ठूलो मान्छे हैन, असल मान्छे

by • • हेराइ र बुझाइComments (0)1947

Print Friendly, PDF & Email

…..
बडो मायाले मैले खाइराखेको हेरेर मोदिआइनले भनी, “बबुआ, तिमी के गर्छौ ? पढ्छौ कि पढ्दैनौ ?
मैले भनें, “पढ्छु ।”
झुकेर मेरो शिरनेर आफ्नो शिर ल्याएर उसले फेरि सोधी, “के पढ्छौ, नानी ?”
“ए…बी…सी…डी…”
“पढेर के गर्छौ ?”
जसरी घरमा भन्ने गरेको थिएँ, त्यसैगरी निर्धक्कसँग मैले भनें, “ठूलो मानिस हुन्छु ।”
उसले फेरि सोधी, “कस्तो ठूलो मानिस ?”
मैले यस्तो प्रश्नको उत्तर जानेकै थिइनँ । चूप लागेर खाइरहें । ऊ मेरो नजिकै थचक्क बसी र भनी, “ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एकथरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू; असल हुनपट्टि लाग्नू, नानी ।”
खोकिरहने मोदीले कुनाबाट नाके बोलीमा भन्यो, “मोदिआइन; यो तेरो कस्तो बानी; जसलाई पनि अर्ति–उपदेश मात्र दिइरहन्छेस् ।
…..
गीता र महाभारतको कथा प्रसंगमा आधारित बीपी कोइरालाको उपन्यास ‘मोदिआइन’ को अंश । यो उपन्यासको प्रकाशन (२०३६ साल) पछि नै नेपाली समाजमा ‘ठूलो मान्छे’ को विकल्पका रूपमा ‘असल मान्छे’ को अवधारणा लोकप्रिय हुँदै गएको हो ।
– संपादक

शिक्षक  मासिक, मंसीर अंकमा प्रकाशित

 

Related Posts

/*sign up form*/