नातिनीहरूलाई अमिताभ बच्चनको चिठी

by • • आलोपालोComments (0)354

मेरा प्यारा नव्या र आराध्या,
तिमीहरू दुवैजनाले आफ्ना कोमल काँधमा ज्यादै ठूलो नामको भारी बोकेका छौ । आराध्या, तिमीलाई मान्छेले डा. हरिवंश राय बच्चनकी पनातिनी भनेर चिन्छन् र नव्या !; तिमीलाई एच पी नन्दाकी पनातिनी भनेर । तिमीहरू दुवैको अहिलेको थर– ‘बच्चन र नन्दा’ लाई तिमीहरूका जिजुबुवाहरूले सम्मानित र सुपरिचित तुल्याउनुभएको हो ।

‘नन्दा’ वा ‘बच्चन’ जे भए पनि तिमीहरू केटी पनि हौ । छोरीमान्छे भएकै कारण तिमीहरूमाथि अरूहरूले आफ्ना विचार र सीमाहरू थोपर्न खोज्नेछन् । तिमीहरूले कस्तो लुगा लाउनुपर्छ; कस्तो व्यवहार गर्नुपर्छ, कसलाई भेट्नुहुन्छ र कसलाई भेट्नुहुँदैन, कहाँ कहाँ जानुहुन्छ र कहाँ जानुहुँदैन भन्ने बारेमा आफ्ना कुरा लाद्न खोज्ने मानिसहरू पनि भेटिनेछन् ।

भारतको हिन्दी फिल्मी दुनियाँका महानायक अमिताभ बच्चनले आफ्ना नातिनीहरूका नाममा लेखेको यो चिठीमा आएका दुईवटा नाममध्ये डा. हरिवंश राय बच्चन अमिताभका बाबु हुन् । एचपी नन्दा अर्थात् हरप्रसाद नन्दा चाहिं भारतको प्रसिद्ध अटोमोबाइल उद्योग एस्कर्टका संस्थापक हुन् ।

भारतको हिन्दी फिल्मी दुनियाँका महानायक अमिताभ बच्चनले आफ्ना नातिनीहरूका नाममा लेखेको यो चिठीमा आएका दुईवटा नाममध्ये डा. हरिवंश राय बच्चन अमिताभका बाबु हुन् । एचपी नन्दा अर्थात् हरप्रसाद नन्दा चाहिं भारतको प्रसिद्ध अटोमोबाइल उद्योग एस्कर्टका संस्थापक हुन् ।

त्यसैले, मैले तिमीहरूलाई भन्नैपर्ने एकदम महत्वपूर्ण कुरा के हो भने— तिमीहरूले आफ्नो जीवनमा अरू कसैको पनि विचार र मूल्याङ्कनको छाया पर्न नदेऊ । सधैंभरि आफ्नो विवेक प्रयोग गर र आफूलाई मन लागेका काम गर । कसैले पनि तिमीहरूको स्कर्टको लम्बाइबाट तिमीहरूको चरित्रको मूल्याङ्कन हुन्छ भन्यो भने त्यो कहिल्यै पनि नमान्नू, नपत्याउनू । आफू कसको साथी हुनुहुन्छ र कसको साथी हुनुहुँदैन भन्नेबारे पनि तिमीहरूले कसैका कुरा नसुन्नू । बिहे पनि आफूलाई गर्न मन लाग्यो भने मात्र गर्नू, अरू कुनै कारणले पनि नगर्नू ।
मान्छेहरूले नानाथरी कुरा गर्छन् । कहिलेकाहीं त धेरै नराम्रा कुरा पनि गर्छन् । तर सबैका कुरा सुन्नुपर्छ भन्ने छैन । आफ्ना बारेमा अरूले के भन्लान् भनेर कहिल्यै पनि पीर नमान्नू । आखिरमा आफ्नो कामको परिणाम भोग्ने आफैंले हो, त्यसैले तिमीहरूले आफ्ना लागि निर्णय गर्ने अधिकार अरू कसैलाई पनि, कहिल्यै पनि नदिनू ।
नव्या !, तिम्रो नाम र थर मात्रले पनि तिमीलाई निकै सजिलो पारिदिएको छ, तर केटीमान्छे हुनुका अप्ठ्याराहरूबाट जोगाउन भने यो पनि पर्याप्त हुँदैन ।
आराध्या !, तिमी हुर्किएर मैले यो चिठीमा लेखेका कुरा पढ्ने र बुझने भइसक्दासम्म म यो संसारबाट विदा भइसकेको हुन पनि सक्छु । तर मलाई लाग्छ, आज मैले भनेका कुराहरू त्यसबेलासम्म पनि सान्दर्भिक नै रहनेछन् ।
यो संसारमा केटीमान्छे भएर बाँच्न गाह्रो, साँच्चै नै गाह्रो छ । तर मलाई विश्वास छ, तिमीहरू जस्ता केटीहरूले गर्दा यो अवस्था पक्कै फेरिनेछ ।
अरूका कुरा नसुनी आफ्ना सीमा आफैं बनाउन, आफ्ना लागि आफैं निर्णय गर्न र मान्छेहरूको मनोगत मूल्याङ्कनभन्दा माथि उठ्न सजिलो पक्कै हुँदैन । तर मैले लेखेका यी कुराहरूमा ध्यान दिने ग¥यौ भने तिमीहरू संसारभरका केटी मान्छेहरूका लागि उदाहरण बन्न सक्छौ ।

त्यसो ग¥यौ भने तिमीहरूले मैले जीवनभरमा गरेको भन्दा धेरै काम गर्नेछौ । मानिसहरूले मलाई अमिताभ बच्चनको नामबाट भन्दा पनि तिमीहरूको हजुरबुवा भनेर चिने भने मेरा लागि त्यसभन्दा ठूलो सम्मान केही हुनेछैन ।
धेरै माया,
तिमीहरूको हजुरबुवा
प्रस्तुतिः अदिति अधिकारी

Related Posts

/*sign up form*/