछोरीलाई अत्यन्त कम समय दिएको पाइन्छ । तर सबै छोराछोरीको चाहना बाबुआमाले आफूलाई धेरै समय दिऊन् भन्ने हुन्छ । त्यसैले बाबुआमाले जसरी भए पनि समय निकालेर बढी समय छोराछोरीसँग खेलेर, घुमेर, सँगै खाएर तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भएर बिताउनुपर्छ । पर्याप्त समय नदिंदा छोराछोरीहरू आमाबुबासँग विस्तारै टाढिंदै जान्छन् र आमाबुबाले डो¥याउनुपर्ने बालबच्चालाई गलत कुराले डो¥याउन थाल्छ । उनीहरूले आमाबुबाको महत्व र आवश्यकता बिर्संदै जान्छन् भने अह्राएको कुरा मान्न छाड्छन् । अभिभावकले पर्याप्त समय नदिनाले नै छोराछोरीहरू फेसबूक, भाइबर, ट्वीटर, यूट्यूब र भर्चुअल जस्ता विभिन्न संसारमा रमाउन पुग्ने हुन् ।

हरदम खुशी राख्ने प्रयास गरौं
भनिन्छ– “बाल्यकालमा खुशी र प्रशन्नतामा बाँचेका व्यक्ति मात्र सहयोगी, हँसिला एवं जीवनमा सफल र सुखी हुन्छन् ।” प्रशन्नताले पीडामा पनि आशावादी बनाउँछ । त्यसैले हरेक आमाबाबुले घरका झ्निामसिना समस्या थाती राखेर छोराछोरीसँग खुलेर हाँस्न सिक्नुपर्छ । बालबालिकालाई खुशी राख्न अंग्रेजीका तीनवटा ‘A’ अर्थात्  A= Affection (प्रेम), A= Acceptance (स्वीकार), A= Achievement (उपलब्धि) मा ध्यान पु¥याउनुपर्छ । बालबालिकालाई खुशी राख्ने सबैभन्दा पहिलो र ठूलो हतियार प्रेम हो । प्रेममय व्यवहारमा सबै जायज कुरा गराउन सकिन्छ; तर प्रेम दर्शाउने बहानामा अनावश्यक स्वतन्त्रता र जिद्दीपनालाई भने ख्याल गर्नुपर्छ । त्यस्तै बालबालिकालाई पनि एक मानवको रूपमा स्वीकार गरी उनीहरूका सही कुरा सुन्नुपर्छ, ठूलाका कुराहरू पनि सुनाउनुपर्छ । उनीहरूका हरेक स–साना उपलब्धिमा खुशी हुने, प्रशंसा गर्ने र पुरस्कार दिने गर्नुपर्छ । यसो गर्दा उनीहरू खुशी हुन्छन् ।

सधैं प्रशंसा/समर्थन गरौं
प्रशंसा त्यस्तो चिज हो, जो मानिसलाई मात्र होइन अन्य प्राणीलाई पनि प्यारो लाग्छ । प्रशंसा, पुरस्कार र मीठो मुस्कानमा जति तागत शायद यस दुनियाँमा अरूमा छैन । हामी ठूला मानिस पनि यसको भोका हुन्छौं । बालबालिका पनि सधैं आफूभन्दा ठूलाबाट प्रशंसा र समर्थनका भोका हुन्छन् । आफूले गरेका स–साना कार्यमा पनि प्रोत्साहन र समर्थनको अपेक्षा राख्छन् । यसै भएर प्रशंसा बालबालिकाको कमजोरी सुधार्ने राम्रो उपाय हो । कमजोरी देखाएर सजाय दिंदा उनीहरूलाई आघात पुग्छ, हीनताबोध हुन्छ र झ्नै कमजोर हुन पुग्छन् ।

उपहार दिऊँ
बालबालिकालाई खुशी राख्ने अर्को माध्यम उपहार पनि हो । उपहारले मानिसमा कठिन कार्य पनि खुशीसाथ गर्ने जोश पैदा गराउँछ । त्यसैले बालबालिकालाई समयसमयमा उपहार दिने गरौं; चाहे त्यो सानो, थोरै किन नहोस् । यसले उनीहरूमा जोशिलो बनाउने र आमाबाबुलाई खुशी पार्ने काम गर्न मन लाग्ने ऊर्जा थपिन्छ । तर उपहार पाउनमा आफू योग्य भएको कुरा पनि बालबालिकाले बुझनुपर्छ, न कि जतिबेला पनि उपहारको मात्र रटान गरून् ।

पथप्रदर्शक अर्थात् सहयोगीको भूमिका निभाऔं
हामी धेरैजसो अभिभावक छोराछोरीलाई उनीहरूले सक्ने काम सिकाउँदैनौं । यदि गर्न खोजे भने पनि ‘तैंले जान्दैनस्, सक्दैनस्, तँलाई थाहा छैन’ अनि, काम गरेर बिग्रिहालेमा ‘यति जाबो काम गर्न नसक्ने कस्तो…’ भनी होच्याउँछौं । तर यसो गर्नुहुँदैन; यसरी गर्नुपर्छ भनेर कहिल्यै सम्झउँदैनौं । गाली गर्दा उनीहरूको आत्मसम्मानमा धक्का पुग्छ भनेर सोच्दैनौं । त्यसैले उनीहरूलाई काम गर्नुपूर्व, ‘यो काम यसरी गर्नुपर्छ, नत्र यस्तो हुन्छ’ भनी पहिल्यै सावधानीपूर्वक कार्य गर्न सहयोग गर्नुपर्छ । उनीहरूले गर्ने स–साना प्रयास– जस्तै चित्र कोर्ने, घर बनाउने, गाडी बनाउने आदि सिर्जनात्मक कार्यमा ‘यसो गरे अझ् राम्रो हुन्थ्यो’ भनी सहायता गर्नुपर्छ ।

काम गराउँदा निर्देशनात्मक र दमनात्मक नभई स्वीकारात्मक तरिकाले अह्राउने गरौं
बालबालिकालाई ‘यो गर, त्यो नगर, यसो गर, उसो गर, यदि गरेनस् भने …’ भनी धम्कीपूर्ण ठाडो आदेश दिनुहुँदैन । कतिपय बालबालिका स्वतन्त्र रूपमा काम गर्न चाहन्छन् र अरूको हस्तक्षेप मन पराउँदैनन् । त्यसैले उनीहरूलाई उनीहरूकै सहमति र सक्रियतामा काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । उनीहरूलाई यो काम राम्रो भएकाले गर्नुपर्छ भन्ने स्वीकारात्मकताको आभास होस् अर्थात् अभिभावकले ‘यसो गर भन्नु भा छ’ भन्ने भान होस् । जस्तै ः ‘छि ! कति नराम्रा अक्षर लेखेको ! राम्रो लेख’ भन्नुको सट्टा ‘नानीले अझ् कति राम्रो अक्षर लेख्न सक्छौ है ! राम्रा अक्षर बनाएमा नानीले त सबैको स्याबासी पाउँछौ नि है’ भनेर प्रशन्नतापूर्वक भन्नुपर्छ ।

बालबालिकालाई सुनौं
हामी बालबच्चालाई के थाहा हुन्छ र, अथवा यिनलाई सबै कुरा किन भन्नुप¥यो भनेर आफूले चाहेका कुरा मात्र उनीहरूसँग गर्न र गराउन सक्रिय हुन्छौं । यसले बालबालिकालाई आफ्ना कुराको कुनै महत्व रहेनछ भन्ने भान पर्छ । त्यसैले घरका समस्या, सामाजिक समस्याका बारेमा पनि बालबालिकासँगै बसेर उनीहरूको राय, सुझव लिने, उनीहरूले के सोच्छन् र चाहन्छन् भन्ने कुरा ख्याल गर्ने गर्नुपर्छ । उनीहरू घुम्न जाँदाका, साथीसंगीको घर जाँदाका अनुभव तथा विद्यालयमा उनीहरूले गरेका क्रियाकलापका बारेमा अभिभावकले चासो राखेर बताउन लगाउने र सुन्ने गर्नुपर्छ । उनीहरूका चाहना अनुसार नयाँ–नयाँ ठाउँमा घुम्न जाने, खेल्ने, नाचगान गर्ने, चलचित्र हेर्न जाने, कहिलेकाहीं घरबाहिर रेस्टुरेन्टमा खाना खुवाउन लैजाने पनि गर्नुपर्छ । कतिपय व्यक्तिले बालबच्चाले केही कुरा सुनाउन, भन्न लागिरा’छ भने ‘ह्या ! उता जा, कति बोलेको, तेरो कुरा सुन्ने फुुर्सद छैन’ भनी झ्र्कोफर्को गरेको पनि देखिन्छ । तर यसो गर्दा बालबालिकामा एकदमै नकारात्मक असर पर्छ ।

गल्तीलाई सिक्ने अवसरका रूपमा उपयोग गरौं
बालबालिकालाई खेल्दा, काम गर्दा केही बहुमूल्य वस्तु टुटफुट भएमा अथवा केही भुल्दा र खेल्दा घाउचोट लाग्दैमा अभिभावकले आक्रामक शैलीमा ‘बल्ल ठीक प¥यो, भनेको नमान्दा यस्तै हुन्छ’ भन्दै होश गुमाएर गाली तथा शारीरिक दण्ड सजाय दिनुहुँदैन । काम गर्ने, खेल्ने, सामान जतन गर्ने, साथीसँग मिल्ने, बोल्ने कुराहरू सधैं प्रेमपूर्वक सिकाउनुपर्छ । बहुमूल्य वस्तु टुटफुट भएमा त्यो वस्तु किन्न गरेको मिहिनेत र खर्चका बारेमा सत्य–तथ्य बताउनुपर्छ, जानकारीमूलक सुझव दिनुपर्छ । यसरी बालबालिकालाई उनीहरूका गल्ती, कमजोरी बुझएर सिक्ने अवसर प्रदान गर्नुका साथै गल्ती स्वीकार्ने र सच्चिने संस्कृतिको विकास गर्नुपर्छ ।

बढी पैसा नदिऔं
बालबालिकालाई आवश्यकताभन्दा बढी पैसा दिने र पैसाको हिसाबकिताब नगर्ने गर्दा बालबच्चा कुलततिर धकेलिने सम्भावना रहन्छ । छोराछोरीलाई पुल्पुल्याएर फुर्मासमा रमाउने छूट दिनुहुन्न । विशेषगरी ९/१० वर्षदेखि १८/२० वर्षका बालबालिकालाई पैसा दिएर स्वतन्त्रतापूर्वक छाड्नु भन्दा आफ्नै उपस्थितिमा उनीहरूका रोजाइका आवश्यकताका सामान खुशी साथ किनिदिनुपर्छ ।

झुटो नबोलौं
बालबालिकाका अगाडि ‘केटाकेटी त हो नि के बुझछ र ?’ भनी झुटो बोल्नुहुन्न । हामी फोनमा कुराकानी गर्दा घरमै हुँदा पनि साथीका कुराकानी टार्न घरमा छैन, काममा छु भनी उनीहरूकै अगाडि झ्ूटो बोलिरहेका हुन्छौं । यसो गर्दा बालबालिकामा झुटो बोल्नु पनि राम्रै रहेछ भन्ने छाप पर्छ ।

समान र समतामूलक व्यवहार गरौं तर अरूसँग तुलना नगरौं
घरमा छोराछोरी दुवै छन् भने हामी छोरालाई बिहानभरि सुत्ने अवसर दिन्छौं अनि छोरीलाई काम लगाउँछौं । छोरी भएर यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर सिकाउँछौं, जो समान व्यवहार होइन । जीवन जिउनका लागि छोरा होस् या छोरी दुवैले काम सिक्नु र गर्नु आवश्यक छ । जसलाई जुन काम गर्न मन लाग्छ त्यही काम गराउनुपर्छ तर दुवैलाई । कतिपय परिवार र समुदायमा राम्रा, टाठाबाठा र क्षमतावान् सन्तानलाई बढी माया र सम्मान गर्ने अनि कमजोर, अशक्त, नराम्रालाई हेला गर्ने, गाली गर्ने, सामाजिक कार्यमा सहभागी नगराउने गरेको पनि पाइन्छ । यस्तो कदापि गर्नुहुँदैन, कमजोरलाई अझ् बढी हाम्रो प्रेम, आदर र सहानुभूति आवश्यक हुन्छ । त्यस्तै छोराछोरीलाई फलाना, ढिस्कानाका छोराछोरी यस्ता छन्, यसो गरे, तर मेरा भने यस्ता छन् भनी कहिल्यै गुनासो र अरूसँग तुलना गर्नुहुन्न । बरू उनीहरूमा भएका गुण र प्रतिभालाई उजागर गर्न अग्रसर हुनुपर्छ ।

घरायसी तथा सामाजिक कार्यमा सहभागी गराऔं
बालबालिकालाई उमेरअनुसार सक्ने खालका घरायसी कार्यहरू— लुगा धुने, सरसफाइ गर्ने, फूल–तरकारीबारी गोड्ने, खाना बनाउने, तरकारी केलाउने, कोठामा सामानहरू सजाएर राख्ने काम गराउनुपर्छ । अति आरक्षण र अति सहयोगले बालबालिकामा परनिर्भरता र अल्छीपनाको विकास हुन्छ । त्यस्तै आफन्तका विवाह, भोज, ब्रतबन्ध, पूजाआजालगायत समाज, छरछिमेकमा हुने वृक्षरोपण, बाटोघाटो बनाउने, सरसफाइ, रक्तदानलगायतका कार्यमा पनि सहभागी गराएर सामाजिक काम गर्न उत्प्रेरित गर्नुपर्छ । यस्ता कार्यले उनीहरूमा जिम्मेवारी बोध र सामाजिक भावनाको विकास हुन्छ ।

बालबालिकाको क्षमता, रुचि र चाहनाको सम्मान गरौं
सबै बालबालिका तीक्ष्ण बुद्धिका अनि डाक्टर, पाइलट, इन्जिनियर बन्ने क्षमता र रुचिका हुँदैनन् । समाजमा आफ्नो खोक्रो आडम्बर प्रदर्शन गर्न मानविकी पढ्न खोजेका सन्तानलाई जबर्जस्ती विज्ञान पढ्न दबाब दिनुहुँदैन । नाचगान, नाटक, अभिनय, पत्रकारिता, राजनीति, शिक्षक, व्यापार, व्यवसायलगायतका अन्य पेशामा झुकाव छ भने उनीहरूको रुचि अनुसार प्रतिभा प्रस्फुटनमा सहयोगी भूमिका निभाउनुपर्छ । बालबालिकाको क्षमतासँगै उनीहरूका रुचिलाई उच्च महत्व दिनुपर्छ ।

सकेसम्म नजिकको विद्यालय तथा कलेज रोजौं
कुनै विद्यालय राम्रो छ भन्ने सुनेको आधारमा भनसुन गरेर भए पनि साना बालबच्चालाई घरभन्दा टाढा, अन्य जिल्ला वा शहरमा पढ्नका लागि पठाउने चलन छ । घरमा आउजाउ गर्न समय लाग्ने र भए पनि घरमा थोरै समय बिताउने हुनाले बालबालिकामा एक्लोपनको महसूस हुन सक्छ, जसले गर्दा बालबालिका बाटोमा भुलेर अन्य अनैतिक तथा गलत कार्यहरू गर्न सक्छन् । घरपायक विद्यालय हुँदा अभिभावक र बालबच्चा दुवैको समयको बचत त हुन्छ नै अनावश्यक खर्च पनि बच्दछ । त्यस्तै, समय निकालेर आमाबाबु पनि विद्यालय जाने आउने र बालबच्चाको रेखदेख गर्न सजिलो हुन्छ ।

समय व्यवस्थापन गरिदिऔं
बालबालिकालाई पढ्ने, लेख्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने तथा सुत्ने समयको व्यवस्थापन तथा नियम बनाइदिनुपर्छ । यसो गरेमा उसमा कति बेला के गर्ने भन्ने कुराको बोध हुन्छ र त्यही नियममा चलेर आफूलाई व्यवस्थित बनाउँछ । तर थकित र हतास भएको अवस्थामा यो गर्नैपर्छ भनेर दबाब दिनुहुन्न ।

बालबालिकाको क्रियाकलापमा निगरानी राखौं
छोराछोरीका हरेक काम र व्यवहारमा अभिभावकले हरदम निगरानी राख्नु आवश्यक हुन्छ । तर उनीहरूलाई आफ्नो ‘जासूसी भइरहेको’ अनुभूति भने हुन पाउनुहुँदैन । काम गरे नगरेको÷पूरा गरे÷नगरेको, कहाँ कोसँग खेल्न, घुम्न गएको बारे पूर्ण जानकारी राख्नुपर्छ र काम भने स्वतन्त्र ढंगबाट गर्न दिनुपर्छ । पटक्कै निगरानी भएन भने पनि बालबालिका खराब काम गर्न अग्रसर हुन्छन् । त्यसैले उनीहरूलाई आफूले गरेको कार्यको आमाबाबुले पनि वास्ता गरिराख्नुभएको छ भन्ने भान हुने गरी निगरानी गर्नुपर्छ ।

अन्त्यमा,
अलबर्ट आइन्स्टाइनलगायत शेक्सपियर, मोजार्ट, माइकल फाराडे र पिकासो जस्ता थुप्रै महान प्रतिभाको जीवन माथि १० वर्षसम्मको गहन अध्ययन र अनुसन्धानपछि ब्रिटेनको एक्सटर युनिभर्सिटीका प्रोफेसर माइकल होवे तथा सहयोगीहरूको निष्कर्ष थियो— “प्रतिभा र योग्यता भनेको जन्मैदेखि लिएर आउने खूबी होइन । विलक्षण मेधा र तीक्ष्ण बुद्धि भनेका प्रकृतिका उपहार वा देवी–देवताका कोसेली पनि होइनन् । त्यसैले योग्यता, दक्षता, सक्षमता भनेको ‘गड गिफ्ट’ या जन्मसिद्ध कुरा होइन । विशिष्ट योग्यता भनेको उचित अवसर, राम्रो प्रशिक्षण–प्रोत्साहन र उत्प्रेरणा, कठोर मिहिनेत अनि दृढ आत्मविश्वासको योगफल हो । यो सबैभन्दा बेसी त निरन्तर अभ्यासको प्रतिफल हो । यसमा, आनुवंशिकताको पनि केही प्रभाव हुन्छ । तर सबैभन्दा बढी योगदान स्वस्थ, सुन्दर र सही वातावरण, वैज्ञानिक ढंगको स्कूले शिक्षा तथा लोकतान्त्रिक पारिवारिक वातावरणको रहन्छ ।” ७
(सिद्ध मावि, फलेपाटन, पोखरा–१५, कास्की)

शिक्षक  मासिक, २०७४ असार अंकमा प्रकाशित

 

Related Posts

/*sign up form*/