नेपाली प्राथमिक भूगोल

by • • 2072_04, कक्षाकोठा, साभारComments (0)1338

Print Friendly, PDF & Email

पारसमणि प्रधान-रुद्रमणि प्रधान

पहिलो खण्ड-पहिलो अध्याय

१—नाप
यो पटुका दस हात लामो छ भनेको के हो ? एउटा हात जति लामो छ, यो पटुका त्यसको दस गुना बढ्ता छ भनेको हो । तर ठूला मान्छेका हातले नाप्दा दस हात भएको पटुका सानो मान्छेका हातले नाप्दा दस हात भन्दा केही बढ्ता हुन्छ । यसरी एउटै पटुका भिन्दा भिन्दै मानिसले नाप्दा भिन्दा भिन्दै लमाइको हुने हुनाले उहिले नै सबै मानिसले भेला भई आफ्ना उसवेलाका राजाका हातको लमाइलाई एक हात भनी कायम गरेथे । सो हातका नापको चलन आजसम्म पनि चलिरहेको छ । एक हातमा १८ वटा अंग्रेजी पैसाको लमाइ हुन्छ । यसरी एक हात लामो अथवा दुइ हातको एक गज लामो काठ वा बाँसको नाप्ने बनाएर लुगा वा अरू थोक नापिन्छन् ।

ruler_0_10

यो चित्र फुटरुलको हो । एक फुटमा १२ इञ्च हुन्छन् । एउटा पैसाको लमाइ एक इञ्च बराबर हुन्छ । इञ्च लेख्ता (“) यो चिह्न औ फुट लेख्ता (‘) यो चिह्न लेखे पनि हुन्छ । फुट भनेको अंग्रेजीमा पैताला हो । एउटा मान्छेको पैताला जति लामो हुन्छ, एक फुट पनि प्रायः उति नै लामो हुन्छ । तीन फीटको एक गज हुन्छ ।

 

साना साना वस्तु नाप्ता फुट, गजले नापे हुन्छ तर ठूला ठूला वा लामा लामा स्थान वा वस्तु closedनाप्नु पर्दा फुट वा गजले नाप्न बडो असुविस्ता हुने हुनाले यस्ता कामका लागि लामो फिता बनाएको हुन्छ र त्यसैले नाप्ने काम गरिन्छ । फितामा पनि फुटमाझै इञ्च वा आधा इञ्चका दाग हुन्छन् ।

 

 

२—नक्सा र स्केल
फुटरुल, गज वा फिता नापेर कुनै वस्तु वा स्थानको नाप ठीक गर्न सकिन्छ भन्ने कुरा तिमीहरूलाई धेरथोर थाहा भइसकेको छ । अब यस्ता नापलाई कागत वा स्लेटमा हामी कसरी लेखेर देखाउन सक्छौँ, सो कुरा हामीले सिक्नुपर्छ ।4

एउटा कमिलो बसेको ठाउँबाट एक इञ्च उत्तर, आधा इञ्च पूर्व औ आधा इञ्च दक्षिण हिँडेको नक्सा लेखेर देखाउनु प¥यो भने पहिले बसेको ठाउँलाई एउटा (०) विन्दु लेख । त्यसपछि उत्तरतिर एक इञ्च हिँडेकोलाई फुटरुलले नापेर बसेको ठाउँदेखि एक इञ्चको एउटा रेखा खिच । पूर्वतिर आधा इञ्च र दक्षिणतिर आधा इञ्च हिँडेको पनि उसै गरी आधा इञ्चका रेखा चित्रमा झै गरि खिच र कमिलो हिंडेको नक्सा हुन्छ ।

हाम्रो स्कूलदेखि जेठा मुखियाको घर उत्तरपट्टि एक माइल टाढा छ, त्यस ठाउँदेखि बजार दुइ माइल पूर्वतिर छ, कचहरी बजारदेखि आधा माइल दक्षिणमा छ औ डाकघर कचहरीदेखि एक माइल पूर्वमा छ । यसको नक्सा कागत वा स्लेटमा बनाउनुपर्यो भने एक इञ्चलाई एक माइल लामो मानिलिनुपर्छ; किनभने हामीसित एक माइल लामो कागत वा सिलेट हुन सक्तैन । यसरी एक इञ्चलाई एक माइल मानिलिनालाई ‘स्केल’ भन्दछन् । यसरी स्केल मानेर बनाएका नक्साको एक कुनामा तल लेखेझ्सो मानेको स्केल १”=१ माइल भनी लेख्नुपर्छ ।
यस हिसाबले जत्रै ठूलो नक्सा भए पनि सानो कागतमा भिन्न भिन्न स्केल लिएर खिच्न सकिन्छ ।

३—चित्र र ढाँचा5
पाठशालाका कोठाको चित्र हेर । यसमा एउटा गुरुको मेच छ, एउटा टेबल छ औ छात्रहरू बस्ने तीनवटा बेञ्च छन् । उसका पूर्वपट्टि दुइ ढोका औ पश्चिमपट्टि दुइ ढोका छन् । कोठाका चारैतिर भित्ता छन् औ उत्तरपट्टि एउटा ब्ल्याक–बोर्ड छ । यो चित्रको ढाँचा बनाउँदा पृष्ठ ५ मा खिचेको ढाँचा जस्तो बनाउनुपर्छ ।

 

 

 

४—पाठशालाका छेउछाउको ढाँचा6
हाम्रो पाठशालाको दक्षिण दिशामा कचहरी छ । पाठशालाबाट ईशानकोणतिर एउटा बाटो जान्छ र दक्षिणतिरबाट आएको मूलबाटोसित जोरिन्छ । उहाँबाट सो मूलबाटो वायुकोणपट्टि जान्छ । पाठशालाको उत्तर दिशामा डाकघर पर्छ औ पश्चिम दिशापट्टि एउटा रेलको सडक छ । यस्तो पाठशालाको ढाँचा पृष्ठ ६ को ढाँचाबाट स्पष्ट हुन्छ ।

यस्तै हिसाबले पाठशालाका छेउछाउको, गाउँको ढाँचा बनाउनु प¥यो भने पाठशालाका चारैतिरका दिशा, कोण तथा एक ठाउँबाट अर्का ठाउँको नाम ठीक गरी जुन स्केलमा आपूmलाई बनाउन मन पर्छ सो स्केल समेत तोकी गाउँको ढाँचा बनाउनुपर्छ । 7
शहर, प्रदेश तथा पृथ्वीका नक्सा पनि माथि भनेबमोजिम भिन्न भिन्न स्केल लिएर साना ठूला जत्रा भने पनि इच्छा अनुसार खिच्न सकिन्छ । 

 

 

 

प्रश्न

१.एक फूट भनेको के हो ? एक गज र एक फूटमा के फरक छ ?
२.स्केल भनेको के हो ?
३.चित्र र ढाँचामा के फरक छ ?
४.जून स्कूलमा तिमी पढ्छौ, त्यसको लमाइ ३० फीट अनि चौडा १५ फीट छ । १ू=६ फीटको स्केलमा यो स्कूलको एउटा नक्सा बनाऊ । (प्रा.शे.प. राजशाही विभाग, १९४४)
५.मानचित्र (नक्सा) को के प्रयोजन छ ? मानचित्र (नक्सा) मा कसरी दिशा छुट्याउँछौ ? कुनै ठाउँको उच्चता र गभीरता मानचित्रमा कसरी देखाएको हुन्छ ? (प्रा.शे.प. राजशाही विभाग, १९४५)

(श्रीपारसमणि प्रधान र श्रीरुद्रमणि प्रधानद्वारा लेखिएको र सन् १९४६ मा मैकमिलन ऐण्ड कम्पनी, लिमिटेड, कलकत्ताले प्रकाशित गरेको नेपाली प्राथमिक भूगोल, पहिलो भाग (तेस्रो र चौथो श्रेणीका निंति) का केही पृष्ठ नमूनाका निम्ति यहाँ साभार गरिएको छ । त्यतिखेरको परिमार्जित र सरल भाषा एवम् लेखनशैलीले अहिलेका पाठ्यपुस्तक लेखक एवम् प्रकाशकहरूलाई सुधारका निम्ति थोरै भए पनि मागदर्शन गर्न सक्यो भने ठूलै उपलब्धि मानिनेछ । —सम्पादक)
सामग्री सौजन्य : मपुपु

Related Posts

/*sign up form*/