तलब कहिले बढ्छ

by • • 2072_06, जिज्ञासा जवाफComments (0)1785

Print Friendly, PDF & Email

तलब कहिले बढ्छ ?

बाल विकास केन्द्रहरू स्थापना भएको १६–१७ वर्ष पुगिसक्ता पनि ती केन्द्रमा कार्यरत शिक्षकको पारिश्रमिक वृद्धि नगरी न्यून तलबमा श्रम गर्न बाध्य गराई विशेषतः हामी महिला शिक्षकको मनोबल गिराइएको छ । महिला शिक्षा मन्त्री हुँदा समेत किन यस सम्बन्धी नीति तथा कार्यक्रम नल्याइएको हो र ?
कोपिला राई
श्री आदर्श प्राथमिक विद्यालय, नुम–७, संखुवासभा

हालको पारिश्रमिकले सहयोगी कार्यकर्ताकोे मनोबल कसरी उच्च रहला रु के हामी महिला शिक्षक भएरै सरकारले यस्तो बेवास्ता गरेको हो र ?
मन्जु न्यौपाने
जालपादेवी बाल विकास केन्द्र, भार्ते–४, लमजुङ

 
बाल विकास सहजकर्ताहरूको पारिश्रमिक न्यून रहेको तथ्यबारे शिक्षा मन्त्रालयलाई पूर्ण जानकारी छ । मन्त्रालयले यसबारेमा समयानुकूल परिवर्तन गर्न पहल गरिरहेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग हामी छलफलमा छौँ । जतिसक्तो चाँडो स्रोत व्यवस्था गरी सम्बोधन गर्ने पहल भइरहेको छ ।
हरि लम्साल
सहसचिव तथा प्रवक्ता, शिक्षा मन्त्रालय

Related Posts

/*sign up form*/