पढाइ सीपको विकासः १९ पाइला

by • • कक्षाकोठाComments (0)291

नेत्र दाहाल

बोधगम्य पढाइ त्यस्तो आधारभूत सीप हो जसमा सम्पूर्ण औपचारिक शिक्षा निर्भर गर्छ । जुन बच्चाले समयमै राम्रोसँग पढ्न सक्दैन, उसले अन्य सीप र ज्ञानमा निपुणता हासिल गर्न सक्दैन । कक्षा १ मा पढाइमा कमजोर भएका ९० प्रतिशत विद्यार्थी प्राथमिक विद्यालयभरि नै पढाइमा कमजोर पाइने गरेका छन् ।
हाम्रो जीवनको स्तर उकास्न शिक्षाको सर्वाधिक महत्व रहेको छ भन्ने कुरामा कुनै द्विविधा छैन । त्यसैले हाम्रो समाजले शिक्षामा क्रमशः लगानी बढाउँदै लगेको छ । वितेका चार दशकमा नेपालले प्राथमिक तहको शिक्षामा पहुँच र भर्ना भएका विद्यार्थीलाई कक्षामा टिकाउने कुरामै आफूलाई केन्द्रित गर्दै आएको छ । पहुँचको सवालमा उल्लेखनीय रूपमा उपलब्धि हासिल भइसकेको छ । तथापि शिक्षाको स्तर खासगरीकन विद्यार्थीको सिकाइ चाहिं उल्लेखनीय रूपमा अभिवृद्धि हुनसकेको छैन । राष्ट्रको विकास, व्यक्तिको सफल जीवन, सामाजिक स्थायित्व आदि कुराहरू शिक्षाबाट प्राप्त हुने लाभ हो भन्नेमा सबै जानकार छन् । तर शिक्षाबाट प्राप्त हुने लाभको दायरा त्यसबखत मात्र उल्लेखनीय रूपमा फराकिलो हुन जान्छ, जब विद्यालय गएका बच्चाहरूले साँच्चिकै सिकिरहेका हुन्छन् । वास्तवमा विद्यार्थीको सिकाइ स्तर विकासशील विश्वमा धेरै नै तल छ । संयुक्त राष्ट्र संघीय संगठन युनेस्कोद्वारा सन् २०१२ प्रकाशित सबैका लागि शिक्षा सम्बन्धी अनुगमन प्रतिवेदनले प्राथमिक तहमा पढ्न जाने उमेरका एशिया प्रशान्त क्षेत्रका मात्र कम्तीमा २० करोड बालबालिका पढ्न, लेख्न र गन्न जान्दैनन् । यहाँसम्म कि प्राथमिक तह पूरा गरेका बालबालिकाको समेत न्यूनतम सिकाइ उपलब्धि भेटिंदैन । धेरै थरीका मूल्याङ्कनहरूले के कुरा सुझएका छन् भने, विद्यार्थीहरूमा पठन सीपको यथोचित विकास भएको छैन, त्यसैले गर्दा उनीहरूलाई विशेष सहयोगको खाँचो छ ।


त्यसैले, यो अवस्थामा सुधार ल्याउन सर्वप्रथम कक्षाको सिकाइ प्रगतिको अवस्था मूल्याङ्कन गरिनुपर्दछ । र, कक्षामा सिकाउने प्रक्रिया र तरीकाहरूको पनि पुनर्मूल्यांकन गरिनुपर्दछ । त्यस्ता मूल्याङ्कनहरूले के कुरा स्पष्ट गरेका छन् भने ६० प्रतिशत केटाकेटीहरूले सम्बन्धित तहको पठन स्तर हासिल गर्न सकेका छैनन् । थप, एउटै कक्षामा पनि पढाइ सीपको स्तरमा पनि ठूलो अन्तर भेटिन्छ । यसको सोझे अर्थ हो, भाषा सिकाइ र पठन सीपको स्तरका कारण विद्यार्थीको सिकाइमा ठूलो संकट आइपरेको छ । र, यो समस्या तुरुन्तै समाधान गर्न ठोस पहल गरिनुपर्दछ, जसले विद्यार्थीको निम्ति चाहिने पठन र लेखन क्षमताको प्रत्याभूति गरोस् ।
पठन सीप कक्षाको सिकाइको निम्ति अत्यन्त आधारभूत सीप हो । पठन क्षमता मार्फत नै बालबालिकामा निर्धारित पाठ्यक्रमका ज्ञानहरूमा पहुँच सुनिश्चित हुने हो । पठन क्षमता बोधसित सम्बन्धित छ र यो नै सिकाइको निम्ति सबभन्दा निर्णायक हुन्छ । अतः बालबालिकाले पढेर सिक्ने क्षमता राम्रो भए मात्र यसले नै हरेक बालक/बालिकाको समान रूपमा सिक्न पाउने अवसरको प्रत्याभूति गर्दछ । र, जुन बच्चाले प्रारम्भिक चरणमा पढ्न सक्दैन, ऊ भोलि गएर ज्ञान र सीपमा पारंगत हुनसक्दैन । यदि एक पटक बच्चा पछाडि प¥यो भने उसले आगामी वर्षहरूमा उत्कृष्टता हासिल गर्न निकै कठिन हुन्छ । पढ्नमा कमजोर बच्चाहरू लेख्नमा पनि स्वतः कमजोर हुन पुग्छन् । बच्चाहरू कक्षा चढ्दै जाँदा यो खाडल पनि स्वतः बढ्दै जाँदा ‘धनी झ्न् धनी, गरीब झ्न् गरीब’ भन्ने उखान यहाँ पनि पुनरावृत्त हुन जान्छ । र, जान्ने विद्यार्थी झ्न् जान्ने, नजान्ने विद्यार्थी झ्न् नजान्ने हुनपुग्छन् । त्यसैले शुरूका ३ कक्षाभित्रै सबै विद्यार्थीमा राम्रोसित पढ्ने÷पढेर सिक्ने क्षमताको विकासको प्रत्याभूति हुनु अत्यावश्यक छ । यो नै बालबालिकाको सिकाइको सबभन्दा महŒवपूर्ण आधार हो । यो कार्य अवश्य पनि चुनौतीपूर्ण छ तर असम्भव चाहिं छैन ।

हाम्रो परिवेश
सामान्यतया पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण–सिकाइ प्रक्रियाको प्रकृतिले सिकाइमा ठोस प्रभाव पार्नुपर्ने हो । पाठ्यक्रमले धेरै नै सीप, धैर्य र प्रयत्नहरूको माग गर्दछ । तदनुरुपको गुण र क्षमता हाम्रा धेरै शिक्षकहरूमा भेटिंदैन । विद्यार्थीहरू तल्ला कक्षाहरूमा प्रवेश गर्दा उनीहरूको जीवनका वास्तविक आवस्थाहरूमाथि ध्यान पु¥याइएको हुँदैन । धेरै विद्यार्थीहरूले शिशु (प्रारम्भिक बालविकास केन्द्र) कक्षा लिएका हुँदैनन् । उनीहरूलाई पढ्नको लागि घरको सहयोग अति कम हुन्छ र विद्यालय बाहिरको पाठ्य सामग्रीमा उनीहरूको पहुँच पनि कम हुन्छ । उनीहरू मातृभाषाको पृष्ठभूमिबाट आएका हुन्छन् । पाठ्यक्रमले ध्यान नपु¥याएका यस्तै अन्य तत्वहरू पनि छन् । धेरै शिक्षकहरूले यी सवालहरूमा ध्यान दिंदैनन् । बरु पढाएको कुरा सम्पूर्ण वा अधिकांश विद्यार्थीले बुझ्े नबुझ्ेको र अभ्यास गरे नगरेको मूल्याङ्कन नगरिकन धेरैभन्दा धेरै पाठहरू सक्नु नै उनीहरूको प्रमुख चासोको विषय हुन्छ । एउटा कक्षाको अन्त्यमा विद्यार्थीले हासिल गरेको पढाइ क्षमतालाई माथिल्लो कक्षाका नयाँ विषय, फरक शिक्षक, भिन्न वातावरण साथै अर्को कक्षाको स्तरमा कसरी समन्वय गर्ने जस्ता विषयमा उपयुक्त किसिमले सम्बोधन हुनसकेको छैन ।


कुनै पनि बालबालिका पछि नपरुन् र सबैलाई फाइदा पु¥याउने सुव्यवस्थित अभ्यासहरू अवलम्वन गरेर बालबालिकाले कसरी पढ्न सिक्दछन् भन्ने सम्बन्धमा केही विश्वासहरू छन् । विना बोध पढाइको कुनै अर्थ छैन । प्राथमिकताका आधारमा आजको शिक्षाको पद्धति हेर्दा— साक्षरता विकास— गणितीय ज्ञान— सामाजिक ज्ञान हुँदै— विज्ञान र प्रविधिलाई स्वीकार गर्नुपर्ने हुन्छ । बालबालिकासँग उनीहरूमा अन्तर्निहित बौद्धिकताको आधारमा सिक्ने क्षमताहरू फरक फरक हुन्छन् भन्ने साझ विश्वास विश्वव्यापी रहेको छ । कक्षाका अन्य विद्यार्थीसँग पदचाप मिलाएर हिंड्न नसक्ने विद्यार्थीलाई सुस्त सिकारुको दोषारोपण गरिन्छ । अपर्याप्त सिकाइको दोष विद्यार्थी र उनीहरूको पारिवारिक पृष्ठभूमिलाई लगाउने गरिन्छ । किनकि यसले सम्पूर्ण बालबालिकालाई आवश्यक सीप सिकेको सुनिश्चित गर्ने जिम्मेवारीबाट सिकाइ प्रणालीलाई उन्मुक्ति दिन्छ ।
बोधगम्य पढाइ त्यस्तो आधारभूत सीप हो जसमा सम्पूर्ण औपचारिक शिक्षा निर्भर गर्छ । जुन बच्चाले समयमै राम्रोसँग पढ्न सक्दैन उसले अन्य सीप र ज्ञानमा निपुणता हासिल गर्न सक्दैन । त्यस्तो बच्चाले विद्यालयमा राम्रो गर्न सक्दैन र उसलाई जीवनभर एकदमै सीमित अवसरहरू मात्र प्राप्त हुन्छन् । यसले व्यक्ति र समाज दुवैलाई प्रभाव पार्दछ । उदाहरणका लागि कक्षा १ मा पढाइमा कमजोर भएका ९० प्रतिशत विद्यार्थी प्राथमिक विद्यालयभरि नै पढाइमा कमजोर नै हुन्छन् । त्यसकारण बालबालिकाले कम उमेरमै पढ्न र राम्रोसँग लेख्न सिक्नुपर्दछ ।
पढाइ सीप विकासलाई केन्द्रमा राखेर उपयोगी क्रियाकलाप गर्न सकियो भने त्यसले ठोस उपलब्धि अवश्य पनि दिन्छ । त्यस्ता केही क्रियाकलापहरू यसप्रकार छन्ः

१.कक्षामा पाठको शुरूदेखि अन्त्यसम्म
सक्रिय रूपमा बालबालिकालाई सहभागी गराऔं
हरेक सिकाइमूलक कार्यमा बालबालिकालाई सक्रिय रूपमा संलग्न गराउनुपर्दछ । शिक्षकको प्रस्तुतिपछि दोहो¥याउने र वेलाबखत कालोपाटीबाट सार्ने काम आवश्यक हुन सक्दछ । तर यसलाई सक्रिय सहभागिता भनिंदैन र कक्षामा नियमित रूपमा यसो गर्नु पनि हुन्न । पाठका आधारमा तयार क्रियाकलापमा विद्यार्थीलाई सक्रिय सहभागी हुने वातावरण बनाउनुपर्छ । लामो समयसम्म विद्यार्थी निष्क्रिय श्रोता हुने खालको शिक्षणको कामै छैन । विद्यार्थी सक्रिय रूपमा सहभागी हुनका लागि कक्षाकोठामा शिक्षकको भन्दा बढी विद्यार्थीका आवाजहरूको सुनुवाइ हुनुपर्दछ ।

२.अभ्यासका लागि समय बढाऔं
अभ्यासका लागि समय बढाउन शिक्षकहरूले प्रभावकारी योजना तयार गर्नुपर्दछ । स्पष्ट साप्ताहिक योजना वा हरेक पाठयोजना, स्पष्ट क्रियाकलाप र सामग्रीहरू तयार गर्नुपर्दछ । भाषा शिक्षणका लागि छुट्याइएको पाठ्यभार अनुसारको समय अति कम छ । अध्ययन अनुसार भाषाको आधार दरिलो बनाउन भाषा शिक्षणलाई मात्र बार्षिक एक हजार घन्टा छुट्याइनुु राम्रो मानिन्छ ।

३.सम्पूर्ण कक्षा छलफल, समूह कार्य, दौतरी
छलफल र एकल अभ्यासलाई प्राथमिकता दिऔं
प्रभावकारी कक्षा व्यवस्थापनका लागि विभिन्न क्रियाकलाप आवश्यक पर्दछन् । उदाहरणका लागि, मौन पठन वा चिठी लेख्ने अभ्यास विद्यार्थीहरूले एक्ला एक्लै गर्नु राम्रो हुने भए तापनि पढेर उत्तर दिने काम दौतरी, समूह वा सम्पूर्ण कक्षामा गराइनु उत्तम हुन्छ । राम्रो कक्षा व्यवस्थापनले विद्यार्थीमा विभिन्न सीपहरूको विकासमा सहयोग पु¥याउँदछ । पढाइ र लेखाइ सीप सिकाइका लागि कक्षा व्यवस्थापन कौशल महत्वपूर्ण हुन्छ । विभिन्न खाले कक्षाकोठाको व्यवस्थापनले कक्षालाई रोचक बनाउनुका साथै अभ्यासको समय पनि बढाउँदछ ।
सिकाइ मूलतः सामाजिक क्रियाकलाप भएकाले दौतरीहरू समक्ष आदानप्रदान गर्ने कुरा थाहा पाएमा बालबालिकाको निम्ति त्यो बढी रोचक हुन्छ र उनीहरू बढी परिश्रम पनि गर्दछन् । तसर्थ, कक्षाकोठामा सामाजिक सिकाइको वातावरण हुनै पर्दछ, जहाँ शिक्षकले सहयोग तथा सहकार्यका लागि हौसला जगाउनुका साथै नमूना प्रदर्शन गर्नु राम्रो हुन्छ ।

४.विद्यार्थीको स्तर अनुसार
सिकाइको क्षेत्रलाई तय गरौं
विद्यार्थीको स्तर अनुसार सिकाइको क्षेत्र ‘स्वतन्त्र रूपले समस्या–समाधान गर्न सक्ने विकासको वास्तविक स्तर र प्रौढ अथवा जान्ने साथीको सहयोग पाएपछि समस्यालाई समाधान गर्न सक्ने सम्भावित विकासको स्तर’ बीचको दूरी हो । यस्तो दूरीले बालबालिकाको विकास प्रक्रियामा रहेको ज्ञानात्मक सीपहरूलाई ग्रहण गर्दछ र अरूको सहयोगबाट मात्र यो पूर्ण हुन सक्दछ । सम्पूर्ण सिकाइ यस परिधिभित्र हुने गर्दछ । यसलाई सामान्य अर्थमा भन्नुपर्दा, कक्षाकोठाभित्र सम्पन्न हुने क्रियाकलाप ज्यादै सरल वा ज्यादै कठिन दुवै हुनुहुँदैन ।

५.बालबालिकाको सिकाइ स्तर बुझेर टेवा दिऔं
सिकाइलाई टेवा दिंदा राम्रो सीपयुक्त शिक्षकले बालबालिकाको विकासका लागि सहयोग प्रदान गर्दछ । अभ्यास सम्पन्न गर्न विद्यार्थीलाई एक्लो छाडिंदैन । बालबालिकाको ज्ञान एवं सिकाइको क्षमता वृद्धि हुँदै जाँदा शिक्षकको सहयोग र भूमिका क्रमशः घट्दै जानुपर्छ । कक्षाकोठाभित्रका प्रक्रियाहरूलाई साना, चुनौतीपूर्ण अभ्यासहरूमा विभाजन गर्नुपर्दछ जसले बालबालिकाको सिकाइलाई क्रमशः अभिवृद्धि गर्दछ । सिकाइका क्रममा साना कदमहरू उठाउँदा एवं निरन्तर रूपमा दोहो¥याउँदा तथा सङ्गठित गर्दा सिकाइ बढी उपलब्धिमूलक हुन्छ । तसर्थ, पूर्व–पठन सहयोगका रूपमा कुनै पनि नयाँ क्रियाकलाप शिक्षकले शीर्षकको सारांश प्रस्तुत गरिदिएर, नयाँ शब्दहरूको व्याख्या गरिदिएर र पृष्ठभूमिको जानकारी प्रस्तुत गरेर शुरू गर्दा राम्रो मानिन्छ । अभ्यास पुस्तिकाहरूले पनि शुरूमा तस्वीरको माध्यमबाट संकेत प्रदान गरेर सहयोग पु¥याउँदछन् । यस्ता तस्वीर संकेतहरूलाई विस्तारै हटाउँदै जानुपर्दछ ।

६.दैनिक पाठको अर्थपूर्ण
तरीकाले पुनरावलोकन गरौं
पहिलो पटक अध्यापन गरेको सम्पूर्ण कुरा विद्यार्थीले सम्झ्न सक्दछन् भन्ने अपेक्षा गरिनुहुन्न । प्रत्येक नयाँ अवधारणालाई नयाँ नयाँ तरीकाहरू प्रयोग गरी सिकाउनुपर्छ । यसो गर्दा हरेक पटक पुनरावलोकन गरिनुपर्दछ । यसले संज्ञानलाई पुनर्बल प्रदान गर्दछ र विद्यार्थीको स्मरणमा टेवा प्रदान गर्दछ । यसरी शिक्षकले विद्यार्थीको पुरानो ज्ञानलाई नयाँ पाठहरूको सिकाइ अवधिमा भरपूर प्रयोग गर्न सक्दछन् ।

७.अभ्यास गर्ने समयको सही प्रयोग गरौं
कुनै पनि नयाँ सिकाइलाई आन्तरिकीकरण गर्न अभ्यास महत्वपूर्ण हुन्छ । साइकल चलाउनु, पौडिनु वा पढ्नु जस्ता कुनै पनि नयाँ सीप सिकाइका लागि आधार शक्तिशाली हुन्छ । विस्तृत रूपमा अभ्यास गर्ने अवसर नपाउँदा बालबालिकाले सिकेको कुरा बिर्सने सम्भावना हुन्छ । अभ्यासका लागि जति बढी समय प्राप्त हुन्छ त्यति नै बढी सिकाइ स्थायी हुने सम्भावना रहन्छ । अभ्यासमा पढाइ र लेखाइ दुवैको अभ्यास संलग्न रहन्छ ।

८.उत्प्रेरणा जगाऔं
बालबालिकाले कति सिक्दछन् भन्ने कुरामा अभिप्रेरणाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । उत्प्रेरित विद्यार्थीमा उद्देश्य हासिल गर्ने धैर्य हुन्छ र उनीहरू सिकाइका लागि समय दिएर मिहिनेत गर्न तयार हुन्छन् । उनीहरू जति बढी उत्प्रेरित हुन्छन् त्यति नै बढी सिक्न सक्दछन् । शिक्षकहरूले विद्यार्थीका उपलब्धिलाई सम्मान गरेर, आत्मविश्वास जगाउन सहयोग गरेर, उनीहरूको निम्ति पर्याप्त ‘स्पेश’ दिएर, उनीहरूको रुचिसित सिकाइलाई जोडेर र निरन्तर रूपमा सीप विकासका लागि सहयोगी हुने पृष्ठपोषण प्रदान गरेर उत्प्रेरणा वृद्धि गर्न सकिन्छ ।

९.क्षमतागत समूह निर्माण नगरौं
अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने, जब कुनै कक्षामा सम्पूर्ण विद्यार्थीलाई एउटै कार्यक्रम दिइन्छ वा एउटै पाठ्यक्रम अवलम्वन गर्दछन्, क्षमतागत समूह निर्माणले कक्षाकोठाभित्रको सिकाइमा सुधार गर्दैन । वास्तवमा, क्षमतागत समूहहरूले नोक्सानी पु¥याउँदछन् किनकि यिनीहरूले केही विद्यार्थीहरूलाई ‘सुस्त सिकारु’को संज्ञा दिन सक्दछन् । यी विद्यार्थीहरूले आफू ‘फुर्तिलो’ नभएको र सिकाइका लागि ‘सक्षम’ नभएको भन्ने सन्देश पनि प्राप्त गर्दछन् । यस्ता विद्यार्थीले प्रायः त्यस्ता सन्देशहरूलाई आत्मसात गर्दछन्, आत्मविश्वास गुमाउँदछन्् र परिणामस्वरूप कक्षाकोठामा पनि कम सिक्दछन् । यसले कमजोर बालबालिकालाई आफ्ना साथीहरूबाट सिक्न मद्दत पनि पु¥याउँदैन ।

१०.सिकाइमा सन्तुलित पद्धति अवलम्बन गरौं
सन्तुलित पद्धति स्पष्ट रूपमा भाषाका चारै पक्षलाई विकास गर्ने खालको शिक्षणमा बढी जोड दिन्छ । ध्वनि सम्बन्धी शिक्षणमा ध्वनिको उच्चारण तथा वर्णात्मक सचेतना, शब्द पठन र वर्ण तथा शब्दलेखन जस्ता अवयवहरू संलग्न हुन्छन् । अर्थ खोज्ने शिक्षणमा कथा वाचन, सस्वर पठन, संवाद, छलफल, समूह पठन र चित्र कोर्ने जस्ता क्रियाकलापहरू संलग्न हुन्छन् । पढाइ र लेखाइ कठिन सीपहरू भएकाले दुवै खाले विषयवस्तुलाई वर्षभरि नै फरक मात्रामा एकैसाथ पढाउन राम्रो हुन्छ । पढाइ र लेखाइ दुवैका लागि अर्थमा आधारित कामका साथै दुरुस्तता र शुद्धतामा जोड दिने काम हरेक दिन गर्नुपर्दछ ।

११.अभ्यासका लागि
  महत्वपूर्ण समय समर्पण गरौं
कक्षा १ र २ का विद्यार्थीलाई श्रेणीकृत पुस्तक समेत उपलब्ध गराएर पढाइ सीपको अभ्यासका लागि विशेष समय प्रदान गरिनुपर्दछ । उदाहरणका लागि, विद्यार्थीको स्वतस्फूर्तता विकास गर्नका लागि वर्षभरिकै समय जरूरी हुन्छ । बालबालिकालाई उत्प्रेरित गरी ध्वनि सचेत गराउने, भाषिक अक्षर वा शब्दाभ्यासमा परिचित गराउने, शब्द भण्डार विकास गराउने, स्पष्ट र स्वतस्फूर्त पढाइमा जोड दिने साथै बुझेर पढ्ने गराउन छुट्याइएको समय पर्याप्त छैन । लेखन अभ्यास पढाइ सीपको अध्यापनबाट अलग होइन । प्रस्तुत पाठका आधारमा, सुनाइ, बोलाइ, पढाइ तथा लेखाइ अभ्यासहरूबीच स्पष्ट तालमेल हुनुपर्दछ ।

१२.सिकाइका लागि सामग्री र
आकर्षक कक्षाकोठा बनाऔं
अनुसन्धानबाट उजागर भएको छ कि आकर्षक छपाइ सामग्री सहितको वातावरण नै शिक्षण विकासको जग हो । कक्षाकोठाको वातावरण आकर्षक बनाउन सिकाइ सामग्री पनि आकर्षक हुनुपर्दछ । बालबालिकालाई कथाका पुस्तक, भित्ते शब्द पोस्टर वा विद्यार्थीको जीवनसँग सम्बन्धित पूर्वानुमान गर्न सकिने र परिचित भाषामा छपाइ सामग्रीले सिक्ने अवसर प्रदान गर्दछ । साथै, कक्षालाई विद्यार्थी र शिक्षकबाट निर्मित सामग्रीहरूले पनि सजाएर झ्किझ्काउ पार्न सकिन्छ, जसले बालबालिकालाई कक्षामा बसीरहुँ जस्तो बनाइदिन्छ ।

१३.सिकाइ सामग्रीमा पहुँच सुनिश्चित गरौं
बालबालिकालाई पढाइ सीप विकासका लागि पाठ्यपुस्तक मात्र पर्याप्त हुँदैन । प्रायजसो, पाठ्पुस्तक सान्दर्भिक र बालबालिकाको स्तर अनुरूप उपयुक्त हुँदैनन् । त्यतिकै महत्वपूर्ण कुरा के छ भने बालबालिकालाई विभिन्न प्रकार र शैलीका सामग्रीहरू पढ्ने अवसर प्रदान गरिनुपर्दछ । उदाहरणका लागि, कक्षा १ र २ का सामग्रीहरूमा वर्ण पत्ति, व्यञ्जन–स्वर पत्ति, शब्द पत्ति, संवाद चार्ट, सरल पाठ्यवस्तुहरू (कविता र कथाका किताब आदि) तथा अभ्यास लेख्नका लागि उपयुक्त त्रियाकलाप सहितको अभ्यास पुस्तिका जरूरी पर्दछन् ।

१४.कक्षामा मौखिक क्रियाकलाप,
पढाइ र लेखाइको मिश्रण गराऔं
मौखिक क्रियाकलाप, पढाइ र लेखाइ सीपहरू सिकाइमा एकअर्काका परिपूरक हुन्छन् र यी सीपहरू एकआपसमा पुनर्बल प्रदान गर्ने खालका हुन्छन् । शिक्षकले भनेका सबै कुराहरू सुनिंदैनन्, सुनेका कुराहरू बुझिदैन , बुझेका कुराहरू सही हुँदैनन्, सही भएका कुराहरू व्यावहारिक वा सबैको एउटै बुझइ हुँदैनन् । त्यसैले शिक्षण सिकाइ क्रमिक र स्तर अनुसार मौखिक क्रियाकलाप, पढाइ र लेखाइको मिश्रण हुनु जरूरी हुन्छ ।

१५.सिकाइमा बोधका क्रियाकलापमा ध्यान दिऔं
बोध पढाइ सीपका लागि, पढाइ सूचना प्राप्त गर्नका लागि र पढाइ आनन्दका लागि आवश्यक हुन्छ । यदि बालबालिका शब्द पढ्न सक्दछन् तर आफूले के पढिरहेको भन्ने बुझदैनन् भने उनीहरू वास्तविक रूपमा पढिरहेका हुँदैनन् । बोधका लागि पढाउनै पर्दछ । पढाउन सकिन्छ । बोधका रणनीति र योजनाहरू छन् । विद्यार्थीले पाठ्यवस्तुको अर्थ लगाउने चरणका सेटहरू हुन्छन् । बोध रणनीति प्रशिक्षणले विद्यार्थीलाई आफ्नो पढाइ आफैं नियन्त्रण गर्न सक्ने उद्देश्यमूलक, सक्रिय पाठक हुन सहयोग पु¥याउँदछ । प्रारम्भिक कक्षाहरूमा विद्यार्थीलाई बोधजन्य सीपहरू विकास गर्नका लागि सहयोग पु¥याउन शिक्षकले प्रयोग गर्न सक्ने सबैभन्दा बढी शक्तिशाली विधिमध्येको हो, विद्यार्थीलाई प्रश्न गर्नु । अनुसन्धानबाट थाहा लागे अनुसार शिक्षकको प्रश्न गराइले विद्यार्थीको सिकाइलाई ज्यादै टेवा दिनुका साथै गति प्रदान गर्दछ । प्रतिक्रिया दिने, काम गरेर देखाउने, बुझ्ेको कुरा आफ्नै तरीकाले भन्ने साथै विद्यार्थीहरूले पनि शिक्षकलाई प्रश्न गर्न सक्दछन् । कक्षा १ को प्रारम्भबाट नै मौखिक बोधजन्य प्रश्न गरी प्रश्न सोध्ने बानीको सुरुआत हुन सक्दछ ।

१६.सिकाइका लागि पर्याप्त समय छुट्याऔं
प्राथमिक कक्षाका प्रारम्भिक चरणहरूमा भाषा केवल अर्को विषय मात्र होइन । यो सञ्चार तथा संवेगात्मक विकासको माध्यम पनि हो । गणित, विज्ञानमा प्रारम्भिक अवस्थामा भाषामा प्रवीणता हासिल गर्नका लागि समय तालिकामा भाषालाई यथेष्ट समय छुट्याइनुपर्दछ । अनुसन्धानले देखाएको छ कि प्राथमिक कक्षाका प्रारम्भिक जीव तथा अन्य विषयको सिकाइका लागि भाषाको अपरिहार्य स्थान हुन्छ । त्यसैले प्राथमिक तहका शुरूका कक्षामा भाषा शिक्षण–सिकाइका लागि कम्तीमा वार्षिक एक हजार घण्टा छुट्याइनु पर्दछ, जसले सबै विषयको सिकाइको स्तर राम्ररी बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

१७.स्वतस्फूर्त सीपहरूको विकासमा जोड दिऔं
स्वतस्फूर्त पाठकहरूले शब्दहरूको अर्थ लगाउन ध्यान केन्द्रित गर्नुपर्दैन— उनीहरू अर्थ निकाल्नमा केन्द्रित हुन सक्दछन् ।

कम स्वतस्फूर्त पाठकहरूले शब्दहरू चिन्नेतर्फ जोड दिनुपर्दछ— उनीहरूसँग अर्थ निर्माणका लागि केन्द्रित हुने थोरै समय हुन्छ र ध्यान कम केन्द्रित हुन्छ । स्वतस्फूर्त विकासका लागि निर्देशित वा अनुगमन सहितको सस्वर पठन सबभन्दा राम्रो रणनीति हो । सस्वर पठन गरी स्वतस्फूर्त विकास गर्नका लागि तीन प्रमुख बुँदाहरू भनेको नमूना प्रस्तुति, सहयोग र अभ्यास हुन् ।

–  नमूना प्रस्तुत गर्ने—विद्यार्थीहरूको स्वतस्फूर्त वृद्धि गर्ने तरीकाहरूमध्येको एक शिक्षकले स्वतस्पूmर्त पठन नमूना प्रस्तुत गरेको सुन्नु हो ।
–  सहयोग गर्ने— सस्वर पठन गर्दा के महŒवपूर्ण हुन्छ भने शिक्षकले आवश्यकता अनुसार विद्यार्थीहरूलाई सहयोग गर्नुपर्दछ र विद्यार्थीहरूले गल्ती गरेको बखत उनीहरूका गल्ती सच्याइदिने गर्नुपर्दछ । शिक्षक र विद्यार्थीहरूले एकैसाथ सस्वर पठन गर्न सक्दछन् ।
अभ्यास गर्ने— विद्यार्थीका लागि अर्को महत्वपूर्ण रणनीति भनेको सस्वर पठनलाई अभ्यास गर्ने (दुई जनाको बीचमा वा साना समूहहरूमा, र अत्यधिक सामूहिक वा मौन पठन गर्ने) ।
स्वतस्फूर्त अभ्यास विद्यार्थीहरूले ९०–९५ प्रतिशत शब्दहरू पढ्न सक्ने ५०–२०० शब्दको सरल पाठ्यसामग्री विकास गर्नु उत्तम हुन्छ । जब विद्यार्थीहरूले आफ्नो स्वतस्फूर्त सीपहरू विकास गर्दछन्, उनीहरूलाई मौन पठनका लागि समय दिइनुपर्दछ ।

१८.कक्षा २ मा बोध सीप
विकासमा ध्यान दिऔं
बोध स्वतः हुँदैन– यसका लागि अध्यापन गर्न सकिन्छ र गर्नुपर्दछ । पढाइमा स्वतस्फूर्त, शब्दभण्डार, मौखिक तर्क गर्ने/मन्थन गर्ने एवं पृष्ठभूमि ज्ञान सबैले बोध सीप विकास गर्न मद्दत पु¥याउँदछन् । कक्षा १ मा श्रुतिबोध विकासका लागि जोड दिइएको छ । कक्षा २ मा विविध पाठ्यवस्तुको गहन बोधमा जोड दिइएको छ । तसर्थ, पाठ्यक्रमले अपेक्षा गरेको पठन बोध सीपहरूको विकासका लागि समय खर्चिनुपर्दछ । केही आधारभूत बोध रणनीतिहरूमा निम्न प्रकारका विधिहरू समावेश हुन्छन् ः
–  सरल÷सामान्य स्मरण – को, के, कहिले, कहाँ जस्ता प्रश्नहरूको उत्तर पाठ्यवस्तुमा पाइन्छ ।
–  अप्रत्यक्ष स्मरण – पाठ्यवस्तुमा उत्तर पाईंदैन ।
–  शब्दभण्डारको विकास – बालबालिकाले समान कुरा विपरीतार्थकको पहिचान गर्दछ ।
–  निचोड निकाल्नु – बालबालिकाले पाठ्यवस्तु र उनीहरूका आफ्ना अनुभवबाट निचोड निकाल्ने गर्दछन् ।
समायोजन÷संश्लेषण – विद्यार्थीहरूले सूचनाको प्रयोग गर्दछन् र आफ्ना विचार अभिव्यक्त गर्दछन् ।

१९.उपलब्धिहरू शिक्षक तथा
अभिभावकसँग आदानप्रदान गरौं
तालीमले शिक्षकहरू तोकिएको वर्षका लागि अपेक्षित उपलब्धिहरू र पाठ्यक्रमसँगको सम्बन्धबारे स्पष्ट छन् भन्ने सुनिश्चित गर्नुपर्दछ । तालीममा शिक्षकहरूले अपेक्षित उपलब्धिहरूबारे आफूले बुझेको र निर्दिष्ट लक्ष्यतर्फ काम गर्ने प्रतिबद्धता झ्ल्किने विवरणमा काम गर्नुपर्दछ । त्यसैगरी, अभिभावकहरूलाई एक वर्षभित्रमा आफ्ना केटाकेटीले सिक्ने अपेक्षित सीपहरूको बारेमा ज्ञान हुनुपर्दछ । विद्यार्थीको प्रगति मूल्याङ्कन प्रतिवेदन अभिभावकसँग प्रस्तुत गरिएमा यसले अभिभावकको सहयोग प्राप्त गर्न र शिक्षकलाई वर्षभरिका सिकाइ उपलब्धिहरू हासिल गर्ने लक्ष्य पूरा गर्न उत्साहित गर्दछ । प्रगति प्रतिवेदन (रिपोर्ट कार्ड) का अलावा वर्षमा तीन पटक अभिभावकसित कक्षामा गरिएको प्रयास, उपलब्धि र सामना गर्नुपरेका समस्याहरूको बारेमा हरेक अभिभावकसित शिक्षकहरूले प्रत्यक्ष अन्तरक्रिया गर्नु उत्तम हुन्छ ।

अन्त्यमा
शिक्षक मित्रहरूले कक्षामा जानुअघि र गएर फर्केपछि तलको यी सवालहरूमा हरेक पाँच मिनेट घोत्लिने हो भने त्यसले हरेक दिन शिक्षकलाई रचनात्मक र जिम्मेवार मात्र बनाउँदैन, दुई/तीन महीनामै विद्यार्थीहरूको सिकाइमा महत्वपूर्ण उपलब्धि देखिनेछ—
के म आज पढाउन तयार भएर आएको छु ? मैले तय गरेको पढाइको क्रम र स्तर उपयोगी छ ? मैले प्रयोग गरेको विधि र क्रियाकलाप उपयुक्त छ ? प्रयोग गरिएका सामग्रीहरू ठीक छन् ? यसले मलाई र विद्यार्थीलाई के सजिलो बनायो ? के कक्षामा मैले सिकाउन खोजेको ज्ञान, सीप र धारणा बालबालिकाले सजिलै सिके त ? मैले फरक गर्न सकिने अरू ठाउँ थियो कि ?
शिक्षक  मासिक, २०७० भदौ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/